मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Saturday, April 24, 2010

सरकार परिवर्तन भए वाइसीएल भंगः प्रचण्ड

प्रकाश ढुंगाना ११ बैशाख, काठमाण्डौ । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेस-एमाले सहमत भए वाइसीएलको अर्धसैन्य दस्ता भंग गर्न तयार रहेको बताउनुभएको छ ।

ललितपुरको थैवमा शनिबार आयोजित कार्यक्रममा माओबादी अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियाको पूर्णता र समयमै संविधान जारी गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको भन्दै त्यसका लागि दलहरु तयार भए आफ्नो पार्टीको भातृसंगठन वाइसीएलेको अर्धसैन्य दस्ता भंग गर्ने खुलासा गर्नुभएको हो ।

सत्तारुढ कांग्रेस-एमालेले माओवादीले वाइसीएलको अर्धसैन्य विघटन, कब्जा गरिएको घर जग्गा तथा सम्पत्ति फिर्ता, नागरिक पार्टी बन्नुपर्ने, लडाकु समायोजना तथा पुनःस्थापनामा इमान्दार हुनुपर्ने लगायतका सर्त मान्न माओवादी तयार भए सरकार परिवर्तनका विषयमा पनि छलफल गर्न तयार रहेको बताइ रहेको बेला प्रचण्डको भनाई सार्वजनिक भएको हो ।

प्रचण्डले द्वन्द्वकालमा बेपत्ता भएकाहरुको खोजि गर्न र १२ बुँदे सहमतिदेखी हालसम्म भएका सबै सम्झौताहरुलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्ने सर्त राख्नु भएको हो ।

सरकारमा सहभागि दलहरुले माओवादी प्रस्ताव कार्यान्यवन गर्न कुनै चासो नदेखाएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले सबैधानिक निकायमा नियुक्ति आफूहरुलाई बाइपास गरेर गरिएकाले तत्काल फिर्ता लिन आग्रह गर्नुभयो । (अनलाइनखबर)

0 comments: