मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, April 25, 2010

'जनआन्दोलनका घाइते भन्न लाज लाग्छ'

डोटी, वैशाख ११ - जनआन्दोनका घाइते दिपक शाही लोकतन्त्र दिवसका दिन विहानै देखि निरास छन् । उनी कोठाबाट वाहिर नै निस्किएनन् । काठमाणडां मा आयोजना गरिएको लोकतन्त्र दिवसको कार्यक्रमलाई सम्वोधन गरिरहेका प्रधानमन्त्री माधवकुमार नेपालको भाषण सुनेर उनी फत्फताइरहेका थिए-'यि नेताहरुलाई वोल्न अलिकता पनि लाज किन नलागिरहेको होला ?' दिपककै छोरा अनिल पनि जन आन्दोलनका घाइते हुन् । उनी पनि वुवा संगै कोठामा निरास देखिन्थे ।

जनआन्दोलनका घाइते यि वावु छोरा जस्तै अरु घाइतेमा पनि कुनै खुसी थिएन शनिवार । जिल्ला सदरमुकाम सिलगढीमा तामझामका साथ लोकतन्त्र दिवसको अवसरमा कार्यक्रम गरिएको थियो जहाँ एउटा सम्म जन आन्दोलनका घाइत्ोहरु उपस्थित थिएनन् ।

जनआन्दोलनका घाइते हुकुम विष्टले भने-'हामीले आन्दोलन जे पाउनका लागि गरेका थियौ,त्यो नै पुरा नभएपछि,नाम मात्रैको लोकतन्त्रले के गर्नु ।'

जिल्लामा दुई दर्जन वढी जन आन्दोलनका घाइते छन् । गत वर्ष आयोजना गरिएको लोकतन्त्र दिवस कार्यक्रममा सम्मान गर्ने भनि वोलाएर पनि सम्मान नदिएपछि जनआन्दोलनका घाइते वढी रुष्ट भएका थिए । 'आफुलाई जनआन्दोलनको घाइते भन्न नै लाज लागेर आउछ',आन्दोलनका वेला प्रहरीको कुटाइवाट दाया खुट्टा भाचिदा घाइते भएका दिपक शाहीले भने-'अवसरवादी र चाप्लुसी गर्ने नेताहरुले हाम्रो सपना माथि धोत्ती लगाइ दिए ।' गत वर्ष सोही कार्यक्रममा घाइतेहरुले आफ्नो परिचयपत्र प्रमुख जिल्ला अधिकारी सामु फ्याकेपछि अहिलेसम्म फिर्ता लिएका छैनन् ।

घाइतेहरुले समयमै संविधान र दिगो शान्ति भए ४ वर्ष अघि गरिएको आफ्नो आन्दोलनले सार्थकता पाउने बताउछन् । 'हामीले सरकारको आयु टिकाउन र विद्रोही मानसिकता जन्माउन आन्दोलन गरेका थिएनौ',आन्दोलनमा गम्भिर घाइते भएका लोकेन्द्र शाहीले भने-'अहिलेसम्म नेताहरुले संविद्यान वनाउने कुरामा विश्वास दिलाउन नसक्दा हामी वढी दुखित भएका छौ ।' माओवादीले गाउँ गाउँमा गरिरहेको सैन्य प्रशिक्षण र सभासदहरुले संविधान निर्माणप्रति देखाएको निस्कि्रयताले देश भयावह स्थितिमा जाने भय घाइतेहरुमा छ ।

'भोकभोकै १९ दिन सम्म गरेको त्याग वेकारको रहेछ',घाइतेहरु एकै स्वरमा भन्छन-'घरमा फर्किदा परिवारका सदस्यवाट आन्दोलनमा घाइते भएर के पायौ भनी सोध्छन्,हामीसंग अहिलेसम्म त्यसको जवाफ छैन ।'  (इकान्तिपुर)

0 comments: