काठमाडौं, वैशाख ११ - उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफ्ना ऐजण्डा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा शनिबार कांग्रेस नेताहरुबीच छलफल भएको छ । शनिबार विहान देउवा निवास बुढानिलकण्ठमा बसेको अनौपचारिक बैठकमा उक्त छलफल भएको एक सहभागि नेताले बताए ।
उनले भने, 'माओवादीस“ग कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको हो।' साथै माओवादीको आन्दोलनको बारेमा पार्टीले कस्तो रणनीति तयार गर्ने विषयमा पनि छलफल भएको सहभागि ति नेताले कान्तिपुरलाई बताए । उनले भने, 'माओवादीले कस्तो रणनीति तयार गर्छ त्यही अनुसार कांग्रेसले तयारी गर्छ ।'
कार्यबाहक सभापति सुशिल कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला लगायतका नेताहरु बैठकमा सहभागी थिए । (कान्तिपुर)
Saturday, April 24, 2010
माओवादी आन्दोलनबारे देउवा निवासमा छलफल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment