मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, April 22, 2010

सेनाका नक्कली क्याप्टेन पक्राउ

विराटनगर, बैशाख ९ (नागरिक) - क्याप्टेन हुँ भन्दै मोरङको रंगेलीमा रहेको नेपाली सेनाको विष्णु दल गणमा रात्री मेजमानीमा गएका विराटनगरका एक युवा पक्राउ परेका छन्। सुरक्षा वेसक्याम्प घुम्न आउने वहाना बनाउँदै रंगेलीस्थित गणमा पुगेका विराटनगर-१७ का सुमन थापा (२५) लाई प्रहरीले समातेको हो।

बेसक्यामका उप-सेनानी(लप्टन) पाण्डब राईलाई फोनमा घुम्न आउँदै छु भनेर रंगेली पुगेको थापालाई सेनाको परम्पराअनुसार स्वागत गरिएको थियो। बुधबार राति ८ बजेतिर को १ च २२७८ नम्बरको गाडी चढी बेसक्याम्प पुगेका थापालाई लप्टन राईसहितको टोलीले सेनाका परम्पराअनुसार भित्र्याएका थिए।

‘राति बसाईको क्रममा थापाले मोवाइलमा अन्तै गरेका कुराकानी र उसको व्यवहारले शंका लाग्यो' - राईले भने, ‘पछि सोधखोज गर्दा उ सेना नभएको पुष्टि भयो।' राती नै थापालाई इलाका प्रहरी कार्यालय रंगेलीले हिरासतमा लिएको छ।

‘नर्सिङ्ग दल गणबाट आएको भनेकाले हामीले स्वागतसत्कार गरे, तर पछि शंका लागेपछि सोधखोज गर्दा उ सेना नभई सर्वसाधारण निस्कयो'- सेनाका उपसेनानी राईले भने। सेनाका अधिकारी भन्दै ठगेको आरोपमा पक्राउ परेका थापाले बाल्यकालदेखि नै लप्टन बन्ने रहर रहेकाले व्यारेकभित्र कस्तो हुँदो रहेछ बुझ्न ढाटेको प्रतिकृया दिए।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक राजेश थापाले उनीमाथि अनुसन्धान जारी रहेको बताए ।

0 comments: