लवदेव ढुंगाना पाँचथर, वैशाख ९ - माओवादीले कांग्रेसका सकृय कार्यकर्ता गणेशप्रसाद दुलाललाई अपहरण गरेका छन् । १७ वर्ष अगाडिको हत्याकाण्ड विषयमा बुझ्नु छ भन्दै दुलाललाई लुङरुप्पा-९ स्थित निवासबाटै हिंजो साँझ अपहरण गरेका हुन् ।
पाररिवारिक स्रोतका अनुसार पाँच जनाको समूहमा दुलालको घर खोज्दै आएका माओवादी कार्यकर्ताले ढाँटेमा भाटे कार्वाही गर्ने भन्दै धम्क्याएका थिए । माओवादीले बेलुकी पौने सात बजे दाजु कांग्रेस गाउँ समितिका सभापति पुष्पप्रसाद दुलालको घरमा गफ गरिहेको बेला अपहरण गरेका हुन् ।
माओवादी जिल्ला सचिवालय सदस्य लक्ष्मीप्रकाश न्यौपानेले ०५० सालको टिम्मुरे हत्या काण्डका अभियुक्तहरुको निवेदनका आधारमा दुलाललाई वाईसिएल कार्यकर्ताद्वारा 'पक्राउ' गरिएको बताए । 'उनीहरुले हत्यामा दुलालको संलग्नता देखाउँदै कार्वाहीको लागि पार्टीमा निवेदन दिएकोले बुझ्न ल्याइएको थियो' न्यौपानेले भने, 'तर बीचबाटै उनी भागे ।'
पाँचथर कांग्रेसका सह-सचिव नरेन्द्र केरुङले माओवादी शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रतिबद्ध नभएकोले अराजक र जंगली व्यवहार जारी राखेको बताए । उनले माओवादीका उदण्ड क्रियाकलापलाई प्रहरीले संरक्षण गरेको आरोप लगाए ।
Thursday, April 22, 2010
माओवादीद्वारा कांग्रेस कार्यकर्ताको अपहरण
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment