दीपेन्द्र बडुवाल नारायणगढ, वैशाख १२ - चन्दा नदिएको विरोधमा माओवादीका कार्यकर्ताले आज चितवनमा दुईवटा पसल तोडफोड गरेका छन् । माओवादी कार्यकर्ताले नारायणगढ स्थित कमलनगरमा कवाडी समानको ठुलो कारोबार गर्ने सतन साह कानुको पसल र संगम रोड स्थित कैलास भन्नेको पनि कवाडी पसल तोडफोड गरेका छन् ।
माओवादीले कानुसित १० लाख चन्दा मागेका थिए । व्यवसायीका अनुसार माओवादीले चिठि पठाएर माग गरे बमोजिमको रकम दिन नसक्ने बताएपछि उनीहरुले तोडफोड, गालीगलौज तथा कुटपिट गरेको थियो ।
यसैगरि नारायणगढ क्यान एशोसियसनले तोके बमोजिमको चन्दा दिन नसक्ने बताउदैं भोलि चितवनका सबै कम्प्युटर पसल बन्द गर्ने भएका छन् । क्यान एशोसियसनका अध्यक्ष कमल बांस्तोलाका अनुसार माओवादीले प्रत्येक कम्प्युटर व्यवसायीसंग डेढ देखि ५ लाख सम्म माग गरेको बताए ।
उनले त्यो पैसा माओवादीले दिनैपर्ने बताएपछि आफुहरु चरणबद्ध आन्दोलनमा उत्रिने बताए । यसैगरि सुनचांदी व्यवसायीसंग पनि पसलैपिच्छे ५० हजार देखि ३ लाख सम्म मागेपछि नेपाल सुनचांदी व्यवसायी संघले संस्थागत रुपमै १० लाख दिने निर्णय गरेको श्रोतले जनाएको छ ।
माओवादीले चिठीमा स्वेच्छिक रुपमा दिन आग्रह गरेपनि फोनबाट रकम तोकेर माग्ने गरेको व्यवसायीको भनाई छ । यसैबिच उवासंघ चितवनले एक विज्ञप्ती जारी गरि चन्दा संकलनले केही अपि्रय घटना घटेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसैबिच चितवन प्रहरीले चन्दा संकलनको विषयमा आफुहरुलाई कुनै जानकारी नभएको जनाएको छ । -(इकान्तिपुर)
Monday, April 26, 2010
चन्दा नदिएपछि व्यवसायीमाथि आक्रमण
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment