मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

हिंसाको बाटो माओवादीकै लागि घातकः कोइराला

प्रेमकुमारी घले बेसीशहर , वैशाख ११ - उपप्रधानमन्त्री सुजता कोइरालाले माओवादीले अंगालिरहेको हिंसाको बाटो उसकै लागि घातक हुने बताएकी छन् ।

शनिबार सदरमुकाम बेसीशहरमा बृहत तरुण दलको भेलालाई सम्बोधन गर्दै कोइरालाले माओवादी संविधान लेख्न छोडेर द्वन्द्वको बाटोतर्फ जान खोजेको आरोप लगाइन् । उनले माओवादीलाई बार्तामार्फत समस्या समाधान गरि शान्ति प्रकृयामा आउन आग्रह गरिन ।

'मैले सुनेकी छु ४० हजार माओवादी काठमाडौ पसि घर कब्जा गरि बस्न थालेका छन्', कोइरालाले भनिन्-'यसले उनीहरु अझै हिसाको बाटो जान खोजिरहेका छन् ।'

करिब १५ मिनेटको छोटो सम्बोधनमा उनले माओबादीलाई शिविरमा रहेका लडाकू व्यवस्थापन तत्काल गर्ने, कब्जा गरिएको सम्पक्ति फिर्ता गर्ने र हिसाको बाटो त्यागेर शान्ति प्रकृयामा आए सहमति र सहकार्य गर्न सरकार तयार रहेको बताइन् ।

'यि तीन सर्त पुरा गरे हामी सहमति र सहकार्य गर्न तयार छौ, तर उनीहरुको हिंसाको बाटो हामीलाई स्वीकार्य छैन ' उनले भनिन । जनताले दिएको म्यानडेट र गिरिजाप्रसाद कोइरालाले देखाएको शान्ति र नयाँ सविधान समयमा लेख्नुपर्ने बताउदै उनले त्यसमा सघायन माओवादील्ााई पूनः आग्रह गरिन् । 'जनतालाई दिएको आश्वासन र गिरिजाबाबुको सपना पुरा गर्न हामीले छिटो भन्दा छिटो शान्ति प्रकृयामा जाने र सविधान लेखाउनु आवश्यक छ, उनले भनिन - यसमा माओबादी लगायत सवै दललाई सघाउन आवश्यक छ ।'

संघीय मामिला तथा संस्कृति मन्त्री मिनेन्द्र रिजालले माओबादी जबसम्म नागरिक पार्टीको रुपमा रुपान्तरण हुदैन तबसम्म सविधान लेखन सम्भाव नभएको बताए । माओबादी सविधान लेखनतर्फ नभई सत्ता कब्जा गर्ने अभियानमा केन्दि्रत भएको आरोप लगाउदै उनले माओबादी दोषारोपणमा रुमलिएको बताए । 'दोस अरुलाई देखाउने अनि आफू चै कसरी सत्ता कब्जा गर्ने भन्ने खेलमा छन् ' उनले भने । वाइसीएलको अर्धसैनिक संरचना विगठन र शिविरको सेना बाहिरा ननिकालेसम्म सविधान लेख्ने काम सहज नहुने बताउदै उनले सविधान लेखन अगाडि नै यि सवै कुरा व्यवस्थापन हुनुपर्ने बताए । भेलामा काग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सांसद रामचन्द्र अधिकारी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

यसैबीच हेलीकप्टरमार्फत शनिबार विहान लमजुङ आइपुगेका मन्त्रीद्धयलाई माओबादी कार्यकर्ताहरुले बेसीशहरको सेरामा कालो झण्डा प्रदर्शन गरि केही समय अवरोध सृजना गरेका थिए । केही समय स्थिति तनवापूर्ण भएपछि प्रहरीले नियन्त्रणमा लिएका थिए ।

0 comments: