मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, April 23, 2010

'उच्छृंखल महिलाका कारण भूकम्प'

बेरुत, वैशाख १० (एपी) - इरानका एक वरिष्ठ धर्मगुरुले भड्किलो पहिरन र उच्छृंखल व्यवहार गर्ने महिलाका कारण भूकम्प जाने गरेको बताएका छन्।

'धेरै महिला शिष्ट पोसाक लगाउँदैनन्, त्यसले युवकलाई बराल्दछ, पतिव्रतालाई भ्रष्ट पार्दछ र समाजमा दूराचारलाई बढाउँछ, जसले भूकम्प बढाउँछ,' धर्मगुरु होजातोलेस्लाम काजेमल सेदिघीले भनेका छन् । सेदिघीले तेहरानमा हुने शुक्रबारे प्रार्थनाको नेतृत्व गर्दै आएका छन्।
राष्ट्रपति मोहमद अहमदिनेजादले कुनै दिन तेहरानमा ठूलो भूकम्प जाने र १ करोड २० लाख मानिसलाई ठाउँ छाड्न बाध्य पार्ने बताएपछि भूकम्पबारे ती धर्मगुरुले यस्तो व्याख्या गरेका हुन्।

इरानको इस्लामिक कानुनअनुसार महिलाले टाउकोदेखि औंलासम्म छोपिने गरी लुगा लगाउनुपर्दछ। तर विशेषगरी वयस्क महिलाले यसको बेवास्ता गर्दै हल्का लुगा लगाउने गरेका छन् र कपाल देखिने गरी 'स्क्राफ' लगाउने गरेका छन्।

'भग्नावेशषमा पुरिनबाट जोगिने हो भन्ने के गर्नुपर्दछ?' सेदिघीलाई प्रार्थना सहभागीले प्रश्न गरे। उनले भने, 'धर्ममा शरणमा पर्नु र इस्लामिक नैतिक संहिताबाहेक समाधान छैन।'

गत जुनको विवादस्पद राष्ट्रपतीय निर्वाचनपछिको हिंसाको उदाहरण दिँदै उनले भने, 'राजनीतिक भूकम्प केही क्रिया-प्रतिक्रिया हो। यदि प्राकृतिक भूकम्प तेहरानमा हुने हो भने भगवानको शक्तिबाहेक त्यो विपत्तिसँग जुध्न सकिने छैन। त्यसैले भगवानलाई निराश पार्नु हुँदैन।'
भूगर्भविद्हरूले तेहरान भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन्। केहीले विज्ञहरू इरानले उसको राजधानी भूकम्पको जोखिम कम भएको स्थानमा सार्नुपर्ने सल्लाह दिएका छन्। तेहरानमा सन् १९३० मा ठूलो भूकम्प गएको थियो।

सन् २००३ मा दक्षिणी सहर बाममा शक्तिशाली भूकम्प जाँदा ३१ हजारको मृत्युभएको थियो। सो संख्या सहरका कुल जनसंख्याको एक तिहाइ हो ।

0 comments: