मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, June 18, 2010

सुनारको मृत्यु प्रहरी यातनाबाटैः आयोग

काठमाडौं/ ललितपुरको गोदावरी-९ का सानु सुनारको प्रहरी हिरासतमा दिइएको यातनाकै कारण मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । आयोगले तयार पारेको सुनार हत्या प्रकरणको छानबिन प्रतिवेदनमा सुनारलाई हिरासतभित्र चरम यातना दिइएको उल्लेख छ ।

आयोगको छानबिन समितिले हिरासतमा लिइएका व्यक्तिलाई कानुनअनुसार व्यवहार नगरेको र चरम यातना दिइएको भन्दै प्रहरी वृत्त कालिमाटीका डिएसपी भोला रावलसहित दोषी प्रहरीलाई कारबाहीका लागि सिफारिससमेत गरेको छ । गत ११ जेठमा सुनारको वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । उनलाई ९ जेठमा पक्राउ गरी कालिमाटी प्रहरी वृत्तमा राखिएको थियो । त्यही दिन राति उनको अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

सुनारको मृत्यु भएपछि ११ जेठमै आयोगले घटनाको छानबिन र अनुसन्धान सुरु गरेको थियो । २६ जेठसम्म गरिएको छानबिनपछि प्रतिवेदन सार्वजनिक गर्दै आयोगका प्रवक्ता गौरी प्रधानले प्रहरी नियन्त्रणमा लिएका सुनारलाई बाहिरी व्यक्तिले कुटपिट गरेको नभई प्रहरीले नै कुटेका कारण उनको मृत्यु भएको बताए । आयोगले सबै फौजदारी मुद्दामा अनुसन्धान नगर्ने भए पनि सुनारको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानलाई अन्तै मोड्न खोजेकाले आयोगले हस्तक्षेप गरी अनुसन्धान गरेको प्रधानले बताए । 'प्रहरीले पारदर्शी रूपमा अनुसन्धान गर्छ भने हामी अनुगमन मात्रै गर्छौं,' प्रधानले भने, 'यो घटनामा अनुसन्धान अन्तै मोडिने सम्भावना देखेकाले हामीले हस्तक्षेप गरेका हौँ ।'

आयोगको छानबिन समितिले प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी भोला रावल र मुद्दा शाखाका कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । त्यस्तै सुनारको परिवारलाई तीन लाख क्षतिपूर्ति दिन सिफारिस गरेको छ । (Naya Patrika)

0 comments: