मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, November 21, 2010

अनुराधा कोइराला बनिन् २०१० को 'सिएनएन हिरो'

अमेरिका, मंसिर ५ - माइती नेपालकी संस्थापक अनुराधा कोइराला २०१० को 'सिएनएन हिरो' बन्नुभएको छ ।

मानव तस्कर लगायत विदेशमा वेचिएकी १२ हजारभन्दा बढी नेपाली चेलीको उद्धार गरी शिक्षा, स्वास्थ लगायतका विभिन्न सेवा प्रदान गर्दै आएको माइती नेपालका अध्यक्ष कोइरालालाई अनलाइन भोटबाट छनौट गरिएको हो ।

'मानव तस्करी जनघन्य अपराध हो,' सिएनएन हिरो घोषित भइसकेपछि प्रतिक्रिया दिंदै कोइरालाले भन्नुभयो, 'म सबैसँग समाजमा भइरहेका मानव तस्करीविरुद्धको अभियानमा जुट्न आव्हान गर्दछु, हामी सबैका चेलिबेटीका लागि यो आवश्यक छ ।'

कोइरालाले एक लाख अमेरिकी डलरको पुरस्कार प्राप्त गर्नुभएको छ । "यो सहयोग मेरो लागि अर्को जिम्मेवारी हो थप काम गर्नका लागि।" पुरस्कार ग्रहण गर्दै कोइरालाले भन्नुभयो : "यस्ता जघन्य अपराधको अन्त्य हुनुपर्छ, यो अपराधिक कार्यकलापको अन्त्यका लागि सदैभ यहाँहरुको सहयोगको अपेक्षा छ ।"

उहाँलाई सिएनएन हिरोमा प्रतियोगी बन्न सहयोग गरेका २ नेपाली युवायुवतीलाई मञ्चमा बोलाएर कोइरालाले भन्नुभयो "युवाहरुको सम्मान् गर्नुहोस् । यिनीहरुले नै भावी युगको निर्माण गर्दैछन् ।"


Monday, November 1, 2010

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल जानकारी

नेपाल
राष्ट्र वाणी: जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
राष्ट्रगान: सयौं थुंगा फूलका हामी
राजधानी : काठमाडौं
आधिकारिक भाषा : नेपाली

सरकार
- राष्ट्रपति : रामवरण यादव
- प्रधानमन्त्री : माधवकुमार नेपाल

क्षेत्रफल : जम्मा १४७,१८१ km² (९३औँ) ५६,८२६ sq mi
- जल (%) : २.८
जनसङ्ख्या :
- साउन २०६६ अनुमानित २९,५१९,११४ (४०औं)
- घनत्व १८४/km² (५६औं)४७६/sq mi
मुद्रा : रुपैयाँ
ईन्टरनेट TLD :.np
टेलिफोन कोड : +९७७

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डनस्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट गाडि मानिएको छ।

संसारमा नेपालको अवस्थिति

नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तरदेखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। यस बाहेक बौद्ध्, मुस्लिम्, किराँत आदी धर्म मान्ने मानिसहरु पनि यहाँ बसोबास गर्दछन। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र ने मुनिले पालन गरेको ठाउँको रुपमा यहाँको नाम नेपाल रहन गएको हो।

निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरुको ज्यान जान पुग्यो। यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरे र प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले। सन् २००५मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६मा भंग गरिएको संसद पूनर्स्थापित भयो। मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्‍यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्‍यो। अन्तरिम ब्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको संघीय लोकतान्त्रिक गणराज्य संविधान सभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो।

नेपाली नेपालको राष्ट्र भाषा हो। यो सरकारी कामकाजको भाषा पनि हो।यसबाहेक नेपालमा लिम्बु,राई,मैथली, भोजपुरी, नेवारी, अवधी, थारू, गुरुङ, शेर्पा, भाषा, मगर आदि भाषा पनि बोलिन्छन्। भाषाविज्ञानको आधारमा हेर्दा नेपाली भाषाको उत्पति भारोपेली परिवारका शतम् शाखाबाट विकसित आर्य-ईरानि शाखाको आर्यली हँगो संस्कृतबाट विकसित भएको हो । विभिन्न विद्वानहरुको संस्कृतको उत्तराधिकारी विभिन्न प्राकृतहरुमध्य्मा शौरसेनी प्राकृत वा खस अपभ्रंशबाट कर्णालीको सिँजा प्रदेशमा एघारौं शताब्दीदेखि नेपाली भाषा जन्मेको हो भन्ने मत देखिन्छ ।

इतिहास

हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा काठमाण्डौ उपत्यकामा पाइएका प्राचीन औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत: भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे। ईशापूर्व १५०० तिर इन्डो-आर्यन जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। सिद्धार्थ गौतम (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, शाक्यवंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी बुद्ध भनेर विश्व प्रसिद्ध भए।

ईशापूर्वको २५० सम्ममा, यो क्षेत्र उत्तर भारतको मौर्य साम्राज्यको प्रभावमा पर्‍यो र पछि चौंथो शताब्दिमा गुप्त साम्राज्यको अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं शताब्दिको उत्तरार्द्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८औं शताब्दिको उत्तरार्धमा लिच्छबीवंशको अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, तथापि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।

पाटनको हिन्दू मन्दिर, तीन प्राचिन राज्यमध्येको एकको राजधानी/१९२०तिरका नेपाली राजसंस्था

१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरुमा उनिहरूको सत्ता उदयमान भयो, तर त्यापछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ठ पार्ने मात्र काम गरे । १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरु एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: १४८२मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौं उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो - काठमाण्डौ, पाटन, र भादगाँउ – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।

१७६५मा, गोरखाका राजा पृथ्वी नारायण शाहले थोरैमात्र हतियार र सहयोग जुटाइ छिमेकी राज्यहरू, (खासगरी लम्जुंग,कास्की रत तनहूँ)को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ति अघि बढे। धेरै रक्तरञ्जित लडाँईहरू पश्वात, उनी ३ वर्षपछि काठमाण्डौ उपत्यका लाइ बिशाल नेपाल भित्र एकिकरण गर्ने अभियान मा सपलता प्राप्त गरे ।तथापि उनले तत्कालीन राजा जयप्रकास मल्लले राज्य गरीरहेको काठमाण्डौ राज्यलाई जित्दाखेरि कुनै युद्ध गर्नु परेन। वास्तवमा, त्यतिबेला इन्द्रजात्रा पर्वमा काठमाण्डौ उपत्यकाका सबै जनताहरू जात्रा मनाइरहेका थिए जब पृथ्वी नारायण शाहले आफ्ना सेनाहरू लिएर खासै कुनै मेहनतबिना उपत्यकालाई कब्जा गरे आफै बसेर जात्रा चलाए साँस्कृतीक सम्मानको अवधारणा प्रश्तुत गरे । त्यसै गरि नेपाल एकिकरण को सिलसिलामा सम्पुर्ण साना राज्य हरु जीतेपछि पुर्वमा पल्लो किँरात लिम्बुवान राज्य पुगे लिम्बुवान राज्यमा १७ पटक सम्म हमला गर्दा पनि नजिते पछि लिम्बुवान राज्यसँग वि.स‌. २२,०४,१८३१, मा लिम्बुवान को केन्द्रिय राजधानी विजयपुरमा लालमोहर सहित तम्रपत्रमा लेखी संधी भयो । यसले नयाँ नेपालको जन्मको आधारशिला तय गर्‍यो।

तिब्बतसङ्ग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजिकका स-साना राज्यहरूलाई हड्पेका कारण सुरू भएको ब्रिटिस इस्ट इण्डिया कम्पनि सङ्गको दुश्मनीका कारण रक्तरञ्जित एङ्गलो-नेपाल युद्ध (१८१४–१६) भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि महाकाली नदी पश्चिमको आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हुन हालको उत्तराखण्ड राज्य र हालको हिमाञ्चल प्रदेशका धेरै पञ्जाबी पहाडी राज्यजहरू। आफ्नो स्वाधिनताका लागी नेपालले ईस्ट इण्डिया कम्पनिसङ्ग सुगौली सन्धि गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित सिक्किम ,दार्जीलिङ, गुमाउनु पर्‍यो। कांगाडमासम्म पुगेका नेपाली र सतलजदेखी टिष्टा सम्मको विशाल नेपाल मेची र काली मा सिमाङित हुन पुग्यो, तर पनि पछी १८६० मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणासङ्ग खुसी भइ अङ्ग्रेजले नेपाललाई राप्तदेखी कालीसम्मको तराइ फर्काइदीएका थिए ।

राज परिवार बीचको गुटबन्दिका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीकी सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरु गरे र राणा शासन लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सेपोई रेबेल्योन (प्रथम भारतीय स्वतंत्रता संग्राम), र पछि दुबै विश्व युद्धहरूमा सगाएका थिए। सन् १९२३मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रुपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपलको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो ।

१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे । जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्मशम्शेर ले नेपाल सरकारको बैधानिक कानून २००४ लागू गरे। त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरुप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली कङ्ग्रेस पार्टिको सहभगिता थियो । नेपालको अन्तरिम शासन विधान २००७ निर्माण गरियो। राजा र सरकार विच वर्षौंको शक्ति खिचातानि पश्चात राजा महेन्द्रले २०१५ फागुन ७ गते नेपाल अधिराज्यको संविधान २०१५ जारी गरे। जस अनुसार स‌ंसदको निर्वाचन भयो, नेपाली कांग्रेसले अत्याधिक बहुमत ल्यायो र विश्वेश्वर प्रसाद कोइरालाको अध्यक्षतामा नेपाली कांग्रेसको एकमना सरकार बन्यो। १९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरि "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरि राज्य गरे। नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। सन् १९८९को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो[२] र मे १९९१मा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधान नेपाल अधिराज्यको संविधान २०४७को निर्माण भयो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली कङ्ग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने ।

बहुदलीय स‌ंसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन। राजनीतिक दलहरूको आपसी बेमेल तथा वि.स‌. २०५२ मा सुरू भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरता तर्फ बढ्यो। २०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र लगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरवारमा हत्या भयो। त्यसपछि उनका माहिला भाई ज्ञानेन्द्र नेपालका नयाँ राजाका रूपमा गद्दीमा बसे। सोही साल देशमा संकटकालिन अवस्था लागू गरियो। तर न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो। फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। नेपाल अधिराज्यको संविधान २०४७ मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। विना स‌ंसदको देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूका लाइन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चारमाध्यमहरूमा सेन्सरसिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लाग्यो जनताले धेरै दुःख पाए।

राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनीतिक दलहरू आन्दोलनमा उत्रिए। शसस्त्र युद्ध गरिरहेको नेकपा माओवादी र आन्दोलनरत सात राजनीतिक पार्टीहरूबीच २०६२ फागुनमा भारतको मध्यस्थतामा नयाँदिल्लीमा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुने भयो। सबै मिलेर आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो। नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका स‌ंसदको निर्माण भयो। माओवादी समेत सम्मिलित स‌ंयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गरायो।

वि. सं. २०६५, जेठ १५ गते बसेको संविधान सभाको वैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. राम वरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिए। हाल नेपालका प्रधानमन्त्री नेकपा एमालेका नेता माधव कुमार नेपाल हुन्।

भूगोल

नेपाल मोटामोटी चारकुने आकारको छ। नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० मा) र चौडाई २०० किलोमिटर (१२५ मा) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq मा)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराइ क्षेत्र। यी क्षेत्रहरु पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरुलाई नेपालका प्रमुख नदीहरुले ठाउँ-ठाउँमा विभाजन गरेका छन् । तराइ क्षेत्र र पाहाडी क्षेत्रका बिच दक्षीणमा चुरे तथा उत्तरमा माहाभारत श्रृङखलाले घेरीएका बिभिन्न सात वटा उपत्यका हरूको समुह छ जसलाइ भित्री मधेश पनी भनिन्छ ।

भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरु हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र संतृप्त हुन्छन्।
पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्। यो क्षेत्रमा महाभारत लेख र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यका हरुको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।

हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृखलाहरु पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ। संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन्। कञ्चनजङ्घा, संसारको तेश्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ।

नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसंग केही मात्रामा मेल खान्छन्। ट्रपिकल तथा सबट्रपिकल क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, टेम्परेट क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), सबआर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र आर्क्टिक क्षेत्र ४,४०० मिटर(१४,४०० फिट)भन्दा माथि। नेपालमा पाँच ऋतुहरु छन्: उष्म, मनसून, अटम, शिषिर र बसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसूनको वायुको उत्तरी परिधिको रुपमा पनि काम गर्दछन्।

नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्| यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ|

संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सिमानामा अवस्थित छ। यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ। जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्दछन्। अन्य चढिने हिमालमा अन्नपुर्ण (१,२,३,४) अन्नपुर्ण श्रृंखलामा पर्दछ।

नेपालका नदीहरू

कोशी नदी, गण्डकी नदी, कर्णाली नदी, महाकाली नदी, मेची नदी, कन्काई, बाग्मती, राप्ती नदी, भेरी नदी, सेती नदी, जोगमाई, माई, पूवामाई, देउमाई,

प्राकृतिक सम्पदा

नेपाल प्राकृतिक सम्पदाको धनी देश हो। सानो मुलुक भए तापनि हिमालदेखि तराइसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, कीटपतंङ्ग, चराचुरूङ्गी तथा झरना, खोला, पहाड, कन्दरा आदि पाइन्छ। नेपाली चराको विविधता त झन् विश्वमा उत्कृष्ट मानिन्छ। यहाँ ठूलोमा सारसदेखि सानोमा फिस्टो सम्मका चराचुरुङ्गी पाइन्छ।

अर्थतन्त्र

कृषिले जनसङ्ख्याको ७६% धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ। देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५ मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।

नेपालको भूपरिवेष्ठित स्थिति र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली संघ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक बर्ष २००५/०६मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। बर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६ मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नीतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।

जनताहरू बीचको सम्पत्ति वितरण अन्य विकसित र विकासोन्मुख देशहरूको दाँजोमै छ: माथिल्ला १०% गृहस्थीसँग कूल राष्ट्रिय सम्पतिको ३९.१% माथि नियन्त्रण छ भने निम्नतम १०% सँग केबल २.६% मात्र।

नेपालको १ करोड जतिको कार्यबलमा दक्ष कामदारको निकै कमी छ। ८१% कार्यबललाई कृषिले, १६% सेवाले, र ३% उत्पादन/कला-आधारित उद्योगले रोजगारी प्रदान गर्दछ।

कृषि उत्पादनहरू

मुख्यतया भारत सीमा नजिकका तराईक्षेत्रमा खेती गरिने —— हुन्: चामल, मकै, गहूँ, उखु, दुध, र राँगापालन। उद्योगमा जुट, उखु, सुर्ति र अन्न लगायतका मुख्यत: कृषी प्रसोधनका कार्यहरू गरिन्छ। नेपालका शानदार भूदृश्य र गहन, अनौठो संस्कृतिका फलस्वरुप पर्यटनमा निक्कै संभाव्य छ, तर यस निर्यातमुलक उद्योगलाई बिगतका राजनैतिक घटनाहरूले निक्कै खस्काइदिएको छ। बेरोजगारी र अल्परोजगारीको अनुपात जनसङ्ख्याको कार्यबल-आयुको आधा पुग्छ।

त्यसैले धेरै नेपालीहरू कामको खोजिमा भारत जान्छन, खाडी राष्ट्रहरू र मलेसिया कामका नया श्रोतहरू हुन। गरिबी चर्को छ। भारतिय र ब्रिटिस सैनिकमा कार्यरत गोर्खाली सेनाहरू मार्फत नेपालले वार्षिक ५ करोड अमेरिकी डलर आम्दानी गर्दछ। गोर्खाली सेनालाई कौशल र बहादुरीका लागि आदर गरिन्छ। पर्सियन खाडी र मलेसिया, जहाँ करिब ७ लाख नेपाली श्रमिकहरू कार्यरत छन्, बाट पठाइने रकाम समेत कुल रेमिट्यान्सको करिब १ अर्ब डलरको हाराहारीमा छ।

सन २००५ का लागि नेपालको कुल ग्राह्यस्त उत्पादन (GDP) अनुमान ३९ अर्ब डलर भन्दा बढि (पर्चेजिङ पावर प्यरिटि समायोजित) छ, जसले यसलाई विश्वकै ८३औँ ठूलो अर्थतन्त्र बनाएको छ। प्रति-व्यक्ति आय करिब १,४०२ डलर छ, जसको स्थान १६३औँ छ। नेपालको निर्यात मुख्यत: गलैँचा, पोशाक, छालाका बस्तुहरू, जुट र अन्न गरि कूल ८२.२ करोड डलरको छ। आयात मुख्यत: सुन, मेसिनरि तथा कलपुर्जाहरू, पेट्रोलियम पदार्थ र कृषिमल गरि जम्मा २ अर्ब डलरको छ। प्रमुख निर्यात गरिने राष्ट्रहरू भारत (५३.७%), संयुक्त राज्य अमेरिका (१७.४%), र जर्मनी(७.१%) हुन। नेपालले आयात गर्ने प्रमुख राष्ट्रहरू हुन भारत (४७.५%), संयुक्त अरब इमिरेट्स (११.२%), चीन (१०.७%), साउदी अरेबिया (४.९%), र सिङ्गापुर (४%).

प्रशासनिक विभाजन

नेपाल १४ अञ्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजित छ| प्रत्येक जिल्ला एक निश्चित जिल्ला प्रमुखद्वारा निर्देशित हुन्छ| जिल्ला प्रमुखको काम जिल्लामा विधान तथा शान्ति बहाल गर्नु र सरकारी मन्त्रालयहरुको काम सघाउनु हो|

नेपालका १४ अञ्चलहरु:

मेची, कोशी, सगरमाथा, जनकपुर, बागमती, नारायणी, गण्डकी, लुम्बिनी, धवलागिरी, राप्ती, कर्णाली, भेरी, सेती, महाकाली

संस्कृति

नेपाल सांस्कृतिक बिबिधताले भरिएको देश हो। केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्। यहाँको भेषभूषा, भाषा तथा पकवानहरुमा धेरै समानताहरू पाईन्छन्।

खाना

नेपालको सामान्य खाना भनेको दाल, भात, तरकारी, अचार हो। यस प्रकारको खाना एक चोटी बिहान र एक चोटी रातमा गरेर दिनको दुई पटक खाइन्छ। यी खानाहरुको बीचमा चिउरा तथा चियाको सेवन पनि गरिन्छ। समय-समयमा माछा, मासु, अण्डा आदिको सेवन पनि गरिन्छ। हिमाली भेगमा गहुँ, मकै , कोदो, आलु आदिको खाना हुन्छ भने तराईमा गहुँको रोटीको प्रचलन धेरै छ। कोदोको मादक पदार्थ तोङ्गबा, छ्याङ, रक्सी आदिको सेवन हिमाली भेगमा बढी हुन्छ। नेवार समुदाय आफ्नै विशेष किसिमको नेवारी परिकारहरु सेवन गर्दछन्।

शिक्षा

नेपालमा आधुनिक शिक्षाको शुरूवात राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाको बेलायत यात्रापछि सन् १९८२ मा स्थापित दरबार हाइस्कुल (हाल को रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो। यस भन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो । आधुनिक शिक्षाको शुरूवात 1982 मा भएपनि यो आम नेपाली जनताका लागि भने सर्वशुलभ थिएन। तर देशका बिभिन्न भागमा केही बिद्यालय दरवार हाइस्कुलको शुरूवात सँगै खुल्न शुरू भए। नेपालमा पहिलो उच्च शिक्षा केन्द्र चाँहि काठमाण्डूमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्सेर ले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनीतिक परिवर्तन पछी राणा शासन मुक्त देशले अन्तत 1959मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षा को सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद, पाठ्यक्रम विकास केन्द्र, बिभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलय विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन।

नेपालका विश्वविद्यालयहरू

त्रिभुवन विश्वविद्यालय : त्रिभुवन विश्वविद्यालय नेपालको सबै भन्दा पुरानो र ठुलो राष्ट्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कृतीपुर काठमान्डौमा छ । हाल यो विश्वविद्यालयमा 150,00 विधार्थी अध्यनरत छन् । कृषी तथा पसु अध्यान संस्थान, वनबिज्ञान, इन्जीनीयरिङ, बिज्ञान तथा प्रबिधी, चिकित्शाशास्त्र, समाजबिज्ञान, मानवशास्त्र, ब्यवस्थापन, शिक्षा शास्त्र ,कानुन तथा मानविकीमा यो विश्वविद्यालय ले शिक्षा प्रदान गरिरहेको छ । यस विश्वविद्यालयका 60 आंगिक तथा 416 सम्वन्धन प्राप्त क्याम्पस रहेकाछन । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा 75 प्रतीसत भन्दा बढीको भार बोकीरहेको छ । साथै यो विश्वविद्यालय नेपालको थिंकटेङक को रूपमा पनि चिनिन्छ ।

महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत बनाइएको) : नेपालको दोश्रो पुरानो र काठमान्डौ उपत्यका बाहीर दाङ जील्लमा स्थापित यो विश्वविद्यालय1986मा स्थापना भएको हो । संस्कृत शिक्षाको उच्च तह आयुर्बेद, तथा आधुनीक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको काठमान्डौ कार्यालय बसन्तपुर मा रहेको छ । नेपाल संस्कृत विश्वविद्यालय वेव साइट

काठमाडौं विश्वविद्यालय : 1991को डिसेम्बरमा स्थापीत नेपालको पहीलो प्राइभेट विश्वविद्यालय काभ्रे जील्लाको धुलीखेलमा रहेको छ ब्यवस्थापन वाणीज्य, बिज्ञान तथा चिकीत्साशास्त्रको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ । हाल काठमान्डौ विश्वविद्यालयमा 2072 जती बिधार्थी अध्यानरत छन ।

पुर्वान्चल विश्वविद्यालय : पुर्वीनेपालको विराटनगर सहर मा स्थापीत नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालय सन् 1995 मा स्थापना भएको हो l

पोखरा विश्वविद्यालय : पस्चीमान्चल नेपालको पोखरा सहरमा अवस्थीत छ । यो विश्वविद्यालय सन् 1996 मा स्थापीत भएको हो । हाल यस विश्वविद्यालयमा 4900 विधार्थी अध्यनरत छन ।यो विश्वविद्यालयमा संग आंगीक र संबन्धनप्राप्त गरी देशभरी 24 वटा क्याम्पस रहेका छन ।

लुम्वीनी विश्वविद्यालय : सन् 2005 मा स्थापीत यो विश्वविद्यालयमा आउदो शैक्षीक सत्र देखी मात्र बुध्द दर्शनमा पढाइ शुरू हुनेछ यो विश्वविद्यालय भगवान बुध्दको जन्मस्थल लुम्वीनीमा स्थापीत भएको छ ।

नेपाल कृषी तथा वन विश्वविद्यालय (निकट भविश्यमा स्थापना गरिने):कृषीप्रधान नेपालमा कृषी तथा बातावरण जोगाउन वनको अझ महत्व दर्साउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषी तथा पसुविज्ञान अध्यान संस्थान का भरतपुरको रामपुर स्थीत केन्द्रीय क्याम्पस लम्जुडको सुन्दर बजार कृषी क्याम्पस,पक्लीहवा भैरहवाको पक्लीहवा कृषी क्याम्पस का साथै हेटौडामा रहेको त्रिभुवन विश्वविद्यालय को वन बिज्ञान अध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरा अवस्थीत वन बिज्ञान क्याम्पस लाइ मिलाइ कृषी तथा वन विश्वविद्यालय भरतपुर मा निकट भविश्यमा स्थापीत हुदैछ ।

मध्यपस्चिमाञ्चल विश्वविद्यालय(निकट भविश्यमा स्थापना गरिने):सुर्खेतको वीरेन्द्रनगर मा उपकुलपतीको कर्यालय राखी मध्यपस्चीमाञ्चल बिकासक्षेत्र भरी क्यामपस बिस्तार गरिने छ । यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागीएको हो ।

सुदुरपस्चीमाञ्चल विश्वविद्यालय : डोटीको दिपायल वा कैलालीमा मा उपकुलपतीको कर्यालय राखी सुदुरपस्चीमाञ्चल बिकासक्षेत्र भरी क्याम्पस बिस्तार गरिने छ । यो विश्वविद्यालय पनि क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागीएको हो ।

खुल्ला विश्वविद्यालय : सरकारले खुला विश्वविद्यालयको विश्वभरी सफल अवधारणालाइ नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।

स्वास्थ्य

नेपालमा धेरैपहिलेदेखि आयुर्वेद प्राकृतिक चिकित्सा पद्धति उपयोगमा थियो। वैद्य र परम्परागत चिकित्सकहरू गाउँघर सहरमा स्वास्थ्यसेवा पुर्याउँथे, उनीहरूको औषधीका श्रोतहरू नेपालको हिमाल देखि तराई सम्म पाइने जडिबुटीहरू नै हुन्थे। आधुनिक चिकित्सा पद्धतिको शुरूवात राणा प्रधानमन्त्री जङ्गवहादुर राणाको बेलायत यात्रा पछी दरवार भित्र शुरू भए तापनि नेपालमा आधुनिक चिकित्सा संस्थाको रूपमा राणा प्रधानमन्त्री वीर सम्सेरको पालमा काठामाण्डौमा सन १८८९ मा स्थापित वीर अस्पताल नै हो। त्यसपछि चन्द्र समसेरको पालामा स्थापित त्रि-चन्द्र सैनिक अस्पताल हो। हाल नेपालका अस्पतालहरू सामान्यतया आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आधुनिक चिकित्सा गरी सरकारी सेवा विद्यमान छ।

सेना तथा सुरक्षा अंग

नेपालमा नेपाली सेना, नेपाली सैनिक विमान सेवा, नेपाल ससस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल ससस्त्र वनरक्षक तथा राष्ट्रीय अनुसन्धान विभाग नेपाल गरी सशस्त्र, तथा गुप्तचर सुरक्षा निकाय रहेका छन । (स्रोत : विकीपेडिया)

Friday, October 29, 2010

तपाईंको कम्प्युटरको Speed बढाउने केही Tips हरु

१) सर्बप्रथम कम्प्युटर खोल्ने बित्तिकै कुनै पनि Application चाँड चांडै नखोल्नुस् , पहिला राम्रोसँग PC लाई Bootup हुन दिनुस् ।
२) कुनैपनि Application बन्द गरी सकेपछि आफ्नो Desktop लाई एकपल्ट Refresh गर्नुस् यसले तपाईंको कम्प्युटरको Ram मा जम्मा भएको Unused फाइलहरु Remove हुन्छ ।
३) आफ्नो कम्प्युटरमा सके सम्म Wallpaper को Use नै नगर्नुस् र यदि गर्नुनै छ भने ठुलो साइजको Image लाई Use नगर्नुस् ।
४) आफ्नो Desktop मा धेरै Unnessesary Shortcut हरुलाई नराख्नुस् र सकेसम्म Desktop लाई Clean नै राख्नुस् । Desktop मा फोटो तथा Music को फाइलहरुलाई पनि Save नगर्नुस् ।
५) RecycleBin लाई बेला बेलामा Empty गरी राख्नुस् । तपाईंले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईंको कम्प्युटरको Harddrive को ठाउँ यसले लिइराखेको हुन्छ ।
६) temporary internet files लाई बेला बेलामा Delete गरी राखनुस् ।
७) आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस् र सकेसम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Instal गर्नुस् । सकेसम्म C Drive लाई खाली नै राख्नुस् ।
८) जब तपाईंले नयाँ Software हरु Instal गर्नु हुन्छ त्यो Software को Tray Icon लाई Disable गर्नुस् , यि Icon हरुले तपाईंको कम्प्युटरको RAM को Use गरी राखेका हुन्छन र कम्प्युटर Slow हुनसक्छ र Software का starting the application automatically Option लाई पनि Disable गर्न नभुल्नु होला । यस्ता Option हरुलाई तपाइले software हरु Install गरी सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुन्छ ।
९) आफ्नो कम्प्युटरलाई धुलोबाट पनि सके सम्म बचाउनुस् , किन भने धुलोले तपाईंको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरी दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ ।

"यी साधारण Tips हरुलाई बिचार पुर्‍याउनु भयो भने तपाईंको कम्प्युटर तुलनात्मक रुपमा पहिले भन्दा धेरै Speed मा चल्न सक्छ ।"

Sunday, October 17, 2010

दशैंको शुभकामनासहित "हाम्रो चाहना" को नवौ श्रृंखला

"हाम्रो चाहना" रेडियो कार्यक्रमबारे जानकारी

"हाम्रो चाहना" रेडियो कार्यक्रमको नवौ श्रृंखला सुन्नुहोस् ।

Sunday, September 26, 2010

अभिलेखालय

अगष्टका हालखबर
जुलाईका हालखबर
असार २२-२७ वा जुलाई ६ - ११ का हालखबर
बैशाख २१- असार १८ वा जुलाई २ - में ४ का हालखबर
बैशाख ५ - २१ वा अप्रिल २८ में ४ का हालखबर
प्रवासी हालखबर
लेखरचनाहरु

मित्रहरु, हार्दिक आभार यहाँहरुप्रति

   "उमेरमा परिपक्व हुँदैछु भन्दा पनि उमेर ढल्किएछ भन्ने चिन्ता पो लागेको छ मलाई"

जन्म दिनको वास्ता नै नगर्ने अचम्मको कुनाकन्टारमा जन्म भयो, अहँ कहिल्यै न केक काटियो न त सेलरोटी पकाइयो ! तर पनि फेरि आज जन्म दिन आएछ । जन्म दिनमा बितेका वर्षहरुको याद आयो, विश्लेषण गरे, केही निष्कर्ष निकाले । कति कुरा त यस्ता हुन्छन् भन्न हुँदैन ।.............

Thursday, September 16, 2010

केही नेपाली समस्या : समाधानको प्रयास जरुरी

नेपालीहरुको वैदेशिक रोजगारप्रति आकर्षण : अवस्था दयनीय


नेपालका हरेक कार्यालयमा भ्रष्टाचार : एक उदाहरण

कार्टुन

Friday, August 6, 2010

मनोरन्जन

नेपाली फिल्महरु
हिन्दी फिल्महरु


विचार/दृष्टिकोण

सानुको तीज (कथा)...सीता बराल
किन यस्तो भयो तिज ?...बबिता बस्नेत
विदेशमा नेपालका ‘भूमिगत’ पार्टी बग्रेल्ती...ददी सापकोटा
किन यस्तो भयो तिज ?...बबिता बस्नेत
हाम्रो स्वतन्त्र अस्तित्व गम्भीर खतरामा...गोपाल बुढाथोकी
तीज पर्वको महत्व र बिसंगतिहरु...खुशी मैनाली
टेप- रूप र सार...गुणराज लुइँटेल
नेपाली भएर बाँच्न सिकौं...गिरीश पोखरेल
'पढेर होइन, परेर जानिन्छ...
फ्रान्स बस्दा परिचयको पेलाई...अनुराधा
हत्या कि आत्महत्या ?...होम कार्की
राष्ट्रिय सहमतिको सूत्र...भरतमोहन अधिकारी
माओवादीभित्रको अन्तरसंघर्षबारे...मोहनविक्रम सिंह
निर्देशकबाट 'मिसयुज्ड’ हुन्छन् हिरोइन...दीपक सापकोटा
किन फुट्छन् कम्युनिस्ट ?...हुकुमबहादुर सिंह
साबधान ! फेस-बुक (Facebook) मा फस्दैछन् वयस्क दम्पती...अनिल पाण्डे
अब नसके ताजा जनादेश...सोमबहादुर थापा
राजनीतिक संकट र चुनौती...दीपक चौधरी
दोहोरो नागरिकताको अपरिहार्यता...शोभाकर बुढाथोकी
अन्यौलपूर्ण राजनीतिक स्थिति र प्रतिगमनको खतरा...मोहनविक्रम सिंह
म किन लागें राजनीतिमा ?...डा. बाबुराम भट्टराई
मोहनविक्रम, एक्ला वृहस्पति...राजाराम गौतम
नेपाल पर्यटन वर्ष सन् २०११...विमल भौकाजी
नेपाली साहित्य, हिजो आज र भोलि...कृष्ण धराबासी
युवा कांग्रेसको पक्षमा...प्रदीप पौडेल
कहीं दीप जले, कहीं दिल...किशोर नेपाल
प्रगतिशील राष्ट्रवादको अन्तरवस्तु...बाबुराम भट्टराई
नागपंचमी पर्व र यसको महिमा...अच्युतप्रसाद पौडेल, चिन्तन
६०१ लाई काँधमा बोक्ने त अझै ?..योगेन्द्रमिलन छन्त्याल
के सम्वन्ध छ नयाँ संविधान र संघीयताको ?...मोहनविक्रम सिंह
तीन धूर्त ठेकदार..अखण्ड भण्डारी
दुर्गमवासीका सपना..मुरारी ढुंगेल
रेडलाइट एरियामा गुलाबी सपना..दीपक सापकोटा

देखे-भोगेका कुरा

छन्त्याल जातिको लोपोन्मुख संस्कृति
१०० दिन र आत्ममूल्यांकन
अप्ठेरो आइपरे विकल्प पनि छ
६०१ लाई काँधमा बोक्ने त अझै ?

नेपाल पर्यटन वर्ष २०११

साथीहरु, तपाईले अरु साथीहरुलाई पनि ब्लगबारे जानकारी दिनसक्नुहुन्छ । ब्लग हेर्नुभएपछि के थपघट गरेमा राम्रो हुनेछ भन्ने लाग्छ तपाईलाई, प्रतिक्रिया लेख्न नबिर्सनु होला ! तपाईका लेखरचना र विचार पनि लेखेर पठाउनुहोला, हामी ब्लगमा स्थान दिनेछौ । धन्यवाद ।

एक प्रतिभा


माम्बा क्लाक, ३०, युगान्डाबाट सन १९८९ मा जर्मनी आएका हुन । उनी यति लामो समयसम्म यहाँ बस्दासमेत भिसाको अझसम्म समस्या छ । तर क्लाकलाई सरकारले पाल्नुपर्दैन । जर्मनीको हाम्बर्ग मुख्य रेलस्टेशन आसपासमा ढुंगा, पाइप र केही काठका सामग्रीहरुबाट तयार पारिएको वाद्यसामग्री बजाएर उनी राम्रो आम्दानी गर्दछन ।

Thursday, August 5, 2010

शैक्षिक सँस्था वन्द गराउँर्दै हिड्नेहरु पक्राउ

काठमाडौं, २० साउन । प्रवीणता प्रमाणपत्र तह हटाउने निर्णय विरुद्ध आन्दोलनरत ११ विद्यार्थी संगठनले आज देशभर शैक्षिक हडताल आह्वान गरेका छन् । विगतमा भएका सहमति कार्यान्वयन नभएसम्म प्रमाणपत्र तह खारेज गर्न नपाइने भन्दै विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

आफूहरुको मागप्रति त्रिभुवन विश्वविद्यालयले कुनै सुनुवाई नगरेकाले आम शैक्षिक हड्ताल गरेको अनेरास्ववियु पाँचौका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो । त्रिभुवन विश्वद्यालयलाई खवरदारी गर्दै आन्दोलनरत विद्यार्थीले शैक्षीक हड्ताल आह्वान गरेपनि उपत्यकाका केहि विद्यालयमा भने आज नियमित कक्षा साचालन भइरहेको छ ।

आन्दोलन अन्तर्गत विद्यालय तथा अन्य शैक्षीक संस्था बन्द गर्दै िहंडेका अनेरास्ववियु एकिकृतका संयोजक अर्जुन कार्की अनेरास्ववियु पाँचौंका महासचिव महेन्द्र साह तथा कोषाध्यक्ष मेघनाथ अर्याल सहित १४ जनालाई प्रहरीले पक्रेको छ । उनीहरु डिल्लिबजारबाट पक्राऊ परेका हुन् । (hamrakura)

साना दुःखले 'धुर्मुस’ बनेको होइन म

सीताराम कट्टेल 'धुर्मुस'
हास्य कलाकार

पढ्न र कलाकार बन्न काठमाडौं छिरेका सीताराम कट्टेलले पाउनुसम्म दुःख पाए । हातमुख जोर्न उनले भारी बोक्ने कामसम्म गरे । निरन्तर संघर्ष गरेर उनी कलाकारितामा जमेका हुन् । साधारण सीताराम आज टेलिभिजन सेलिबि्रटी धुर्मुस बनेका छन् । उनका केही स्मृतिः

हलो जोतेर क्यारिकेचर प्राक्टिस

बाह्र/तेह्र वर्षको उमेरदेखि नै म घरको जिम्मेवारी सम्हाल्ने भइसकेको थिएँ । घरको सारा काम गर्थें म । बिहान ५ बजे हलो लिएर खेतमा जान्थेँ र साढे नौ बजेसम्म जोतेर स्कुल जाने गर्थें । पढ्नमा राम्रै थिएँ ।

स्कुलमा हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा मेरो क्यारिकेचर सुन्न्ा मेरा साथीहरू आतुर हुन्थे । मैले क्यारिकेचर प्राक्टिस गर्नुपर्ने हुन्थ्यो । बेलुका अरूको घरमा टिभी हेर्न जान्थेँ र बिहान हलो जोत्दा क्यारिकेचरको अभ्यास गर्थें । सन्तोष पन्त, शिवहरि पौडेललगायत धेरैको हुबहु क्यारिकेचर गर्थें । घरमा प्राक्टिस गर्‍यो भने छोरो बौलायो भन्थे । त्यसैले खेतमै प्राक्टिस गर्थें । स्कुलमा शुक्रबार हुने कार्यक्रममा मैले प्रस्तुत गर्ने क्यारिकेचरजति सबै हलो जोत्दै बनाउँथेँ । हुँदा-हँुदा, स्कुलका शिक्षकका पनि हुबहु क्यारिकेचर गर्न सक्ने भएँ । एक दिन स्कुलका एकजना शिक्षकको नक्कल गरेर प्रहसन बनाएँ । सबै मरी-मरी हाँसे । शिक्षक पनि हाँसे । प्रस्तुति सकिएपछि स्याबासी दिनुहुन्छ होला भन्ठानेको त 'मेरै नक्कल गर्नुपर्छ' भनेर मर्नेगरी पिट्नुभयो । म न रुन सकेँ, न हाँस्न ।

काठमाडौं आएकै दिन दरबार हत्याकाण्ड

एसएलसी फस्ट डिभिजनमा पास गरे । क्याम्पस पढ्ने र कलाकारितामा केही गर्ने अठोट बोकी काठमाडौं आउने योजना बनाएँ ।

तर, मलाई काठमाडौं पठाउन सक्ने अवस्था थिएन । घरछेउमै रहेको क्याम्पस पढ् भन्थे । तर, मेरो मनले मानेन । बुबासँग बल्ल-बल्ल १७ सय रुपैयाँ फुत्काएँ । दाइ ऋषिराम र म नाइटबस चढेर काठमाडौं आयाँै । भोलिपल्ट बिहान काठमाडौं टेक्दा त इतिहासमै सबैभन्दा कहालिलाग्दो समाचार सुन्नुपर्‍यो- राजा वीरेन्द्रको सपरिवार हत्या भएको । हामीलाई त विश्वासै लागेन । कलंकीबाट गाडी अगाडि बढेन । पहिलोचोटि काठमाडौं आएका हामी, कहाँ जाने केही थाहा छैन ! त्यसदिन हिँडेर कोटेश्वरमा आफन्तकहाँ गएर बस्यौँ ।

सन्तोष पन्तको गाली र धाप

सन्तोष पन्तले खेलेको वेस्टर्न युनियन मनि ट्रान्सफरको विज्ञापनको म हुबहु नक्कल गर्थें । त्यतिवेला सन्तोष दाइको कार्यक्रम 'हिजोआजका कुरा' सुपरहिट थियो । त्यस कार्यक्रममा खेल्ने ठूलो धोको थियो । ऋषिरामलाई लिएर म सन्तोष दाइको घर जान हिँडेँ । धापासी जाने गाडी चढ्यौँ । संयोगवश म हास्यकलाकार खेम शर्मा बसेको सिटमा बस्न पुगेछु । फिल्म र टिभीमा देखिने मान्छे

आफ्नैअगाडि हुँदा म त बोल्नै सकिनँ । ऋषिरामलाई इशारा गरेर खेम दाइसँग कुराकानी सुरु गर्न भनेँ । उसले बोल्न सुरु गरेपछि म पनि खेम दाइसँग बोल्न थालेँ । उनले भने- 'सन्तोष पन्तलाई खेम शर्माले पठाएको भन्नू ।' हामी खुसी हुदै धापासीस्थित सन्तोाष दाइको घर पुग्यौँ । उनको घरमा काम गर्ने मान्छेलाई सन्तोष दाइलाई बोलाइदिन आग्रह गर्‍याँै । तर, ऊ झर्कियो । एक/डेढ घन्टा बितिसक्दा पनि सन्तोष दाइसँग भेट्नै पाइएन । दुई घन्टापछि उनी घरबाहिर निक्लिए र सीधै गाडी चढ्न गए । हामी पछि लाग्यौँ । उनलाई 'हामी झापादेखि आएको र खेम शर्माले पठाउनुभएको' मात्रै के भनेका थियौँ, उनले हाम्राे सातो जानेगरी थर्काए । टाइम-कुटाइम आउने ? भन्दै छाडा पनि बोले । हामी त छाँगाबाट झरेभै"m भयौँ । कुरा के रहेछ भने हिजोआजका कुराका लागि सोमबार कलाकार छानिँदोरहेछ । हामी पुगेका थियौँ, बिहीबार । त्ौपनि, घरमै पुगेको मान्छेलाई त्यस्तो व्यवहार गर्छन् भन्ने लागेको थिएन । पछि, हिजोआजका कुराले ५ सय भाग पूरा गरेको उपलक्ष्यमा चितवनमा सन्तोष दाइलाई सम्मान गर्ने कार्यक्रममा हामीले एउटा प्रहसन गर्ने अवसर पायौँ । हाम्रो प्रस्तुतिमा सन्तोष दाइ यति हाँसे कि पछि ड्रेसिङ रुममै आएर मलाई धाप मारे । उनीसँग जोडिएका यी घटनालाई मैले प्रेरणाका रूपमा लिएको छु । म उनलाई सदा सम्मान गर्छु ।

जँड्याहाको कुटाइले फुटेको ज्वरो

खेम शर्माको सहयोगमा झमेला नामक सिरियल खेल्ने अवसर जुर्‍यो । तर, सात दिन धाएर पुलिसको रोल पाएको थिएँ । भद्रकालीमा सुटिङ भएको थियो, राति । मलाई सबैभन्दा पछाडि राखियो । संवाद पनि केही थिएन । तैपनि, टिभीमा अनुहार त देखिने भयो भनेर खुसी नै थिएँ । तर, सिरियल प्रसारण हुँदा त मेरो नामोनिशान थिएन । अँध्यारोमा म देखिँदै देखिइनँ । टेलिफिल्म खेल्न धाउँदाधाउँदै खान र कोठाभाडा तिर्न धौ-धौ भयो । कलंकीमा एउटा कम्पनीमा काम गर्न थालेँ । बिहान ८ बजे थापाथलीबाट हिँडेर कलंकी पुग्थेँ । दिनभरि भाँडाकुँडा बोकेर बेच्न हिँड्थँे । कराई, मैनबत्ती स्ट्यान्ड र ग्यास-पाइप आदि बेच्ने गथेर्ं । दिनभरि हिँड्दा भोक लाग्थ्यो, पैसा हुँदैनथ्यो । एकदिन मैतीदेवीमा एउटा पसलमा मैनबत्ती स्ट्यान्ड बेच्न खोज्दै थिएँ, एकजना जँड्याहाले नक्कली सामान बेच्छस् भन्दै कुटपिट गर्‍यो । रातभरि ज्वरो आयो । भोलिपल्ट काम गर्दिनँ भनेर सामान बुझाउन कलंकी गएँ । त्यत्रो समय काम गरेको जम्मा ८ सय रुपैयाँ पाएको थिएँ ।

धनकुटे एक्सप्रेसमा केसी जोडी

नेपाल आर्ट्स कलाकेन्द्र्र, पुतलीसडकमा जितु नेपालले गीताञ्जली कार्यक्रमका लागि स्त्रिmप्ट लिएर आऊ भनेका थिए । केदार घिमिरे(मेरी बास्सैका माग्नेबुढा) लाई पनि त्यसै भनिएको रहेछ । म त्यहाँ पुग्दा केदार आइसकेका रहेछन् । मलाई देख्नेबित्तिकै अलिकति झस्किए, उनी । कारण- केही दिनपहिले उनले कीर्तिपुरमा मेरो सडक नाटक हेरेका रहेछन् । त्यहाँ मैले बेस्सरी हँसाएको थिएँ । हाम्रो कुराकानी भयो । उनले जोडीको प्रस्ताव राखे । तर, मैले तत्कालै निर्णय दिइनँ । हाम्रो भेट निरन्तर हुन थाल्यो । एकदिन जितु दाइले फोन गरेर 'भृकुटीमण्डपमा कार्यक्रम छ, तिमी र अरू कोही भएर प्रहसन गर्नू' भने । मैले केदारलाई खबर गरे । 'धनकुटे एक्सप्रेस' नामक प्रहसन मन्चनसँगै 'केसी (केदार, सीताराम) जोडी' को घोषणा गरियो । त्यसपछि हाम्रा गुरु जितु दाइले हामीलाई गीताञ्जली लेख्ने र खेल्ने काम दिए । दमन रूपाखेती दाइको नेपाल वानको कार्यक्रम लोकलहरीमा पनि काम गर्ने मौका पायौँ । त्यसपछि टेलिफिल्म जिरेखुर्सानीमा पनि ६८ भागसम्म काम गर्‍यौँ । र पछि, दमन दाइसँग मिलेर तीनजनाले 'मेरी बास्सै' सुरु गर्‍यौँ । केदार मभन्दा उमेरले मात्र जेठो होइनन्, हरेक कुरामा पाका छन् । हाम्रो जोडी बनेको सात वर्ष भइसक्यो । यस अवधिमा हामीबीच कहिल्यै नराम्रो भएन ।

'कान्तिपुर'ले कमेडियन बनायो

राष्ट्रिय नाचघरमा अभिनय कक्षा सञ्चालनका लागि नेपालभरिबाट विद्यार्थी मागिएको थियो । मैले पनि अभिनय सिक्न र्फम भरेँ । ४ सय हाराहारीका अभिनय सिक्न चाहनेबाट २० जना छान्न अशेष मल्ल, मदनदास श्रेष्ठ, भुवन चन्दले अन्तर्वार्ता लिएका थिए । मेरो अभिनय, क्यारिकेचर देखेर सबै प्रभावित भएका थिए । अझ मदनदास दाइ त अत्यन्तै प्रभावित ! उनले मलाई रेडियो नेपालमा जागिर लगाइदिने आश्वासन दिए । उनले मेरो दुइटा फोटो मागे र आफ्नो घरको नम्बर दिए । एक सातापछि तिम्रो जागिर पक्का ! भने । म खुसीले गद्गद् भएँ । साता बित्यो, उनले फोन गरेर 'तिम्राे नियुक्तिपत्र बनिसक्यो, सही गर्ने मान्छे पन्जाव गएको छ, एक सातापछि सम्पर्क गर्नू' भने । यता नाचघरमा पनि मेरो नाम निस्केन । मदनदास दाइलाई फेरि फोन गरेँ । उनले 'तिम्रो रेडियोमा जागिर पक्का छ, नाचघरमा जागिर किन चाहियो ?' भने । १५ दिनपछि उनलाई फेरि फोन गरेँ, उनले फेरि 'अर्को साता' भने । भानुभक्तको भोलि-भोलि भन्ने कविताझैँ पो भयो, गाँठे ! यसरी धेरै साता बिते । पछि, उनले 'मैले तिम्रो ठेक्का लिएको छु र ?' भनेर हपारे । साह्रै नरमाइलो लाग्यो । तैपनि, मैले मदनदास दाइलाई आफ्नो प्रेरणा-स्रोत मानेको छु ।

मेरा आदर्श हरिवंश र मदनकृष्ण

मैले जीवनमा पहिलोचोटि हेरेको टेलिसिरियल हो- महद्वारा निर्देशित/अभिनीत 'कान्तिपुर' । हाँस्दा-हाँस्दा आँसु नै आएको थियो । त्यही सिरियलले मलाई हास्य-व्यंग्यतिर लाग्ने प्रेरणा मिलेको थियो । त्यसअघि गाउँमा धेरै नाटकमा भिलेनको अभिनयमा जमेको थिएँ । 'कान्तिपुर'ले मलाई पूरै कमेडियन बनाउन मद्दत गर्‍यो । हरिवंश दाइको वडाध्यक्षको भूमिकाको मेलै पहिलोचोटि क्यारिकेचर गरेको थिएँ । हरिवंश दाइले ८ वटा टेलिसिरियलमा गरेका ८ भूमिकाको मैले 'मेरी बास्सै'मा क्यारिकेचर गर्ने कोसिसा गरेको थिएँ । धेरै मिहिनेत गरेर एउटै प|mेममा ८ जनाको भूमिका गरेको थिएँ । ३ भाग प्रसारण भइसकेपछि हरिवंश दाइले आफँै फोन गरेर मलाई बधाई दिनुभयो । त्यो क्षण म कहिल्यै भुल्दिनँ । हरिवंश र मदनकृष्ण दाइ हास्य सम्राट् हुन् । उनीहरू मेरा आदर्श हुन् ।

हिट भएपछि पनि गुमनाम

मेरी बास्सै लोकपि्रय भइसकेपछि धेरै जिल्लामा कार्यक्रम गर्‍यौँ, हामीले । बुटवल महोत्सवमा केदार, कुन्जना, बान्दे्र र म गएका थियौँ । ५० हजारजतिको भीड थियो । आयोजकले हामीलाई कार्यक्रमस्थलतिर लैजाँदै थिए । कुन्जना र केदार आयोजकसँगै भित्र छिरिहाले । म र बान्द्रेचाहिँ रोकियौँ । पुलिसले नचिनेर जानै दिएन । वास्तविक जीवनमा म आफूले अभिनय गर्ने चरित्र धुर्मुसभन्दा विल्कुल भिन्न छु । त्यसैले मलाई बाहिर कमैले मात्र चिन्छन् । मैले पुलिसलाई म कलाकार हुँ भनेँ । उनीहरू 'को कलाकार ? ठोक्' भन्न थाले । मैले हजुर 'म धुर्मुस हु' भन्दै धुर्मुसको अभिनय गरेपछि मात्रै मलाई बल्ल चिने । र कार्यक्रमस्थलमा छिर्न दिए ।

रिलमा मात्रै होइन, रियलमै एकसाथ

लौन सतायो सिरियलमा दमन रूपाखेतीले केदार र मलाई प्रोडक्सनको जिम्मा दिएका थिए । सुटिङको सामान गाडीमा हाल्न जाँदा कुन्जना मेकअप गर्दै रहेछिन् । उनको र मेरो पहिलो भेट त्यहीँ भएको थियो । त्यसपछि, हाम्रो भेटघाट बाक्लिन थाल्यो । दमन र केदारले मलाई जिस्क्याउन थाले । म पनि उनीप्रति मनमनै प्रभावित भइसकेको थिएँ । पछि, 'मेरी बास्सै' निर्माणको कुरा उठ्यो । उनी मेरै प्रेमिकाको भूमिकामा चयन भइन् । सँगै काम गर्ने अवसर मिल्यो । धुर्मुस र सुन्तलीको भूमिका हिट भयो । कार्यक्रममा सँगै हिँड्न थालियो । सबैले जिस्क्याउन थाले । कहीँ-कहीँ त दाजु नमस्कार, भाउजू नमस्कार पनि भन्थे, मान्छेहरू । अति भएपछि मैले प्रेम-प्रस्ताव राखेँ । केही समय उनले यत्तिकै टारिन् । तर, पछि कुरा मिल्यो । हाम्रो बिहे भयो ।

सानोमा सबैभन्दा लद्दु

सानोमा म जतिखेर पनि रोइरहने भएकाले बुबा मलाई टिपेर कैयौँपटक फालिदिन्थे रे ! अलि-अलि बुझ्ने हुदासमेत मलाई बुबाले टिपेर फालेको याद छ । सोलुखुम्बुको नेचाबेतघारी- ५ मा जन्मेको हुँ । त्यहाँ रहँदा म एकदमै लद्दु थिएँ । पढाइमा पनि लद्दु, अरूमा पनि लद्दु । असाध्यै सोझो र डरपोक थिएँ । साथीले मेरो निधारमा ब्लेडले चिरिदिँदासमेत उसलाई गाली गर्ने हिम्मत हुँदैनथ्यो ।
- दीपक सापकोटा

भारतीय प्रधानमन्त्रीका दूत श्याम सरण नेपालमा

भारतीय प्रधानमन्त्री सिंहले दूतका रुपमा श्याम सरणलाई नेपाल पठाएका हुन
भारतका प्रधानमन्त्री मनमोहन सिंहको दूतका रुपमा भूतपूर्व बिदेश सचिव श्यामसरण बुधबार नेपाल आइपुगेका छन्।

नयाँ प्रधानमन्त्रीको चयनमा भएको पटक पटकको असफलताले गर्दा नेपालमा राजनीतिक संकट गहिरिंदै गएका बेला उनको भ्रमण भएको छ।

नेपालमा दीगो शान्ति र स्थिरताको पक्षमा रहेको दोहो-याउँदै श्यामशरण त्रिभुवन विमानस्थलमा उत्रेका थिए।

जोखिम

अहिले नेपालमा सबभन्दा ठूलो जोखिम परेको पनि शान्ति र स्थिरतानै हो।

त्यो जोखिमलाई पार लगाउन भनी काठमाण्डूमा पाइला टेकेलगत्तै श्यामसरणले राजनीतिक भेटघाटको दौड शुरु गरिसकेका छन्।

भारतको भूतपूर्व बिदेश सचिव र राजदूत रहँदा दिल्ली र काठमाण्डूबीच पानीपँधेरो गर्ने गरेका श्यामशरणका लागि नेपालका नेता र अधिकारीहरु अपरिचित छैनन।

खासगरी आफ्नो कार्यकालमा तराईको राजनीतिमा विशेष चासो दिएको भनिएका श्यामसरण संविधान सभाको चुनाव अगाडि उदाएका तराई केन्द्रीत दलहरुसंग त बढीनै परिचित रहेको विश्वास गरिन्छ।

प्रधानमन्त्रीको चुनावमा एउटा निर्णायक भूमिकामा रहेका ती दलहरुको अहिलेसम्मको तटस्थता उनको एउटा मुख्य चासो र सरोकार रहने धेरैको अनुमान छ।

उक्त चुनावमा तराई केन्द्रीत दलहरुको माओवादीप्रति संभावित रुझानले राष्ट्रिय राजनीतिको भावी मोडलाई प्रभावित पार्ने भएकाले त्यसप्रति नेपालको मामलामा सबभन्दा बढी चासो र प्रभाव राख्ने दक्षिणी छिमेकी भारत गंभीर भएको कतिपयको भनाई छ।

तत्कालीन माओवादी विद्रोही र मूलधारका दलहरुबीच भएको १२ बुँदे दिल्ली सहमतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका भनिएका कूटनीतिज्ञ श्यामसरणका लागि उक्त सहमति बेवारिस हुन पुगेको भन्ने टिप्पणी अर्को चासोको विषय हुनेछ।

सबभन्दा ठूलो दल माओवादीसंग भारतको संबन्ध अहिले निक्कै चिसिएको छ।

तराई केन्द्रीत दलहरुसंगको संबन्धमा पनि प्रश्न उठ्न थालेको कतिपय जानकारहरुको भनाई छ।

यही बेला तराई केन्द्रीत दलहरु र एकीकृत माओवादी दुबैलाई नजीकबाट चिनेका कूटनीतिज्ञलाई पठाएर प्रधानमन्त्री मनमोहन सिंहले दिन खोजेका सन्देश लुकेको छैन।

चुनौती

नेपालको अस्थिर राजनीति लम्बिंदै जाँदा चीन लगायत पश्चिमा देशहरुको प्रभाव र उपस्थिति बढेको भनी दोहोरिने गरेको भारतीय चिन्तालाई श्यामशरणको काठमाण्डू बसाई र भेटघाटसंग जोडेर हेर्नहरु पनि कम छैनन।

व्यक्तिगत कुरा गर्दा उनले आफु पदमा रहँदा पछ्याएको नेपाल नीति असफल भएको भनी दिल्लीको राजनीतिक बृत्तमा उठ्ने गरेको आलोचनाको जवाफ दिने अवसर यो भ्रमणले श्यामशरणलाई दिनेछ।

तर आफु भन्दा कनिष्ठ कूटनीतिज्ञ शिवशंकर मेननलाई प्रधानमन्त्री मनमोहन सिंहले राज्यमन्त्री सरहको प्रभावशाली राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेपछि सिंहसंग रिसाएर टाढिएका भूतपूर्व हावापानी सल्लाहकारको यो नेपाल भ्रमणमा अवसर भन्दा चुनौती बढी भएको विश्लेषकहरुको भनाई छ। (BBC)

शोभराज पत्नी निहिता र सासू थुनामुक्त

काठमाडौं, श्रावण २० - न्यायाधीशले पैसा खाएर फ्रान्सेली कुख्यात अपराधी चार्ल्स शोभराजविरुद्ध फैसला गरेको आरोप लगाउने शोभराज पत्नी निहिता र सासू शकुन्तला थापा बिहीबार थुनामुक्त भएका छन् । बयान नसकिएको भन्दै उनीहरुलाई थुनामा राख्न सर्वोच्च अदालतले बुधबार आदेश दिएको थियो ।

बार एसोसिएसनको जिम्मामा शुक्रबार पुनः उपस्थित हुने गरी सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । म्याद सकिने अन्तिम दिन उपस्थित सासू शकुन्तलामाथि बयान लिंदै गर्दा बुधबार समय सकिएकाले न्यायाधीशद्वय रामकुमार प्रसाद साह र बलराम केसीको संयुक्त इजलासले हिरासतमा राख्न आदेश दिएको थियो ।

बिहीबार भएको बयानमा शोभराज पत्नी निहिताले आफूले शोभराजसँगको सम्बन्धले आवेशमा अदालतको अपमान गरेको भन्दै माफी मागेकी थिइन् ।

गत शुक्रबार रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले चार्ल्स शोभराजलाई पाटन पुनरावेदन अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेपछि निहिता र उनकी आमा शकुन्तलाले पैसा खाएर न्यायाधीशले फैसला सुनाएको आरोप लगाएका थिए । त्यसविरुद्ध अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता शान्ता सेढाइँ र राजन अधिकारीले मुद्दा दायर गरेका थिए ।
(ekantipur)

'११ मेधसी सभासद्लाई भौतिक कारबाहीको धम्की'

जे पाण्डे
नेपालगन्ज, श्रावण २० - जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी नामक भूमिगत संगठनले प्रधानमन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहललाई मतदान गरेका एघारा मधेसी सभासद्लाई भौतिक जनकारबाही गर्ने धम्की दिएको छ ।

पार्टी तराईमा हिंसात्मक गतिबिधि गर्दै आएको शसस्त्र समुह हो । उक्त समूहका अध्यक्ष तथा सर्बोच्च सैन्य कमाण्डार बताउने भगत सिंहले बिहीबार प्रेस बिज्ञप्ति मार्फत दाहललाई मतदान गर्ने मधेसी सभासद्हरुलाई भौतिक कारबाही गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको दावी गरेका हुन् ।

'माओवादी अध्यक्ष दाहललाई मतदान गर्ने मधेसी सभासद मधेसका कुपुत्र हुन्,' उनले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ- 'माओवादीलाई मत दिई मधेसीको चाहना र आकांक्षा बिरुद्ध काम गरेका छन ।'

उक्त सशस्त्र समूहले ६ दिन अघि सत्ताका लागि माओवादीसंग हातेमालो गर्ने मधेशवादी राजनीतिक दलका नेतालाई भौतिक कारबाही गर्ने धम्की दिएको थियो ।

तर, उक्त चेतावनीको वेवास्ता गरेको भन्दै सिंहले सभासद् रेनू कुमारी यादव, अभिषेख शाह, ओमप्रकाश यादव, शिवपुजन राज यादव, जयराम यादवर्, इस्तेयाक राई, श्रवाणकुमार अग्रवाल, बिजय यादव, आत्मराज प्रताप शाह, नन्दकुमार र हरिराम यादवको नामै किटेर कारबाहीको धम्की दिएको हो ।

उक्त शसस्त्र समूहले माओवादीलाई प्रमुख राजनीतिक दुश्मनका रुपमा लिएको जनाएको छ ।
(ekantipur)

लडाकू भर्ती गरे कानुनी प्रक्रियामा जाने रक्षामन्त्रीको चेतावनी

काठमाडौं, साउन २० (नागरिक)- रक्षामन्त्री विद्यादेवी भण्डारीले कुनै दल-विशेषले 'सशस्त्र भर्ती' जारी राखे सरकारले राष्ट्रियता र लोकतन्त्र रक्षाको लागि आवश्यक कानुनी प्रक्रिया थाल्ने चेतावनी दिएकी छन्। 'एकीकृत माओवादीले सैन्य भर्ती गर्छु भन्नु वृहत् शान्तिसम्झौंताको उल्लंघन ठर्हछ', उनले भनिन्- 'त्यो कानुनको पनि उल्लंघन हो।'

भण्डारीले बिहीबार सञ्चारकर्मीसँग विद्रोह पृष्ठभूमिबाट आएकोले हतियारको संख्या र व्यक्ति तोकेर अस्थायी शिविरमा राख्ने सहमति गरिएको र त्यसभन्दा बढी भर्ती गर्दा गम्भीर कानुनी समस्या उत्पन्न हुने उल्लेख गरिन्। 'समझदारी उल्लंघन गरे सरकारले आवश्यक कदम चाल्छ', उनले चेतावनी दिइन्।

नेपाली सेनाले रिक्तस्थान हुन आएका पदमा लिएको नयाँ भर्तीलाई सर्वोच्चले मान्यता दिएपछि माओवादीले पनि सैन्य भर्ना थाल्ने बताएको थियो। माओवादी लडाकूमा भर्ती खुलेको सार्वजनिक भनाइप्रति रक्षामन्त्रीले बिहीबार टिप्पणी गरेकी हुन्।

मातृका र जगतको सभासद् पद समाप्त

काठमाडौं, (नेस), नेकपा माओवादी बाट संविधानसभाका सदस्य भएका मातृका यादव र जगतप्रसाद यादवको सदस्य पद बुधबारबाट कानुनी रुपमा नै समाप्त भएको छ।

न्यायाधीशहरु बलराम केसी रणबहादुर बम र मोहनप्रकाश सिटौलाको इजलासले उनीहरुको मागबमोजिम संविधानसभाको सदस्यमा पुनः स्थापित गर्न नसकिने बुधबार ठहर गरेपछि सदस्य पदको कानुनी हैसियत समाप्त भएको हो।

यादवद्वयले माओवादी पार्टी परित्याग गरेपछि उनीहरुलाई संविधानसभाको सदस्य पदबाट हटाइएको थियो। सदस्यबाट हटाइएको कार्य संविधान र कानुनविपरीत भएको दाबी गरी रिट निवेदन दायर गरिएको थियो। सर्वोच्च अदालतले माओवादी र संयुक्त जनमोर्चा एकीकृत भई नयाँ पार्टी एकीकृत नेकपा माओवादी गठन भएको जनाई यादवद्वयलाई माओवादी पार्टीको हैसियतले सदस्यमा पुनःस्थापित गर्न नसकिने ठहर गरेको हो।

यसअघि सर्वोच्च अदालतले यादवद्वयलार्य सदस्य पदबाट हटाउने कार्य कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको थियो। सर्वोच्च अदालतको बुधबारको आदेशमा भनिएको छ- यस अदालतबाट जारी भएको अन्तरिम आदेश स्वतः निष्क्रिय हुनेछ।

माओवादीले सभासद् किन्यो : कांग्रेस

काठमाडौं, साउन २० (नागरिक)- कांग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केही सभासद्लाई माओवादीले आर्थिक प्रलोभन देखाएर खरिद गरेको आरोप लगाएको छ। तटस्थ बस्ने पार्टी निर्णय उल्लंघन गर्ने फोरमका ११ सभासद्को क्रियाकलाप आर्थिक लेनदेनको उपज भएको कांग्रेसको ठहर छ।

‘पार्टीले तटस्थ बस्ने निर्णय गर्दागर्दै संसदीय परम्परालाई उल्लंघन गरी माओवादीका उम्मेदवारका पक्षमा मतदान गर्नु आर्थिक लेनदेनको उपज हो,' कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने, ‘पार्टीको निर्णयविपरीत फ्लोर क्रस गर्नु संसदीय अभ्यासमा अत्यन्त आपत्तिजनक छ।'

बुधबार कांग्रेसले नेकपा माले र नेकपा संयुक्तलगायत साना दलसँगको छुट्टाछुट्टै बैठकमा पनि माओवादीले सभासद् खरिद गरेको निष्कर्ष निकालेको थियो। ‘हामीले नेकपा माले र संयुक्तलगायतका साना दलका नेतासँगको छलफलपछि माओवादीले संसदीय अभ्यासको गलत गतिविधि गरी आर्थिक लेनदेन गरेको निष्कर्ष निकालेका हौँ,' बैठकपछि महतले भने।

बैठकमा मालेका महासचिव सिपी मैनालीले पनि ‘फ्लोर क्रस' गर्ने कार्यले संसद्भित्र विकृति भित्रिएको बताए। ‘पैसाको खेलका कारण पार्टीको निर्णयलाई समेत मिचेर फ्लोर क्रसजस्तो अमर्यादित कार्य हुनु दुखद् छ,' मैनालीले भने।

पार्टीका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन जुटाउन बुधबार विभिन्न साना दलसँग छलफल गर्ने क्रममा माओवादीले आर्थिक लेनदेन गरी सभासद् खरिद गरेको निष्कर्ष निकालेको हो। ‘स्वयं फोरमका सहअध्यक्ष जेपी गुप्ताले माओवादीको आर्थिक प्रलोभनबाट सभासद्हरु प्रभावमा परेको भनिसकेपछि त्यसलाई थप पुष्टि गर्न आवश्यक छैन' कांग्रेस नेता महतले टिप्पणी गरे, ‘माओवादी संसदीय फोहोरी खेल माफर्त जसरी पनि बहुमतिय सरकार बनाउने रणनीतिमा छ।'

मोर्चाका प्रवक्ता लक्ष्मणलाल कर्णले पैसाको कारोबार भएको आफूहरुले नदेखेको बताएका छन्। ‘सर्पको खुट्टा सर्पले देख्छ,' उनले भने, ‘कांग्रेसले देखेको हुन सक्छ,' उनले नागरिकसित भने।

अनमिनले सेनालाई कमजोर बनाउन खोज्यो
कांग्रेसले सेनाभर्नाबारे संयुक्त राष्ट्र संघीय मिसन (अनमिन)ले जारी गरेको विज्ञप्तिले सेनालाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ। बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा प्रभावशाली नेताहरुको बैठकले शान्तिसम्झौताको व्याख्या गर्ने अधिकार अनमिनलाई नभएको भन्दै यस्तो आरोप लगाएको हो।

‘सेनाभर्नाबारे अनमिनको धारणा गलत छ,' कांग्रेस नेता महतले भने, ‘अनमिनको यस्ता गैरजिम्मेवार भनाइले नेपाली सेनालाई कमजोर बनाउन खोजेको छ।'
अनमिनले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली सेना र माओवादी दुवैले नयाँ भर्ना लिनु शान्ति प्रक्रियाको विपरित भएको जनाएको थियो।

बाउको सट्टा मैले भाषण गरेँ : विनोदविक्रम केसी

'पहिलो भाषण गर्दा खगेन्द्र संग्रौला तेह्र वर्षका थिए । आफ्ना बाको सट्टा बोल्न पुगेका उनले गाउँको चौतारामा उभिएर पिँडुला कमाउँदै बोले । नेपालका राम्रा वक्तामा गनिने संग्रौलाका भाषण-कलामाथि केही विचार र अनुभूतिः

खगेन्द्र संग्रौला जति 'कडा' लेखक हुन्, त्यत्तिकै राम्रा वक्ता पनि हुन् । उनको लेखन मन नपराउनेहरू समेत उनको प्रभावशाली वक्तृत्वबाट कायल हुन्छन् । उनको भाषण मन पराउनेहरूको 'अनौपचारिक' रेटिङमा उनी नेपालका पाँच उत्कृष्ट पब्लिक स्पिकरमध्ये पर्छन् । भाषा, शैली, प्रवाह, समय-सीमाको चेतना उनका भाषणका विशिष्टता हुन् । उनका बारेमा भन्ने गरिन्छ, 'उनी दिइएको समयमा एक शब्द घटबढ नगरी भन्नुपर्ने कुरा भन्छन् ।'

संग्रौलाको भाषण-इतिहास कम्ती पुरानो छैन । पहिलो भाषण गर्दा उनी तेह्र वर्षका थिए । उनको गाउँमा भर्खरै विद्यालय खुलेको थियो । सञ्चालक समिति सभापति थिए उनका बा, जो कहलिएका ज्योतिषी थिए । 'विद्यालय सञ्चालक समितिको बैठक थियो सायद,' उनी सम्झन्छन्, 'वरपीपलको सिँढीदार चौतारीमा २५/३० जना भेला भएका थिए । मलाई साह्रै माया गर्ने शिक्षक लीला सिवाकोटी उद्घोषक हुनुहुन्थ्यो । उहाँले मेरा सभापति बालाई मन्तव्य राख्न अनुरोध गर्नुभयो । बाले 'म उभिएर बोल्न सक्दिनँ । मेरो छोरो तीखो छ, यसले बोल्छ' भनेर मलाई घानमा पारिदिनुभयो । लीला सर नयाँ कुरा प्रयोग गर्न/गराउन खप्पीस हुनुहुन्थ्यो । उहाँले मलाई हौस्याउनुभयो । म बोल्न तयार भएँ ।' भाषणको मैदानमा यसरी उत्रिएका किशोर खगेन्द्रले बेहोरेको स्टेज फ्लाइट (मञ्च भय) यसप्रकार छ, 'म होचो मान्छे । चौतारोको अग्लो सिँढीमा उभिएर बोल्न थालेँ । पिँडुला थर्थरी कामिरहेका थिए । लाज र भयले अनुहार रातो-पीरो भएको थियो ।' बाबुको सट्टा बोलेका खगेन्द्रले मुस्किलले पाँच-सात मिनेट बोले । 'के बोलेँ पूरै सम्झना त छैन,' उनी भन्छन्, 'तर, पहिलो भाषणमा मैले बोलेको यतिचाहिँ सम्झन्छु- शिक्षा भनेको बत्ती हो, बत्तीले ज्ञान फैलाउँछ, ज्ञानले पैसा ल्याउँछ, पैसाले सुख ल्याउँछ ।' शैक्षिक, आर्थिक, दार्शनिक पक्षयुक्त घच्चिको पन्चलाइन ठोकिदिएका खगेन्द्रले भाषणपछि घनघोर वाहवाही बटुले । 'सबैले केटाले क्या गजब बोल्यो भनेर फुक्र्याए,' उनी सम्झन्छन् ।

स्टेज फ्लाइटलाई भाषण-कलाको सबभन्दा ठूलो शत्रु मानिन्छ । यसलाई मोबोफोबिया (भीडसँगको डर) को एक स्वरूप मान्न सकिन्छ । कसै-कसैले त जीवनभरि स्टेज फ्लाइटबाट मुक्ति पाउँदैनन् ।

वाणी-प्रवीणहरूमा गनिने खगेन्द्रलाई पनि कहिलेकाहीँ स्टेज फ्लाइट हुँदोरहेछ । 'विषयमा दख्खल नभएको वेला, मनोदशा शान्त नभएको वेला बोल्नुपर्दा मेरा खुट्टा काम्छन् । डर लाग्छ,' उनी भन्छन् ।

बोल्दा सबभन्दा महत्त्वपूर्ण कुरा हो- आत्मविश्वास । 'सबभन्दा जान्ने मै हँ, यी सबै मलाई सुन्न आएका हुन् भन्ने आत्मविश्वाससाथ माइक समात्नुपर्छ,' पब्लिक स्पिकिङको चुरो नै यही भएको बताउँछन् खगेन्द्र । यसले श्रोतादेखि हुने भयलाई परास्त गर्न सहयोग पुर्‍याउँछ । तर, यसको मतलब यसप्रकारको 'भयानक' घमन्डले राम्रो वक्ता बनाउँछ भन्ने कदापि होइन । 'यो स्टेज फ्लाइटबाट मुक्त हुने एक उपाय मात्र हो,' खगेन्द्र भन्छन्, 'वक्ताले आफ्नो तह र स्तर राम्ररी बुझ्नुपर्छ । मै हुँ भन्ने अभिमान र विनयशीलताको सन्तुलन अपरिहार्य छ । मैले जानिसकेँ भन्नु स्वर्गीय हुनु हो ।'

मन्तव्य र भाषणमा कहिल्यै लोकसेवा आयोग लागू हुँदैन भन्छन् उनी । अर्थात्, बोल्नु कला हो । न यसका निर्दिष्ट नियम हुन्छन्, न कुनै परीक्षाले यसको स्तर तय गर्न सक्छ ।

राम्रो वक्ताले आफूलाई बोल्न दिएको समयको राम्रो हेक्का राख्छ र त्यहीअनुसारको तयारी गर्छ । खगेन्द्र आफूले बोल्ने कार्यक्रमका आयोजकलाई पहिल्यै सोध्छन्, 'मैले कति समय बोल्नुपर्छ ?' बोल्ने समयावधि ज्ञात भएपछि उनी तयारी गर्छन् । बोल्ने विषयका मसिना बुँदा बनाउँछन् । उपमा, प्रतीक, दृष्टान्त, हस्यौली आदि कहाँ-कहाँ प्रयोग गर्ने, त्यसबारे सोच्छन् र क्रमबद्ध बोल्छन् । उनका यी भाषण टिप्स सबैलाई उपयोगी हुन सक्छन् । विशेषगरी, मन्त्रीहरूलाई । हाम्रा मन्त्रीहरू आफ्ना करकमलले उद्घाटन गर्न र मुखारविन्दबाट शब्दवर्षा गर्न जहाँ पनि पुग्छन् । जुन विषयमा विज्ञताशून्य र अनुभवशून्य हुन्छन्, त्यही विषयमा बोल्न हुर्दुराउँदै पुगेका हुन्छन् । मन्त्रीहरूको यो भुइँफुट्टापन थप प्रस्ट्याउन खगेन्द्रले दिएको एक दृष्टान्त सुन्न लायक छ । 'किताब विमोचन गर्न जान्छ मन्त्री,' उनी भन्छन्, 'र भन्छ- मैले यो किताब पढ्न भ्याएको छैन, तर मलाई विश्वास छ कि यो तगडा किताब हो । पढ्दै नपढीकन कुनै किताबप्रति धारणा बनाउनु घोर बेइमानी हो ।'

मन्त्रीहरूको 'भाषण-कला'लाई नांगेझार पारिदिने एउटा जोक छ । एकताका खुब चलेको जोक । पञ्चायतकालमा कुनै कार्यक्रममा एक मन्त्रीलाई नेपालमा राजतन्त्रको अपरिहार्यतामाथि बोल्न आमन्त्रण गरिएछ । उसले नेपालमा राजतन्त्र युगौँसम्म किन चाहिन्छ, त्यसको तर्क यसरी दिएछ- 'राजा नभई देश चल्दैन । भारतमा पनि राजा नभई नहुने हुनाले राष्ट्रपति राखिएको हो ।'

भाषणअघि तयारी एकदम जरुरी छ । वक्ता ज्ञानको समुद्रै किन नहोस्, तयारी भएन भने उसको धोती खुस्किन्छ । जति कम बोल्ने हो, त्यति धेरै तयारी हुनपर्छ भन्छन् पब्लिक स्पिकिङका पण्डितहरू । उनीहरूका अनुसार एक घन्टा बोल्नका लागि दुई दिन तयारी गर्ने हो भने पाँच मिनेट बोल्नका लागि एक हप्ता तयारी गर्नुपर्छ । संग्रौला रातभरि रट्ने, घोक्नेखालका वक्ता पनि होइनन् र माइक समातेपछि तत्क्षणमा जे-जे फुर्छ, त्यही त्यही बोलेर टाप ठोक्ने वक्ता पनि होइनन् । तर, आफूलाई दख्खल नभएको विषयमा जथाभावी मुख जोत्न जानु उनलाई कदापि मन्जुर छैन । यस स्वभावले पनि उनलाई प्रभावशाली वक्ता बनाएको हो ।

वक्ता जति नै प्रकाण्ड विद्वान् होस्, जति नै प्रसिद्ध होस्, मुखमै सरस्वती विराजमान भएको होस्, श्रोता जागरुक भएनन् भने उसले राम्रो भाषण गर्न सक्दैन । 'जागरुक र उत्सुक श्रोता भएन भने बेजोड वक्ताले पनि राम्राे बोल्न सक्दैन,' उनी भन्छन् ।

आफूले गरेका भाषणमा उनी सबभन्दा सन्तुष्ट भएको घोडा, ईश्वर र मेरा बा निबन्धसंग्रहको विमोचन कार्यक्रममा हो । 'सन्ताउन्न सालतिर होला, होटेल अशोकामा भएको विमोचन कार्यक्रममा म किन लेख्छु भन्नेबारे बोलेको थिएँ । आफूले बोलेमध्ये सबभन्दा राम्रो बोलेको त्यही वेला हो जस्तो लाग्छ,' उनी भन्छन् । अनि सबभन्दा झुर नि ? 'सिके लालको शोधपत्र राष्ट्रियताको नयाँ परिभाषामाथि तीन-चार ठाउँमा टिप्पणी गर्न पुगेको थिएँ,' उनी बताउँछन्, 'यही क्रममा रौतहटको गौर पुगेको थिएँ । गर्मी र थकानले लोत परेको थिएँ । श्रोतामा पनि त्यति उत्सुकता थिएन । गौरमा मैले झुर बोलेँ जस्तो लाग्छ ।'

खगेन्द्र संग्रौला अंग्रेजीका राम्रा विद्यार्थी हुन् । कुनै वेला अंग्रेजी नै उनको पेट पाल्ने माध्यम थियो । उनी अंग्रेजी पढाउँथे, अंग्रेजीका किताब अनुवाद गर्थे । अंग्रेजी भाषामा राम्रो दख्खल राख्ने संग्रौला अंग्रेजी 'राम्रो' बोल्नचाहिँ सक्दैनन् रे । उनले अंग्रेजीमा एउटा मात्रै भाषण दिएका छन् । त्यो पनि करकापले । 'महिना दिनअघि न्युयोर्कबाट १० विद्यार्थीको प्रतिनिधिमण्डल नेपाल आएको थियो,' उनी बताउँछन्, 'समकालीन नेपाली राजनीतिमा मलाई केही बोल्न लगाइयो । मैले सिके लालजीलाई अंग्रेजीमा बोल्नुपर्‍यो भने म आफूले भन्न चाहेको कुरा राम्ररी राख्न सक्दिनँ भनेँ । तर, उहाँले भाषिक शुद्धता कसले हेरिराख्छ र भनेर मलाई बोल्न लगाउनुभयो । उनीहरूले राम्रै बोल्नुभयो भने पनि मलाई आफूले त्यति गतिलो बोलेजस्तो लागेन ।' उनी थप्छन्, 'संभवतः यो मेरो पहिलो र अन्तिम अंग्रेजी भाषण हो ।'

उनलाई डा. हर्क गुरुङ, प्रदीप गिरी, डिपी भण्डारी, अभि सुवेदी र सिके लाल बेजोड वक्ता लाग्छन् । अझ हर्क गुरुङको वक्तृत्वबाट त उनी हदै प्रभावित थिए । भन्छन्, 'उनी अंग्रेजी र नेपाली दुवै भाषामा बिछट्टै राम्रो बोल्थे ।' (nayapatrika)

आज शैक्षिक संस्था बन्द

काठमाडौ, श्रावण २० - त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह खारेज गरेको बिरोधमा आन्दोलनरत् ११ विद्यार्थी संगठनले मुलुकभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गराएका छन् ।

चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका उनीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार शैक्षिक संस्था बन्द गराएको हो । यसअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी र क्याम्पस अगाडि चक्काजामको कार्यक्रम उनीहरुले गरेका थिए । (कान्तिपुर)

Wednesday, August 4, 2010

भारतीय माओवादीसँग गोली हानाहान भएपछि ७५ प्रहरी सम्पर्कविहीन

एजेन्सी, काठमाडौं, श्रावण १९ - भारतको छत्तिसगढस्थित दन्तेवाँडा जिल्लामा भारतीय माओवादी र प्रहरीबीच गोली हानाहान भएको छ । गोली हानाहानपछि राज्य प्रहरीको विशेष दस्ता एसटीएफका झण्डै ७५ प्रहरी सम्पर्कविहीन भएका छन् ।

गोली हानाहानपछि भएको मानवीय क्षतिबारे भने भारतीय सञ्चार माध्यमले फरक-फरक तथ्याङ्क सार्वजनिक गरेका छन् । हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणमा गोली हानाहानमा १० प्रहरीको मृत्यु भएको जनाएको छ । टेलिभिजन च्यानलहरुले भने चार प्रहरीको मृत्यु भएको जनाएका छन् । प्रहरी उच्च श्रोतले भने ७५ सुरक्षाकर्मी हराइरहेको पुष्टि गरेको छ ।

विद्रोही माओवादीलाई खोज्दै गएको प्रहरीको टोली दन्तेवाँडाको जंगलमा घेराबन्दीमा परेको थियो । भारी वर्षा भइरहेका बेला गोली हानाहान भएपछि सुरक्षाकर्मी वेपत्ता भएको राज्य प्रहरीको आईजी राजेश मिश्राले जानकारी दिएका छन् । (ekantipur)

मकाउमा १५३ नेपाली कामदार निकालिए

निर्मल श्रेष्ठ, मकाउ, श्रावण १९ - रोजगारीमा स्वदेशीलाई प्राथमिकता दिने मकाउ सरकारको हालै पारित नीतिपछि यहाँका पाँच ठूला क्यासिनो, होटल तथा सेक्युरिटी कम्पनीले १ सय ५३ नेपाली कामदारलाई अवकाश दिएको छ ।

यसैमध्येको एक ल्यान्डमार्कले सबैभन्दा बढी ५३ नेपाली कामदारलाई एकैपटक निष्कासन गरेको हो । यस लगायत पोन्टे सिक्सटिन-२३, न्यू सेन्चुरी-२१ र ग्राण्ड लापाबाट १९ नेपाली कामदार निकालिएका छन् । सेक्युरिटी कम्पनी गार्डफोर्सले २१ र जिफोरएसले ७ कामदारलाई फिर्ता पठाएको छ ।

अवकाश पाउनेहरुमा अठार महिना देखि एघार बर्षम्म काम गरेकाहरु छन् । कतिपय कम्पनीले दुई हप्ताको छोटो सूचना अवधिमा विना क्षतिपूर्ति अवकाश दिएको नेपाली कामदारको गुनासो छ । थोरैले भने रोजगारी अवधि अनुसार बर्षको पन्ध्रसय पटाकासम्मका दरले क्षतिपुर्ति पाएको बताए ।

श्रम विभागले सरकारको नीतिलाई सघाउने गरी विदेशी कामदारको करार अवधि थप्न अस्वीकार गर्न थालेपछि भिसाको म्याद सकिन लागेका अधिकांश त्रसित छन् । अवकाश पाउनेहरुमा नेपाली बाहेक भारतीय र फिलिपिनोहरु पनि छन् । मकाउका स्थानीय श्रमिकहरुले रोजगारीमा आफुहरुलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई लगातार दवाब दिंदै आएका छन् । गत जुलाई एकबाट मकाउले नेपाल लगायत छ मुलुकलाई आगमन भिसा सुविधामा समेत रोक लगाइसकेको छ ।

विगत सात बर्षदेखि एसजीएममा कार्यरत झापाका रमेश थापा शुक्रबार नेपाल फर्कदैछन् । 'कम्पनीले विदेशी कामदार सम्बन्धी नीति परिर्वतन भएकाले करार थप्न नसक्ने बतायो,' उनले भने । काठमाडौंका रविन्द्र खड्का, गोर्खाका खेम आले, चितवनका टंक बहादुर क्षेत्री, गुल्मीका मुक्ति घर्तिमगरलगायतकाहरु पनि शुक्रबारै नेपाल फर्कने तयारीमा छन् ।

म्यानपावर व्यवसायी सुदर्शन थापा मकाउमा अब विदेशी कामदारहरुका लागि रोजगारी सहज नहुने दाबी गर्छन् । 'हालै स्थानीय सरकारले ७५ प्रतिशतसम्म स्थानीय कामदार राख्नुपर्ने नीति पारित गरेपछि यस्तो समस्या आएको हो,' व्यवसायी थापाले भने, 'अवैधानिक बसोबास र अपराधिक कृयाकलाप पनि नेपाली निकालिनुको अर्को कारण हो ।'

गत महिना सार्वजनिक सरकारी तथ्यांक अनुसार अपराधिक कृयाकलापको सूचिमा नेपाली दोस्रो नम्बरमा छन् । मकाउले यसअघि आर्थिक मन्दीको कारण ठूलो संख्यामा नेपाली कामदार कटौती गरेको थियो ।

सरकारी नीतिका अतिरिक्त म्यानपावर व्यवसायी र दलालहरुले कम्पनीलाई न्युनतम पारिश्रमिक भन्दा कममा कामदार उपलब्ध गराएका कारण पनि पुराना निकालिनु परेको कतिपयले गुनासो गरे । 'यहाँ अधिकांशको न्युनतम तलब सात हजार पाँच सय पटाका छ (करिब पचहत्तर हजार रुपैयाँ),' नौ बर्षदेखि यहाँ कार्यरत भैरहवाका शंकर गुरुङले भने, 'दलालहरुले कम्पनी रिझाउन पचपन्न सयमा पनि कामदार उपलब्ध गराएका छन् ।'

गैरआवासीय नेपाली संघ मकाउका अध्यक्षसमेत रहेका म्यानपावर व्यवसायी सुदर्शन थापाले मकाउबाट महिनामा सरदर नौ करोड राजस्व नेपाल भित्रने गरेको बताए । 'सुरक्षा, सुविधा र आम्दानीका दृष्टिकोणले मकाउ रोजगारीका लागि उत्कृष्ट थलो हो,' अर्की म्यानपावर व्यवसायी पुष्पा गुरुङले भनिन्, 'यसको निरन्तरताका लागि सरकारले यथाशिघ्र कुटनीतिक पहल गर्नु आवश्यक छ ।' सन् १९९८ देखि नेपालीको आगमन बाक्लिएको मकाउमा पछिल्लो सरकारी तथ्यांक अनुसार १८ सय १४ नेपाली कामदार छन् । अधिकांश सुरक्षा पेशामा रहेका नेपालीहरुको न्यूनतम तलब ७ हजार पाँच सय देखि २० हजार पटाकासम्म छ । (ekantipur)

२४ जना मन्त्रीहरुको भ्रमण खर्च जुटाउन मन्त्रीपरिषद्को कार्यालयद्वारा अस्वीकार

काठमाडौं, साउन १९ । कामचलाउ सरकारका २४ जना मन्त्रीहरुले भ्रमणका लागि मागेको रकम दिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेको छ ।
रकम माग गर्नेहरुमा उपप्रधानमन्त्री सुजाता कोइराला र विजय गच्छेदार तथा पूर्णकुमार शेर्मा, उमाकान्त चौधरी, मिनेन्द्र रिजाल र अफताव आलम, मनबहादुर शाही, गणेशबहादुर खड्का, डिल्लीबहादुर महत, सत्रुघ्नप्रसाद सिंह, सन्जयकुमार साह लगायतका मन्त्रीहरु रहेका छन् ।
अति आवश्यक कामका लागि भन्दा कामचलाउन सरकारका मन्त्रीहरुले सरकारी खर्चमा भ्रमण गर्न नपाउने नियम रहेको छ । अति आवश्यक कारण खुलाएमामात्र भ्रमणका लागि रकम दिने प्रवधान रहेको छ ।
मन्त्रीहरुले भ्रमणको विस्तृत विवरण दिएपछिमात्र उनीहरुलाई रकम दिने कि नदिने भन्ने निर्णय गर्ने प्रधानमन्त्री कार्यालायले जनाएको छ ।
कार्यालयले मन्त्रीका निजी सहायकले बुझाएको प्रस्ताव समेत नलिने निर्णय गरेको छ। (weeklynepal)

खडग गर्बुजाले नचाए बेल्जियममा नेपालीहरुलाई

शिव कुमार बरुवाल, दुबै हात गुमाउनु भएका अपाङ्ग सुदर्शन गौतमको सगरमाथा आरोहण गर्ने साहसिक यात्राको सहयोगार्थ नेपालका चर्चित अपाङ्ग गायक खडग गर्बुजा र बेल्जियमकै स्थानिय नेपाली कलाकारहरुको साथमा यही ३१ जुलाई २०१० मा बेल्जियमको एन्टेर्पेन शहरमा भब्य सास्क्रितिक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रस्तुत खडग गर्बुजाको गीतले त्यहा उपस्तित सम्पुर्ण दर्शकहरुलाई छम छमी नचाएको थियो ।

यही ३१ जुलाईमा दिनको ४ बजे बाटसुरुभएको उक्त कार्यक्रममा प्रथम चरणमा औपचारिक कार्यक्रमबाट सुरु भएको थियो । यस औपचारिक कार्यक्रम नेपाली दुताबास बेल्जियमका महा महिम राजदुत प्रमेश कुमार हमालले सुदर्शन गौतमको सगरमाथा आरोहण गर्न यस साहसिक यात्राको शुभकामन दिदै , आफ्नो र दुताबासको तर्फबाट उहाँको यात्रामा सबै प्रकारको सहयोग उपलब्ध गराउने कुरा बताउनु भयो भने उक्त कार्यक्रममा Anterpen provincy का provincial counceler Mr peter Rats ले बिशेष अतिथको आसनबाट बोल्दै दुबै हात नभएको एक जना ब्यक्तिले सगरमाथा चढ्ने जुन साहस गर्नु भएको छ यसले आफु अती प्रभबित भएको र आफ्नो तर्फबाट यस कार्यको लागि जे जति सकिन्छ सहयोग उपलब्ध गराउने धराण ब्यक्त गर्नु भयो । उक्त कार्यक्रमामा यस कार्यक्रमका आयोजनामा सहयोग गर्ने स्थानिय संस्था कोरन ब्लूमका अध्यक्ष तथा आयोजक शहर एन्टेर्पेनका सलाहाकार Mr Hugo Michile ले सगरमाथा सास्क्रितिक साझको उदेश्य र महत्वोको बारेमा जानकारी गराउदै आफुलेले एन्टेर्पेनका शहर सलाहाकारको हैसियत यी दुई जना अपाङ्गहरुको यस साहसिक कार्य को सहयोगको लागि यहाँ सबै लाई अनुरोध गर्ने र आफुले पनि सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भएको थियो । यस कार्यक्रममा अपाङ्ग भएर पनि आफ्नो दैनिक जीवनमा खुट्टाले सबै प्रकारका कृयाकलाप गरि सबै लाई चकित बनाउदै लाङटाङ हिमालको सफल आरोहण पस्चात बिश्वोको उच्च शिखर सगरमाथा चढ्ने जुन साहस गर्नु भएको छ यसको लागि सुदर्शन गौतम र अपाङ्ग भएर पनि नेपाली लोक सास्क्रितीको क्षेत्रमा महत्वोपूर्ण योगदान गर्नु भएको र नेपाली संगीत र सस्क्रिती लाई बिश्वोमा रहेका नेपालीको माझमा प्रस्तुत गर्नको लागि एक्लइ बिश्वोको बिभिन्न देशमा आफ्ना सास्क्रितिक कोसेली प्रस्तुत गर्दै हिड्ने र अहीले सुदर्शन गौतमको सगरमाथा चढ्ने साहसिक यात्रामा साथ दिनको लागि नेपालबाट युरोपमा आउनु भएका नेपालका लोकप्रिय लोक गाएक खड्ग गर्बुजालाई नेपाली दुताबास बेल्जियमका महा महिम राजदुत प्रमेश कुमार हमाल , Anterpen provincy का provincial counceler Mr peter Rats र आयोजकका तर्फबाट संयोजक साइमान आले मगरले अभिनन्दन गर्नु भएको थियो । यस कार्यक्रम मा सुदर्शन गौतम को कसरी खुट्टा ले आफ्नो दैनिक जीवन चलाउनु भएको छ , सगरमाथा चढ्ने साहसिक यात्रा को तयारी को बारेमा भिडियो डकुमेन्ट्री र खड्ग गर्बुजा को जीवन संग सम्बन्धित पनि प्रोजेक्टर को माध्यम बाट देखाएको थियो ।

यस प्रथम चरणको कार्यक्रम लगतै दोस्रो चरणको सास्क्रितिक कार्यक्रमको सुरु भएको थियो , आलोक शर्माको रास्ट्रिय गीत बाट सुरु भएको उक्त सास्क्रितिक कार्यक्रममा स्थानिय कलाकार मुना ताम्राकार , आलोक शर्मा , अमर राना , धनेश्वर तिवारी , बिरेन गुरुङ , बिकास बिक , शान्ति पुन , हरि सुबेदी , अभिसेक मल्लले आफ्ना गीत नित्र्य र वाध्य बादनमा साथ दिएका थिए ।
खड्ग गर्बुजाको प्रस्तुती लाई आतुरका साथ प्रतिक्ष्या गरेका दर्शकहरु आफ्ना गीत लिएर खड्ग गर्बुजा स्टेजमा आउन साथ दर्शकदिर्घाबाट तालीको गड गडाहट बाट उहाँको स्वागत गरेका थिए । उहाँले आफ्ना चर्चित गीत छ फुल बनैमा , सालैजो लगायत भर्खर निस्कन लागेको एल्बमको नयाँ गीत गरि १ दर्जन जति गीत गाएर दर्शक लाई भरपुर मनोरञ्जन दिनु भएको थियो उहाँको गीतमा हल उपस्थित सम्पुर्ण दर्शकहरु आफ्नो सिटबाट उठेर नाचेका देखिन्थे । यस कार्यक्रम बीचमा सुदर्शन गौतमले खुट्टाले बिभिन्न क्रियाकलाप गरि दर्शक लाई चकित बनाएका थिए भने अन्तिममा खड्ग गर्बुजाको साथमा स्थानिय कलाकार टिका कुवर , माया पुन र ज्ञानु बरुवाल को दोहोरी गीतले दर्शकहरुलाई छम छमी नचाएको थियो । बेल्जियमका एन्टेरपेन नगरपालिकाले यस कार्यक्रमको लागि हल तथा अन्य सामाग्रीहरु निशुल्क उपलब्ध गराएको थियो भने यहाँका नेपाली संस्था एन डी एफ बेल्जियम , मोना बेल्जियम , तमाङ समाज बेल्जियम र ईन्द्र धनुष क्लबले यस कार्यक्रमको आयोजनाको लागि सहकार्य गरेका थिए ।
एक महिना को युरोप सांगितिक यात्रा मा निस्कनु भएका खड्ग गर्बुजा र सुदर्शन गौतमले १ अगस्ट मा फ्रान्स को पेरिस मा गएर र आफ्नो प्रस्तुती देखाउनु भएको छ भने यही ७ अगस्ट मा बेल्जियम को लुभेन सहर मा आफ्ना प्रस्तुती हरु देखाउनु हुने छ ।
(dainiki)

कथित श्रीमती निहिता र सासु शकुन्तला थुनामा

काठमाडौं, १९ साउन । न्यायालय र न्यायाधीशविरुद्ध गालीगलौज गरेको अभियोगमा मुद्धा खेपिरहेका चाल्स्र सोभराजकी श्रीमती निहिता विश्वास तथा सासू शकुन्तला थापालाई सर्वोच्चले थुनामा पठाएको छ । उनीहरुको बयान आज नसकिएको भन्दै थुनामा पठाइएको हो । सोभराजलाई सर्वस्वसहित जन्मकैदको सजाय दिने पुनरावेदन अदालतको फैसला १४ साउनमा सर्वोच्चले सदर गरेपछि विश्वास र थापाले न्यायाधीशलाई गालीगलौज गरेपछि उनीहरु विरुद्ध मानहानीको मुद्धा परेको थियो । सर्बोच्च अदालतका न्यायाधिस बलराम केसी र रामप्रसाद कुमार शाहको इजालसमा भइरहेको सुनुवाइ आज नसकिएपछि उनीहरुलाई थुनामा पठाउने निर्णय अदालतले गरेको छ ।सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले वयान चलिरहेको अवस्थामा थुनामा राखेर कानुनी प्रकि्या चलाइने प्रावधान अनुसार उनीहरुलाई थुनामा राखेको जानकारी दिए । (abc)

अपहरणकारी र सुरक्षाकर्मीबीच गोली हानाहान

रामनारायण विश्वास, नयाँ पत्रिका, सप्तरी, १८ साउन, अपहरित व्यक्तिलाई मुक्त गराउने क्रममा मंगलबार बिहान सप्तरीको खोक्सर प्रवाहा गाविसमा सुरक्षाकर्मी र अपहरणकारीबीच दोहोरो गोली चलेको छ । अपहरणकारीले प्रहरीलाई छलेर अपहरित व्यक्तिलाई आफ्नै साथ लगेका छन् ।

कल्याणपुर-५ निवासी भिखन चौधरी गत शनिबार राति अज्ञात हतियारधारी समूहको अपहरणमा परेका हुन् । घरमा सुतिरहेको अवस्थामा स्थानीय भसराज उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौधरीलाई राति करिब ११ बजे हतियारधारी समूहले अपहरण गरेको हो । 'तपाईंसँग केही बुझ्नु छ भन्दै घरबाट बाहिर लगे,' चौधरीका परिवारजनले बताए ।

चौधरी अपहरणको खबर पाएपछि स्थानीय प्रशासनले बढाएको प्रहरी गस्ती टोली र अपहरणकारीबीच मंगलबार बिहान तीन बजे गोली हानाहान भएको हो । खोक्सर प्रवाहा-९ स्थित मकैबारीमा अपहरित चौधरीसहित अपहरणकारी लुकेर बसेको सुराकीका आधारमा सशस्त्र र जनपद प्रहरी टोली सर्चमा निस्केको थियो । तर, गस्ती टोली मकैबारीमा पुग्नुअघि नै अपहरणकारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

अपहरणकारीले गोली चलाएपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनेश्वर साहले नयाँ पत्रिकालाई बताए । उनका अनुसार दुवैतर्फबाट चार राउन्ड फायर भएको थियो । दुवैतर्फबाट गोली चले पनि कुनै पक्षमा मानवीय क्षति नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

गोली चलाउँदै भागेका अपहरणकारीले प्रहरीलाई छलेर अपहरित चौधरीलाई सँगै लगेका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालयद्वारा गएको थप प्रहरी टोली सो क्षेत्रमा परिचालन गरे पनि अपहरणकारीलाई पक्राउ गर्न सकेको छैन ।

अपहरित चौधरीका परिवारजनले उनको सकुशल रिहाइका लागि पहल गरिदिन मानवअधिकारवादीसँग आग्रह गरेका छन् ।

अपहरणपछि कुनै सम्पर्क नभएको पनि परिवारजनले बताएका छन् ।

तीन सातायता सप्तरीमा तीन बालकसहित पाँचको अपहरण भएको छ । अपहरितमध्ये अधिकांश मोटो रकम फिरौती तिरेर मुक्त भएका थिए । एकजनालाई भने परिवारको सहयोगमा प्रहरीले मुक्त गराएको थियो ।

नेपाली दूतावासका दुई भवन बेवारिस

जर्मनीको बोनस्थित नेपाली दूतावासको दुईवटा भवन बेवारिसे बन्न पुगेका छन् ।नेपाली दूतावास २०५६ सालमा राजधानी बर्लिन सरेपछि बोनमा रहेका ती भवनहरू बेवारिस हुन पुगेका हुन् । पटकपटक प्रयास गर्दा पनि ती भवनहरू बिक्री हुन सकेका छैनन् । रित्तो भवन भए पनि नेपाल सरकारले त्यहाँको सरकारलाई विद्युत्, पानी, ग्यास, बीमा शुल्क आदि खर्चबापत बर्सेनि लाखौँ रुपियाँ तिर्दै आएको छ ।

ती भवन जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्यदूत राम थापाको जिम्मामा लगाइएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सुरेशप्रसाद प्रधानले भन्नुभयो, "दुईपटक सहमति दिँदा पनि बिक्री हुन नसकेर ती भवनहरू बेवारिसे बनेका छन् । अनररी कन्सुलर रामजीले बेलाबेलामा गई हेरिदिने गर्नुभएको छ ।"

ती भवनहरू बिक्री गर्न सरकारले २०५६ साल जेठ ५ गते जर्मनीस्थित तत्कालीन नेपाली राजदूतको संयोजकत्वमा समिति गठन गरेको थियो । त्यसबेला समितिले भवन बिक्री गर्नुपर्ने सुझाव दिएको बताइएको छ ।

जर्मनीस्थित नेपाली राजदूत डा. मदनकुमार भट्टाराईले विद्युत्, पानी, ग्यास, बीमा शुल्क आदिमा वाषिर्क कति खर्च हुँदै आएको छ भन्ने जानकारी दिन चाहनुभएन । महालेखा परीक्षकको वाषिर्क प्रतिवेदन, २०६३ अनुसार ती शुल्कबापत नेपाल सरकारले २०६२/६३ मा आठ लाख ६२ हजार रुपियाँ खर्च गरेको थियो भने त्यसको अघिल्लो वर्ष ११ लाख २२ हजार रुपियाँ खर्च गरिएको थियो ।

पूर्व र पश्चिम जर्मनीको एकीकरणपछि नेपाली दूतावासलाई राजधानीमा सारिएको थियो । बर्लिनमा एउटा आवासीय भवन आˆनै छ भने बाँकी चारवटा ˆल्याट भाडामा लिइएको छ । ती ˆल्याटहरू भाडामा लिएबापत बर्सेनि झन्डै एक करोड रुपियाँ खर्च हुने गरेको बताइन्छ ।

यसैबीचमा विभिन्न क्रेताहरूले ती भवनहरू खरिद गर्न इच्छा देखाएका थिए । सोही अनुरूप मन्त्रिपरिषद्बाट बढीभन्दा बढी मूल्यमा बिक्री गर्न त्यहाँस्थित नेपाली दूतावासलाई स्वीकृति प्रदान गरिएको थियो ।

ती भवनहरू १३ लाख ६५ हजार युरोमा खरिद गर्न एक कम्पनीले स्वीकार गरेको थियो र उसलाई बिक्री गर्न सरकारले निर्णयसमेत गरिसकेको थियो तर बीचैमा त्यस कम्पनीले बोनको घरजग्गाको मूल्य घट्दै गएको कारण देखाई सो मूल्यमा खरिद गर्न नसक्ने भनी एकाएक सम्झौता रद्द गरेको थियो ।

मन्त्रालयका प्रवक्ता प्रधानले "अहिले एउटा मात्र भवन किन्छौँ भनेर एउटा कम्पनी आएको थियो" भन्दै थप्नुभयो, "हामी दुईवटै भवन किन्न चाहनेलाई मात्र बिक्री गर्ने भनेर पर्खिरहेका थियौँ । त्यस्तो बिक्रेता नपाएपछि जुन, जुन भवन किन्छन्, बिक्री गर्ने भनी नेपाली दूतावासलाई अनुमति दिइसकेका छौँ तर अझै बिक्री हुन सकेका छैनन् ।"

उहाँका अनुसार पछिल्लोपटक एउटा भवनका लागि छ लाख २० हजार युरोको प्रस्ताव आएको थियो ।

महालेखाको ४३औँ प्रतिवेदनमा वषर्ांैदेखि प्रयोगमा नआएका ती भवनहरू त्यसै राखी छाड्दा भवनको मूल्य ह्रास हुने, प्रयोगहीन अवस्थामा युटिलिटी खर्च बेहोरिरहनुपर्ने अवस्था देखिएकोप्रति परराष्ट्र मन्त्रालयलाई सचेत गराइएको छ । ती भवनहरू बिक्रीबारे टुङ्गो लगाएर अनावश्यक व्ययभारलाई रोक्न जरुरी रहेको भनी विभिन्न प्रतिवेदनहरूमा उल्लेख भए पनि हालसम्म त्यसतर्फ गम्भीर ध्यान नपुर्‍याइएको महालेखाको प्रतिवेदनमा भनिएको छ ।

महँगो मर्मत खर्च

लन्डनस्थित नेपाली दूतावासको मर्मत खर्चका लागि ४५ लाख पाउन्ड -हालको मूल्यमा करिब ५७ करोड रुपियाँ) खर्च लाग्ने भएपछि परराष्ट्र मन्त्रालय झस्कियो ।

त्यतिका रकम खर्च गरी मर्मतसम्भार गर्ने कि सो भवन बिक्री गर्ने भन्ने अध्ययन गर्न केही महिनाअघि एउटा टोली त्यसतर्फ पठाइयो ।

सोही टोलीका सदस्यमध्येका एक सहसचिव प्रधानले बिक्री गर्नुपरेमा अर्काे किनेर मात्र गर्ने र तत्काल बिक्री गर्नु उपयुक्त नहुने प्रतिवेदन तत्कालीन परराष्ट्रमन्त्रीसमक्ष बुझाइएको जानकारी दिनुभयो ।

"त्यतिका रकम खर्च गर्नुभन्दा अर्काे भवन किन्नु उपयुक्त हुन्छ", उहाँले भन्नुभयो, "त्यो भवन मर्मत गर्नु जरुरी छ । त्यसैले राजदूतलाई कामचलाउरूपमा सामान्य मर्मत गर्न निर्देशन दिइएको छ ।"

जग्गा छ, घर बनेन्

विदेशस्थित दूतावास तथा नियोगका लागि सरकारले घरभाडाबापत बर्सेनि करोडौँ रुपियाँ खर्च गर्ने गरेको छ । महालेखाका अनुसार २०६२/६३ मा यस्तो घरभाडाबापत १७ करोड नौ लाख २७ हजार रुपियाँ खर्च गरिएको थियो ।

पाकिस्तानका लागि २०३५ सालमा इस्लामावाद सहरमा नौ हजार वर्गमिटर जग्गा भाडामा खरिद गरिएको थियो । त्यसबेला भवन निर्माण गर्न पाँच लाख रुपियाँ निकासा भए पनि घरचाहिँ बन्न सकेन ।

श्रीलङ्काको कोलम्बो सहरमा २०४५/४६ मा तीन लाख ६० हजार अमेरिकी डलरमा दुई एकड १६ पर्च भूमि खरिद गरिएको थियो तर भवन निर्माण हुन नसकेकाले घरभाडाका लागि प्रतिमहिना तीन लाख १२ हजार श्रीलङ्कन मुद्रा खर्च भइरहेको महालेखाको प्रतिवेदनमा उल्लिखित छ ।

त्यस्तै साउदी अरेवियामा जग्गा उपलब्ध भएको धेरै वर्ष बित्दा पनि भवन निर्माण हुन नसक्दा घरभाडाबापत नेपाल सरकारले खर्च बेहोर्नुपरिरहेको छ । (deshdarpan)

फोरमद्वारा सभासद्हरुसँग स्पष्टीकरण

मधेसी जनाधिकार फोरम नेपालले प्रधानमन्त्री चयनका लागि सोमबार भएको तेस्रो चरणको मतदानमा आफ्नो दलको घोषणा विपरित मतदान गरेका सभासद्हरुसँग स्पष्टिकरण लिएको छ।

ती सभासद्हरु विरुद्ध कारवाहीको प्रक्रिया शुरु भएको सो दलका सहअध्यक्ष जेपी गुप्ताले बताए।

यद्यपी प्रचण्डलाई मतदान गर्ने फोरम नेपालका एक सभासद्ले आफ्नो कदमको बचाउ गरेका छन्।

तराईका चारवटा दलहरु सहभागी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार तटस्थ बस्ने निर्णय गरेको थियो।

आश्चर्यजनक

तर सो मोर्चाको एउटा घटक मधेसी जनाधिकार फोरम नेपालका ११ जना सभासद्हरुले मोर्चाको निर्णय विपरित तटस्थ नबसेर एकीकृत माओवादीका उम्मेदवार प्रचण्डलाई मत दिएर धेरैलाई आश्चर्यचकित बनाइदिएका थिए।

फोरम नेपालका सहअध्यक्ष जेपी गुप्ताले पार्टीको निर्णय विपरित प्रचण्डलाई मतदान गर्ने सभासद्हरुसँग मंगलबार स्पष्टिकरण सोधिएको बताए।

“निर्णयविरुद्ध जाने सभासद्हरुसँग हामीले स्पष्टिकरण लिएका छौं, र कारवाहिको प्रक्रिया प्रारम्भ भएको छ।”

उनले आफ्ना सभासदहरुलाई एकीकृत माओवादीले विभिन्न प्रलोभनमा पारेको आरोप समेत लगाए।

‘प्रलोभन’

निर्णयविरुद्ध जाने सभासद्हरुसँग हामीले स्पष्ष्टीकरण लिएका छौं र कारवाहीको प्रक्रिया प्रारम्भ भएको छ।
जेपी गुप्ता, सहअध्यक्ष, मधेसी जनाधिकार फोरम नेपाल

“बडो दु:खको कुरा हो की माओवादीले सभासद्हरुलाई आर्थिक र पदको प्रलोभन देखाएको हाम्रो जानकारीमा आएको छ।”

सोमबार चारदलीय मोर्चाको निर्णय विपरित प्रचण्डलाई मत दिने फोरम नेपालका ११ जना मध्येका एक सभासद् हुन् सो दलका सचेतक समेत रहेका अभिषेकप्रताप शाह।

उनले देशलाई अनिर्णयको बन्दी हुन बाट जोगाउन प्रचण्डलाई मत दिएको बताए।

“त्यो देशको हित मधेसको हितलाई ध्यानमा राखेर गरिएको निर्णय थियो।”

उनले सभासद्हरुको किनबेच समेत भएको भन्ने आरोपको खण्डन गरे।

‘फोहोरी’

विश्लेषकहरुले सोमबार राती प्रधानमन्त्रीको चुनावको बेला भएको जस्तो पार्टीको निर्णयको अवज्ञालाई संसदीय राजनीतिको ‘घिनलाग्दो’ र ‘फोहोरी’ अभ्यास मान्ने गरेका छन्।

उनीहरुका विचारमा दलहरुले आफ्ना सभासद्हरुलाई अनुशासित राख्न नसके त्यस्तै ‘फोहोरी’ खेल प्रधानमन्त्री चयनका लागि साउन २१ गते हुने चौथो चरणको चुनावमा पनि दोहोरिन सक्छ। (BBC)

प्रधानमन्त्री जित्न दाहालले मधेशवादी नेतालाई पैसा दिने प्रस्ताव गरे : गुप्ता

किरण चापागाँईं, काठमाडौं, साउन १९ - मधेशी जनअधिकार फोरमका उपाध्यक्ष जयप्रकाश गुप्ताले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीमा जिताउन मधेशवादी दलका नेतालाई पैशा दिने प्रस्ताव गरेको खुलासा गरेका छन्। मधेशवादी दलको असहयोगका कारण दाहाल प्रधानमन्त्री बन्न सकेका छैनन्।

मधेशवादी नेतालाई माओवादीले कति पैशाको प्रस्ताव गर्‍यो त? 'म रकमबारे सबैकुरा खुलाउन चाहन्न,' गुप्ताले नागरिकन्युजसँग भने। उनले खुलेरै पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दललाई फ्लोर क्रस गर्न पठाएको समेत बताए। 'हाम्रा केही सभासद्‍लाई माओवादीले रकमको आग्रह गरे र उनीहरुले माओवादी अध्यक्षलाई भावी प्रधानमन्त्रीका रुपमा भोट हाले,' गुप्ताले भने।

दुई दिन अघि भएको प्रधानमन्त्रीको निर्वाचनमा मधेशी जनअधिकार फोरमका केही नेताले पार्टीको निर्णयविपरित माओवादी अध्यक्ष दाहालको पक्षमा भोट हालेका थिए।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने सांसद किनबेचको कुरा गलत भएको बताएका छन्। (nagariknews)

सैन्यभर्ना शान्तिसम्झौताविपरीत: अनमिन

भोजराज भाट, काठमाडौँ, साउन १९- संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले विस्तृत शान्ति-सम्झौताविपरीत सैन्य भर्ना खोलेर नेपाली सेना र एकीकृत माओवादीले शान्तिसम्झौता उल्लंघन गरेको टिप्पणी गरेको छ। सेनाले २ सय ५० अधिकृतसहित ३ हजार ४ सय ६४ सिपाहीका लागि भर्ती खोलेको दुई दिनपछि सोमबार माओवादीले पनि लडाकु भर्ना खोल्ने घोषणा गरेपछि अनमिनले मंगलबार विज्ञप्तिमार्फत यस्तो प्रतिक्रिया दिएको हो।

‘नेपाली सेना र माओवादी सेनाले नयाँ भर्ती गर्ने तयारी गरिरहेको खबरबाट अनमिन अत्यन्त चिन्तित छ,' मंगलबार अपराह्न जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना र माओवादी सेना कसैले पनि नयाँ भर्ती खोल्ने कुरा विस्तृत शान्ति-सम्झौंता र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौंताको उल्लंघन हो भन्ने अनमिनको अडान यथावत छ।'

भर्नासम्बन्धी कुनै पनि प्रस्ताव स्वीकृतिका लागि सेना, माओवादी र अन्मिन प्रतिनिधि रहेको संयुक्त अनुगमन समिति (जेएमसीसी) मा प्रस्तुत गर्नुपर्ने अनमिनको जिकीर छ।

सैनिक प्रवक्ता सहायकरथी रमिन्द्र क्षेत्री भने भर्ना खोल्ने अग्रिम जानकारी जेएमसिसीलाई गराएको दाबी गर्छन्। ‘नेपाली सेनाका कामकारबाहीबारे जेएमसिसीलाई जानकारी दिने गछर्ौँ, उनले भने, ‘यसपटक पनि लिखित जानकारी गराएका छौँ।'

माओवादी सेनाका प्रवक्ता चन्द्रदेव खनालले मंगलबार पत्रकार सम्मेलन गरी भर्नाको पहिलो चरणमा अनमिनबाट प्रमाणित ३१ हजार ३ सय १५ को दरबन्दी पूरा गर्ने बताए। हाल अनमिनले दोस्रो चरणमा प्रमाणित गरेका १९ हजार ६ सय २ लडाकु विभिन्न २८ अस्थायी शिविरमा छन्।

राजधानीमा माओवादीका सातै डिभिजन कमान्डर सम्मिलित सोमबारको जनरल स्टाफ बैठकले लडाकु भर्ना खोल्ने निर्णय गरेको थियो। भर्ना खोल्नेबारे अनमिनलाई औपचारिक पत्र पठाएको पुनले जानकारी दिए।

गत साउन १२ गते सर्वोच्च अदालतले सैन्यभर्नाको विषय न्यायालयको क्षेत्राधिकारबाहिर रहेको र त्यसको उपचार व्यवस्था सम्बन्धित पक्षसम्मिलित जेएमसिसीको रहेको जनाउँदै नेपाली सेनामा सैन्य भर्नाविरुद्ध परेको रिट खारेज गरेको थियो। लगत्तै साउन १६ गते सेनाले भर्ना खोलेको थियो।

सेनाले जेएमसिसीलाई जानकारी नगराई एक्लौटीरूपमा भर्ना खोलेको माओवादी आरोप छ।

‘जेएमसीसीलाई भर्नाबारे जानकारी गराएको भए त्रिपक्षीय सहमतिको सम्भावना रहन्थ्यो, तर त्यो नगरी एकलौटी रूपमा सैन्य भर्ना खोलियो, जुन शान्तिसम्झौंता उल्लंघन हो', माओवादी सेना प्रमुख नन्दकिशोर पुनले नागरिकसित भने, ‘सरकारले भर्ना प्रक्रिया फिर्ता नलिइए हामी पनि खाली ठाउँ परिपूर्ति गर्छौं।'

‘सैन्यभर्ती शान्तिसम्झौताअनुसार'
सरकारको नेतृत्व दाबी गरिरहेको माओवादीले नेपाली सेनामा सैन्यभर्नाबारे अनावश्यक विवाद गर्न नहुने एमाले नेता प्रदीप ज्ञवालीले बताएका छन्। शान्तिवार्तामा संलग्न रहिसकेका ज्ञवालीले सैन्यभर्ती शान्ति-सम्झौंताअनुरूप रहेको बताए।

शान्तिसम्झौंतामा दरबन्दी एकजना पनि थप्न नपाइने भनिए पनि तोकिएको दरबन्दीभित्र भर्ती लिनु नियमसंगत रहेको उनको जिकीर छ। ‘सम्झौंतामा हस्ताक्षरताका सेनाको संख्या ९५ हजार ७ सय ५३ थियो, त्यसबेला माओवादी लडाकुको टुंगो भइसकेको थिएन,' ज्ञवालीले नागरिकसित भने, ‘माओवादी लडाकुको हकमा प्रमाणीकरण गरिसकेपछि आउने नम्बर थप्न नपाइने भन्ने हो।'

उनले यही निहुँमा लडाकु भर्ना खोल्ने भनाइ हास्यास्पद रहेको बताए। (nagariknews)

Tuesday, August 3, 2010

माओवादी सेनाले भर्ना खोल्यो

काठमाडौं, श्रावण १८ - नेपाली सेनाले भर्ना खोलेको एक दिन नबित्दै माओवादी सेनाले पनि मंगलबार भर्ना खोलेको छ । जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले विज्ञप्ती जारी गर्दै भर्ना खोलेको जनाएका छन् ।

माओवादी सेनाले १८ वर्ष उमेर पुगेका स्वस्थ, सक्षम, साक्षर शैक्षिक योग्यता भएका र जुझारु राष्ट्रिय भावनाले ओतप्रोत भएका नेपाली नागरिकबाट दरखास्त आहृवान गरेको छ । माओवादी सेनाले नेपाली सेनाले आहृवान गरेको भर्ना फिर्ता नलिएसम्म पदपूर्तिका लागि दरखास्त लिने जनाएको छ ।

'नेपाली सेनालेे आवश्यक्ताको आधारमा रिक्त दरबन्दी भनी भर्ना सम्बन्धि विज्ञापन खोलेको छ,' विज्ञप्तीमा भनिएको छ, 'त्यसैले जनमुक्ति सेना भित्र पनि विविध कारणवश दरबन्दी खाली हुन गएकोले नेपाली सेनाले भर्ना प्रकृया फिर्ता नलिएमा स्वतः आवश्यक्ताको आधारमा जनमुक्ति सेनाले पनि उक्त खाली दरबन्दीको पदपूर्ति गर्न पहिले स्थगित गरिएको भर्ना प्रकृयालाई अगाडी बढाउन आवश्यक ठानेका छौं ।'

यसअघि पनि नेपाली सेनाले भर्ना आहृवान गरेपछि २०६५ फागुन १९ गते माओवादी सेनाले पनि भर्ना आव्हान गरेको थियो । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । २०६५ फागुन २५ गते सर्वोच्चले भर्ना रोक्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि माओवादी सेनाले २०६५ फागुन २७ गते भर्ना रोकेको थियो ।

माओवादी सेनामा भर्नाका लागि यस्ता छन् योग्यता

१) १८ वर्ष उमेर पुगेका स्वस्थ,सक्षम,नेपाली नागरीक

२) शैक्षिक योग्यता साक्षर

३) जुझारु राष्ट्रिय भावनाले ओतप्रोत भएको

थप जानकारीको लागी नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, पाँच प्रति पासपोर्ट साइजको फोटोसहित सातवटै डिभिजनको डिभिजन हेडक्वार्टरमा सम्पर्क राख्न अनुरोध गरिन्छ । (कान्तिपुर)

हस्तीलाई आफ्नै क्षेत्रमा हार

काठमाडौं, साउन १८ (नागरिक)- कांग्रेसको जिल्ला र केन्द्रीय राजनीतिमा समेत प्रभाव राख्ने केही हस्तीले क्षेत्रीय अधिवेशनमै हार खाएका छन्।लामो समययता जिल्लाको नेतृत्व गर्दै आएका र यहीँबाट संसदीय निर्वाचनसमेत जितेका काठमाडौं कांग्रेसका सभापति तीर्थराम डंगोल यसपटक महाधिवेशन प्रतिनिधिमै पराजित भए। काठमाडौं १० बाट आदिवासी जनजातिको कोटाका उम्मेदवार बनेका डंगोललाई बद्री महर्जनले हराएका थिए। काठमाडौं कांग्रेसमै पकड राख्ने ९ नम्बर क्षेत्रीय सभापति मनबहादुर केसी पनि महाधिवेशन प्रतिनिधि आउन सकेनन्।

'संघर्षमा अत्यन्त खारिएका केही साथीहरूले प्रजातान्त्रिक अभ्यासबाट पराजित हुनुपरेको छ, प्रवक्ता अर्जुननरसिंह केसीले नागरिकसँग भने, 'उहाँहरूलाई पार्टीको कुनै न कुनै भूमिकामा समाहित गर्छौँ।' कांग्रेसमा युवा सशक्तिकरणले ल्याएको उत्साहलाई पार्टीले सफलताको रूपमा लिएको उनले बताए।

चुनावका लागि मात्रै जिल्ला जाने र अरू बेला केन्द्रमा बसेर राजनीति गर्ने प्रवृत्तिले क्षेत्रीय अधिवेशनमा केन्द्रीय नेताले हार बेहोर्नुपरेको हो। पूर्वकृषिमन्त्री होमनाथ दाहाल पनि ओखलढुंगा १ बाट महाधिवेशन प्रतिनिधिमै पराजित भए। जिल्ला सभापति पृथ्वीबहादुर कार्की र जिल्ला नेता गोमा केसी पनि महाधिवेशन प्रतिनिधि बन्न पाएनन्। खोटाङबाट पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई पनि क्षेत्रीय अधिवेशनबाटै पराजित भए।
डेढ दशकदेखि टे्रड युनियन कांग्रेसको केन्द्रीय नेतृत्व सम्हाल्दै आएका लक्ष्मण बस्नेतले पनि मोरङ ८ बाट महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नुपर्‍यो। मोरङ ६ बाट सभासद् भुटनीदेवी स्वाख र तनहुँ १ बाट उर्मिला थापा पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्।

बर्दियाकी पूर्वसांसद काशी पौडेल २ नम्बर क्षेत्र र बाँके ३ बाट सभासद् मोहम्मद सिद्दिकी पनि क्षेत्रीय अधिवेशनवाटै पाखा लागे। दाङका पूर्वसांसद गेहेन्द्र गिरी वडाबाटै पराजित भएका छन् भने पटकपटक महासमिति सदस्य भएका वयोवृद्ध नेता तीर्थराज चैतु यसपटक महाधिवेशन प्रतिनिधिमा पराजित भए। सिन्धुलीका पूर्वसांसद होमराज दाहाल, जिल्ला सभापति रेगराज खतिवडा र पूर्वसभापति अर्जुन बराल पनि महाधिवेशन प्रतिनिधि हुन सकेनन्।

कांग्रेसले पार्टीको बाह्रौँ महाधिवेशनका लागि भएको गाउँ अधिवेशनमा ८० प्रतिशत सर्वसम्मत भएको तर क्षेत्रीय अधिवेशनमा भने ८० प्रतिशत निर्वाचन भएको प्रवक्ता केसीले बताए।

प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि र एकजना क्षेत्रीय सभापति निर्वार्चित हुने व्यवस्था कांग्रेसको नयाँ विधानले गरेको छ। महाधिवेशन प्रतिनिधि निर्वार्चितमध्ये प्रत्येक क्षेत्रबाट ६-६ जना महासमिति सदस्य निर्वाचित हुन्छन्।

'जसले जिते जसले हारे पनि सबै एक भएर जिल्ला र बाह्रौँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न एकताबद्ध भएर लाग्न केन्द्रीय समिति सबैलाई आग्रह गर्छ,' केसीले भने।

नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष भूपति ढकाल कास्की ३ बाट सबैभन्दा भारी मत अन्तरले पराजित भएका छन्। झन्डै दुई सयको हाराहारीमा मतदाता रहेको यस क्षेत्रमा उनले १० मत मात्रै पाएका थिए। कास्कीमै व्यापारी आनन्दराज मुल्मी र सुरेन्द्रकुमार भारी पनि क्षेत्र नम्बर ४ वाट महाधिवेशन प्रतिनिधिमा पराजित भए। उनीहरू दुवै यसअघि सोही क्षेत्रवाट महाधिवेशन प्रतिनिधि थिए।

कतिपय क्षेत्रबाट भने केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकाहरूले समेत महाधिवेशन प्रतिनिधिमै हार खानुपर्‍यो। बाह्रौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका आमन्त्रित केन्द्रीय सदस्य कृष्णलाल सापकोटा चितवन ४ बाट महाधिवेशन प्रतिनिधि चुनिन सकेनन्। उनी यसअघि नै चितवन कांग्रेसको सभापति भइसकेका थिए। त्यस्तै, केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका लमजुङ कांग्रेसका सभापति तुलसीनारायण श्रेष्ठ पनि क्षेत्रीय अधिवेशनमै महाधिवेशन प्रतिनिधिमा पराजित भए्। नेपाल दलित संघका सभापति तथा स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल दलित कोटाबाटै महाधिवेशन प्रतिनिधिमा पराजित भए। सुर्खेत ३ बाट बस्याललाई स्थानीय भगे कामीले ठूलो मतान्तरले पराजित गरेका थिए। बस्यालले जम्मा १० मत पाएका थिए। किसान संघका राष्ट्रिय अध्यक्ष भानु सिग्देल पनि चिवतनवाट महाधिवेशन प्रतिनिधि छानिन सकेनन्।

कांग्रेसको बाह्रौँ महाधिवेशनमा यसपटक ठूलो संख्यामा युवाको बाहुल्य हुने देखिएको छ। अधिकांश जिल्लाबाट विद्यार्थी, तरुण र महिला संघका नेता महाधिवेशन प्रतिनिधि चयन भएका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव शेखर थापा मोरङ २ वाट महाधिवेशन प्रतिनिधि निर्वार्चित भएका छन्। उनी यसअघि पनि महासमिति सदस्य थिए। दोलखा ६ बाट विद्यार्थी नेता कुन्दन काफ्ले र विनिता अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वार्चित भएका छन्। उनीहरू दुवै विद्यार्थी राजनीतिमा चर्चित छन्।

कांग्रेसले शनिबार ५६ जिल्लामा र सोमबार ६ जिल्लामा गरी ६१ जिल्लाको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ। बाँकी १४ जिल्लामा भने साउन २७ गतेभित्र क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गर्ने मिति तोकिएको छ।

केन्द्रीय सदस्यहरू चुनावमा
कांग्रेसको संशोधित विधानले केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि क्षेत्रबाट चुनिनुपर्ने व्यवस्था नभए पनि केही केन्द्रीय सदस्य आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
मोरङ ६ बाट केन्द्रीय सदस्यहरू महेश आचार्य र संविधानसभामन्त्री मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधि चुनिएका छन्। अर्का केन्द्रीय सदस्य गोविन्दराज जोशी तनहुँ १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। कांंग्रेसको संशोधित विधानमा केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने व्यवस्था छ।