काठमाडौ, वैशाख ११ - माओवादीले शान्ति र नयाँ संविधानका लागि जनदवाव स्वरुप गर्न लागेको आन्दोलनलाई सरकारले भ्रमित पारेर दमन गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएको छ । आन्दोलनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने पार्टीले स्पष्ट पारेपनि सरकारले बक्तब्यवाजी गरेर उत्तेजना फैलाउन खोजेको माओवादीको आरोप छ ।
नयाँ बजारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा शनिबार बसेको केन्द्रीय पदाधिकारी बैठकले भ्रम छरेर दमन गर्ने सरकारको षडयन्त्रलाई स्पष्ट पार्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।
'शान्ति र नयाँ संविधानका लागि राष्ट्रिय सहमतिको सरकार भन्ने नाराका साथ बैशाख १८ गते पार्टीले गर्न लागेको जनप्रर्दशनको कार्यक्रमलाई सरकारले गलत ढंगले ब्याख्या गर्ने र जनतामा भ्रम छर्ने काम गरेको छ । त्यसलाई स्पष्ट पार्नुपर्छ भन्ने बिषयमा छलफल भयो ।' बैठकमा सहभागि माओवादी नेता जनार्दन शर्माले भने, 'सरकार शान्ति र सहमतिलाई भाँड्न खोजिरहेको छ । हिजो मात्रै संवैधानिक परिषदको बैठकले असंवैधानिक तरिकाले नियुक्तिको निर्णयहरु गरेको छ ।'
उनले आयोजक पार्टीले नै आन्दोलनमा शान्तिपूर्ण सहभागितको सुनिश्चितता गरिरहेको र नारा, लक्ष्य , जनपरिचालन सबै शान्तिपूर्ण हुने बताइरहेको बेला शंका गर्नुपर्ने अवस्था नरहेको दाबी गरे । माओवादीले बैशाख १८ गते मे दिवसको अवसरमा मुलुकभर 'जनप्रदर्शन' गर्दैछ । (कान्तिपुर)
Saturday, April 24, 2010
सरकार भ्रम छरेर दमन गर्न खोज्दैछः माओवादी
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment