१२ बैशाख, बारा । बाराको करैया गाविसका सचिव ओमनारायण चौधरी अपहरणमा पर्नुभएको छ । सशस्त्र भूमिगत समुह अखिल तराई मुक्ति मोर्चाले चौधरीको अपहरण आफ्नो संगठनले गरेको दावी गरेको छ । मोर्चाका कुबेर नाम बताउने व्यक्तिले आइतबार बिहान सन्चारकर्मीहरुलाई टेलिफोन गरी अपहरणको जिम्मा लिएका हुन् ।
मोर्चाको जिल्ला सेक्रेटरी अभय सिंहको नेतृत्वमा रहेको टोलीले गाविस सचिव चौधरीलाई मोतीसरबाट शनिबार बिहान १० बजे अपहरण गरेको कुबेरले बताएका छन् । गाविसको बजेट हिनामिना गरेको आरोपमा चौधरीलाई आफूहरुले नियन्त्रणमा लिएको मोर्चाले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले भने अपहरणबारे आफूहरुलाई कुनै जानकारी प्राप्त नभएको जनाएको छ । (अनलाइनखबर)
Sunday, April 25, 2010
गाविस सचिव अपहरित
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment