क्रान्ति साह ११ बैशाख, वीरगंज । नेकपा एमालेका माहासचिव इश्वर पोखरेलले प्रमुख तीन दलवीच सहमती भए प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिने बताउनु भएको छ ।
बाराको सिमरा बिमानस्थलमा शनिबार स्थानीय संञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै एमाले माहासचिव पोखरेलले एमाले, माओवादी र कांग्रेसबीच सहमती भएमा प्रधानमन्त्रीले तत्कालै राजीनामा दिने बताउनुभयो ।
माओवादीले देश भर जारी राखेको गतीबीधीले शान्ति प्रकृयामा अवरोध पुर्याउने तर्फ पोखरेलले माओवादीको ध्यानआक्रषण गराउँदै आन्दोलन छोडेर सहमती आउन आग्रह गर्नुभयो । एमाले बाराको सातौँ जिल्ला अधिबेशन उद्धघाटन गर्न पोखरेल कलैया पुग्नु भएको हो । (अनलाइनखबर)
Saturday, April 24, 2010
सहमति भए प्रधानमन्त्रीले राजिनामा दिन्छः पोखरेल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment