मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, June 1, 2010

माओवादी नेता सपाटु यादवको गोली हानी हत्या

बुटवल जेठ १८ (नागरिक) - एकिकृत माओवादीको अबध मधेश राज्य समिति सदस्य सपाटु यादवको गएराति अज्ञात समूहले रुपन्देहीको बिष्णुपूरामा गोली हानी हत्या गरेको छ। राति साढे नौ बजेतिर रुद्रपुरबाट बिष्णुपूरा-१ को ठाकुरापुरा घर जादैं गर्दा उनको हत्या भएको हो।

यादवको टाउको र ढाडमा दुई गोली लागेको छ । उनलाई मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेको स्थानीय गाउ"लेले बताए। उनको शवलाई लुम्विनी अञ्चल अस्पतालमा पोस्टमार्टम गरिएको छ।

एकिकृत माओवादीले केहीबेरपछि बुटवलमा शव यात्रा गर्ने तयारी गरेको छ।

हत्याको जिम्मेवारी लिदैं तराई जनतान्त्रिक मुक्ति मोर्चाका कार्यकर्ताले स्थानीय केही सञ्चारकर्मीलार्ई टेलिफोन गरेका थिए।
माओवादी रुपन्देहीका सहइञ्चार्ज बसन्त श्रेष्ठले हत्याको निन्दा गर्दै दोषीलाई पक्राउ गर्न र कारबाही गर्न माग गरेका छन्।

0 comments: