एशिया, युरोप, अमेरिका र अष्ट्रेलिया रहनुभएका सयौ मित्रहरुले आफ्नो लागि वा आफन्तहरुका लागि मलाई पोर्तुगलको आप्रवासी प्रक्रिया (Immigration Process) बारे दैनिक सयौ प्रश्न गरिरहनु हुन्छ । यी सबै कुराहरुको फेसबुक, याहु, जिमेल र स्काइपमा चाट गरेर वा फोनमा उत्तर दिन मुश्किल हुनु स्वभाविक हो ।
त्यसैले यसबारे वा पोर्तुगलको अवस्थाबारे जानकारी राख्न चाहनु हुनेहरुलाई सजिलो होस् भनेर केही सामग्रीहरुको सूची तयार गरेको छु ।

