मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Thursday, April 22, 2010

उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन

९ वैशाख, काठमाडौं । सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । एकीकृत नेकपा माओवादीले मजदुर दिवसको अवसरमा आउँदो १८ गते गर्ने जनप्रदर्शन हिंसात्मक हुनसक्ने भन्दै सतर्क रहन निर्देशन दिइएको हो ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा विहीबार विहान बसेको मन्त्रिपरिषदको अनौपचारिक बैठकले सम्भब भएसम्मका सबै प्रकारको सुरक्षा रणनीति अपनाउन पनि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको छ ।

माओवादीले देशभर सन्चालन गरीरहेको शारिरिक प्रशिक्षणलाई अर्धसैन्य तालिम भएको ठहर गर्दै सरकारले त्यसले शान्तिप्रक्रियालाई असर पारेको निष्कर्ष निकालेको छ । ‘यस्ता खाले प्रशिक्षण रोक्न एकीकृत नेकपा माओवादीलाई अनुरोध गर्ने निर्णय गरेको छ,’ बैठकपछि सरकारका प्रवक्ता एवम् सुचना तथा सन्चारमन्त्री शंकर पोख्रेलले सन्चारकर्मीलाई जानकारी दिनुभयो । माओवादीले भने प्रशिक्षणलाई नियमित आत्मरक्षा तालिम भएको बताउँदै आएको छ ।

गृहमन्त्री भीम रावलले एकीकृत नेकपा माओवादीको देशव्यापी प्रशिक्षण र हतियार प्रदर्शनबारे बैठकमा जानकारी गराउनुभएको थियो । मन्त्रिपरिषद बैठकमा सहभागी सशस्त्र, जनपद र अनुसन्धान विभागका प्रमुखहरुले प्रधानमन्त्री माधबकुमार नेपाललाई पछिल्लो सुरक्षाव्यवस्थाबारे जानकारी गराएका थिए ।

सैनिक मुख्यालयले मुलुकको पछिल्लो सुरक्षा व्यवस्थाको विश्लेषणसहित उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका सबै ब्यारेक तथा सैन्य अड्डालाई यसअघि नै विशेष सर्कुलर जारी गरेको छ । (अनलाइनखबर)

0 comments: