नेपालगन्ज, वैशाख ९ (नागरिक) - राप्रपा नेपालका अध्यक्ष कमल थापाले दिल्लीमा एकीकृत माओवादी र अन्य राजनीतिक दलबीच भएको शान्ति सम्झौता खारेज गर्न माग गरेका छन्। शान्ति सम्झौता खारेज नगरेसम्म मुलुकमा कुनै पनि हालतमा स्थायी शान्ति नहुने उनले ठोकुवा गरे।
'देशमा शान्ति स्थापना गर्न दिल्लीमा गरिएको सम्झौताले माओवादीलाई शान्तिपुर्ण तरिकाले सत्ता हस्तान्तरण गर्यो बिहीबार थापाले नेपालगन्जमा पत्रकारहरूसँग भने, 'त्यही सम्झौताका कारण मुलुकमा समस्या थपिदै गए।' शान्ति सम्झौता भंग गरी नयाँ ढंगबाट चुनावमा जानु नै समस्या समाधानको उपाय हुने उनको भनाई थियो।
थापाले माओवादीका लडाकुलाई व्यवस्थापन नगरी संविधान सभाको चुनावमा जानु गलत निर्णय भएको उल्लेख गर्दै अव माओवादीलाई सैन्य मानसिकताबाट अन्त्य गराई निर्वाचनमा जान जरुरी रहेको बताए। माओवादीले सैन्य मानसिकता त्याँग्ने हो भने लडाकुलाई सेनामा समायोजन गर्न कुनै समस्या नहुने उनले बताए। 'हाल सेनामा रहेका व्यक्तिहरू पनि विभिन्न पार्टीमा आस्था राख्ने हुन सक्छन्। माओवादीले हिसांत्मक मानसिकता त्याग्ने हो भने लडाकुलाई समायोजन गर्दैमा केही फरक पर्दैन उनले भने, 'समायोजनपछि व्यवसायिक हुने/नहुने ठुलो समस्या हो ।'
संविधान सभाको निर्वाचनमा सेना देखाएर माओवादी ठुलो दल भएको थापाले आरोप लगाए। जनमत संग्रहको निर्वाचन नगरी संविधान बनाउदा मुलुकमा समस्या समाधान नहुने उनको भनाई छ।
जेठ १४ पछि मुलुक उग्रवामपन्थीको हातमा अथवा प्रजातन्त्रको नाममा नयाँ अधिनायकवादको कब्जामा पर्न सक्ने सम्भावना दोह्र्याउँदै थापाले राजतन्त्र भने जनताले चाहे भने मात्र आउन सक्ने बताए। 'राजतन्त्र फर्कने/नफर्कने जनताको चाहनामा भर पर्छ राजावादी दलको रुपमा चिनिदै आएको राप्रपा नेपालका अध्यक्ष थापाले भने। समयमा संविधान नबने निर्वाचन जानु पर्ने आफनो पार्टीको धारणा रहेको थापाले बताए। 'जेठ १४ पछि संविधान सभाको म्याद थप्नु बैधानिक हुदैन,' उनले भने ।
Thursday, April 22, 2010
शान्ति सम्झौता खारेज गर्नुपर्छ : कमल थापा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment