काठमाडौं, वैशाख १० - माओवादीले सहमति विथोल्न संवैधानिक परिषदमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै आपत्ति जनाएको छ । उसले नियुक्ति सिफारिस खारेज गर्न सरकारसँग माग गरेको छ । भागबण्डा नमिल्दा रोकिएको विभिन्न संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि शुक्रबार सिफारिस गरेको थियो ।
संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान, लोक सेवा, निर्वाचन आयोगको प्रमुखहरु र महालेखा परीक्षकको नियुक्तिको सिफारिस गरेको थियो ।
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले सरकारले गरेको नियुक्ति मान्य नहुने बताए । 'उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नबस्दै गरिएको नियुक्ति मान्य छैन, यो तत्काल खारेज गर्नुपर्छ,' भट्टराईले शुक्रबार साँझ कान्तिपुरसित भने । (इकान्तिपुर)
Friday, April 23, 2010
संवैधानिक आयोगहरुको नियुक्ति सिफारिस खारेज गरः माओवादी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment