दीपक दाहाल, काठमाडौं, बैशाख १२- गत वर्ष झण्डै एक महिना अगावै मध्य र सुदुरपश्चिम क्षेत्रमा फैलिएको झाडापखालाले प्रकोपको रूप लिने संकेत देखिएको छ। ती क्षेत्रहरू हालसम्म १६ जनाभन्दा बढीको ज्यान गइसकेका भने तीन सय भन्दा बढी विरामी भइसकेका छन्।
सरकारले बैतडीमा प्रकोप नजिकको अवस्था भएको जनाएको छ । बैतडीमा मात्रै यसवर्ष सात जनाको ज्यान गइसकेको छ। विभागले शनिबार नै वैतडीका लागि नमून संकलन गर्न विशेष टोली पठाएको छ। हालसम्म दैलेख, जाजरकोट बैतडी बाजुर र डढेल्धुरामा मृत्यु भएको छ । जाजरकोटमा हालसम्म १ सय ५०, वैतडीमा ६८, डढेल्धुरामा ६३ विरामी भएको सरकारले जनाएको छ । बैतडीमा भएको मृत्यु सिप्लिङ्ग, रूघाँस र गाँजरी मा र चार जनाको ज्यान गएको जाजरकोटको मझकोट, जूंगाथापाचौरमा धेरै विरामी परेका छन्।
गतवर्ष जाजरकोटमा मात्रै डेढसय भन्दा बढीको ज्यान गएको थियो। यसवर्ष स्वास्थ्य मन्त्रालयले गतवर्ष झाडापखाला बढी प्रभावित जिल्लाहरूमा रोग नियन्त्रण क्षमताबारे अध्ययन गर्न विशेषज्ञ सहितको टोली परिचालन गरेको थियो। स्वास्थ्यका अधिकारीहरूले औषधी र चिकित्सक मात्रै पुर्याएको भरमा मानवीय क्षति कम गर्न नसकिने बताएका छन्। 'खानेपानी, व्याबहार परिवर्तनलाई सगै लिएर नजाने हो, भने औषधी र डाक्टर पुर्याएर मात्रै हुदैन्। ' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जिडी ठाकूरले भने, 'महामारीको रूप लिनमा त्यसलाई नियन्त्रण लिन हामी सक्छौ, तर अरू काम पनि सग्ौ हुनुपर्यो। '
हालै मात्रै सो जाजरकोट रूकुम बैतडी लगायतका क्षेत्रको भ्रमणबाट फर्किएका महाशाखाका डा.विश्वराज खनालले औषधी र चिकित्सकको व्यावस्था प्रयाप्त भएको बताए। स्वास्थ्यकर्मीको दरवन्दी पूर्ती गरिएको र सबै स्वास्थ्य संस्थामा औषधी पुर्याइएको बताए। उनले सरकारी घोषणा अनुसार शौचालय बन्ने प्रक्रिया सुरू भएको बताए।
सरकारले गतवर्ष महामारीपछि जाजरकोटमा ३० हजार र रूकुममा २० हजार शौचालय बनाउँने घोषणा गरेको थियो। त्यसैगरी स्वास्थ्यका अधिकारीहरू सरकारी घोषणा अनुसार पानी सुद्धिकरणको काम पनि अघि बढ्न नसकेको बताएका छन्। विभागका एक उच्च अधिकारीका अनुसार यसवर्षपनि बेलैमा पानी सुद्धिकरणका कार्यक्रम नल्याए महामारीकै रूप लिने बताए। 'अहिले औषधी छ तर, एकैपटक धेरै विरामी भएपछि गत वर्षको जस्तै वेताल हुन्छ।'
सरकार मातहतकै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले पनि गत वर्ष हैजा मात्रै नभएको भन्दै विशेष रणनीति र औषधी आवाश्यक पर्ने जनाएको थियो। परिषद्ले गरेको एक अध्ययनले तत्कालै पानी सुद्धिकरणका उपाय नअपनाए फेरी महामारी फैलिनसक्ने र सो क्षेत्रमा हानीकारक जिवाणु समेत भएकोले नियन्त्रण प्रयास समेत असफल हुनसक्ने चेतावनी दिएको छ। परिषद्ले सन् २००९ को अप्रिलदेखि सेप्टेम्बरसम्म सुदूर पश्चिम क्षेत्रका तीन जिल्लामा अछाम, बैतडी र डोटीमा संकलनगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाले पठाएका ५१ स्याम्पल मध्ये धेरै जसोमा कलेरा भएको पुष्टि भएको थियो। जसमध्ये झाडा पखालाका लागि प्रयोग हुँने औषधी नै प्रभावकारी देखिएका उल्लेख गरेको छ।
परिषद्ले ती स्याम्पसमा थप अनुसन्धानको आवश्यकता महसुसगरी सिएमडिएमको प्रयोगशालाबाट केही नमूनाको अनुवाशिंका एनालाइसिस् गर्दा अनुसन्धानले झाडा पखाला हैजा मात्रै नभएर अन्य खतरनाक जिवाणु पनि रहेको तथ्य नतिजाले देखाएको अध्यक्ष डा. चोपचाल भुसालले बताए। डा.भुसालले ती जिवाणु सबैले झाडा पखाला लगाउँन सक्ने तर सबैलाई झाडापखालाको औषधीले नछुने भएकोले यसपटक नियन्त्रण प्रयास थाल्दा यो अध्ययन समेत ख्याल गर्नुपर्ने बताए। परिषद्ले यसप्रकारको मलेक्युलर इस्त्रि्कनिङ्ग नेपालमा पहिलो भएको समेत जनाएको छ। 'विशेषगरी एरोमोनास स्पिसिज्का लक्षण भिब्रियोको जस्तै हुन्छ तर, औषधी उपचार भने फरक हुन्छ।' डा.भुसालले भने। अनुन्धानमा सडेगलेका खानेकुरामा पाइने जिवाणु भने कमै भेटिएको समेत परिषद्ले जनाएको छ ।
गत वर्ष औषधी उपचार थालिसकेको अवस्थामा पनि विरामीलाई निको हुन समय लाग्ने र झाडा पखाला सुरू भएको केही घन्टा मा नै विरामीको मृत्यु हुनेगरेको थियो। 'यसपटक पनि झाडापखाला सुरू भएको १२ देखि २४ घन्टामा मृत्यु भएको छ।' एक चिकित्सकले भने 'सो क्षेत्रको पानीमा नै खतरनाक जिवाणु छन् भन्ने हो, पानी सुद्धिकरण नगरी औषधी पुर्याएर मात्रै हुदैन्। '
गत वर्ष
देशभर करिव ४ सय र जाजरकोटमा मात्रै २ सय ५० जनाको मृत्यु
चार महिनासम्म झाडा पखाला
फैलिएको ७६ औ दिनमा हैजा भएको पुष्टि
मन्त्री हेलिकप्टरमा औषधी खच्चडमा
औषधी सदरमुकाममा मात्रै सिमित
चिकित्सक र औषधीको तालमेलको अभाव
हैजाका जिवाणु तर, सामान्य झाडापखालाको उपचार (नागरिकन्यूज)
Sunday, April 25, 2010
झाडापखालाले पोहोरकै रूप लिने छाँट
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment