प्रविण चौधरी ९ बैशाख, सप्तरी । बढ्दो लोडसेडिङ्गविरुद्ध प्रर्दशनमा उत्रेका व्यापारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि सप्तरीको राजविराजमा विहीबार अपरान्ह दोहोरो झडप भएको छ । झडपको क्रममा प्रहरीको लाठीचार्जबाट ६ जना व्यापारी घाईते भएका छन् ।
घाइते हुनेहरुमा भिमराज यादव, भोगेन्द्र मिश्र र मिस्टर तैयब अंसारी लगायत ६ जना व्यापारी रहेका छन् । घाईतेहरुको स्थानीय सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
लोडसेडिङ्ग घटाउनु पर्ने माग गर्दै नेपाल विधुत प्राधिकरण शाखा कार्यालय राजविराज अगाडि धर्ना बसेका ब्यापारी र स्थानियवासीमाथि हस्तक्षेप गर्ने क्रममा दोहोरो झडप भएको हो ।
दैनिक १६ घण्टा लोडसेडिङ्ग बढाएका कारण ब्यापार व्यवसाय धरासायी हुनुको साथै शान्ति सुरक्षामा समेत खलल पुग्न थालेको भन्दै स्थानियवासी र ब्यापारीहरु बजार बन्द गरी आन्दोलनमा उत्रेका छन् । लोडसेडिङ्गको समय नघटाए सम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।
प्रहरीले हस्तक्षेप गरेको विरोधमा अहिले व्यापारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी ढुंगामुढा गर्दै सदरमुकाम राजविराजमा जुलुस प्रदर्शन गरेका कारण सो क्षेत्र अहिले तनाव ग्रस्त रहेको छ । (अनलाइनखबर)
Thursday, April 22, 2010
प्रहरी र व्यापारीवीच झडप, राजविराज तनावग्रस्त
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment