मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 25, 2010

राजामामालाई सम्मान/तीन बन्दी रिहा

तनहुँ , वैशाख ११ - लोकतन्त्र दिवसको अवसरमा शनिवार लोपोन्मुख कुसुण्डा समुदायका एक्ला व्यक्ति राजामामा कुसुण्डालाई सम्मान गरिएको हो । सम्मान चौंथो लोकतन्त्र दिवस मूल समारोह समितिले गरेको हो ।

स्थानिय विकास अधिकारी तथा लोकतन्त्र दिवस मुल समारोह समारोहका अध्यक्ष हरिप्रसाद दाहालले राजामामालाई सम्मानपत्र र तीन हजार नगदसहित सम्मान गरेका थिए । सम्मान पछि ६० वषर्ीय राजामामाले आन्दोलनमा आफु पनि सहभागी भएको र नेताहरुको आपसी खिचातानीले मुलुक अस्थिरता तिर धकेलिने चिन्ता लागेको वताए ।

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले राजामामा दम्पत्तिलाई व्यास ३ डिहिगाउँमा एक रोपनी जग्गा किनेर तीन कोठे घर वनाई दिएको छ ।

तीन बन्दी रिहा

यसैबीच लोकतन्त्र दिवसकै अवसरमा दमौली कारागारमा सजाय काटिरहेका तीन बन्दीलाई रिहा गरिएको छ । चोरी मुद्दामा सजाय काटिरहेका तनहुँका अर्जुनबहादुर कुमाल र मिनबहादुर शाहका साथै सिन्धुपाल्चोकका जीतबहादुर घलेलाई प्रसासनले रिहा गरेको हो ।

उनीहरु तीनै जनालाई पत्रकारको रोहबरमा रिहा गरिएको थियो । उनीहरुको कारागार भित्र मानविय व्यावहार देखाएकाले रिहा गरिएको कारागारका जेलर दामोदर शर्माले जानकारी दिए । -इ
कान्तिपुर

0 comments: