९ बैशाख, काठमाण्डौ । बिद्रोहका लागि भन्दै माओवादीले देशभर हतियारसहित तालिम दिन थालेपछि नेकपा एमाले निकट नेपाल युव संघको नेतृत्वले त्यसलाई प्रतिकार गर्नेबारे नेपाली सेनाका जर्नेलहरुसंग गोप्य छलफल गरेको छ । बिहिबार अपरान्ह ललितपुरस्थित एक होटलमा सैनिक जर्नेल र युवासंघ अध्यक्ष महेश वस्नेतसहितका नेताहरुवीच छलफल भएको हो ।
संघका अध्यक्ष महेश वस्नेतले अनलाइनखबरसंग भने- ‘शान्ति सम्झौता विपरित माओवादीवाट भइरहेका सैन्य तालिम नरोकिए कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको हो ।’ वैठकमा सेनापति उपस्थीत नरहेको भन्दै बस्नेतले भने- ‘सेनापतिभन्दा मुनिका मानिसहरुसंग मात्र छलफल भएको हो ।’
माओवादीले सैन्य गतिविधी सञ्चालन गरेर नेपाली जनतामाथि आतंक फैलाउने कार्य तत्काल नरोके त्यसको प्रतिकार गर्न आफूहरु तयार रहेको भन्दै संघका पदाधिकारीले सेनासंग के योजना छ भनी प्रश्न गरेका थिए ।
फरक विचार राख्नेलाई अपहरण गर्ने, कुट्ने लगायतका क्रियाकलाप जारी राख्दा पनि राज्यले त्यसविरुद्ध कुनै कडा कदम चाल्न नसक्दा उनीहरुको मनोवल बढेको भन्दै राज्यविहीनताको अवस्था आउन नदिन सेनासंग छलफल भएको बस्नेतले बताए ।
छलफलमा सेनाले राजनीतिक प्रशिक्षणका नाममा माओवादीले खुकुरी चलाउन, गोली हान्न लगायतका सैन्य तालिम दिनु शान्ति सम्झौता विपरित कार्य भएको भन्दै यस्तो क्रियाकलापप्रति आफूहरुको पनि ध्यानाकर्षण भएको बताएका थिए ।
माओवादीले विद्रोहको तयारी गर्नु आपत्तिजनक भएको भन्दै वस्नेतले भने-’माओवादीले तत्काल यस्तो कार्य नरोके देशभरका युवाहरु त्यसको प्रतिकार गर्न तयार छन् ।’
माओवादीले थालेको सैन्य तालिमले देशलाई ठूलो दुर्घटनामा पुर्याउने निश्चित देखिएकाले यसको समाधानका लागि सवै सुरक्षा अंगसंग परामर्श थालिएको र सेनासंगको भेटपनि त्यसैका लागि भएको बस्नेतको दावी छ । यसबारे प्रधानमन्त्री, रक्षामन्त्री लगायतसंग छलफल भइसकेको बस्नेतले बताए ।
आजै बिहान वसेको मन्त्रिपरिषद् वैठकले माओवादीले हतियारवद्ध प्रशिक्षण चलाएको प्रति चिन्ता जनाउँदै त्यसलाई प्रतिकार गर्ने सबैखाले योजना बनाउन र उच्च सर्तकता अपनाउन सुरक्षा अंगहरुलाई निर्देशन दिएको थियो ।
माओवादीले आगामी बैशाख १८ अर्थात मे १ तारिखको मजदुर दिवसदेखि बिद्रोहको तयारीस्वरुप देशभर आन्दोलन थाल्ने तयारी गरेको छ । त्यसकै तयारीस्वरुप देशभर ‘आत्मरक्षा तालिम’ भन्दै खुकुरी, लाठी, भाला लगायतका घरेलु हतियार चलाउने तालिमसमेत दिइरहेको छ । (अनलाइनखबर)
Thursday, April 22, 2010
बिद्रोहको प्रतिकार गर्न सेनासंग युवासंघको गोप्य छलफल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment