शंकर खरेल सुनसरी, वैशाख १३ - माओवादीले पूर्वी तराईका सीमावर्ती क्षेत्रमा प्रशिक्षित सुरक्षा दस्ता परिचालन गरेको छ । भारतीय डाँकाको श्रृङ्खलावद्ध डकैती रोक्न दस्ता क्रियासिल पारिएको पार्टीका नेता एवम् सभासद् सन्तोष चौधरी विश्वले जानकारी दिए ।
दस्तामा सहभागि भएकालाई तेक्वान्दो, कराँते, पिटीलगायतका आत्मसुरक्षाका खेल प्रशिक्षण दिइएको छ । उनीहरुलाई अत्याधुनिक हतियार उपलव्ध नगराइएपनि लाठी, खुकुरीजस्ता घरेलु हतियार चलाउन सिकाइएको छ ।
सुनसरीका आधा दर्जनभन्दा बढी गाविस भारतीय डाँकाबाट बर्षौदेखि आक्रान्त छ । सुनसरीसहित मोरङ्, झापा, सप्तरी र सिरहाका सीमावर्ती गाविसमा श्रृङ्खलावद्ध डकैती हुँदै आएका छन् । सीमा अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको इलाका/प्रहरी चौकीबाहेक सशस्त्र प्रहरीको सीमा सुरक्षा बलसमेत क्रियाशिल रहेको छ ।
गाईभैसीलगायतका चौपायामात्र होइन भारतीय डाका हतियारसहित आएर धनमाल लुट्ने गर्छन् । दुई वर्षयतामात्र लाखौको धनमाल लुटिनुका साथै आधा दर्जन सर्वसाधारणको दोहोरो झडपमा मृत्यु भइसकेको छ ।
सभासद् चौधरीले स्थानीय प्रशासनलाई भारतीय डकैती नियन्त्रण गर्न धेरैपटक हारगुहार र सुरक्षाको माग गरेपनि बेवास्ता गरिएको आरोप लगाए । सीमावर्ती क्षेत्रमात्र होइन राज्यको रवैया यस्तै रहयो भने आफूहरुले सीमा नजोडिएका क्षेत्रमासमेत दस्तालाई नागरिकको सुरक्षामा परिचालन गर्ने चेतावनी चौधरीले दिए । (इकान्तिपुर)
Monday, April 26, 2010
डाकाविरुद्ध माओवादीको सुरक्षा दस्ता
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment