Friday, August 6, 2010
विचार/दृष्टिकोण
किन यस्तो भयो तिज ?...बबिता बस्नेत
विदेशमा नेपालका ‘भूमिगत’ पार्टी बग्रेल्ती...ददी सापकोटा
किन यस्तो भयो तिज ?...बबिता बस्नेत
हाम्रो स्वतन्त्र अस्तित्व गम्भीर खतरामा...गोपाल बुढाथोकी
तीज पर्वको महत्व र बिसंगतिहरु...खुशी मैनाली
टेप- रूप र सार...गुणराज लुइँटेल
नेपाली भएर बाँच्न सिकौं...गिरीश पोखरेल
'पढेर होइन, परेर जानिन्छ...
फ्रान्स बस्दा परिचयको पेलाई...अनुराधा
हत्या कि आत्महत्या ?...होम कार्की
राष्ट्रिय सहमतिको सूत्र...भरतमोहन अधिकारी
माओवादीभित्रको अन्तरसंघर्षबारे...मोहनविक्रम सिंह
निर्देशकबाट 'मिसयुज्ड’ हुन्छन् हिरोइन...दीपक सापकोटा
किन फुट्छन् कम्युनिस्ट ?...हुकुमबहादुर सिंह
साबधान ! फेस-बुक (Facebook) मा फस्दैछन् वयस्क दम्पती...अनिल पाण्डे
अब नसके ताजा जनादेश...सोमबहादुर थापा
राजनीतिक संकट र चुनौती...दीपक चौधरी
दोहोरो नागरिकताको अपरिहार्यता...शोभाकर बुढाथोकी
अन्यौलपूर्ण राजनीतिक स्थिति र प्रतिगमनको खतरा...मोहनविक्रम सिंह
म किन लागें राजनीतिमा ?...डा. बाबुराम भट्टराई
मोहनविक्रम, एक्ला वृहस्पति...राजाराम गौतम
नेपाल पर्यटन वर्ष सन् २०११...विमल भौकाजी
नेपाली साहित्य, हिजो आज र भोलि...कृष्ण धराबासी
युवा कांग्रेसको पक्षमा...प्रदीप पौडेल
कहीं दीप जले, कहीं दिल...किशोर नेपाल
प्रगतिशील राष्ट्रवादको अन्तरवस्तु...बाबुराम भट्टराई
नागपंचमी पर्व र यसको महिमा...अच्युतप्रसाद पौडेल, चिन्तन
६०१ लाई काँधमा बोक्ने त अझै ?..योगेन्द्रमिलन छन्त्याल
के सम्वन्ध छ नयाँ संविधान र संघीयताको ?...मोहनविक्रम सिंह
तीन धूर्त ठेकदार..अखण्ड भण्डारी
दुर्गमवासीका सपना..मुरारी ढुंगेल
रेडलाइट एरियामा गुलाबी सपना..दीपक सापकोटा
देखे-भोगेका कुरा
१०० दिन र आत्ममूल्यांकन
अप्ठेरो आइपरे विकल्प पनि छ
६०१ लाई काँधमा बोक्ने त अझै ?
नेपाल पर्यटन वर्ष २०११
साथीहरु, तपाईले अरु साथीहरुलाई पनि ब्लगबारे जानकारी दिनसक्नुहुन्छ । ब्लग हेर्नुभएपछि के थपघट गरेमा राम्रो हुनेछ भन्ने लाग्छ तपाईलाई, प्रतिक्रिया लेख्न नबिर्सनु होला ! तपाईका लेखरचना र विचार पनि लेखेर पठाउनुहोला, हामी ब्लगमा स्थान दिनेछौ । धन्यवाद ।
एक प्रतिभा
माम्बा क्लाक, ३०, युगान्डाबाट सन १९८९ मा जर्मनी आएका हुन । उनी यति लामो समयसम्म यहाँ बस्दासमेत भिसाको अझसम्म समस्या छ । तर क्लाकलाई सरकारले पाल्नुपर्दैन । जर्मनीको हाम्बर्ग मुख्य रेलस्टेशन आसपासमा ढुंगा, पाइप र केही काठका सामग्रीहरुबाट तयार पारिएको वाद्यसामग्री बजाएर उनी राम्रो आम्दानी गर्दछन ।
Thursday, August 5, 2010
शैक्षिक सँस्था वन्द गराउँर्दै हिड्नेहरु पक्राउ
काठमाडौं, २० साउन । प्रवीणता प्रमाणपत्र तह हटाउने निर्णय विरुद्ध आन्दोलनरत ११ विद्यार्थी संगठनले आज देशभर शैक्षिक हडताल आह्वान गरेका छन् । विगतमा भएका सहमति कार्यान्वयन नभएसम्म प्रमाणपत्र तह खारेज गर्न नपाइने भन्दै विद्यार्थी संगठनले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
आफूहरुको मागप्रति त्रिभुवन विश्वविद्यालयले कुनै सुनुवाई नगरेकाले आम शैक्षिक हड्ताल गरेको अनेरास्ववियु पाँचौका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो । त्रिभुवन विश्वद्यालयलाई खवरदारी गर्दै आन्दोलनरत विद्यार्थीले शैक्षीक हड्ताल आह्वान गरेपनि उपत्यकाका केहि विद्यालयमा भने आज नियमित कक्षा साचालन भइरहेको छ ।
आन्दोलन अन्तर्गत विद्यालय तथा अन्य शैक्षीक संस्था बन्द गर्दै िहंडेका अनेरास्ववियु एकिकृतका संयोजक अर्जुन कार्की अनेरास्ववियु पाँचौंका महासचिव महेन्द्र साह तथा कोषाध्यक्ष मेघनाथ अर्याल सहित १४ जनालाई प्रहरीले पक्रेको छ । उनीहरु डिल्लिबजारबाट पक्राऊ परेका हुन् । (hamrakura)
साना दुःखले 'धुर्मुस’ बनेको होइन म
हास्य कलाकार
पढ्न र कलाकार बन्न काठमाडौं छिरेका सीताराम कट्टेलले पाउनुसम्म दुःख पाए । हातमुख जोर्न उनले भारी बोक्ने कामसम्म गरे । निरन्तर संघर्ष गरेर उनी कलाकारितामा जमेका हुन् । साधारण सीताराम आज टेलिभिजन सेलिबि्रटी धुर्मुस बनेका छन् । उनका केही स्मृतिः
हलो जोतेर क्यारिकेचर प्राक्टिस
बाह्र/तेह्र वर्षको उमेरदेखि नै म घरको जिम्मेवारी सम्हाल्ने भइसकेको थिएँ । घरको सारा काम गर्थें म । बिहान ५ बजे हलो लिएर खेतमा जान्थेँ र साढे नौ बजेसम्म जोतेर स्कुल जाने गर्थें । पढ्नमा राम्रै थिएँ ।
स्कुलमा हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा मेरो क्यारिकेचर सुन्न्ा मेरा साथीहरू आतुर हुन्थे । मैले क्यारिकेचर प्राक्टिस गर्नुपर्ने हुन्थ्यो । बेलुका अरूको घरमा टिभी हेर्न जान्थेँ र बिहान हलो जोत्दा क्यारिकेचरको अभ्यास गर्थें । सन्तोष पन्त, शिवहरि पौडेललगायत धेरैको हुबहु क्यारिकेचर गर्थें । घरमा प्राक्टिस गर्यो भने छोरो बौलायो भन्थे । त्यसैले खेतमै प्राक्टिस गर्थें । स्कुलमा शुक्रबार हुने कार्यक्रममा मैले प्रस्तुत गर्ने क्यारिकेचरजति सबै हलो जोत्दै बनाउँथेँ । हुँदा-हँुदा, स्कुलका शिक्षकका पनि हुबहु क्यारिकेचर गर्न सक्ने भएँ । एक दिन स्कुलका एकजना शिक्षकको नक्कल गरेर प्रहसन बनाएँ । सबै मरी-मरी हाँसे । शिक्षक पनि हाँसे । प्रस्तुति सकिएपछि स्याबासी दिनुहुन्छ होला भन्ठानेको त 'मेरै नक्कल गर्नुपर्छ' भनेर मर्नेगरी पिट्नुभयो । म न रुन सकेँ, न हाँस्न ।
काठमाडौं आएकै दिन दरबार हत्याकाण्ड
एसएलसी फस्ट डिभिजनमा पास गरे । क्याम्पस पढ्ने र कलाकारितामा केही गर्ने अठोट बोकी काठमाडौं आउने योजना बनाएँ ।
तर, मलाई काठमाडौं पठाउन सक्ने अवस्था थिएन । घरछेउमै रहेको क्याम्पस पढ् भन्थे । तर, मेरो मनले मानेन । बुबासँग बल्ल-बल्ल १७ सय रुपैयाँ फुत्काएँ । दाइ ऋषिराम र म नाइटबस चढेर काठमाडौं आयाँै । भोलिपल्ट बिहान काठमाडौं टेक्दा त इतिहासमै सबैभन्दा कहालिलाग्दो समाचार सुन्नुपर्यो- राजा वीरेन्द्रको सपरिवार हत्या भएको । हामीलाई त विश्वासै लागेन । कलंकीबाट गाडी अगाडि बढेन । पहिलोचोटि काठमाडौं आएका हामी, कहाँ जाने केही थाहा छैन ! त्यसदिन हिँडेर कोटेश्वरमा आफन्तकहाँ गएर बस्यौँ ।
सन्तोष पन्तको गाली र धाप
सन्तोष पन्तले खेलेको वेस्टर्न युनियन मनि ट्रान्सफरको विज्ञापनको म हुबहु नक्कल गर्थें । त्यतिवेला सन्तोष दाइको कार्यक्रम 'हिजोआजका कुरा' सुपरहिट थियो । त्यस कार्यक्रममा खेल्ने ठूलो धोको थियो । ऋषिरामलाई लिएर म सन्तोष दाइको घर जान हिँडेँ । धापासी जाने गाडी चढ्यौँ । संयोगवश म हास्यकलाकार खेम शर्मा बसेको सिटमा बस्न पुगेछु । फिल्म र टिभीमा देखिने मान्छे
आफ्नैअगाडि हुँदा म त बोल्नै सकिनँ । ऋषिरामलाई इशारा गरेर खेम दाइसँग कुराकानी सुरु गर्न भनेँ । उसले बोल्न सुरु गरेपछि म पनि खेम दाइसँग बोल्न थालेँ । उनले भने- 'सन्तोष पन्तलाई खेम शर्माले पठाएको भन्नू ।' हामी खुसी हुदै धापासीस्थित सन्तोाष दाइको घर पुग्यौँ । उनको घरमा काम गर्ने मान्छेलाई सन्तोष दाइलाई बोलाइदिन आग्रह गर्याँै । तर, ऊ झर्कियो । एक/डेढ घन्टा बितिसक्दा पनि सन्तोष दाइसँग भेट्नै पाइएन । दुई घन्टापछि उनी घरबाहिर निक्लिए र सीधै गाडी चढ्न गए । हामी पछि लाग्यौँ । उनलाई 'हामी झापादेखि आएको र खेम शर्माले पठाउनुभएको' मात्रै के भनेका थियौँ, उनले हाम्राे सातो जानेगरी थर्काए । टाइम-कुटाइम आउने ? भन्दै छाडा पनि बोले । हामी त छाँगाबाट झरेभै"m भयौँ । कुरा के रहेछ भने हिजोआजका कुराका लागि सोमबार कलाकार छानिँदोरहेछ । हामी पुगेका थियौँ, बिहीबार । त्ौपनि, घरमै पुगेको मान्छेलाई त्यस्तो व्यवहार गर्छन् भन्ने लागेको थिएन । पछि, हिजोआजका कुराले ५ सय भाग पूरा गरेको उपलक्ष्यमा चितवनमा सन्तोष दाइलाई सम्मान गर्ने कार्यक्रममा हामीले एउटा प्रहसन गर्ने अवसर पायौँ । हाम्रो प्रस्तुतिमा सन्तोष दाइ यति हाँसे कि पछि ड्रेसिङ रुममै आएर मलाई धाप मारे । उनीसँग जोडिएका यी घटनालाई मैले प्रेरणाका रूपमा लिएको छु । म उनलाई सदा सम्मान गर्छु ।
जँड्याहाको कुटाइले फुटेको ज्वरो
खेम शर्माको सहयोगमा झमेला नामक सिरियल खेल्ने अवसर जुर्यो । तर, सात दिन धाएर पुलिसको रोल पाएको थिएँ । भद्रकालीमा सुटिङ भएको थियो, राति । मलाई सबैभन्दा पछाडि राखियो । संवाद पनि केही थिएन । तैपनि, टिभीमा अनुहार त देखिने भयो भनेर खुसी नै थिएँ । तर, सिरियल प्रसारण हुँदा त मेरो नामोनिशान थिएन । अँध्यारोमा म देखिँदै देखिइनँ । टेलिफिल्म खेल्न धाउँदाधाउँदै खान र कोठाभाडा तिर्न धौ-धौ भयो । कलंकीमा एउटा कम्पनीमा काम गर्न थालेँ । बिहान ८ बजे थापाथलीबाट हिँडेर कलंकी पुग्थेँ । दिनभरि भाँडाकुँडा बोकेर बेच्न हिँड्थँे । कराई, मैनबत्ती स्ट्यान्ड र ग्यास-पाइप आदि बेच्ने गथेर्ं । दिनभरि हिँड्दा भोक लाग्थ्यो, पैसा हुँदैनथ्यो । एकदिन मैतीदेवीमा एउटा पसलमा मैनबत्ती स्ट्यान्ड बेच्न खोज्दै थिएँ, एकजना जँड्याहाले नक्कली सामान बेच्छस् भन्दै कुटपिट गर्यो । रातभरि ज्वरो आयो । भोलिपल्ट काम गर्दिनँ भनेर सामान बुझाउन कलंकी गएँ । त्यत्रो समय काम गरेको जम्मा ८ सय रुपैयाँ पाएको थिएँ ।
धनकुटे एक्सप्रेसमा केसी जोडी
नेपाल आर्ट्स कलाकेन्द्र्र, पुतलीसडकमा जितु नेपालले गीताञ्जली कार्यक्रमका लागि स्त्रिmप्ट लिएर आऊ भनेका थिए । केदार घिमिरे(मेरी बास्सैका माग्नेबुढा) लाई पनि त्यसै भनिएको रहेछ । म त्यहाँ पुग्दा केदार आइसकेका रहेछन् । मलाई देख्नेबित्तिकै अलिकति झस्किए, उनी । कारण- केही दिनपहिले उनले कीर्तिपुरमा मेरो सडक नाटक हेरेका रहेछन् । त्यहाँ मैले बेस्सरी हँसाएको थिएँ । हाम्रो कुराकानी भयो । उनले जोडीको प्रस्ताव राखे । तर, मैले तत्कालै निर्णय दिइनँ । हाम्रो भेट निरन्तर हुन थाल्यो । एकदिन जितु दाइले फोन गरेर 'भृकुटीमण्डपमा कार्यक्रम छ, तिमी र अरू कोही भएर प्रहसन गर्नू' भने । मैले केदारलाई खबर गरे । 'धनकुटे एक्सप्रेस' नामक प्रहसन मन्चनसँगै 'केसी (केदार, सीताराम) जोडी' को घोषणा गरियो । त्यसपछि हाम्रा गुरु जितु दाइले हामीलाई गीताञ्जली लेख्ने र खेल्ने काम दिए । दमन रूपाखेती दाइको नेपाल वानको कार्यक्रम लोकलहरीमा पनि काम गर्ने मौका पायौँ । त्यसपछि टेलिफिल्म जिरेखुर्सानीमा पनि ६८ भागसम्म काम गर्यौँ । र पछि, दमन दाइसँग मिलेर तीनजनाले 'मेरी बास्सै' सुरु गर्यौँ । केदार मभन्दा उमेरले मात्र जेठो होइनन्, हरेक कुरामा पाका छन् । हाम्रो जोडी बनेको सात वर्ष भइसक्यो । यस अवधिमा हामीबीच कहिल्यै नराम्रो भएन ।
'कान्तिपुर'ले कमेडियन बनायो
राष्ट्रिय नाचघरमा अभिनय कक्षा सञ्चालनका लागि नेपालभरिबाट विद्यार्थी मागिएको थियो । मैले पनि अभिनय सिक्न र्फम भरेँ । ४ सय हाराहारीका अभिनय सिक्न चाहनेबाट २० जना छान्न अशेष मल्ल, मदनदास श्रेष्ठ, भुवन चन्दले अन्तर्वार्ता लिएका थिए । मेरो अभिनय, क्यारिकेचर देखेर सबै प्रभावित भएका थिए । अझ मदनदास दाइ त अत्यन्तै प्रभावित ! उनले मलाई रेडियो नेपालमा जागिर लगाइदिने आश्वासन दिए । उनले मेरो दुइटा फोटो मागे र आफ्नो घरको नम्बर दिए । एक सातापछि तिम्रो जागिर पक्का ! भने । म खुसीले गद्गद् भएँ । साता बित्यो, उनले फोन गरेर 'तिम्राे नियुक्तिपत्र बनिसक्यो, सही गर्ने मान्छे पन्जाव गएको छ, एक सातापछि सम्पर्क गर्नू' भने । यता नाचघरमा पनि मेरो नाम निस्केन । मदनदास दाइलाई फेरि फोन गरेँ । उनले 'तिम्रो रेडियोमा जागिर पक्का छ, नाचघरमा जागिर किन चाहियो ?' भने । १५ दिनपछि उनलाई फेरि फोन गरेँ, उनले फेरि 'अर्को साता' भने । भानुभक्तको भोलि-भोलि भन्ने कविताझैँ पो भयो, गाँठे ! यसरी धेरै साता बिते । पछि, उनले 'मैले तिम्रो ठेक्का लिएको छु र ?' भनेर हपारे । साह्रै नरमाइलो लाग्यो । तैपनि, मैले मदनदास दाइलाई आफ्नो प्रेरणा-स्रोत मानेको छु ।
मेरा आदर्श हरिवंश र मदनकृष्ण
मैले जीवनमा पहिलोचोटि हेरेको टेलिसिरियल हो- महद्वारा निर्देशित/अभिनीत 'कान्तिपुर' । हाँस्दा-हाँस्दा आँसु नै आएको थियो । त्यही सिरियलले मलाई हास्य-व्यंग्यतिर लाग्ने प्रेरणा मिलेको थियो । त्यसअघि गाउँमा धेरै नाटकमा भिलेनको अभिनयमा जमेको थिएँ । 'कान्तिपुर'ले मलाई पूरै कमेडियन बनाउन मद्दत गर्यो । हरिवंश दाइको वडाध्यक्षको भूमिकाको मेलै पहिलोचोटि क्यारिकेचर गरेको थिएँ । हरिवंश दाइले ८ वटा टेलिसिरियलमा गरेका ८ भूमिकाको मैले 'मेरी बास्सै'मा क्यारिकेचर गर्ने कोसिसा गरेको थिएँ । धेरै मिहिनेत गरेर एउटै प|mेममा ८ जनाको भूमिका गरेको थिएँ । ३ भाग प्रसारण भइसकेपछि हरिवंश दाइले आफँै फोन गरेर मलाई बधाई दिनुभयो । त्यो क्षण म कहिल्यै भुल्दिनँ । हरिवंश र मदनकृष्ण दाइ हास्य सम्राट् हुन् । उनीहरू मेरा आदर्श हुन् ।
हिट भएपछि पनि गुमनाम
मेरी बास्सै लोकपि्रय भइसकेपछि धेरै जिल्लामा कार्यक्रम गर्यौँ, हामीले । बुटवल महोत्सवमा केदार, कुन्जना, बान्दे्र र म गएका थियौँ । ५० हजारजतिको भीड थियो । आयोजकले हामीलाई कार्यक्रमस्थलतिर लैजाँदै थिए । कुन्जना र केदार आयोजकसँगै भित्र छिरिहाले । म र बान्द्रेचाहिँ रोकियौँ । पुलिसले नचिनेर जानै दिएन । वास्तविक जीवनमा म आफूले अभिनय गर्ने चरित्र धुर्मुसभन्दा विल्कुल भिन्न छु । त्यसैले मलाई बाहिर कमैले मात्र चिन्छन् । मैले पुलिसलाई म कलाकार हुँ भनेँ । उनीहरू 'को कलाकार ? ठोक्' भन्न थाले । मैले हजुर 'म धुर्मुस हु' भन्दै धुर्मुसको अभिनय गरेपछि मात्रै मलाई बल्ल चिने । र कार्यक्रमस्थलमा छिर्न दिए ।
रिलमा मात्रै होइन, रियलमै एकसाथ
लौन सतायो सिरियलमा दमन रूपाखेतीले केदार र मलाई प्रोडक्सनको जिम्मा दिएका थिए । सुटिङको सामान गाडीमा हाल्न जाँदा कुन्जना मेकअप गर्दै रहेछिन् । उनको र मेरो पहिलो भेट त्यहीँ भएको थियो । त्यसपछि, हाम्रो भेटघाट बाक्लिन थाल्यो । दमन र केदारले मलाई जिस्क्याउन थाले । म पनि उनीप्रति मनमनै प्रभावित भइसकेको थिएँ । पछि, 'मेरी बास्सै' निर्माणको कुरा उठ्यो । उनी मेरै प्रेमिकाको भूमिकामा चयन भइन् । सँगै काम गर्ने अवसर मिल्यो । धुर्मुस र सुन्तलीको भूमिका हिट भयो । कार्यक्रममा सँगै हिँड्न थालियो । सबैले जिस्क्याउन थाले । कहीँ-कहीँ त दाजु नमस्कार, भाउजू नमस्कार पनि भन्थे, मान्छेहरू । अति भएपछि मैले प्रेम-प्रस्ताव राखेँ । केही समय उनले यत्तिकै टारिन् । तर, पछि कुरा मिल्यो । हाम्रो बिहे भयो ।
सानोमा सबैभन्दा लद्दु
सानोमा म जतिखेर पनि रोइरहने भएकाले बुबा मलाई टिपेर कैयौँपटक फालिदिन्थे रे ! अलि-अलि बुझ्ने हुदासमेत मलाई बुबाले टिपेर फालेको याद छ । सोलुखुम्बुको नेचाबेतघारी- ५ मा जन्मेको हुँ । त्यहाँ रहँदा म एकदमै लद्दु थिएँ । पढाइमा पनि लद्दु, अरूमा पनि लद्दु । असाध्यै सोझो र डरपोक थिएँ । साथीले मेरो निधारमा ब्लेडले चिरिदिँदासमेत उसलाई गाली गर्ने हिम्मत हुँदैनथ्यो ।
- दीपक सापकोटा
भारतीय प्रधानमन्त्रीका दूत श्याम सरण नेपालमा
भारतीय प्रधानमन्त्री सिंहले दूतका रुपमा श्याम सरणलाई नेपाल पठाएका हुन
भारतका प्रधानमन्त्री मनमोहन सिंहको दूतका रुपमा भूतपूर्व बिदेश सचिव श्यामसरण बुधबार नेपाल आइपुगेका छन्।
नयाँ प्रधानमन्त्रीको चयनमा भएको पटक पटकको असफलताले गर्दा नेपालमा राजनीतिक संकट गहिरिंदै गएका बेला उनको भ्रमण भएको छ।
नेपालमा दीगो शान्ति र स्थिरताको पक्षमा रहेको दोहो-याउँदै श्यामशरण त्रिभुवन विमानस्थलमा उत्रेका थिए।
जोखिम
अहिले नेपालमा सबभन्दा ठूलो जोखिम परेको पनि शान्ति र स्थिरतानै हो।
त्यो जोखिमलाई पार लगाउन भनी काठमाण्डूमा पाइला टेकेलगत्तै श्यामसरणले राजनीतिक भेटघाटको दौड शुरु गरिसकेका छन्।
भारतको भूतपूर्व बिदेश सचिव र राजदूत रहँदा दिल्ली र काठमाण्डूबीच पानीपँधेरो गर्ने गरेका श्यामशरणका लागि नेपालका नेता र अधिकारीहरु अपरिचित छैनन।
खासगरी आफ्नो कार्यकालमा तराईको राजनीतिमा विशेष चासो दिएको भनिएका श्यामसरण संविधान सभाको चुनाव अगाडि उदाएका तराई केन्द्रीत दलहरुसंग त बढीनै परिचित रहेको विश्वास गरिन्छ।
प्रधानमन्त्रीको चुनावमा एउटा निर्णायक भूमिकामा रहेका ती दलहरुको अहिलेसम्मको तटस्थता उनको एउटा मुख्य चासो र सरोकार रहने धेरैको अनुमान छ।
उक्त चुनावमा तराई केन्द्रीत दलहरुको माओवादीप्रति संभावित रुझानले राष्ट्रिय राजनीतिको भावी मोडलाई प्रभावित पार्ने भएकाले त्यसप्रति नेपालको मामलामा सबभन्दा बढी चासो र प्रभाव राख्ने दक्षिणी छिमेकी भारत गंभीर भएको कतिपयको भनाई छ।
तत्कालीन माओवादी विद्रोही र मूलधारका दलहरुबीच भएको १२ बुँदे दिल्ली सहमतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका भनिएका कूटनीतिज्ञ श्यामसरणका लागि उक्त सहमति बेवारिस हुन पुगेको भन्ने टिप्पणी अर्को चासोको विषय हुनेछ।
सबभन्दा ठूलो दल माओवादीसंग भारतको संबन्ध अहिले निक्कै चिसिएको छ।
तराई केन्द्रीत दलहरुसंगको संबन्धमा पनि प्रश्न उठ्न थालेको कतिपय जानकारहरुको भनाई छ।
यही बेला तराई केन्द्रीत दलहरु र एकीकृत माओवादी दुबैलाई नजीकबाट चिनेका कूटनीतिज्ञलाई पठाएर प्रधानमन्त्री मनमोहन सिंहले दिन खोजेका सन्देश लुकेको छैन।
चुनौती
नेपालको अस्थिर राजनीति लम्बिंदै जाँदा चीन लगायत पश्चिमा देशहरुको प्रभाव र उपस्थिति बढेको भनी दोहोरिने गरेको भारतीय चिन्तालाई श्यामशरणको काठमाण्डू बसाई र भेटघाटसंग जोडेर हेर्नहरु पनि कम छैनन।
व्यक्तिगत कुरा गर्दा उनले आफु पदमा रहँदा पछ्याएको नेपाल नीति असफल भएको भनी दिल्लीको राजनीतिक बृत्तमा उठ्ने गरेको आलोचनाको जवाफ दिने अवसर यो भ्रमणले श्यामशरणलाई दिनेछ।
तर आफु भन्दा कनिष्ठ कूटनीतिज्ञ शिवशंकर मेननलाई प्रधानमन्त्री मनमोहन सिंहले राज्यमन्त्री सरहको प्रभावशाली राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेपछि सिंहसंग रिसाएर टाढिएका भूतपूर्व हावापानी सल्लाहकारको यो नेपाल भ्रमणमा अवसर भन्दा चुनौती बढी भएको विश्लेषकहरुको भनाई छ। (BBC)
शोभराज पत्नी निहिता र सासू थुनामुक्त
बार एसोसिएसनको जिम्मामा शुक्रबार पुनः उपस्थित हुने गरी सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । म्याद सकिने अन्तिम दिन उपस्थित सासू शकुन्तलामाथि बयान लिंदै गर्दा बुधबार समय सकिएकाले न्यायाधीशद्वय रामकुमार प्रसाद साह र बलराम केसीको संयुक्त इजलासले हिरासतमा राख्न आदेश दिएको थियो ।
बिहीबार भएको बयानमा शोभराज पत्नी निहिताले आफूले शोभराजसँगको सम्बन्धले आवेशमा अदालतको अपमान गरेको भन्दै माफी मागेकी थिइन् ।
गत शुक्रबार रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले चार्ल्स शोभराजलाई पाटन पुनरावेदन अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेपछि निहिता र उनकी आमा शकुन्तलाले पैसा खाएर न्यायाधीशले फैसला सुनाएको आरोप लगाएका थिए । त्यसविरुद्ध अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता शान्ता सेढाइँ र राजन अधिकारीले मुद्दा दायर गरेका थिए ।
(ekantipur)
'११ मेधसी सभासद्लाई भौतिक कारबाहीको धम्की'
जे पाण्डे
नेपालगन्ज, श्रावण २० - जनतान्त्रिक तराई मधेश मुक्ति पार्टी नामक भूमिगत संगठनले प्रधानमन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहललाई मतदान गरेका एघारा मधेसी सभासद्लाई भौतिक जनकारबाही गर्ने धम्की दिएको छ ।
पार्टी तराईमा हिंसात्मक गतिबिधि गर्दै आएको शसस्त्र समुह हो । उक्त समूहका अध्यक्ष तथा सर्बोच्च सैन्य कमाण्डार बताउने भगत सिंहले बिहीबार प्रेस बिज्ञप्ति मार्फत दाहललाई मतदान गर्ने मधेसी सभासद्हरुलाई भौतिक कारबाही गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको दावी गरेका हुन् ।
'माओवादी अध्यक्ष दाहललाई मतदान गर्ने मधेसी सभासद मधेसका कुपुत्र हुन्,' उनले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ- 'माओवादीलाई मत दिई मधेसीको चाहना र आकांक्षा बिरुद्ध काम गरेका छन ।'
उक्त सशस्त्र समूहले ६ दिन अघि सत्ताका लागि माओवादीसंग हातेमालो गर्ने मधेशवादी राजनीतिक दलका नेतालाई भौतिक कारबाही गर्ने धम्की दिएको थियो ।
तर, उक्त चेतावनीको वेवास्ता गरेको भन्दै सिंहले सभासद् रेनू कुमारी यादव, अभिषेख शाह, ओमप्रकाश यादव, शिवपुजन राज यादव, जयराम यादवर्, इस्तेयाक राई, श्रवाणकुमार अग्रवाल, बिजय यादव, आत्मराज प्रताप शाह, नन्दकुमार र हरिराम यादवको नामै किटेर कारबाहीको धम्की दिएको हो ।
उक्त शसस्त्र समूहले माओवादीलाई प्रमुख राजनीतिक दुश्मनका रुपमा लिएको जनाएको छ ।
(ekantipur)
लडाकू भर्ती गरे कानुनी प्रक्रियामा जाने रक्षामन्त्रीको चेतावनी
काठमाडौं, साउन २० (नागरिक)- रक्षामन्त्री विद्यादेवी भण्डारीले कुनै दल-विशेषले 'सशस्त्र भर्ती' जारी राखे सरकारले राष्ट्रियता र लोकतन्त्र रक्षाको लागि आवश्यक कानुनी प्रक्रिया थाल्ने चेतावनी दिएकी छन्। 'एकीकृत माओवादीले सैन्य भर्ती गर्छु भन्नु वृहत् शान्तिसम्झौंताको उल्लंघन ठर्हछ', उनले भनिन्- 'त्यो कानुनको पनि उल्लंघन हो।'
भण्डारीले बिहीबार सञ्चारकर्मीसँग विद्रोह पृष्ठभूमिबाट आएकोले हतियारको संख्या र व्यक्ति तोकेर अस्थायी शिविरमा राख्ने सहमति गरिएको र त्यसभन्दा बढी भर्ती गर्दा गम्भीर कानुनी समस्या उत्पन्न हुने उल्लेख गरिन्। 'समझदारी उल्लंघन गरे सरकारले आवश्यक कदम चाल्छ', उनले चेतावनी दिइन्।
नेपाली सेनाले रिक्तस्थान हुन आएका पदमा लिएको नयाँ भर्तीलाई सर्वोच्चले मान्यता दिएपछि माओवादीले पनि सैन्य भर्ना थाल्ने बताएको थियो। माओवादी लडाकूमा भर्ती खुलेको सार्वजनिक भनाइप्रति रक्षामन्त्रीले बिहीबार टिप्पणी गरेकी हुन्।
मातृका र जगतको सभासद् पद समाप्त
काठमाडौं, (नेस), नेकपा माओवादी बाट संविधानसभाका सदस्य भएका मातृका यादव र जगतप्रसाद यादवको सदस्य पद बुधबारबाट कानुनी रुपमा नै समाप्त भएको छ।
न्यायाधीशहरु बलराम केसी रणबहादुर बम र मोहनप्रकाश सिटौलाको इजलासले उनीहरुको मागबमोजिम संविधानसभाको सदस्यमा पुनः स्थापित गर्न नसकिने बुधबार ठहर गरेपछि सदस्य पदको कानुनी हैसियत समाप्त भएको हो।
यादवद्वयले माओवादी पार्टी परित्याग गरेपछि उनीहरुलाई संविधानसभाको सदस्य पदबाट हटाइएको थियो। सदस्यबाट हटाइएको कार्य संविधान र कानुनविपरीत भएको दाबी गरी रिट निवेदन दायर गरिएको थियो। सर्वोच्च अदालतले माओवादी र संयुक्त जनमोर्चा एकीकृत भई नयाँ पार्टी एकीकृत नेकपा माओवादी गठन भएको जनाई यादवद्वयलाई माओवादी पार्टीको हैसियतले सदस्यमा पुनःस्थापित गर्न नसकिने ठहर गरेको हो।
यसअघि सर्वोच्च अदालतले यादवद्वयलार्य सदस्य पदबाट हटाउने कार्य कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको थियो। सर्वोच्च अदालतको बुधबारको आदेशमा भनिएको छ- यस अदालतबाट जारी भएको अन्तरिम आदेश स्वतः निष्क्रिय हुनेछ।
माओवादीले सभासद् किन्यो : कांग्रेस
काठमाडौं, साउन २० (नागरिक)- कांग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका केही सभासद्लाई माओवादीले आर्थिक प्रलोभन देखाएर खरिद गरेको आरोप लगाएको छ। तटस्थ बस्ने पार्टी निर्णय उल्लंघन गर्ने फोरमका ११ सभासद्को क्रियाकलाप आर्थिक लेनदेनको उपज भएको कांग्रेसको ठहर छ।
‘पार्टीले तटस्थ बस्ने निर्णय गर्दागर्दै संसदीय परम्परालाई उल्लंघन गरी माओवादीका उम्मेदवारका पक्षमा मतदान गर्नु आर्थिक लेनदेनको उपज हो,' कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने, ‘पार्टीको निर्णयविपरीत फ्लोर क्रस गर्नु संसदीय अभ्यासमा अत्यन्त आपत्तिजनक छ।'
बुधबार कांग्रेसले नेकपा माले र नेकपा संयुक्तलगायत साना दलसँगको छुट्टाछुट्टै बैठकमा पनि माओवादीले सभासद् खरिद गरेको निष्कर्ष निकालेको थियो। ‘हामीले नेकपा माले र संयुक्तलगायतका साना दलका नेतासँगको छलफलपछि माओवादीले संसदीय अभ्यासको गलत गतिविधि गरी आर्थिक लेनदेन गरेको निष्कर्ष निकालेका हौँ,' बैठकपछि महतले भने।
बैठकमा मालेका महासचिव सिपी मैनालीले पनि ‘फ्लोर क्रस' गर्ने कार्यले संसद्भित्र विकृति भित्रिएको बताए। ‘पैसाको खेलका कारण पार्टीको निर्णयलाई समेत मिचेर फ्लोर क्रसजस्तो अमर्यादित कार्य हुनु दुखद् छ,' मैनालीले भने।
पार्टीका प्रधानमन्त्री उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन जुटाउन बुधबार विभिन्न साना दलसँग छलफल गर्ने क्रममा माओवादीले आर्थिक लेनदेन गरी सभासद् खरिद गरेको निष्कर्ष निकालेको हो। ‘स्वयं फोरमका सहअध्यक्ष जेपी गुप्ताले माओवादीको आर्थिक प्रलोभनबाट सभासद्हरु प्रभावमा परेको भनिसकेपछि त्यसलाई थप पुष्टि गर्न आवश्यक छैन' कांग्रेस नेता महतले टिप्पणी गरे, ‘माओवादी संसदीय फोहोरी खेल माफर्त जसरी पनि बहुमतिय सरकार बनाउने रणनीतिमा छ।'
मोर्चाका प्रवक्ता लक्ष्मणलाल कर्णले पैसाको कारोबार भएको आफूहरुले नदेखेको बताएका छन्। ‘सर्पको खुट्टा सर्पले देख्छ,' उनले भने, ‘कांग्रेसले देखेको हुन सक्छ,' उनले नागरिकसित भने।
अनमिनले सेनालाई कमजोर बनाउन खोज्यो
कांग्रेसले सेनाभर्नाबारे संयुक्त राष्ट्र संघीय मिसन (अनमिन)ले जारी गरेको विज्ञप्तिले सेनालाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ। बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा प्रभावशाली नेताहरुको बैठकले शान्तिसम्झौताको व्याख्या गर्ने अधिकार अनमिनलाई नभएको भन्दै यस्तो आरोप लगाएको हो।
‘सेनाभर्नाबारे अनमिनको धारणा गलत छ,' कांग्रेस नेता महतले भने, ‘अनमिनको यस्ता गैरजिम्मेवार भनाइले नेपाली सेनालाई कमजोर बनाउन खोजेको छ।'
अनमिनले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली सेना र माओवादी दुवैले नयाँ भर्ना लिनु शान्ति प्रक्रियाको विपरित भएको जनाएको थियो।
बाउको सट्टा मैले भाषण गरेँ : विनोदविक्रम केसी
'पहिलो भाषण गर्दा खगेन्द्र संग्रौला तेह्र वर्षका थिए । आफ्ना बाको सट्टा बोल्न पुगेका उनले गाउँको चौतारामा उभिएर पिँडुला कमाउँदै बोले । नेपालका राम्रा वक्तामा गनिने संग्रौलाका भाषण-कलामाथि केही विचार र अनुभूतिः
खगेन्द्र संग्रौला जति 'कडा' लेखक हुन्, त्यत्तिकै राम्रा वक्ता पनि हुन् । उनको लेखन मन नपराउनेहरू समेत उनको प्रभावशाली वक्तृत्वबाट कायल हुन्छन् । उनको भाषण मन पराउनेहरूको 'अनौपचारिक' रेटिङमा उनी नेपालका पाँच उत्कृष्ट पब्लिक स्पिकरमध्ये पर्छन् । भाषा, शैली, प्रवाह, समय-सीमाको चेतना उनका भाषणका विशिष्टता हुन् । उनका बारेमा भन्ने गरिन्छ, 'उनी दिइएको समयमा एक शब्द घटबढ नगरी भन्नुपर्ने कुरा भन्छन् ।'
संग्रौलाको भाषण-इतिहास कम्ती पुरानो छैन । पहिलो भाषण गर्दा उनी तेह्र वर्षका थिए । उनको गाउँमा भर्खरै विद्यालय खुलेको थियो । सञ्चालक समिति सभापति थिए उनका बा, जो कहलिएका ज्योतिषी थिए । 'विद्यालय सञ्चालक समितिको बैठक थियो सायद,' उनी सम्झन्छन्, 'वरपीपलको सिँढीदार चौतारीमा २५/३० जना भेला भएका थिए । मलाई साह्रै माया गर्ने शिक्षक लीला सिवाकोटी उद्घोषक हुनुहुन्थ्यो । उहाँले मेरा सभापति बालाई मन्तव्य राख्न अनुरोध गर्नुभयो । बाले 'म उभिएर बोल्न सक्दिनँ । मेरो छोरो तीखो छ, यसले बोल्छ' भनेर मलाई घानमा पारिदिनुभयो । लीला सर नयाँ कुरा प्रयोग गर्न/गराउन खप्पीस हुनुहुन्थ्यो । उहाँले मलाई हौस्याउनुभयो । म बोल्न तयार भएँ ।' भाषणको मैदानमा यसरी उत्रिएका किशोर खगेन्द्रले बेहोरेको स्टेज फ्लाइट (मञ्च भय) यसप्रकार छ, 'म होचो मान्छे । चौतारोको अग्लो सिँढीमा उभिएर बोल्न थालेँ । पिँडुला थर्थरी कामिरहेका थिए । लाज र भयले अनुहार रातो-पीरो भएको थियो ।' बाबुको सट्टा बोलेका खगेन्द्रले मुस्किलले पाँच-सात मिनेट बोले । 'के बोलेँ पूरै सम्झना त छैन,' उनी भन्छन्, 'तर, पहिलो भाषणमा मैले बोलेको यतिचाहिँ सम्झन्छु- शिक्षा भनेको बत्ती हो, बत्तीले ज्ञान फैलाउँछ, ज्ञानले पैसा ल्याउँछ, पैसाले सुख ल्याउँछ ।' शैक्षिक, आर्थिक, दार्शनिक पक्षयुक्त घच्चिको पन्चलाइन ठोकिदिएका खगेन्द्रले भाषणपछि घनघोर वाहवाही बटुले । 'सबैले केटाले क्या गजब बोल्यो भनेर फुक्र्याए,' उनी सम्झन्छन् ।
स्टेज फ्लाइटलाई भाषण-कलाको सबभन्दा ठूलो शत्रु मानिन्छ । यसलाई मोबोफोबिया (भीडसँगको डर) को एक स्वरूप मान्न सकिन्छ । कसै-कसैले त जीवनभरि स्टेज फ्लाइटबाट मुक्ति पाउँदैनन् ।
वाणी-प्रवीणहरूमा गनिने खगेन्द्रलाई पनि कहिलेकाहीँ स्टेज फ्लाइट हुँदोरहेछ । 'विषयमा दख्खल नभएको वेला, मनोदशा शान्त नभएको वेला बोल्नुपर्दा मेरा खुट्टा काम्छन् । डर लाग्छ,' उनी भन्छन् ।
बोल्दा सबभन्दा महत्त्वपूर्ण कुरा हो- आत्मविश्वास । 'सबभन्दा जान्ने मै हँ, यी सबै मलाई सुन्न आएका हुन् भन्ने आत्मविश्वाससाथ माइक समात्नुपर्छ,' पब्लिक स्पिकिङको चुरो नै यही भएको बताउँछन् खगेन्द्र । यसले श्रोतादेखि हुने भयलाई परास्त गर्न सहयोग पुर्याउँछ । तर, यसको मतलब यसप्रकारको 'भयानक' घमन्डले राम्रो वक्ता बनाउँछ भन्ने कदापि होइन । 'यो स्टेज फ्लाइटबाट मुक्त हुने एक उपाय मात्र हो,' खगेन्द्र भन्छन्, 'वक्ताले आफ्नो तह र स्तर राम्ररी बुझ्नुपर्छ । मै हुँ भन्ने अभिमान र विनयशीलताको सन्तुलन अपरिहार्य छ । मैले जानिसकेँ भन्नु स्वर्गीय हुनु हो ।'
मन्तव्य र भाषणमा कहिल्यै लोकसेवा आयोग लागू हुँदैन भन्छन् उनी । अर्थात्, बोल्नु कला हो । न यसका निर्दिष्ट नियम हुन्छन्, न कुनै परीक्षाले यसको स्तर तय गर्न सक्छ ।
राम्रो वक्ताले आफूलाई बोल्न दिएको समयको राम्रो हेक्का राख्छ र त्यहीअनुसारको तयारी गर्छ । खगेन्द्र आफूले बोल्ने कार्यक्रमका आयोजकलाई पहिल्यै सोध्छन्, 'मैले कति समय बोल्नुपर्छ ?' बोल्ने समयावधि ज्ञात भएपछि उनी तयारी गर्छन् । बोल्ने विषयका मसिना बुँदा बनाउँछन् । उपमा, प्रतीक, दृष्टान्त, हस्यौली आदि कहाँ-कहाँ प्रयोग गर्ने, त्यसबारे सोच्छन् र क्रमबद्ध बोल्छन् । उनका यी भाषण टिप्स सबैलाई उपयोगी हुन सक्छन् । विशेषगरी, मन्त्रीहरूलाई । हाम्रा मन्त्रीहरू आफ्ना करकमलले उद्घाटन गर्न र मुखारविन्दबाट शब्दवर्षा गर्न जहाँ पनि पुग्छन् । जुन विषयमा विज्ञताशून्य र अनुभवशून्य हुन्छन्, त्यही विषयमा बोल्न हुर्दुराउँदै पुगेका हुन्छन् । मन्त्रीहरूको यो भुइँफुट्टापन थप प्रस्ट्याउन खगेन्द्रले दिएको एक दृष्टान्त सुन्न लायक छ । 'किताब विमोचन गर्न जान्छ मन्त्री,' उनी भन्छन्, 'र भन्छ- मैले यो किताब पढ्न भ्याएको छैन, तर मलाई विश्वास छ कि यो तगडा किताब हो । पढ्दै नपढीकन कुनै किताबप्रति धारणा बनाउनु घोर बेइमानी हो ।'
मन्त्रीहरूको 'भाषण-कला'लाई नांगेझार पारिदिने एउटा जोक छ । एकताका खुब चलेको जोक । पञ्चायतकालमा कुनै कार्यक्रममा एक मन्त्रीलाई नेपालमा राजतन्त्रको अपरिहार्यतामाथि बोल्न आमन्त्रण गरिएछ । उसले नेपालमा राजतन्त्र युगौँसम्म किन चाहिन्छ, त्यसको तर्क यसरी दिएछ- 'राजा नभई देश चल्दैन । भारतमा पनि राजा नभई नहुने हुनाले राष्ट्रपति राखिएको हो ।'
भाषणअघि तयारी एकदम जरुरी छ । वक्ता ज्ञानको समुद्रै किन नहोस्, तयारी भएन भने उसको धोती खुस्किन्छ । जति कम बोल्ने हो, त्यति धेरै तयारी हुनपर्छ भन्छन् पब्लिक स्पिकिङका पण्डितहरू । उनीहरूका अनुसार एक घन्टा बोल्नका लागि दुई दिन तयारी गर्ने हो भने पाँच मिनेट बोल्नका लागि एक हप्ता तयारी गर्नुपर्छ । संग्रौला रातभरि रट्ने, घोक्नेखालका वक्ता पनि होइनन् र माइक समातेपछि तत्क्षणमा जे-जे फुर्छ, त्यही त्यही बोलेर टाप ठोक्ने वक्ता पनि होइनन् । तर, आफूलाई दख्खल नभएको विषयमा जथाभावी मुख जोत्न जानु उनलाई कदापि मन्जुर छैन । यस स्वभावले पनि उनलाई प्रभावशाली वक्ता बनाएको हो ।
वक्ता जति नै प्रकाण्ड विद्वान् होस्, जति नै प्रसिद्ध होस्, मुखमै सरस्वती विराजमान भएको होस्, श्रोता जागरुक भएनन् भने उसले राम्रो भाषण गर्न सक्दैन । 'जागरुक र उत्सुक श्रोता भएन भने बेजोड वक्ताले पनि राम्राे बोल्न सक्दैन,' उनी भन्छन् ।
आफूले गरेका भाषणमा उनी सबभन्दा सन्तुष्ट भएको घोडा, ईश्वर र मेरा बा निबन्धसंग्रहको विमोचन कार्यक्रममा हो । 'सन्ताउन्न सालतिर होला, होटेल अशोकामा भएको विमोचन कार्यक्रममा म किन लेख्छु भन्नेबारे बोलेको थिएँ । आफूले बोलेमध्ये सबभन्दा राम्रो बोलेको त्यही वेला हो जस्तो लाग्छ,' उनी भन्छन् । अनि सबभन्दा झुर नि ? 'सिके लालको शोधपत्र राष्ट्रियताको नयाँ परिभाषामाथि तीन-चार ठाउँमा टिप्पणी गर्न पुगेको थिएँ,' उनी बताउँछन्, 'यही क्रममा रौतहटको गौर पुगेको थिएँ । गर्मी र थकानले लोत परेको थिएँ । श्रोतामा पनि त्यति उत्सुकता थिएन । गौरमा मैले झुर बोलेँ जस्तो लाग्छ ।'
खगेन्द्र संग्रौला अंग्रेजीका राम्रा विद्यार्थी हुन् । कुनै वेला अंग्रेजी नै उनको पेट पाल्ने माध्यम थियो । उनी अंग्रेजी पढाउँथे, अंग्रेजीका किताब अनुवाद गर्थे । अंग्रेजी भाषामा राम्रो दख्खल राख्ने संग्रौला अंग्रेजी 'राम्रो' बोल्नचाहिँ सक्दैनन् रे । उनले अंग्रेजीमा एउटा मात्रै भाषण दिएका छन् । त्यो पनि करकापले । 'महिना दिनअघि न्युयोर्कबाट १० विद्यार्थीको प्रतिनिधिमण्डल नेपाल आएको थियो,' उनी बताउँछन्, 'समकालीन नेपाली राजनीतिमा मलाई केही बोल्न लगाइयो । मैले सिके लालजीलाई अंग्रेजीमा बोल्नुपर्यो भने म आफूले भन्न चाहेको कुरा राम्ररी राख्न सक्दिनँ भनेँ । तर, उहाँले भाषिक शुद्धता कसले हेरिराख्छ र भनेर मलाई बोल्न लगाउनुभयो । उनीहरूले राम्रै बोल्नुभयो भने पनि मलाई आफूले त्यति गतिलो बोलेजस्तो लागेन ।' उनी थप्छन्, 'संभवतः यो मेरो पहिलो र अन्तिम अंग्रेजी भाषण हो ।'
उनलाई डा. हर्क गुरुङ, प्रदीप गिरी, डिपी भण्डारी, अभि सुवेदी र सिके लाल बेजोड वक्ता लाग्छन् । अझ हर्क गुरुङको वक्तृत्वबाट त उनी हदै प्रभावित थिए । भन्छन्, 'उनी अंग्रेजी र नेपाली दुवै भाषामा बिछट्टै राम्रो बोल्थे ।' (nayapatrika)
आज शैक्षिक संस्था बन्द
काठमाडौ, श्रावण २० - त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह खारेज गरेको बिरोधमा आन्दोलनरत् ११ विद्यार्थी संगठनले मुलुकभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गराएका छन् ।
चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका उनीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार शैक्षिक संस्था बन्द गराएको हो । यसअघि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी र क्याम्पस अगाडि चक्काजामको कार्यक्रम उनीहरुले गरेका थिए । (कान्तिपुर)
Wednesday, August 4, 2010
भारतीय माओवादीसँग गोली हानाहान भएपछि ७५ प्रहरी सम्पर्कविहीन
एजेन्सी, काठमाडौं, श्रावण १९ - भारतको छत्तिसगढस्थित दन्तेवाँडा जिल्लामा भारतीय माओवादी र प्रहरीबीच गोली हानाहान भएको छ । गोली हानाहानपछि राज्य प्रहरीको विशेष दस्ता एसटीएफका झण्डै ७५ प्रहरी सम्पर्कविहीन भएका छन् ।
गोली हानाहानपछि भएको मानवीय क्षतिबारे भने भारतीय सञ्चार माध्यमले फरक-फरक तथ्याङ्क सार्वजनिक गरेका छन् । हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणमा गोली हानाहानमा १० प्रहरीको मृत्यु भएको जनाएको छ । टेलिभिजन च्यानलहरुले भने चार प्रहरीको मृत्यु भएको जनाएका छन् । प्रहरी उच्च श्रोतले भने ७५ सुरक्षाकर्मी हराइरहेको पुष्टि गरेको छ ।
विद्रोही माओवादीलाई खोज्दै गएको प्रहरीको टोली दन्तेवाँडाको जंगलमा घेराबन्दीमा परेको थियो । भारी वर्षा भइरहेका बेला गोली हानाहान भएपछि सुरक्षाकर्मी वेपत्ता भएको राज्य प्रहरीको आईजी राजेश मिश्राले जानकारी दिएका छन् । (ekantipur)
मकाउमा १५३ नेपाली कामदार निकालिए
निर्मल श्रेष्ठ, मकाउ, श्रावण १९ - रोजगारीमा स्वदेशीलाई प्राथमिकता दिने मकाउ सरकारको हालै पारित नीतिपछि यहाँका पाँच ठूला क्यासिनो, होटल तथा सेक्युरिटी कम्पनीले १ सय ५३ नेपाली कामदारलाई अवकाश दिएको छ ।
यसैमध्येको एक ल्यान्डमार्कले सबैभन्दा बढी ५३ नेपाली कामदारलाई एकैपटक निष्कासन गरेको हो । यस लगायत पोन्टे सिक्सटिन-२३, न्यू सेन्चुरी-२१ र ग्राण्ड लापाबाट १९ नेपाली कामदार निकालिएका छन् । सेक्युरिटी कम्पनी गार्डफोर्सले २१ र जिफोरएसले ७ कामदारलाई फिर्ता पठाएको छ ।
अवकाश पाउनेहरुमा अठार महिना देखि एघार बर्षम्म काम गरेकाहरु छन् । कतिपय कम्पनीले दुई हप्ताको छोटो सूचना अवधिमा विना क्षतिपूर्ति अवकाश दिएको नेपाली कामदारको गुनासो छ । थोरैले भने रोजगारी अवधि अनुसार बर्षको पन्ध्रसय पटाकासम्मका दरले क्षतिपुर्ति पाएको बताए ।
श्रम विभागले सरकारको नीतिलाई सघाउने गरी विदेशी कामदारको करार अवधि थप्न अस्वीकार गर्न थालेपछि भिसाको म्याद सकिन लागेका अधिकांश त्रसित छन् । अवकाश पाउनेहरुमा नेपाली बाहेक भारतीय र फिलिपिनोहरु पनि छन् । मकाउका स्थानीय श्रमिकहरुले रोजगारीमा आफुहरुलाई पहिलो प्राथमिकतामा राख्न सरकारलाई लगातार दवाब दिंदै आएका छन् । गत जुलाई एकबाट मकाउले नेपाल लगायत छ मुलुकलाई आगमन भिसा सुविधामा समेत रोक लगाइसकेको छ ।
विगत सात बर्षदेखि एसजीएममा कार्यरत झापाका रमेश थापा शुक्रबार नेपाल फर्कदैछन् । 'कम्पनीले विदेशी कामदार सम्बन्धी नीति परिर्वतन भएकाले करार थप्न नसक्ने बतायो,' उनले भने । काठमाडौंका रविन्द्र खड्का, गोर्खाका खेम आले, चितवनका टंक बहादुर क्षेत्री, गुल्मीका मुक्ति घर्तिमगरलगायतकाहरु पनि शुक्रबारै नेपाल फर्कने तयारीमा छन् ।
म्यानपावर व्यवसायी सुदर्शन थापा मकाउमा अब विदेशी कामदारहरुका लागि रोजगारी सहज नहुने दाबी गर्छन् । 'हालै स्थानीय सरकारले ७५ प्रतिशतसम्म स्थानीय कामदार राख्नुपर्ने नीति पारित गरेपछि यस्तो समस्या आएको हो,' व्यवसायी थापाले भने, 'अवैधानिक बसोबास र अपराधिक कृयाकलाप पनि नेपाली निकालिनुको अर्को कारण हो ।'
गत महिना सार्वजनिक सरकारी तथ्यांक अनुसार अपराधिक कृयाकलापको सूचिमा नेपाली दोस्रो नम्बरमा छन् । मकाउले यसअघि आर्थिक मन्दीको कारण ठूलो संख्यामा नेपाली कामदार कटौती गरेको थियो ।
सरकारी नीतिका अतिरिक्त म्यानपावर व्यवसायी र दलालहरुले कम्पनीलाई न्युनतम पारिश्रमिक भन्दा कममा कामदार उपलब्ध गराएका कारण पनि पुराना निकालिनु परेको कतिपयले गुनासो गरे । 'यहाँ अधिकांशको न्युनतम तलब सात हजार पाँच सय पटाका छ (करिब पचहत्तर हजार रुपैयाँ),' नौ बर्षदेखि यहाँ कार्यरत भैरहवाका शंकर गुरुङले भने, 'दलालहरुले कम्पनी रिझाउन पचपन्न सयमा पनि कामदार उपलब्ध गराएका छन् ।'
गैरआवासीय नेपाली संघ मकाउका अध्यक्षसमेत रहेका म्यानपावर व्यवसायी सुदर्शन थापाले मकाउबाट महिनामा सरदर नौ करोड राजस्व नेपाल भित्रने गरेको बताए । 'सुरक्षा, सुविधा र आम्दानीका दृष्टिकोणले मकाउ रोजगारीका लागि उत्कृष्ट थलो हो,' अर्की म्यानपावर व्यवसायी पुष्पा गुरुङले भनिन्, 'यसको निरन्तरताका लागि सरकारले यथाशिघ्र कुटनीतिक पहल गर्नु आवश्यक छ ।' सन् १९९८ देखि नेपालीको आगमन बाक्लिएको मकाउमा पछिल्लो सरकारी तथ्यांक अनुसार १८ सय १४ नेपाली कामदार छन् । अधिकांश सुरक्षा पेशामा रहेका नेपालीहरुको न्यूनतम तलब ७ हजार पाँच सय देखि २० हजार पटाकासम्म छ । (ekantipur)
२४ जना मन्त्रीहरुको भ्रमण खर्च जुटाउन मन्त्रीपरिषद्को कार्यालयद्वारा अस्वीकार
काठमाडौं, साउन १९ । कामचलाउ सरकारका २४ जना मन्त्रीहरुले भ्रमणका लागि मागेको रकम दिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेको छ ।
रकम माग गर्नेहरुमा उपप्रधानमन्त्री सुजाता कोइराला र विजय गच्छेदार तथा पूर्णकुमार शेर्मा, उमाकान्त चौधरी, मिनेन्द्र रिजाल र अफताव आलम, मनबहादुर शाही, गणेशबहादुर खड्का, डिल्लीबहादुर महत, सत्रुघ्नप्रसाद सिंह, सन्जयकुमार साह लगायतका मन्त्रीहरु रहेका छन् ।
अति आवश्यक कामका लागि भन्दा कामचलाउन सरकारका मन्त्रीहरुले सरकारी खर्चमा भ्रमण गर्न नपाउने नियम रहेको छ । अति आवश्यक कारण खुलाएमामात्र भ्रमणका लागि रकम दिने प्रवधान रहेको छ ।
मन्त्रीहरुले भ्रमणको विस्तृत विवरण दिएपछिमात्र उनीहरुलाई रकम दिने कि नदिने भन्ने निर्णय गर्ने प्रधानमन्त्री कार्यालायले जनाएको छ ।
कार्यालयले मन्त्रीका निजी सहायकले बुझाएको प्रस्ताव समेत नलिने निर्णय गरेको छ। (weeklynepal)
खडग गर्बुजाले नचाए बेल्जियममा नेपालीहरुलाई
शिव कुमार बरुवाल, दुबै हात गुमाउनु भएका अपाङ्ग सुदर्शन गौतमको सगरमाथा आरोहण गर्ने साहसिक यात्राको सहयोगार्थ नेपालका चर्चित अपाङ्ग गायक खडग गर्बुजा र बेल्जियमकै स्थानिय नेपाली कलाकारहरुको साथमा यही ३१ जुलाई २०१० मा बेल्जियमको एन्टेर्पेन शहरमा भब्य सास्क्रितिक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रस्तुत खडग गर्बुजाको गीतले त्यहा उपस्तित सम्पुर्ण दर्शकहरुलाई छम छमी नचाएको थियो ।
यही ३१ जुलाईमा दिनको ४ बजे बाटसुरुभएको उक्त कार्यक्रममा प्रथम चरणमा औपचारिक कार्यक्रमबाट सुरु भएको थियो । यस औपचारिक कार्यक्रम नेपाली दुताबास बेल्जियमका महा महिम राजदुत प्रमेश कुमार हमालले सुदर्शन गौतमको सगरमाथा आरोहण गर्न यस साहसिक यात्राको शुभकामन दिदै , आफ्नो र दुताबासको तर्फबाट उहाँको यात्रामा सबै प्रकारको सहयोग उपलब्ध गराउने कुरा बताउनु भयो भने उक्त कार्यक्रममा Anterpen provincy का provincial counceler Mr peter Rats ले बिशेष अतिथको आसनबाट बोल्दै दुबै हात नभएको एक जना ब्यक्तिले सगरमाथा चढ्ने जुन साहस गर्नु भएको छ यसले आफु अती प्रभबित भएको र आफ्नो तर्फबाट यस कार्यको लागि जे जति सकिन्छ सहयोग उपलब्ध गराउने धराण ब्यक्त गर्नु भयो । उक्त कार्यक्रमामा यस कार्यक्रमका आयोजनामा सहयोग गर्ने स्थानिय संस्था कोरन ब्लूमका अध्यक्ष तथा आयोजक शहर एन्टेर्पेनका सलाहाकार Mr Hugo Michile ले सगरमाथा सास्क्रितिक साझको उदेश्य र महत्वोको बारेमा जानकारी गराउदै आफुलेले एन्टेर्पेनका शहर सलाहाकारको हैसियत यी दुई जना अपाङ्गहरुको यस साहसिक कार्य को सहयोगको लागि यहाँ सबै लाई अनुरोध गर्ने र आफुले पनि सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नु भएको थियो । यस कार्यक्रममा अपाङ्ग भएर पनि आफ्नो दैनिक जीवनमा खुट्टाले सबै प्रकारका कृयाकलाप गरि सबै लाई चकित बनाउदै लाङटाङ हिमालको सफल आरोहण पस्चात बिश्वोको उच्च शिखर सगरमाथा चढ्ने जुन साहस गर्नु भएको छ यसको लागि सुदर्शन गौतम र अपाङ्ग भएर पनि नेपाली लोक सास्क्रितीको क्षेत्रमा महत्वोपूर्ण योगदान गर्नु भएको र नेपाली संगीत र सस्क्रिती लाई बिश्वोमा रहेका नेपालीको माझमा प्रस्तुत गर्नको लागि एक्लइ बिश्वोको बिभिन्न देशमा आफ्ना सास्क्रितिक कोसेली प्रस्तुत गर्दै हिड्ने र अहीले सुदर्शन गौतमको सगरमाथा चढ्ने साहसिक यात्रामा साथ दिनको लागि नेपालबाट युरोपमा आउनु भएका नेपालका लोकप्रिय लोक गाएक खड्ग गर्बुजालाई नेपाली दुताबास बेल्जियमका महा महिम राजदुत प्रमेश कुमार हमाल , Anterpen provincy का provincial counceler Mr peter Rats र आयोजकका तर्फबाट संयोजक साइमान आले मगरले अभिनन्दन गर्नु भएको थियो । यस कार्यक्रम मा सुदर्शन गौतम को कसरी खुट्टा ले आफ्नो दैनिक जीवन चलाउनु भएको छ , सगरमाथा चढ्ने साहसिक यात्रा को तयारी को बारेमा भिडियो डकुमेन्ट्री र खड्ग गर्बुजा को जीवन संग सम्बन्धित पनि प्रोजेक्टर को माध्यम बाट देखाएको थियो ।
यस प्रथम चरणको कार्यक्रम लगतै दोस्रो चरणको सास्क्रितिक कार्यक्रमको सुरु भएको थियो , आलोक शर्माको रास्ट्रिय गीत बाट सुरु भएको उक्त सास्क्रितिक कार्यक्रममा स्थानिय कलाकार मुना ताम्राकार , आलोक शर्मा , अमर राना , धनेश्वर तिवारी , बिरेन गुरुङ , बिकास बिक , शान्ति पुन , हरि सुबेदी , अभिसेक मल्लले आफ्ना गीत नित्र्य र वाध्य बादनमा साथ दिएका थिए ।
खड्ग गर्बुजाको प्रस्तुती लाई आतुरका साथ प्रतिक्ष्या गरेका दर्शकहरु आफ्ना गीत लिएर खड्ग गर्बुजा स्टेजमा आउन साथ दर्शकदिर्घाबाट तालीको गड गडाहट बाट उहाँको स्वागत गरेका थिए । उहाँले आफ्ना चर्चित गीत छ फुल बनैमा , सालैजो लगायत भर्खर निस्कन लागेको एल्बमको नयाँ गीत गरि १ दर्जन जति गीत गाएर दर्शक लाई भरपुर मनोरञ्जन दिनु भएको थियो उहाँको गीतमा हल उपस्थित सम्पुर्ण दर्शकहरु आफ्नो सिटबाट उठेर नाचेका देखिन्थे । यस कार्यक्रम बीचमा सुदर्शन गौतमले खुट्टाले बिभिन्न क्रियाकलाप गरि दर्शक लाई चकित बनाएका थिए भने अन्तिममा खड्ग गर्बुजाको साथमा स्थानिय कलाकार टिका कुवर , माया पुन र ज्ञानु बरुवाल को दोहोरी गीतले दर्शकहरुलाई छम छमी नचाएको थियो । बेल्जियमका एन्टेरपेन नगरपालिकाले यस कार्यक्रमको लागि हल तथा अन्य सामाग्रीहरु निशुल्क उपलब्ध गराएको थियो भने यहाँका नेपाली संस्था एन डी एफ बेल्जियम , मोना बेल्जियम , तमाङ समाज बेल्जियम र ईन्द्र धनुष क्लबले यस कार्यक्रमको आयोजनाको लागि सहकार्य गरेका थिए ।
एक महिना को युरोप सांगितिक यात्रा मा निस्कनु भएका खड्ग गर्बुजा र सुदर्शन गौतमले १ अगस्ट मा फ्रान्स को पेरिस मा गएर र आफ्नो प्रस्तुती देखाउनु भएको छ भने यही ७ अगस्ट मा बेल्जियम को लुभेन सहर मा आफ्ना प्रस्तुती हरु देखाउनु हुने छ ।
(dainiki)
कथित श्रीमती निहिता र सासु शकुन्तला थुनामा
काठमाडौं, १९ साउन । न्यायालय र न्यायाधीशविरुद्ध गालीगलौज गरेको अभियोगमा मुद्धा खेपिरहेका चाल्स्र सोभराजकी श्रीमती निहिता विश्वास तथा सासू शकुन्तला थापालाई सर्वोच्चले थुनामा पठाएको छ । उनीहरुको बयान आज नसकिएको भन्दै थुनामा पठाइएको हो । सोभराजलाई सर्वस्वसहित जन्मकैदको सजाय दिने पुनरावेदन अदालतको फैसला १४ साउनमा सर्वोच्चले सदर गरेपछि विश्वास र थापाले न्यायाधीशलाई गालीगलौज गरेपछि उनीहरु विरुद्ध मानहानीको मुद्धा परेको थियो । सर्बोच्च अदालतका न्यायाधिस बलराम केसी र रामप्रसाद कुमार शाहको इजालसमा भइरहेको सुनुवाइ आज नसकिएपछि उनीहरुलाई थुनामा पठाउने निर्णय अदालतले गरेको छ ।सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले वयान चलिरहेको अवस्थामा थुनामा राखेर कानुनी प्रकि्या चलाइने प्रावधान अनुसार उनीहरुलाई थुनामा राखेको जानकारी दिए । (abc)
अपहरणकारी र सुरक्षाकर्मीबीच गोली हानाहान
रामनारायण विश्वास, नयाँ पत्रिका, सप्तरी, १८ साउन, अपहरित व्यक्तिलाई मुक्त गराउने क्रममा मंगलबार बिहान सप्तरीको खोक्सर प्रवाहा गाविसमा सुरक्षाकर्मी र अपहरणकारीबीच दोहोरो गोली चलेको छ । अपहरणकारीले प्रहरीलाई छलेर अपहरित व्यक्तिलाई आफ्नै साथ लगेका छन् ।
कल्याणपुर-५ निवासी भिखन चौधरी गत शनिबार राति अज्ञात हतियारधारी समूहको अपहरणमा परेका हुन् । घरमा सुतिरहेको अवस्थामा स्थानीय भसराज उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका चौधरीलाई राति करिब ११ बजे हतियारधारी समूहले अपहरण गरेको हो । 'तपाईंसँग केही बुझ्नु छ भन्दै घरबाट बाहिर लगे,' चौधरीका परिवारजनले बताए ।
चौधरी अपहरणको खबर पाएपछि स्थानीय प्रशासनले बढाएको प्रहरी गस्ती टोली र अपहरणकारीबीच मंगलबार बिहान तीन बजे गोली हानाहान भएको हो । खोक्सर प्रवाहा-९ स्थित मकैबारीमा अपहरित चौधरीसहित अपहरणकारी लुकेर बसेको सुराकीका आधारमा सशस्त्र र जनपद प्रहरी टोली सर्चमा निस्केको थियो । तर, गस्ती टोली मकैबारीमा पुग्नुअघि नै अपहरणकारीले गोली चलाएको प्रहरीले जनाएको छ ।
अपहरणकारीले गोली चलाएपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनेश्वर साहले नयाँ पत्रिकालाई बताए । उनका अनुसार दुवैतर्फबाट चार राउन्ड फायर भएको थियो । दुवैतर्फबाट गोली चले पनि कुनै पक्षमा मानवीय क्षति नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।
गोली चलाउँदै भागेका अपहरणकारीले प्रहरीलाई छलेर अपहरित चौधरीलाई सँगै लगेका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालयद्वारा गएको थप प्रहरी टोली सो क्षेत्रमा परिचालन गरे पनि अपहरणकारीलाई पक्राउ गर्न सकेको छैन ।
अपहरित चौधरीका परिवारजनले उनको सकुशल रिहाइका लागि पहल गरिदिन मानवअधिकारवादीसँग आग्रह गरेका छन् ।
अपहरणपछि कुनै सम्पर्क नभएको पनि परिवारजनले बताएका छन् ।
तीन सातायता सप्तरीमा तीन बालकसहित पाँचको अपहरण भएको छ । अपहरितमध्ये अधिकांश मोटो रकम फिरौती तिरेर मुक्त भएका थिए । एकजनालाई भने परिवारको सहयोगमा प्रहरीले मुक्त गराएको थियो ।
नेपाली दूतावासका दुई भवन बेवारिस
जर्मनीको बोनस्थित नेपाली दूतावासको दुईवटा भवन बेवारिसे बन्न पुगेका छन् ।नेपाली दूतावास २०५६ सालमा राजधानी बर्लिन सरेपछि बोनमा रहेका ती भवनहरू बेवारिस हुन पुगेका हुन् । पटकपटक प्रयास गर्दा पनि ती भवनहरू बिक्री हुन सकेका छैनन् । रित्तो भवन भए पनि नेपाल सरकारले त्यहाँको सरकारलाई विद्युत्, पानी, ग्यास, बीमा शुल्क आदि खर्चबापत बर्सेनि लाखौँ रुपियाँ तिर्दै आएको छ ।
ती भवन जर्मनीका लागि नेपालका अवैतनिक महावाणिज्यदूत राम थापाको जिम्मामा लगाइएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सुरेशप्रसाद प्रधानले भन्नुभयो, "दुईपटक सहमति दिँदा पनि बिक्री हुन नसकेर ती भवनहरू बेवारिसे बनेका छन् । अनररी कन्सुलर रामजीले बेलाबेलामा गई हेरिदिने गर्नुभएको छ ।"
ती भवनहरू बिक्री गर्न सरकारले २०५६ साल जेठ ५ गते जर्मनीस्थित तत्कालीन नेपाली राजदूतको संयोजकत्वमा समिति गठन गरेको थियो । त्यसबेला समितिले भवन बिक्री गर्नुपर्ने सुझाव दिएको बताइएको छ ।
जर्मनीस्थित नेपाली राजदूत डा. मदनकुमार भट्टाराईले विद्युत्, पानी, ग्यास, बीमा शुल्क आदिमा वाषिर्क कति खर्च हुँदै आएको छ भन्ने जानकारी दिन चाहनुभएन । महालेखा परीक्षकको वाषिर्क प्रतिवेदन, २०६३ अनुसार ती शुल्कबापत नेपाल सरकारले २०६२/६३ मा आठ लाख ६२ हजार रुपियाँ खर्च गरेको थियो भने त्यसको अघिल्लो वर्ष ११ लाख २२ हजार रुपियाँ खर्च गरिएको थियो ।
पूर्व र पश्चिम जर्मनीको एकीकरणपछि नेपाली दूतावासलाई राजधानीमा सारिएको थियो । बर्लिनमा एउटा आवासीय भवन आˆनै छ भने बाँकी चारवटा ˆल्याट भाडामा लिइएको छ । ती ˆल्याटहरू भाडामा लिएबापत बर्सेनि झन्डै एक करोड रुपियाँ खर्च हुने गरेको बताइन्छ ।
यसैबीचमा विभिन्न क्रेताहरूले ती भवनहरू खरिद गर्न इच्छा देखाएका थिए । सोही अनुरूप मन्त्रिपरिषद्बाट बढीभन्दा बढी मूल्यमा बिक्री गर्न त्यहाँस्थित नेपाली दूतावासलाई स्वीकृति प्रदान गरिएको थियो ।
ती भवनहरू १३ लाख ६५ हजार युरोमा खरिद गर्न एक कम्पनीले स्वीकार गरेको थियो र उसलाई बिक्री गर्न सरकारले निर्णयसमेत गरिसकेको थियो तर बीचैमा त्यस कम्पनीले बोनको घरजग्गाको मूल्य घट्दै गएको कारण देखाई सो मूल्यमा खरिद गर्न नसक्ने भनी एकाएक सम्झौता रद्द गरेको थियो ।
मन्त्रालयका प्रवक्ता प्रधानले "अहिले एउटा मात्र भवन किन्छौँ भनेर एउटा कम्पनी आएको थियो" भन्दै थप्नुभयो, "हामी दुईवटै भवन किन्न चाहनेलाई मात्र बिक्री गर्ने भनेर पर्खिरहेका थियौँ । त्यस्तो बिक्रेता नपाएपछि जुन, जुन भवन किन्छन्, बिक्री गर्ने भनी नेपाली दूतावासलाई अनुमति दिइसकेका छौँ तर अझै बिक्री हुन सकेका छैनन् ।"
उहाँका अनुसार पछिल्लोपटक एउटा भवनका लागि छ लाख २० हजार युरोको प्रस्ताव आएको थियो ।
महालेखाको ४३औँ प्रतिवेदनमा वषर्ांैदेखि प्रयोगमा नआएका ती भवनहरू त्यसै राखी छाड्दा भवनको मूल्य ह्रास हुने, प्रयोगहीन अवस्थामा युटिलिटी खर्च बेहोरिरहनुपर्ने अवस्था देखिएकोप्रति परराष्ट्र मन्त्रालयलाई सचेत गराइएको छ । ती भवनहरू बिक्रीबारे टुङ्गो लगाएर अनावश्यक व्ययभारलाई रोक्न जरुरी रहेको भनी विभिन्न प्रतिवेदनहरूमा उल्लेख भए पनि हालसम्म त्यसतर्फ गम्भीर ध्यान नपुर्याइएको महालेखाको प्रतिवेदनमा भनिएको छ ।
महँगो मर्मत खर्च
लन्डनस्थित नेपाली दूतावासको मर्मत खर्चका लागि ४५ लाख पाउन्ड -हालको मूल्यमा करिब ५७ करोड रुपियाँ) खर्च लाग्ने भएपछि परराष्ट्र मन्त्रालय झस्कियो ।
त्यतिका रकम खर्च गरी मर्मतसम्भार गर्ने कि सो भवन बिक्री गर्ने भन्ने अध्ययन गर्न केही महिनाअघि एउटा टोली त्यसतर्फ पठाइयो ।
सोही टोलीका सदस्यमध्येका एक सहसचिव प्रधानले बिक्री गर्नुपरेमा अर्काे किनेर मात्र गर्ने र तत्काल बिक्री गर्नु उपयुक्त नहुने प्रतिवेदन तत्कालीन परराष्ट्रमन्त्रीसमक्ष बुझाइएको जानकारी दिनुभयो ।
"त्यतिका रकम खर्च गर्नुभन्दा अर्काे भवन किन्नु उपयुक्त हुन्छ", उहाँले भन्नुभयो, "त्यो भवन मर्मत गर्नु जरुरी छ । त्यसैले राजदूतलाई कामचलाउरूपमा सामान्य मर्मत गर्न निर्देशन दिइएको छ ।"
जग्गा छ, घर बनेन्
विदेशस्थित दूतावास तथा नियोगका लागि सरकारले घरभाडाबापत बर्सेनि करोडौँ रुपियाँ खर्च गर्ने गरेको छ । महालेखाका अनुसार २०६२/६३ मा यस्तो घरभाडाबापत १७ करोड नौ लाख २७ हजार रुपियाँ खर्च गरिएको थियो ।
पाकिस्तानका लागि २०३५ सालमा इस्लामावाद सहरमा नौ हजार वर्गमिटर जग्गा भाडामा खरिद गरिएको थियो । त्यसबेला भवन निर्माण गर्न पाँच लाख रुपियाँ निकासा भए पनि घरचाहिँ बन्न सकेन ।
श्रीलङ्काको कोलम्बो सहरमा २०४५/४६ मा तीन लाख ६० हजार अमेरिकी डलरमा दुई एकड १६ पर्च भूमि खरिद गरिएको थियो तर भवन निर्माण हुन नसकेकाले घरभाडाका लागि प्रतिमहिना तीन लाख १२ हजार श्रीलङ्कन मुद्रा खर्च भइरहेको महालेखाको प्रतिवेदनमा उल्लिखित छ ।
त्यस्तै साउदी अरेवियामा जग्गा उपलब्ध भएको धेरै वर्ष बित्दा पनि भवन निर्माण हुन नसक्दा घरभाडाबापत नेपाल सरकारले खर्च बेहोर्नुपरिरहेको छ । (deshdarpan)
फोरमद्वारा सभासद्हरुसँग स्पष्टीकरण
मधेसी जनाधिकार फोरम नेपालले प्रधानमन्त्री चयनका लागि सोमबार भएको तेस्रो चरणको मतदानमा आफ्नो दलको घोषणा विपरित मतदान गरेका सभासद्हरुसँग स्पष्टिकरण लिएको छ।
ती सभासद्हरु विरुद्ध कारवाहीको प्रक्रिया शुरु भएको सो दलका सहअध्यक्ष जेपी गुप्ताले बताए।
यद्यपी प्रचण्डलाई मतदान गर्ने फोरम नेपालका एक सभासद्ले आफ्नो कदमको बचाउ गरेका छन्।
तराईका चारवटा दलहरु सहभागी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबार तटस्थ बस्ने निर्णय गरेको थियो।
आश्चर्यजनक
तर सो मोर्चाको एउटा घटक मधेसी जनाधिकार फोरम नेपालका ११ जना सभासद्हरुले मोर्चाको निर्णय विपरित तटस्थ नबसेर एकीकृत माओवादीका उम्मेदवार प्रचण्डलाई मत दिएर धेरैलाई आश्चर्यचकित बनाइदिएका थिए।
फोरम नेपालका सहअध्यक्ष जेपी गुप्ताले पार्टीको निर्णय विपरित प्रचण्डलाई मतदान गर्ने सभासद्हरुसँग मंगलबार स्पष्टिकरण सोधिएको बताए।
“निर्णयविरुद्ध जाने सभासद्हरुसँग हामीले स्पष्टिकरण लिएका छौं, र कारवाहिको प्रक्रिया प्रारम्भ भएको छ।”
उनले आफ्ना सभासदहरुलाई एकीकृत माओवादीले विभिन्न प्रलोभनमा पारेको आरोप समेत लगाए।
‘प्रलोभन’
निर्णयविरुद्ध जाने सभासद्हरुसँग हामीले स्पष्ष्टीकरण लिएका छौं र कारवाहीको प्रक्रिया प्रारम्भ भएको छ।
जेपी गुप्ता, सहअध्यक्ष, मधेसी जनाधिकार फोरम नेपाल
“बडो दु:खको कुरा हो की माओवादीले सभासद्हरुलाई आर्थिक र पदको प्रलोभन देखाएको हाम्रो जानकारीमा आएको छ।”
सोमबार चारदलीय मोर्चाको निर्णय विपरित प्रचण्डलाई मत दिने फोरम नेपालका ११ जना मध्येका एक सभासद् हुन् सो दलका सचेतक समेत रहेका अभिषेकप्रताप शाह।
उनले देशलाई अनिर्णयको बन्दी हुन बाट जोगाउन प्रचण्डलाई मत दिएको बताए।
“त्यो देशको हित मधेसको हितलाई ध्यानमा राखेर गरिएको निर्णय थियो।”
उनले सभासद्हरुको किनबेच समेत भएको भन्ने आरोपको खण्डन गरे।
‘फोहोरी’
विश्लेषकहरुले सोमबार राती प्रधानमन्त्रीको चुनावको बेला भएको जस्तो पार्टीको निर्णयको अवज्ञालाई संसदीय राजनीतिको ‘घिनलाग्दो’ र ‘फोहोरी’ अभ्यास मान्ने गरेका छन्।
उनीहरुका विचारमा दलहरुले आफ्ना सभासद्हरुलाई अनुशासित राख्न नसके त्यस्तै ‘फोहोरी’ खेल प्रधानमन्त्री चयनका लागि साउन २१ गते हुने चौथो चरणको चुनावमा पनि दोहोरिन सक्छ। (BBC)
प्रधानमन्त्री जित्न दाहालले मधेशवादी नेतालाई पैसा दिने प्रस्ताव गरे : गुप्ता
किरण चापागाँईं, काठमाडौं, साउन १९ - मधेशी जनअधिकार फोरमका उपाध्यक्ष जयप्रकाश गुप्ताले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीमा जिताउन मधेशवादी दलका नेतालाई पैशा दिने प्रस्ताव गरेको खुलासा गरेका छन्। मधेशवादी दलको असहयोगका कारण दाहाल प्रधानमन्त्री बन्न सकेका छैनन्।
मधेशवादी नेतालाई माओवादीले कति पैशाको प्रस्ताव गर्यो त? 'म रकमबारे सबैकुरा खुलाउन चाहन्न,' गुप्ताले नागरिकन्युजसँग भने। उनले खुलेरै पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दललाई फ्लोर क्रस गर्न पठाएको समेत बताए। 'हाम्रा केही सभासद्लाई माओवादीले रकमको आग्रह गरे र उनीहरुले माओवादी अध्यक्षलाई भावी प्रधानमन्त्रीका रुपमा भोट हाले,' गुप्ताले भने।
दुई दिन अघि भएको प्रधानमन्त्रीको निर्वाचनमा मधेशी जनअधिकार फोरमका केही नेताले पार्टीको निर्णयविपरित माओवादी अध्यक्ष दाहालको पक्षमा भोट हालेका थिए।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने सांसद किनबेचको कुरा गलत भएको बताएका छन्। (nagariknews)
सैन्यभर्ना शान्तिसम्झौताविपरीत: अनमिन
भोजराज भाट, काठमाडौँ, साउन १९- संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले विस्तृत शान्ति-सम्झौताविपरीत सैन्य भर्ना खोलेर नेपाली सेना र एकीकृत माओवादीले शान्तिसम्झौता उल्लंघन गरेको टिप्पणी गरेको छ। सेनाले २ सय ५० अधिकृतसहित ३ हजार ४ सय ६४ सिपाहीका लागि भर्ती खोलेको दुई दिनपछि सोमबार माओवादीले पनि लडाकु भर्ना खोल्ने घोषणा गरेपछि अनमिनले मंगलबार विज्ञप्तिमार्फत यस्तो प्रतिक्रिया दिएको हो।
‘नेपाली सेना र माओवादी सेनाले नयाँ भर्ती गर्ने तयारी गरिरहेको खबरबाट अनमिन अत्यन्त चिन्तित छ,' मंगलबार अपराह्न जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना र माओवादी सेना कसैले पनि नयाँ भर्ती खोल्ने कुरा विस्तृत शान्ति-सम्झौंता र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौंताको उल्लंघन हो भन्ने अनमिनको अडान यथावत छ।'
भर्नासम्बन्धी कुनै पनि प्रस्ताव स्वीकृतिका लागि सेना, माओवादी र अन्मिन प्रतिनिधि रहेको संयुक्त अनुगमन समिति (जेएमसीसी) मा प्रस्तुत गर्नुपर्ने अनमिनको जिकीर छ।
सैनिक प्रवक्ता सहायकरथी रमिन्द्र क्षेत्री भने भर्ना खोल्ने अग्रिम जानकारी जेएमसिसीलाई गराएको दाबी गर्छन्। ‘नेपाली सेनाका कामकारबाहीबारे जेएमसिसीलाई जानकारी दिने गछर्ौँ, उनले भने, ‘यसपटक पनि लिखित जानकारी गराएका छौँ।'
माओवादी सेनाका प्रवक्ता चन्द्रदेव खनालले मंगलबार पत्रकार सम्मेलन गरी भर्नाको पहिलो चरणमा अनमिनबाट प्रमाणित ३१ हजार ३ सय १५ को दरबन्दी पूरा गर्ने बताए। हाल अनमिनले दोस्रो चरणमा प्रमाणित गरेका १९ हजार ६ सय २ लडाकु विभिन्न २८ अस्थायी शिविरमा छन्।
राजधानीमा माओवादीका सातै डिभिजन कमान्डर सम्मिलित सोमबारको जनरल स्टाफ बैठकले लडाकु भर्ना खोल्ने निर्णय गरेको थियो। भर्ना खोल्नेबारे अनमिनलाई औपचारिक पत्र पठाएको पुनले जानकारी दिए।
गत साउन १२ गते सर्वोच्च अदालतले सैन्यभर्नाको विषय न्यायालयको क्षेत्राधिकारबाहिर रहेको र त्यसको उपचार व्यवस्था सम्बन्धित पक्षसम्मिलित जेएमसिसीको रहेको जनाउँदै नेपाली सेनामा सैन्य भर्नाविरुद्ध परेको रिट खारेज गरेको थियो। लगत्तै साउन १६ गते सेनाले भर्ना खोलेको थियो।
सेनाले जेएमसिसीलाई जानकारी नगराई एक्लौटीरूपमा भर्ना खोलेको माओवादी आरोप छ।
‘जेएमसीसीलाई भर्नाबारे जानकारी गराएको भए त्रिपक्षीय सहमतिको सम्भावना रहन्थ्यो, तर त्यो नगरी एकलौटी रूपमा सैन्य भर्ना खोलियो, जुन शान्तिसम्झौंता उल्लंघन हो', माओवादी सेना प्रमुख नन्दकिशोर पुनले नागरिकसित भने, ‘सरकारले भर्ना प्रक्रिया फिर्ता नलिइए हामी पनि खाली ठाउँ परिपूर्ति गर्छौं।'
‘सैन्यभर्ती शान्तिसम्झौताअनुसार'
सरकारको नेतृत्व दाबी गरिरहेको माओवादीले नेपाली सेनामा सैन्यभर्नाबारे अनावश्यक विवाद गर्न नहुने एमाले नेता प्रदीप ज्ञवालीले बताएका छन्। शान्तिवार्तामा संलग्न रहिसकेका ज्ञवालीले सैन्यभर्ती शान्ति-सम्झौंताअनुरूप रहेको बताए।
शान्तिसम्झौंतामा दरबन्दी एकजना पनि थप्न नपाइने भनिए पनि तोकिएको दरबन्दीभित्र भर्ती लिनु नियमसंगत रहेको उनको जिकीर छ। ‘सम्झौंतामा हस्ताक्षरताका सेनाको संख्या ९५ हजार ७ सय ५३ थियो, त्यसबेला माओवादी लडाकुको टुंगो भइसकेको थिएन,' ज्ञवालीले नागरिकसित भने, ‘माओवादी लडाकुको हकमा प्रमाणीकरण गरिसकेपछि आउने नम्बर थप्न नपाइने भन्ने हो।'
उनले यही निहुँमा लडाकु भर्ना खोल्ने भनाइ हास्यास्पद रहेको बताए। (nagariknews)
Tuesday, August 3, 2010
माओवादी सेनाले भर्ना खोल्यो
काठमाडौं, श्रावण १८ - नेपाली सेनाले भर्ना खोलेको एक दिन नबित्दै माओवादी सेनाले पनि मंगलबार भर्ना खोलेको छ । जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले विज्ञप्ती जारी गर्दै भर्ना खोलेको जनाएका छन् ।
माओवादी सेनाले १८ वर्ष उमेर पुगेका स्वस्थ, सक्षम, साक्षर शैक्षिक योग्यता भएका र जुझारु राष्ट्रिय भावनाले ओतप्रोत भएका नेपाली नागरिकबाट दरखास्त आहृवान गरेको छ । माओवादी सेनाले नेपाली सेनाले आहृवान गरेको भर्ना फिर्ता नलिएसम्म पदपूर्तिका लागि दरखास्त लिने जनाएको छ ।
'नेपाली सेनालेे आवश्यक्ताको आधारमा रिक्त दरबन्दी भनी भर्ना सम्बन्धि विज्ञापन खोलेको छ,' विज्ञप्तीमा भनिएको छ, 'त्यसैले जनमुक्ति सेना भित्र पनि विविध कारणवश दरबन्दी खाली हुन गएकोले नेपाली सेनाले भर्ना प्रकृया फिर्ता नलिएमा स्वतः आवश्यक्ताको आधारमा जनमुक्ति सेनाले पनि उक्त खाली दरबन्दीको पदपूर्ति गर्न पहिले स्थगित गरिएको भर्ना प्रकृयालाई अगाडी बढाउन आवश्यक ठानेका छौं ।'
यसअघि पनि नेपाली सेनाले भर्ना आहृवान गरेपछि २०६५ फागुन १९ गते माओवादी सेनाले पनि भर्ना आव्हान गरेको थियो । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । २०६५ फागुन २५ गते सर्वोच्चले भर्ना रोक्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि माओवादी सेनाले २०६५ फागुन २७ गते भर्ना रोकेको थियो ।
माओवादी सेनामा भर्नाका लागि यस्ता छन् योग्यता
१) १८ वर्ष उमेर पुगेका स्वस्थ,सक्षम,नेपाली नागरीक
२) शैक्षिक योग्यता साक्षर
३) जुझारु राष्ट्रिय भावनाले ओतप्रोत भएको
थप जानकारीको लागी नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, पाँच प्रति पासपोर्ट साइजको फोटोसहित सातवटै डिभिजनको डिभिजन हेडक्वार्टरमा सम्पर्क राख्न अनुरोध गरिन्छ । (कान्तिपुर)
हस्तीलाई आफ्नै क्षेत्रमा हार
काठमाडौं, साउन १८ (नागरिक)- कांग्रेसको जिल्ला र केन्द्रीय राजनीतिमा समेत प्रभाव राख्ने केही हस्तीले क्षेत्रीय अधिवेशनमै हार खाएका छन्।लामो समययता जिल्लाको नेतृत्व गर्दै आएका र यहीँबाट संसदीय निर्वाचनसमेत जितेका काठमाडौं कांग्रेसका सभापति तीर्थराम डंगोल यसपटक महाधिवेशन प्रतिनिधिमै पराजित भए। काठमाडौं १० बाट आदिवासी जनजातिको कोटाका उम्मेदवार बनेका डंगोललाई बद्री महर्जनले हराएका थिए। काठमाडौं कांग्रेसमै पकड राख्ने ९ नम्बर क्षेत्रीय सभापति मनबहादुर केसी पनि महाधिवेशन प्रतिनिधि आउन सकेनन्।
'संघर्षमा अत्यन्त खारिएका केही साथीहरूले प्रजातान्त्रिक अभ्यासबाट पराजित हुनुपरेको छ, प्रवक्ता अर्जुननरसिंह केसीले नागरिकसँग भने, 'उहाँहरूलाई पार्टीको कुनै न कुनै भूमिकामा समाहित गर्छौँ।' कांग्रेसमा युवा सशक्तिकरणले ल्याएको उत्साहलाई पार्टीले सफलताको रूपमा लिएको उनले बताए।
चुनावका लागि मात्रै जिल्ला जाने र अरू बेला केन्द्रमा बसेर राजनीति गर्ने प्रवृत्तिले क्षेत्रीय अधिवेशनमा केन्द्रीय नेताले हार बेहोर्नुपरेको हो। पूर्वकृषिमन्त्री होमनाथ दाहाल पनि ओखलढुंगा १ बाट महाधिवेशन प्रतिनिधिमै पराजित भए। जिल्ला सभापति पृथ्वीबहादुर कार्की र जिल्ला नेता गोमा केसी पनि महाधिवेशन प्रतिनिधि बन्न पाएनन्। खोटाङबाट पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई पनि क्षेत्रीय अधिवेशनबाटै पराजित भए।
डेढ दशकदेखि टे्रड युनियन कांग्रेसको केन्द्रीय नेतृत्व सम्हाल्दै आएका लक्ष्मण बस्नेतले पनि मोरङ ८ बाट महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नुपर्यो। मोरङ ६ बाट सभासद् भुटनीदेवी स्वाख र तनहुँ १ बाट उर्मिला थापा पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्।
बर्दियाकी पूर्वसांसद काशी पौडेल २ नम्बर क्षेत्र र बाँके ३ बाट सभासद् मोहम्मद सिद्दिकी पनि क्षेत्रीय अधिवेशनवाटै पाखा लागे। दाङका पूर्वसांसद गेहेन्द्र गिरी वडाबाटै पराजित भएका छन् भने पटकपटक महासमिति सदस्य भएका वयोवृद्ध नेता तीर्थराज चैतु यसपटक महाधिवेशन प्रतिनिधिमा पराजित भए। सिन्धुलीका पूर्वसांसद होमराज दाहाल, जिल्ला सभापति रेगराज खतिवडा र पूर्वसभापति अर्जुन बराल पनि महाधिवेशन प्रतिनिधि हुन सकेनन्।
कांग्रेसले पार्टीको बाह्रौँ महाधिवेशनका लागि भएको गाउँ अधिवेशनमा ८० प्रतिशत सर्वसम्मत भएको तर क्षेत्रीय अधिवेशनमा भने ८० प्रतिशत निर्वाचन भएको प्रवक्ता केसीले बताए।
प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना महाधिवेशन प्रतिनिधि र एकजना क्षेत्रीय सभापति निर्वार्चित हुने व्यवस्था कांग्रेसको नयाँ विधानले गरेको छ। महाधिवेशन प्रतिनिधि निर्वार्चितमध्ये प्रत्येक क्षेत्रबाट ६-६ जना महासमिति सदस्य निर्वाचित हुन्छन्।
'जसले जिते जसले हारे पनि सबै एक भएर जिल्ला र बाह्रौँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न एकताबद्ध भएर लाग्न केन्द्रीय समिति सबैलाई आग्रह गर्छ,' केसीले भने।
नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष भूपति ढकाल कास्की ३ बाट सबैभन्दा भारी मत अन्तरले पराजित भएका छन्। झन्डै दुई सयको हाराहारीमा मतदाता रहेको यस क्षेत्रमा उनले १० मत मात्रै पाएका थिए। कास्कीमै व्यापारी आनन्दराज मुल्मी र सुरेन्द्रकुमार भारी पनि क्षेत्र नम्बर ४ वाट महाधिवेशन प्रतिनिधिमा पराजित भए। उनीहरू दुवै यसअघि सोही क्षेत्रवाट महाधिवेशन प्रतिनिधि थिए।
कतिपय क्षेत्रबाट भने केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेकाहरूले समेत महाधिवेशन प्रतिनिधिमै हार खानुपर्यो। बाह्रौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका आमन्त्रित केन्द्रीय सदस्य कृष्णलाल सापकोटा चितवन ४ बाट महाधिवेशन प्रतिनिधि चुनिन सकेनन्। उनी यसअघि नै चितवन कांग्रेसको सभापति भइसकेका थिए। त्यस्तै, केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका लमजुङ कांग्रेसका सभापति तुलसीनारायण श्रेष्ठ पनि क्षेत्रीय अधिवेशनमै महाधिवेशन प्रतिनिधिमा पराजित भए्। नेपाल दलित संघका सभापति तथा स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल दलित कोटाबाटै महाधिवेशन प्रतिनिधिमा पराजित भए। सुर्खेत ३ बाट बस्याललाई स्थानीय भगे कामीले ठूलो मतान्तरले पराजित गरेका थिए। बस्यालले जम्मा १० मत पाएका थिए। किसान संघका राष्ट्रिय अध्यक्ष भानु सिग्देल पनि चिवतनवाट महाधिवेशन प्रतिनिधि छानिन सकेनन्।
कांग्रेसको बाह्रौँ महाधिवेशनमा यसपटक ठूलो संख्यामा युवाको बाहुल्य हुने देखिएको छ। अधिकांश जिल्लाबाट विद्यार्थी, तरुण र महिला संघका नेता महाधिवेशन प्रतिनिधि चयन भएका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव शेखर थापा मोरङ २ वाट महाधिवेशन प्रतिनिधि निर्वार्चित भएका छन्। उनी यसअघि पनि महासमिति सदस्य थिए। दोलखा ६ बाट विद्यार्थी नेता कुन्दन काफ्ले र विनिता अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वार्चित भएका छन्। उनीहरू दुवै विद्यार्थी राजनीतिमा चर्चित छन्।
कांग्रेसले शनिबार ५६ जिल्लामा र सोमबार ६ जिल्लामा गरी ६१ जिल्लाको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ। बाँकी १४ जिल्लामा भने साउन २७ गतेभित्र क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गर्ने मिति तोकिएको छ।
केन्द्रीय सदस्यहरू चुनावमा
कांग्रेसको संशोधित विधानले केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि क्षेत्रबाट चुनिनुपर्ने व्यवस्था नभए पनि केही केन्द्रीय सदस्य आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
मोरङ ६ बाट केन्द्रीय सदस्यहरू महेश आचार्य र संविधानसभामन्त्री मिनेन्द्र रिजाल महाधिवेशन प्रतिनिधि चुनिएका छन्। अर्का केन्द्रीय सदस्य गोविन्दराज जोशी तनहुँ १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। कांंग्रेसको संशोधित विधानमा केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने व्यवस्था छ।
विद्रोहीहरूको चेतावनी
काठमाडौं, साउन १८ (नागरिक) - मधेशी जनअधिकार फोरमका विद्रोही सभासद्ले अर्को निर्वाचनका बेला 'परिणाम' देखिने चेतावनी दिएका छन्।' पार्टीलाई सही बाटोमा ल्याउन र देशकाल परिस्थितिअनुसार अघि बढ्न दवाब दिन यो कदम चालिएको हो', फ्लोर क्रसको नेतृत्व गर्ने नन्दकुमार दत्तले नागरिकसँग भने, 'यो सुरुवात हो, अर्कोपटक परिणाम निस्कनेछ।'
विद्रोह गर्ने पक्षमा १९ सभासद् थिए। अध्यक्ष र सहअध्यक्षको अनुपस्थितिमा बसेको संसदीय दलको बैठकले दाहाललाई मत दिने निर्णय गरिएको थियो। फोरम अध्यक्ष यादव र सहअध्यक्ष गुप्ताको अनुपस्थितिमा भएको माओवादीलाई मत दिने निर्णयमा सभासद्द्वय बीपी यादव र एकवाल अहमदले मात्र हस्ताक्षर गरेका थिएनन्।
३ बजे दलको बैठक सुरु भए पनि पौने ५ बजे मात्र मोर्चाको बैठकबाट आएका यादव र गुप्ताले हात जोडेर अनुरोध गरे पनि सभासद्हरूले अस्वीकार गरे।
फोरम, फोरम लोकतान्त्रिक, तमलोपा र सद्भावना पार्टी संलग्न 'संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा' ले दुवै उम्मेद्वारको प्रस्तावमा मत नदिई तटस्थ बस्ने निर्णय गरेका थिए जसमा फोरम अध्यक्ष यादवले हस्ताक्षर गरेका थिए।
यसअघि माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन हुने बेला पनि फोरम फुटेको थियो।
Monday, August 2, 2010
तेस्रो पटक पनि बहुमत जुटेन
काठमाडौं, साउन १७ (नागरिक)- संसदमा तेस्रो पटक मतदान हुँदा पनि प्रधानमन्त्रीका उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेताले समर्थन पाउन सकेनन्। साउन ५ र ७ गतेको निर्वाचनले प्रधानमन्त्री छान्न नसकेपछि सोमबार संसदमा मतदान भएको हो।
सोमबारको मतदानमा माओवादीका प्रत्यासी पुष्पकमल दाहालले २ सय ५९ मत पाएका थिए। उनले पाएको यो मत यसअघिको भन्दा बढी हो। यसअघि भएको चुनावमा उनले २ सय ४३ थियो। दाहालको प्रस्तावमा मतदान हुँदा २ सय ८ मत तटस्थ रहे भने १ सय १४ ले उनको विपक्षमा मतदान गरेका थिए।
यसैगरी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले तेस्रो पटक पनि संसदमा बहुमत जुटाउन सकेनन्। पौडेलले सोमबार १ सय २४ मत पाए। उनको विपक्षमा २ सय ४६ मत परेको थियो। पौडेलको प्रस्तावमा मतदान हुँदा १ सय ८६ सांसद तटस्थ रहेका थिए।
पासोमा परे दुई चितुवा
रमेश खतिवडा, दोलखा, साउन १७- सदरमुकाम चरिकोट नजिक भिमेश्वर नगरपालिका १, तार्थली स्थित थापाँगाउँमा २ वटा चितुवा फेला परेका छन्। थापा गाउँस्थित स्थानीय हरीबहादुर खड्काको पोल्ट्री फर्ममा कुखुरा खान आएका बेला दुवै चितुवा फर्ममा छिर्ने गौडामा थापेको पासोमा परेका थिए।
पासोमा परेको मध्ये एउटा मरिसकेको छ। दुई चितुवा एकै पटक फेला परेपछि उक्त क्षेत्रमा चितुवा हेर्नेहरुको घुँईचो लागेको छ। जिल्ला वन अधिकृत केदार दहालले चितुवालाई नियन्त्रणमा लिन र उद्धार गर्न काठमाडौंबाट टोली मगाईएको बताए । (nagariknews)
के एमाले फुट्दै छ ? : प्रदीप नेपाल
जबजलाई अंगिकार मात्रै गरिदिएको भए पनि नेकपा एमालेले 'उभयलिंगी', 'अडान नभएको आलुपार्टी' जस्ता व्यंग्यात्मक अभिव्यक्तिहरूको तारो बन्नुपर्ने थिएन
यो प्रश्न हो नेकपा एमालेका इमानदार कार्यकर्ताहरूको, एमालेका शुभेच्छुकहरूको । यो प्रश्न हो सूर्य चिह्नमा मतदान गर्ने लाखौँ मतदाताको ।
यो कठिन घडीमा किन एमाले फुट्ने कुरो उठ्यो ? किनभने एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालको बहुमतको सरकार ढाल्ने काममा सबैभन्दा ठूलो भूमिका नेकपा एमालेकै वरिष्ठ नेताहरूले निर्बाह गरे । माओवादी अध्यक्ष प्रचण्डको लोलीमा बोली मिलाउँदै नेकपा एमालेका एक जना उपाध्यक्ष वामदेव गौतमले माधव नेपालको सरकारलाई इतिहासको सबैभन्दा निकम्मा सरकार भएको र त्यसलाई तुरुन्त ढाल्नुपर्ने भाकाका भाषणहरू ठोक्दै हिँडे । तिनले पार्टीको बैठकमा पेस गरेका प्रतिवेदनहरूमा माओवादीकै भाकामा सरकारको विरोध गरे । पछिल्लो कालमा त तिनले ०६७ साल जेठ १४ गतेसम्म माधव नेपालले राजीनामा नदिए पार्टीबाट विद्रोह गर्ने, एउटा नयाँ मञ्च बनाउने र सरकारको विरोध गर्ने हौवा नै फैलाए । वामदेव गौतमसँगको गुटबन्दीमा लागेकाहरूले त्यसलाई टेलिफोन, इमेल र एसएमएसमार्फत आफ्नै साथीभाईलाई तर्साउने काम गरे । वामदेव गौतमको सरकारविरुद्धको अभियान यति सर्वव्यापि भयो कि नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगसमेतले गौतमलाई आत्मालोचना गरेर आफूलाई सुधार्ने निर्देशन दियो ।
वामदेव गौतमले एक पल्ट पार्टी फुटाइसकेको र फुटेर गएका तीन चौथाइ सदस्य माओवादी पार्टीतिर सप्लाई गरेको राजनीतिमा चासो राख्ने जोकोहीले पनि जानकारी पाएकै विषय हो । त्यसैले वामदेव गौतमका कारण एमाले फुट्छ कि भन्ने चिन्ता पार्टीव्यापि भएको हो ।
अलिअलि गल्ती अहिलेका अध्यक्ष झलनाथ खनालबाट पनि भएको छ । यद्यपि एमालेमा मन्त्रीको जागिर खान कमिटी बैठक गरेरै पठाउने तर मन्त्री भैसकेपछि आफूले योग्य र क्षमतावान् ठानेर पठाएको मन्त्रीको धतुरो झार्ने परम्परा निकै पहिलेदेखि नै बसेको हो । तर, पार्टीको अध्यक्ष भैसकेपछि, झलनाथ खनालले, आफैँले प्रस्ताव गरेको माधव नेपालको प्रधानमन्त्रीत्वलाई चुनौती दिन मिल्दैनथ्यो । अध्यक्ष खनालले नेकपा एमालेको सरकारलाई आफ्नै सौताको सन्तानका रूपमा हेरेको र व्यवहार गरेको सबैले थाहा पाएकै विषय हो । अध्यक्ष खनालको यही व्यवहारको स्मरण गरेर माधव नेपालले झलनाथ खनाललाई बहुमतीय सरकारको प्रधानमन्त्री हुन नदिएका हुन् भनेर धेरैले टिप्पणी गरेका हुन् । यद्यपि बहुमतीय प्रणालीमा जानुहँुदैन र संविधान निर्माणका लागि कम्तिमा पनि संविधानसभाको दुईतिहाइ अर्थात ४०१ को बहुमत चाहिन्छ भन्ने स्वीकारोक्ति सबैभन्दा पहिले अध्यक्ष खनालबाटै आएको हो । ४०१ को प्रस्ताव पारित भैरहँदा माधव नेपाल बैठकबाट बाहिर निस्किएका थिए भने के.पी. ओली पक्षधरहरू प्रदीप नेपालले गल्ती गर्यो भन्दै दिक्दारी पोख्दै थिए ।
झलनाथ खनाल त पार्टी फुटाउने हिम्मत गर्नै सक्दैनन् एमालेभित्र । वामदेव गौतमले पनि ०५४ सालमा पार्टी फुटाएर खेपेको सास्ती अहिले नै बिर्सिए होलान् भन्ने निष्कर्ष निकालिहाल्न अहिले सकिँदैन । त्यसैले अहिले एमाले फुट्दैन ।
त्यसोभए नेकपा एमालेभित्र यस्तो कच्याङकुचुङ किन ?
सामान्यीकरण गरेर भन्दा सबै पार्टीभित्रै यस्तै कच्याङकुचुङ हुन्छ भनिदिँदा पनि हुन्छ । तर, त्यसो गरेर एमालेको समस्यालाई खुलस्त ढंगले बाहिर निकाल्न सकिँदैन । गुटबन्दी कुन पार्टीमा हुँदैन र भनेर एमालेका कार्यकर्तालाई सम्झाउँदा पनि एमालेको हितचाहिँ हुँदैन । सबै पार्टीहरू यही समाजका उपज हुन्, र समाजमा हुने राम्रानराम्रा विचारहरूको शिकार पार्टीले पनि हुनुपर्छ भनेर उम्किन पनि मिल्दैन । फोहोरलाई कालो प्लास्टिकले छोपेर फोहोरबाट बच्नुपर्छ भन्ने टिप्पणीकारको मान्यता नभएको हुनाले एमालेका समस्यालाई छर्लंग पारिदिनु लेखकीय इमान हुन्छ । हिम्मत हुँदा एकीकृत माओवादीभित्रका सैद्धान्तिक एवम् राजनीतिक विचलन र विवादहरू, कांग्रेसभित्रको गुटबन्दीका बारेमा स्वतन्त्र ढंगले तत्तत् पार्टीनजिक रहेकाहरूले लेखिदिए भने नागरिक पनि प्रस्ट हुन्थे ।
एमालेका ठूला नेताहरूको सबैभन्दा गम्भीर समस्या भनेको राजनीतिक विचलन हो । जनताको बहुदलीय जनवाद -जबज) लाई नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनले पार्टीको मार्गदर्शक सिद्धान्त बनायो । नेपालको कम्युनिस्ट आन्दोलनमा यो असाध्यै ठूलो छलाङ थियो । जबजले अंगिकार गरेका मूल्य र मान्यतालाई आत्मसात गरेको भए ०६५ सालको फागुनदेखि नै नेकपा एमाले एउटा प्रभावशाली, स्वतन्त्र, स्वाभिमानी जनताको प्रतिनिधि पार्टीका रूपमा अघि बढ्न थाल्नेथियो । तर, एमालेका वरिष्ठ नेताहरूका लागि जबज हात्तीको बंगारो या बौद्धिक विलासमात्र हुन पुग्यो । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानिसकेपछि एमालेले अर्को पार्टीको नेतृत्वको सरकारमा सामेल हुनै हुँदैनथ्यो । निर्वाचनमा पराजित भैसकेपछि मन्त्री या प्रधानमन्त्री हुने कुरामा आशक्ति देखाउनै हुँदैनथ्यो । सबैसँग प्रतिस्पर्धा र प्रतिपस्र्धाबाट अग्रता भन्ने मान्यता बोक्ने जबजलाई अंगिकार मात्रै गरिदिएको भए पनि नेकपा एमालेले 'उभयलिंगी', 'अडान नभएको आलुपार्टी' जस्ता व्यंग्यात्मक अभिव्यक्तिहरूको तारो बन्नुपर्ने थिएन ।
नेकपा एमालेका नेताहरूले अहिले पनि, अर्थात पछिल्लो पटकको प्रधानमन्त्रीको खेलमा आइपुग्दासम्म पनि जनताको बहुदलीय जनवादलाई आफ्नो व्यवहारमा लागू गर्न सकिरहेका छैनन् । 'राष्ट्रिय जिम्मेवारी, 'दायित्व बहन' जस्ता बेकामे शब्दहरू प्रयोग गरेर कार्यकर्ता र जनतालाई ढाँटिरहुन्जेल एमालेका वरिष्ठ नेताहरूले जबजलाई आफ्नो व्यवहारमा मार्गदर्शक सिद्धान्त बनाउन सक्ने कुनै सम्भावना देखिँदैन । नेकपा एमाले अहिलेको राजनीतिमा तेस्रो ठूलो पार्टी हो । त्यसै अर्थमा मुलुकको दायित्वको भारी पनि तेस्रै नम्बरमा लिनु एमालेको नैतिक कर्तव्य हुन्छ । राजनीतिक इमानलाई बोकेर भन्नुपर्दा मुलुकलाई अहिलेको सङ्कटबाट बाहिर निकाल्ने पहिलो दायित्व भनेको माओवादी पार्टीको हो, र सङ्कटको स्रोत पनि त्यही पार्टी हो । दोस्रो दायित्व भनेको कांग्रेस पार्टीको हो । यी दुई पार्टीले हामीले केही गर्न सकेनौँ भनेर गुहार मागे भने मात्रै तेस्रो पार्टीको हैसियतमा नेकपा एमालेले दायित्व स्वीकार गर्ने हो ।
एमालेको दोस्रो तर अत्यन्तै गम्भीर समस्या भनेको गुटबन्दी हो । गुटबन्दी आधारभूत रूपमा दासत्व हो । एकाध जमिन्दार र पाँचदस कमैया बनाउने काम हो पार्टीभित्रको गुटबन्दी । तर, केही नेता तथा कार्यकर्ताहरू यो जमिन्दारी र कमैयाको सामन्ती चेतनालाई सहर्ष स्वीकार गरेर गुटबन्दी गरिरहेका छन् । राजनीति र विचारलाई सकार्नेहरू न जमिन्दार बन्न तयार हुन्छन्, न त दास नै । तर, आफूप्रति विश्वास नभएकाहरू, सिद्धान्तप्रति विश्वास नभएकाहरू, स्वार्थी र लोभीहरू स्वविवेकलाई मारेर मालिक तथा दासको मनोविज्ञानमा उभिएर कर्म गर्न थाल्छन् । नेकपा एमालेभित्रको गुटबन्दी जसरी प्रो-माओवादी र प्रो-कांग्रेस भएर विभाजित भएको छ, त्यो साह्रै घीनलाग्दो, लज्जाजनक र नालायकीको उदाहरण हो ।
यो तीतो टिप्पणी लेख्दा मैले धरानको मञ्चमा भाषण गरिरहेका कार्यकर्ताहरूको अनुहार सम्भिmइरहेको छु । पोखराको गोष्ठीमा चियाब्रेक हुँदा चिन्ताको अनुहार उघारेर पिरोलिने कार्यकर्ता र शुभेच्छुकहरूको अनुहार देखिरहेको छु । हाम्रा नेताहरू सिंहदरबारको केन्द्रमा नाचगान गरिरहेका छन्, तर तल्लै तहसम्मको पार्टी निरास, उदास, हतास छ । यो निरासा, उदासी र हतासाले तिनीहरूलाई अकर्मण्य, उद्विग्न र चेतनाहीन बनाउँदै लगेको छ ।
जथाभावी प्रधानमन्त्री र मन्त्री हुने लोभबाट ठूला, साना सबै नेताहरू मुक्त नहुने हो भने नेकपा एमाले पनि नेकपा माओवादी, कांग्रेस, सबै मधेसवादी दल, यहाँसम्म कि कमल थापाको राप्रपा नेपालभन्दा भिन्न हैसियतको हुन सक्दैन । सम्भिmयून् एमालेका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव हुने नेताहरूले 'मदन भण्डारी न त राजा थिए, न मन्त्री, तर बाँचुन्जेल उनले नै नेपालको राजनीतिमा राज गरिरहे' भन्ने दुनियाँको टिप्पणी । सम्भिmयून् एमालेका स्थायी कमिटीका सदस्यहरूले कुनै शीर्ष पदमा नरहेर पनि नेपालको सर्वेक्षणमा मदन भण्डारी नै 'नेपाली राजनीतिका शीर्षपुरुष' चुनिएका थिए । (nayapatrika)
आज प्रधानमन्त्री नछानिए के हुन्छ ?
माधव ढुङ्गेल, काठमाडौं, साउन १७- नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा तेस्रोपटक हुने मतदानमा परिणाम नआए अर्को चुनावको तिथि तोक्न सभामुख सुवासचन्द्र नेम्वाङले बैठक सुरु हुनुभन्दा १ घण्टा अघि अपरान्ह ३ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
सोमबार ४ बजे हुने मतदानमा माओवादी उम्मेद्वार पुष्पकमल दाहाल र कांग्रसका रामचन्द्र पौडेलको प्रस्तावले ३०० मत नपाए सोही बैठकबाट नेम्वाङले चुनावको अर्को तिथि तोक्नेछन्।
देशलाई तत्काल नयाँ सरकार दिनुपर्ने संसद्को जिम्मेवारी भएकाले सोमबार परिणाम नआएमा मंगलबारै अर्को चुनावको तिथि तोक्नुपर्ने एमाले मुख्य सचेतक भीम आचार्य बताउँछन्। ‘दिनमा २ पटक चुनाव गर्ने गरी बैठक राख्नुपर्छ', उनले भने, ‘सकेसम्म परिणाम नआएसम्म हरेक दिन बिहान-बेलुकै चुनाव गर्नुपर्छ।'
शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुको साटो आफ्नो नेतृत्वमा बहुमतीय सरकार बनाउन लागिपरेका दुवै उम्मेद्वार नथाकेसम्म नयाँ प्रक्रियामा जान सहमत नहुने भएकाले थकाउनका लागि चुनाव दोहोर्याउनुपर्ने उनले बताए। ‘कति पिङ मच्चाउँछन्, मच्चाउन दिऊँ', आचार्यले भने, ‘जति मच्चाए पनि उत्ति मात्र मच्चेपछि त थाक्लान् नि!'
कार्यव्यवस्था परामर्श समितिको बैठकको तयारीस्वरुप १ बजे सचेतकहरूसँग सभामुखले बैठक बोलाएको जानकारी दिने कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले भने, ‘दिनका दिन नै चुनाव राखेर र्याइँ-र्याइँ गर्न पनि सकिन्छ तर २४ गतेभन्दा अगाडि एकपटक चाहिँ राख्नै पर्ला।'
साउन ४ गतेको केन्द्रीय कमिटीको निर्णयअनुसार नै एमाले सोमबारको निर्वाचनमा पनि तटस्थ नै बस्नेछ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दाहाललाई समर्थन गरे मात्र परिणाम निस्कने स्थिति भए पनि मोर्चा तटस्थ नै बस्ने संभावना बढी छ। माओवादीसँग बिहान ९ बजे बस्ने बैठकपछि मोर्चाले औपचारिक निर्णय गर्ने तमलोपाका सहमहामन्त्री जितेन्द्रप्रसाद सोनारले बताए। उनले आइतबार राती नागरिकसँग भने, ‘शान्ति र संविधानका लागि राष्ट्रिय सहमतिको सरकार बन्नु आवश्यक भएकाले त्यसका लागि दवाब दिन मोर्चा तटस्थ बस्ने संभावना छ।'
संसद्को कार्यसञ्चालन नियमावलिले परिणाम नआएसम्म चुनाव दोहोर्याउँदै जानुपर्ने व्यवस्था गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य पूर्णबहादुर खड्का तीन पटकको निर्वाचनमा पनि परिणाम ननिस्केपछि परिणाम आउने गरी मात्र अर्को बैठक राख्नुपर्ने बताउँछन्। ‘सहमति हुने वा निकास निकाल्ने बाटोमा लाग्नुपर्छ', उनले भने, ‘यही प्रक्रियालाई निरन्तरता दिने भन्ने हुन्न।'
यिनै उम्मेद्वार कायम राखेर परिणाम नआउने गरी चुनाव गराउन नहुने बताउँदै खड्काले भने, ‘यो उम्मेद्वार थाक्ने विषय हैन, दलहरूले सोच्नुपर्ने विषय हो।' सभामुखसँग अर्को चुनाव तोक्नुको विकल्प नरहेको बताउदै उनले भने, ‘लामो समय लिएर दलहरूबीच छलफल गरी परिणाम निस्कने गरी अघि बढ्नुपर्छ।' यसबारे उम्मेद्वारले भन्दा दलहरू गम्भीर हुनुपर्ने खड्काले बताए।
तेस्रो मतदानमा परिणाम आउनेबारे आशावादी माओवादी सभासद् खिमलाल देवकोटा कथंकदाचित नआएमा सहमति खोज्ने सबै विकल्प खोल्नुपर्ने बताउँछन्। ‘चुनाव सभामुखले तोक्ने हो, दिनमै ३ पटक पनि चुनाव गराउन सक्छन्', उनले भने, ‘कसैले नजित्ने अवस्थामा दलले सहमति नगरेमा पटक-पटक चुनाव गराएर समय त बिताउनुपर्ला।'
२ उम्मेद्वारबीच परिणाम नआउने चुनाव दोहोर्याउँदा पटक-पटक हार्ने हुनाले यस्तो खेल अघि बढाउनु उचित नहुने देवकोटाले बताए। उनले भने, ‘पटक-पटक हार्ने खेल अघि बढाउन हुन्न, यस्तो कानूनी व्यवस्था पनि कायम राख्न हुन्न।'
राजनीतिक निर्णयका आधारमा पौडेल र दाहाल दुईमध्ये एक जनाले उम्मेद्वारी स्थगन गरी अर्कोलाई जिताएर अघि बढ्न सक्ने एउटा उपाय छ। अर्को दुवैले उम्मेद्वारी स्थगन गरी नयाँ प्रक्रिया प्रारम्भ गर्ने अर्को विकल्प पनि सबै दलका प्रतिनिधिले स्वीकार्छन्। तर, प्रस्तावकले उम्मेद्वारीको प्रस्ताव फिर्ता गर्ने समय दिएर पनि चुनावको प्रक्रिया अघि बढिसकेकाले यो प्रक्रियाबाट बाहिर निस्कनका लागि राजनीतिक सहमतिको आवश्यकता देख्छन्, कांग्रेस नेता खड्का।
नियम संशोधन गर्नेदेखि नयाँ प्रक्रिया थाल्नेसम्म सबै उपायहरू पहिले राजनीतिक सहमति नभई अघि बढ्न नसक्ने परिस्थिति छ। बैठक थाल्नेबित्तिकै चुनाव गर्नुपर्ने चरणमा गएर संसद् स्थगित भएकाले अहिलेको प्रक्रिया शुन्यमा लैजान दुवै उम्मेद्वार मैदानबाट हट्ने निर्णय दलहरूले पहिले गर्नुपर्नेछ।
दुई उम्मेद्वार र २५ दल नयाँ प्रक्रियामा जान सहमत भएमा बैठकको कारवाही सुरु गर्नेबित्तिकै दुवै उम्मेद्वारका प्रस्तावकले ढ्याप-ढ्याप गरी सभामुखसँग समय मागेर उम्मेद्वारी स्थगन गर्न सक्ने एउटा उपाय छ। अर्को, प्रस्तावमाथि अर्को लिखित प्रस्ताव हालेर पनि उम्मेद्वारी स्थगन गर्नसक्ने संसदीय अभ्यासको उपाय रहेको छ।
नियमअनुसार सुरु भएको चुनाव परिणाममा नपुगी नियम संशोधन गर्नु विधिको शासनविपरीत हुने हुनाले पहिले पुरानो प्रक्रिया टुंग्याएपछि मात्र नयाँ अभ्यासमा जान मिल्नेछ।
सोमबार परिणाम नआएमा र नयाँ सहमति पनि नभएमा २४ गतेअगावै पटक-पटक चुनाव हुनसक्ने संभावना रहेको छ। नयाँ प्रक्रिया सुरु नभएमा यो महिनाभित्र कम्तिमा पनि अरु पाँच पटक चुनाव गराउने सुझाव एमाले सभासद्हरूले सभामुखलाई दिएको स्रोतको दाबी छ। (nagariknews)
माओवादी-मोर्चा बैठक निष्कर्षबिहीन
बैठक सकारात्मक भएको श्रेष्ठको दाबी—
विश्वमणि पोखरेल, काठमाडौं, साउन १७- प्रधानमन्त्री पदका लागि संसदमा चुनाव हुन केही घण्टा बाँकी रहँदा माओवादी नेताहरु मधेसी मोर्चासँग निर्णयाक वार्ता बिना निष्कर्ष टुंगिएको छ। बैठक सकेर बाहिर निस्किएका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार अब मोर्चामा रहेका दलहरुको आन्तरिक बैठक बसेर समर्थन गर्ने-नगर्ने बारे निर्णय गर्नेछन्।
तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दल कार्यालयमा भइरहेको वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, मोहन बैद्य, नारायणकाजी श्रेष्ठ सहभागी थिए। मोर्चामा रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम नेपाल तथा नेपाल सद्भावना पार्टीका शीर्ष नेताहरु बैठकमा सहभागी थिए।
'मोर्चाका मागबारे हामीले राखेको अवधारणा प्रस्ट्याएका छौं', उपाध्यक्ष श्रेष्ठले भने- 'उहाँहरुले बैठक गरेर निर्णय दिन्छौं भन्नुभएको छ, स्थिति सकारात्मक छ।'
१० बजेदेखि सुरु भएको वार्ताले आज हुने प्रधानमन्त्री चुनावमा माओवादी अध्यक्ष दाहालको भाग्य फैसला गर्न सक्ने अनुमान गरिएको थियो। संसदमा २ सय ३७ मत रहेको माओवादीलाई प्रधानमन्त्री बन्नका लागि ६३ मत आवश्यक छ। मधेसी मोर्चासँग आवद्ध चार दलसँग ८२ मत छ।
मोर्चाभित्रको उपेन्द्र यादव पक्षले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने बताइरहेको चर्चा बाहिर आएका छन्। तमलोपा अध्यक्ष महन्थ ठाकुर पक्षधर नेताहरु दाहाल नेतृत्वको सरकारलाई समर्थन नगर्ने अवस्थामा रहेको स्रोतले बतायो। 'माओवादी सरकार बन्ने अवस्था भए मोर्चा विभाजित हुनसक्छ', एक मधेसी नेताले भने- 'तर देशलाई अनिर्णयको बन्न दिनु हुँदैन भन्ने हाम्रो मान्यता हो।'
आज चार बजे प्रधानमन्त्री पदका लागि संसदमा तेस्रो पटक चुनाव हुँदैछ। (nagariknews)
एमालेभित्र पार्टी बचाऊ अभियान
काठमाडौं, साउन १७ (नागरिक)- ‘नेतृत्वको चिसोपनाबाट पार्टी अस्तव्यस्त हुने अवस्था सिर्जना भएको' भन्दै एमालेभित्र केही नेताहरूले पार्टी बचाऊँ अभियान सुरु गरेका छन्। अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता तथा प्रधानमन्त्री माधवकुमार नेपाल, केपी ओली र वामदेव गौतमलाई सँगै राखेर सहमति गराई ‘पार्टी बचाउन' ती नेताले तेस्रो धारको पहल थालेका हुन्।
यो अभियानमा महासचिव ईश्वर पोखरेल, भरतमोहन अधिकारी, प्रदीप नेपाल, गोकर्ण विष्ट, ठाकुर गैरेलगायत छन्। उनीहरूले शिर्ष नेताहरूसँग भेट तीव्र पारेका छन्।
‘माओवादीलाई मत दिनुपर्छ भन्ने र कांग्रेसलाई दिनुपर्छ भन्ने दुई गुट सक्रिय भए। यसले पार्टीको छवि विनास गरिरहेको छ,' प्रदीप नेपालले नागरिकसँग भने, ‘हामी बिनास्वार्थ मेलमिलाप गुट बनाउँदै छौं। ठूला नेतालाई राखेर मिल्न पहल गर्छौं।'
नेतृत्वबीचको चिसोपनले केन्द्रीय कमिटी बैठक आह्वान नगरिएकाले नेतैपिच्छे फरकफरक धारणा आएको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए। ‘वैचारिक भिन्नताका कारण भिन्न कोणबाट धारणा सार्वजनिक भए, मिडियामा आएका नेताहरूका धारणा संस्थागत गर्न पनि बैठकको आवश्यक छ,' ज्ञवालीले भने।
पार्टीको भूमिका अनन्तकालका लागि तटस्थ हुन नसक्ने भएकाले सोमबारपछि नीतिमा प्रष्ट हुनुपर्ने ज्ञवालीले बताए। ‘पार्टी अनन्तकालका लागि तटस्थ बस्न सक्दैन,' ज्ञवालीले भने, ‘माओवादी, कांग्रेसलाई मत दिने वा नदिनेबारे संस्थागत रुपमा प्रष्ट हुन जरुरी छ।'
नेपालले स्थगित केन्द्रीय कमिटी बैठक सुचारुमात्र गर्ने उल्लेख गर्दै एउटै बैठकले दुईवटा निर्णय गर्न नसक्ने बताए। ज्ञवालीको भनाइ खण्डन गर्दै नेपालले भने, ‘बहुमतीयमा मत नहाल्ने निर्णय फेरिन्न।'
ओलीलाई कांग्रेस र गौतमलाई माओवादीलाई मत दिनुपर्छ भन्ने अधिकार नभएको उनले बताए। ‘दुवै नेतालाई कांग्रेस वा माओवादी भन्ने हो भने उतै जाऊ हामी एमालेमात्रै बस्छौं भनेर जानकारी गराउँछौं,' उनले भने।
तटस्थ बसेर रमिता हेर्नुभन्दा पहलकदमी लिनु जरुरी भएको तर पार्टीले त्यसको तयारी नगरेको ज्ञवालीले बताए। ‘तटस्थ बस्ने त्यसबेलाको परिस्थिति हो, अब बैठक बसेर बस्तुनिष्ठ निर्णय लिनुपर्छ,' उनले भने।
अध्यक्ष खनाल यही विषयलाई लिएर पार्टी विभाजन हुनु हुँदैन भन्ने पक्षमा रहेको नेपालले बताए। बैठक बोलाएर पार्टीभित्रको अन्तर्विरोध अन्त्य गर्ने तयारीमा खनाल रहेको स्रोतले बतायो। सोमबार प्रधानमन्त्री नचुनिए २१ गतेभित्र बैठक बस्ने तयारी छ।
‘पार्टीभित्रको अन्तर्विरोध बैठकबाटै समाधान हुन्छ। भोलि (सोमबार) प्रधानमन्त्री नचुनिए कांग्रेसलाई मत दिनुपर्छ भन्ने संगठित रूपमा आएको छ। त्यो गलत हो। माओवादीलाई पनि यथास्थितिमा मत हाल्न सकिन्न,' केन्द्रीय सदस्य गोकर्ण विष्टले भने।
पार्टी केन्द्रीय कमिटीको निर्णय अनुसार ४ सय १ सभासद्को हस्ताक्षर नपुगेकाले खनालको प्रस्ताव प्रधानमन्त्री नेपालले फिर्ता लिएपछि पार्टीभित्र चिसोपन बढेको हो। सोमबार तटस्थ बस्ने धारणा पार्टीमा एकमत छ। तर, त्यो अडान कहिलेसम्म रहने भन्ने विषयमा एमाले नेतृत्वबीच फरक-फरक धारणा आएका छन्। सोमबारको प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्ने एमाले निर्णय छ।
माओवादीसंग कुनै राजनीतिक सम्बन्ध नराख: एमाले सगरमाथा
डिल्लीराम खतिवडा
उदयपुर, श्रावण १७ - राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य छविलाल कार्की हत्याको विरोधमा एमालेको सगरमाथा अञ्चल समन्वय कमिटिले माओवादीसंग कुनै राजनीतिक सम्बन्ध नराख्न नेतृत्व समक्ष माग गरेको छ । अञ्चल कमिटिको बैठकपछि सोमबार कमिटिका सह-सयोजक तथा केन्द्रिय सदस्य जगन्नाथ खतिवडाले उदयपुरको गाईघाटमा पत्रकार सम्मेलन गरी हत्याको विरोधमा थप सर्घषको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन आयोजना गरी खतिवडाले समन्वय कमिटि बैठकले कार्की हत्याको विरोधमा सर्घषको कार्यक्रममा गर्ने निर्णय गरेको वताए ।
एमालेले सार्वजनिक गरेको संघर्षको कार्यकक्रम अनुसार साउन १९ गते सगरमाथा अञ्चलको ६ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, २२ गते मसाल जुलुस गर्ने र २५ गते मुख्य राजमार्ग र मुख्य बजारमा १ घण्टा चक्का जाम गर्ने वताइएको छ ।
सम्मेलनमा बाँडिएको विज्ञप्तीमा कार्कीका हत्याराहरु माओवादी नेतृत्वको निरन्तर सर्म्पकमा र संरक्षणमा रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा माओवादीले हत्याराहरुलाई प्रशासन सामु नबुझाएसम्म माओवादीसंग कुनै प्रकारको राजनीतिक सम्बन्ध नराख्न तथा वार्तामा नबस्न पार्टी नेतृत्वसंग माग गरिएको छ ।
त्यसैगरि विज्ञप्तीमा कार्कीका हत्यारालाई पक्राउ गरि कानूनी कारबाही गर्न व्यापक दवाव दिन अञ्चलका कमिटिका तर्फबाट मुलुक भरिका सभासद्हरुलाई अनुरोध गर्ने समन्वय कमिटिले निर्णय गरेको जनाइएको छ । बैठकले माओवादीद्धार हत्या गरिएका कार्कीलाई राष्ट्रिय शहिद घोषणा गर्न बिशेष पहल गर्ने निर्णय समेत गरेको छ । (ekantipur)
नेपाली विद्यार्थीले अमेरिकामा पाए अन्तराष्ट्रिय अवार्ड
दिलीप पौडेल, बाग्लुङ, साउन १७- अमेरिकामा अध्ययनरत बाग्लुङका एक विद्यार्थीले त्यहाँको मेइन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विद्यार्थी अवार्ड प्राप्त गरेका छन्। चार वर्षअघि अध्ययनका लागि अमेरिका पुगेका बाग्लुङ नगरपालिका-३, गुठीका सुशील खड्काले विश्वविद्यालयको वार्षिकोत्सवको अवसरमा उक्त अवार्ड पाएका हुन् ।
सन् २०१० मा इन्जिनियरीङतर्फ स्नातक तहमा अध्ययनरत विश्वविद्यालयका सबै विद्यार्थीलाई उछिन्दै खड्का उत्कृष्ट भएका छन्। विश्वविद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीलाई विभिन्न विषयका उत्कृष्ट विद्यार्थीलाई अवार्ड प्रदान गर्दै आएको छ। विश्वविद्यालयमा विश्वभरका १२ हजार विद्यार्थी अध्ययनरत छन्।)
उनले पेन्त्रि्कयाटिक क्यान्सर छुट्टयाउन प्रयोग हुने सुन तथा चाँदीका सुक्ष्म कणको प्रयोगसम्बन्धी अनुसन्धान र शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान ल्याएबापत उक्त पुरस्कार पाएका हुन्। ‘मेरो प्राज्ञिक क्षमता, नेतृत्वदायी भूमिका र अनुसन्धानको मूल्यांकन गर्दै विश्वविद्यालयले सम्मान गरेको छ,' खड्काले टेलिफोनमा भने, ‘यो मेरो व्यक्तिगत नभएर नेपालकै सम्मान भन्ने ठानेको छु।'
विश्वविद्यालयले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त अवार्ड सन् २००९ मा फ्रान्सका विद्यार्थीले पाएका थिए। खड्काले अमेरिकाको पल्प एन्ड पेपर फाउन्डेसनबाट छात्रवृत्तिसमेत पाएका छन्। उनी फाउन्डेसनबाट वार्षिक १५ हजार डलरको छात्रवृत्ति पाउने पहिलो अन्तर्राष्ट्रिय विद्यार्थी हुन्।
विश्वविद्यालयका रासायनिक तथा जैविक इन्जिनियरिङका प्राध्यापक माइकल मेसनसँगको सहलेखनमा दुई पुस्तकसमेत प्रकाशन गरेको उनले बताए। म्याग्दीको बरंगजामा जन्मेका खड्काले कक्षा ८ सम्म गाउँकै सरकारी स्कुल तथा कक्षा ९ देखि बाग्लुङको अमृत आदर्श उच्चमाविमा अध्ययन गरेका थिए। चितवनबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण उनले काठमाडौंको निक उच्चमावि डिल्लीबजारबाट ‘प्लस टु' उत्तीर्ण गरेका थिए।
अमेरिकामा छोराले पाएको सम्मानप्रति बाबु केशवले खुसी प्रकट गरे। भूपू भारतीय सैनिक उनले भने, ‘मैले सोचेकोथिइनँ, सुखद खबरले खुसीको सिमा छैन।'
पाँच दिदीका कान्छा भाइ सुशील स्कुल देखि नै मेधावी थिए। अमृत आदर्श उच्च माविका प्रिन्सिपल महेशचन्द्र प्रधानले उनको तारिफ गरे। ‘निकै लगनशील र जिज्ञासु थियो,' दार्जिलिङ भ्रमणको स्मरण गर्दै प्रधानले भने, ‘त्यसबेला उसलाई यात्राको रिपोर्टिङको जिम्मा दिएको थिएँ, उसले त किताबै तयार पारेछ।' (nagariknews)
माओवादी र मधेसी मोर्चा सहमतिनजिक
सिंहदरबारस्थित मधेसी जनअधिकार फोरमको कार्यालयमा पुगेका माओवादी नेताहरूले मोर्चामा आबद्ध दलका नेताहरूलाई आफ्नो लिखित धारणा बुझाएपछि मोर्चाको समर्थन आउने दाबी गरेका छन् । माओवादीले केही मुद्दामा असहमति र केही मुद्दामा विकल्पसहितको धारणा बुझाएको छ । मोर्चाले पनि माओवादी धारणालाई सकारात्मक भन्दै आइतबार बैठक बसेर औपचारिक प्रतिक्रिया जनाउने बताएको छ । 'मागकै आधारमा समर्थन गर्ने हो भने अब मोर्चा हामीसँग असहमत हुनुपर्ने कारण छैन,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संवाददाताहरूसँग भने, 'हामीले उहाँहरूको समर्थन आउने आधार देखेका छौँ, केही अस्पष्ट रहेका विषयमा छलफल गर्न विकल्प पनि खुला राखेका छौँ ।' माओवादी अध्यक्ष प्रचण्डसहित उपाध्यक्षद्वय बाबुराम भट्टराई र प्रकाश फोरम दलको कार्यालयमा पुगेर आफ्नो धारणा बुझाएका थिए ।
मधेसी जनअधिकार फोरमका नेता जयप्रकाश गुप्ताले माओवादी धारणाले सहमतिका लागि प्रक्रिया सुरु भएको प्रतिक्रिया दिए । 'हामीले उठाएका कतिपय माग पूरा गर्ने र केही मागमा असहमतिसहितको धारणा आएको छ,' गुप्ताले भने, 'यसलाई सकारात्मक वा नकारात्मकभन्दा पनि प्रक्रिया सुरु भएको मान्नुपर्छ । यसबारे थप छलफल गर्न हामीले भोलि (आइतबार) एक बजे मोर्चाको बैठक बोलाएका छौँ, बैठकपछि हाम्रो औपचारिक धारणा दिनेछौँ ।'
स्रोतका अनुसार माओवादी र मोर्चाबीचको छलफल सहमतिको नजिक पुगेको छ । माओवादीले मधेसवादी दलका नेताहरूसँग औपचारिक र अनौपचारिक तहमा वार्ता जारी राखेको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि सभामुख नेम्वाङसँगको भेटपछि सोमबार प्रधानमन्त्री चयन हुने भन्दै यसको संकेत गरेका छन् । 'व्यवस्थापिका संसद्को १७ गतेको निर्वाचनले मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ,' माओवादी अध्यक्ष प्रचण्डले सभामुखसँगको भेटपछि संवाददाताहरूसँग भने, 'हामीले बहुमत पुर्याउन कोसिस गरिरहेका छौँ, अहिलेसम्मको छलफलले बहुमत जुट्ने सम्भावना बढाएको छ ।'
प्रधानमन्त्री चुनावमा एमाले तटस्थ बस्दासम्म कांग्रेस उम्मेदवारले नजित्ने तथ्यबाट माओवादीले लाभ उठाउन चाहेको छ । प्रचण्डलाई विजयी बनाउन दुई सय ३७ सभासद् रहेको माओवादीलाई थप ६३ मतको खाँचो छ । मोर्चामा आबद्ध दलका ८२ सभासद् छन्, जसको समर्थन पाउँदा माओवादीका उम्मेदवारले सहजै जित्नेछन् । तर, मधेसी मोर्चाले समर्थन गरे पनि कांग्रेस उम्मेदवारका लागि थप एक सय चार मत आवश्यक पर्छ । ६०१ सदस्यीय संसद्मा अहिले पाँच सय ९९ सदस्य छन् । प्रधानमन्त्री निर्वाचित हुनका लागि तीन सय मत जुटाउनुपर्ने हुन्छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली जनता दल र नेपाः राष्ट्रिय पार्टीले दुवै निर्वाचनमा प्रचण्डलाई समर्थन गरेका थिए र अर्को निर्वाचनमा पनि समर्थन गर्ने संकेत दिएका छन् । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले अर्को चुनावमा तटस्थ नबस्ने घोषणा गरे पनि मधेसी मोर्चाले यसबारे कुनै औपचारिक निर्णय गरेको छैन । उम्मेदवारीबाट हात झिकेको एमालेसित पनि माओवादीले सहयोग गर्न भनेको छ तर एमालेको अहिलेसम्मको अवस्था तटस्थ बस्ने नै छ ।
पत्र सकारात्मकः मोर्चा
काठमाडौं/ मधेसवादी दलका नेताहरूले एकीकृत माओवादीलेे पत्र पठाएकोमा सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरूले माओवादीको पत्रबारे आइतबार मोर्चाको बैठक गरी विस्तृत छलफल गर्ने जानकारी गराएका छन् । आइतबार नै मोर्चाको आधिकारिक धारणा आउने पनि उनीहरूको भनाइ छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले माओवादीले पठाएको पत्रबारे आइतबार बैठक गरी टुंगो लगाउने बताए । उनले भने, 'पत्र पठाएकोमा माओवादीलाई धन्यवाद छ । कांग्रेसले अझै पत्र पठाएको छैन । कांग्रेसको पत्र हामी प्रतीक्षा गरिरहेका छौँ ।' त्रिपाठीले माओवादीको पत्रको विषयमा आइतबार विस्तृत छलफल हुने पनि दाबी गरे ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले माओवादीले पत्र पठाई आफ्नो धारणा राखेकोमा आफूहरूले त्यसलाई सकारात्मक रूपमा लिएको बताए । उनले भने, 'माओवादीबाट पत्र आउनु सकारात्मक कुरा हो । हामीले राखेका कतिपय कुराहरू माओवादीले मानेको छैन । यस विषयमा पनि हामी आइतबार छलफल गरी टुंगो लगाउँछौँ ।' वरिष्ठ उपाध्यक्ष यादवले माओवादीको पत्रको विषयमा आइतबार तथ्यगत विश्लेषण गर्न बाँकी नै रहेकोले मोर्चाको आधिकारिक धारणा अझै आउन नसकेको बताए । 'सोमबार के गर्ने भन्ने विषयमा भोलि हामी आधिकारिक धारणा बनाउँछौँ,' यादवले भने ।
एमालेद्वारा मतदान नगर्न ह्वीप जारी
१७ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको चुनावमा मतदान नगर्न ह्वीप जारी गरेको छ । संसदीय दलका सचेतक थममाया थापामगरले सोमबारको निर्बाचनमा पनि तटस्थ रहन सभासदहरुलाई निर्देशन दिइएको जानकारी दिनु भएको छ ।
ह्वीपमा व्यवस्थापिका संसदमा भइरहेको प्रधानमन्त्री निर्वाचन सम्बन्धमा तोकिएको मिति, समय र बैठकमा उपस्थित भइ मत दिन्न भन्ने पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको उल्लेख छ ।
सचेतक थापामगरले अर्को निर्बाचन अघि केन्द्रीय कमिटीको बैठकबाट नयाँ निर्णय लिइने जानकारी दिनुभयो । (onlinekhabar)
लेखिका रुने, वक्ता पनि रुने, अतिथि स्तब्ध
गिरीश गिरी, काठमाडौं, साउन १६- एकातर्फ लेखिका रोइरहने, अर्कातर्फ वक्ता रोइरहने, यो देखेर अतिथिमध्ये कोही रुने त कोही स्तब्ध हुने। माओवादी युद्धमा सरिक तारा राईले लेखेको पुस्तक 'छापामार युवतीको डायरी'लाई उनीसँगै जेल परेका आमाछोरी सभासद् धर्मशीला र अग्रणी चापागाईं शनिबार राजधानीमा विमोचन गर्दै थिए।
'जुन बेला यो जेलमा आई, १३-१४ वर्षकी, मायालाग्दी, कठै आमाको काख छोडेर आइछे भन्ने लाग्यो,' लेखिकाबारे धर्मशीला भन्दै थिइन्, 'त्यसपछि डेढ वर्षकी छोरीसँगै यसलाई पनि मैले जेलैमा हुर्काएकी थिएँ।'
यति भन्न नपाउँदै दुवैतिर रुवाबासी सुरु भयो। 'दसवर्षे भोगाइको कथा धेरैले लेख्ने कोशिस गरे,' धर्मशीला सम्हालिएर बोलिन्, 'तर, यतिको सरल भाषामा सबैलाई स्पर्श गर्ने गरी आएको यो नै पहिलो पुस्तक हो।'
इलाम पञ्चकन्याकी तारा मामाघरमा बसेर ६ कक्षा पढ्दै गर्दा साथीहरूको लहैलहैमा २०६१ सालको अन्त्यतिर छापामार शिविर पुगेकी थिइन्। पुस्तकमा वर्णन गरिएअनुसार नारीलाई विभेद गर्ने केही रक्स्याहा आफन्तले दिएको यातना र सेना लगाएर समात्न लगाइदिने धम्कीका कारण उनी माओवादी बनेकी थिइन्। शिविर पुगेको ३ महिना १९ दिनमै उनी सेनाको घेराबन्दीमा परिन्।
१५ खण्डमा बाँडिएको पुस्तक यसै घटनाबाट सुरु हुन्छ। त्यसपछि सैनिकको कब्जामा परेकी उनले केही खण्डसम्मै ब्यारेकको वर्णन गरेकी छिन्।
'युद्धकालमा पक्राउ परेका माओवादीलाई सैनिकले गरेका व्यवहारबारे अनेक टिकाटिप्पणी हुने गरेका छन्,' पुस्तक समीक्षा गर्दै लेखक कृष्ण धरावासीले भने, 'तर, त्यो बेला सैनिकमा रहेको मानवीयताको वर्णन यस पुस्तकमा इमान्दारीसाथ गरिएको छ।'
रुखो व्यवहार गर्ने केही तल्लो ओहदाको सेनाबारे लेख्दै ताराले ब्यारेक बसुन्जेल 'सानु' भनेर सम्बोधन गर्ने एक अन्जान अधिकृतको पनि उल्लेख गरेकी छन्। मुटुकी रोगी उनले राम्रोसँग खाना र औषधी खाए-नखाएकोदेखि उनको भविष्यबारे चिन्ता लिने ती अधिकृत पुस्तकका नायकजस्तै देखिन्छन्।
पुस्तककी नायिका उनै धर्मशीला बनेकी छिन् जससँग इलाम र मोरङ दुवै कारागारमा सँगै बस्दाका वर्णन पढिरहँदा ताराले वास्तविक आमा जेलमै भेटेको भान पार्छ। बिरामी तारालाई एकपटक समयमा अस्पताल नलैजाँदा उनले जेलै थर्किने गरेर सुरक्षाकर्मीसँग गरेको झगडाले मन छुन्छ।
'यसलाई इलाम जेलबाट सारेर लैजाँदा मसँग म्याक्सीभित्र लगाएको एउटा पेटिकोटमात्र थियो,' धर्मशीलाले पुस्तकमा छुटेको एउटा घटना सुनाइन्, 'त्यो पनि खोलेर दिएपछि बल्ल झसंग भएकी थिएँ, अनि लाज पनि लाग्न थाल्यो।'
आफूलाई जन्म दिने बाले सानैदेखि अलग राखिदिँदा बाआमाको माया नपाई छट्पटिएर हुर्केको सुनाउँदै ताराले जीवनका यिनै अनुभवले आफूलाई लेखिका बनाएको कार्यक्रममा बताएकी थिइन्।
'छ कक्षा मात्र पढेकी २० वर्षे युवतीले यति राम्रो कृति पनि लेख्न सक्छे भन्ने उदाहरण बनेको छ यो पुस्तक,' कार्यक्रममा अर्का समीक्षक हरि अधिकारीले भने, 'आफ्नो आस्थाप्रति अडान राख्दाराख्दै पनि इमानदारीसाथ यत्ति सरल भाषामा उनले उच्चस्तरको पुस्तक दिएकी छिन्।'
डेनमार्कका राजदूत फिन थिल्स्टेडले युद्ध पीडितहरूको अवस्था बुझ्दै जाँदा इलाममा तारासँग भेट हुँदाको क्षण वर्णन गरेका थिए। 'केटाकेटीहरू राम्ररी कुरा नबुझेरै युद्धमा होमिएको घटनाले म चिन्तित छु,' उनले भने, 'उनीहरूले पढ्न र अभिभावकको माया पाउने अधिकार सुरक्षित बनाउन सबै लागिपर्नुपर्छ।'
पछिल्ला घटनाक्रमले माओवादी पार्टीबाट विरक्तिएर बसिरहेको बेला तारालाई इलाममै भेट्ने गायक गणेश 'रसिक'को पहलमा पुस्तक तयार भएको हो।
१ सय ५० रुपैयाँ मूल्यको पुस्तक प्रथम संस्करणमा ११ सय प्रति छापिएको छ। 'सबै पुस्तक गइसकेको छ,' प्रकाशक रत्न पुस्तक भण्डारका दुर्गाप्रसाद श्रेष्ठले भने, 'छिट्टै दोस्रो संस्करण निकाल्दै छौं।' (NAGARIKNEWS)
प्रमको राजीनामा एक महिना पूरा, कहिले बन्ला नयाँ सरकार ?
काठमाडौँ, साउन १६ (नागरिक)- प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएर कामचलाउ सरकारको हैसियतमा काम थालेको आज एक महिना पूरा भएको छ। तर मधेसवादी दल र एमाले तटस्थ बसे भोलि तेस्रो पटक हुन लागेको निर्वाचनले पनि प्रधानमन्त्री छान्न सक्ने छैन।
अधिकांश दलहरु तटस्थ बसेका कारण यसबीच दुई पटक भएको निर्वाचनमा संसदले प्रधानमन्त्री छान्न असफल भइसकेको छ।
प्रधानमन्त्री माधवकुमार नेपालले असार १६ गते राजीनामा दिएका थिए। राजीनामा दिने घोषणा गर्दै देशवासीका नाममा गरिएको सम्बोधनमा उनले भनेका थिए- 'राष्ट्रिय सहमतिको यात्रा आरम्भ गर्दै यथाशीघ्र नयाँ सरकार गठन गरी शान्ति प्रक्रिया र संविधान निर्माणको अभिभारा पूरा गर्ने कार्यमा राजनीतिक दलहरु सफल होउन्'। तर राजीनामापछि नेपाली राजनीति शब्दमा मात्र सहमतिमा डोरिएको छ।
राष्ट्रपतिले सहमतिको सरकारलाई गरेको आह्वान एक साता म्याद थपिँदासम्म पनि पूरा हुन सकेन। अन्ततः उनले बहुमतीय सरकार गठनका लागि संसदलाई जिम्मा दिए। संसदले प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया थालेकै पनि दुई साता पुग्न लागिसक्यो। तर दलहरु अहिले कै अडानमा कायम रहने हो भने सय साता लम्बिँदा पनि प्रधानमन्त्री निर्वाचित हुनसक्ने स्थिति छैन।
साउन ५ गते भएको पहिलो निर्वाचनमा माओवादीले एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने लिखित प्रतिवद्धतासहित हस्ताक्षर बुझाएको थियो। यस अनुसार ३९१ सांसदको हस्ताक्षर जुटाइसकेको खनाल पक्षले दावी गर्छ। तर एमाले केन्द्रीय कमिटीले दुई तिहाई अर्थात् ४०१ सांसदको हस्ताक्षर नआए उम्मेदवारी फिर्ता लिने निर्देशन गरेको भन्दै खनालका प्रस्तावक कामचलाउ प्रधानमन्त्री नेपालले उम्मेदवारी फिर्ताको घोषणा गरे। उम्मेदवारी फिर्ता लिने अवस्थामा कुनै पनि दलका उम्मेदवारलाई समर्थन नगरी तटस्थ बस्ने निर्णय समेत एमाले केन्द्रीय कमिटीको थियो।
विद्यमान संसदीय नियमावली अनुसार प्रधानमन्त्री निर्वाचनका लागि न नयाँ उम्मेदवार थप्न पाइन्छ, न अरु नै कुनै विकल्प छ। बहुमत जुट्ने अवस्था नआए के गर्न सकिन्छ भन्ने वैकल्पिक उपाय नियमावलीमा छैन।
नियमावलीमा रहेको त्यही कमजोरी अनि दलका नेताहरुबीचको आन्तरिक आपसी अविश्वास अहिलेको गतिरोधको प्रमुख कारण हो। मन्त्रिपरिषद्ले नियमावली संशोधन नगरेसम्म वा तटस्थ बस्ने दलहरुको निर्णय नफेरिएसम्म अनिश्चित कालसम्म कामचलाउ सरकारले नै कार्यभार सम्हालिरहनु पर्ने स्थिति अहिले देखिएको छ।




