मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 9, 2010

नेपाली राजनीतिमा भारतीय हस्तक्षेप छैन : राजन

काठमाडौँ, जेठ २६- नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले नेपालको राजनीतिमा भारतको कुनै हस्तक्षेप नरहेको बताएका छन्। उनले नेपालमा कुन राजनीतिक दल सरकारमा जाने या को प्रधान मन्त्री हुने भन्ने विषयलाई भारतले कहिल्यै महत्त्व नदिने पनि बताए। उनले थपे- यस्ता काममा भारतको चासो पनि रहँदैन, किनभने भारतका आफ्नै पनि कैयौँ समस्या छन्। भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरेको भन्ने कुरा आरोपमात्र भएको पनि उनले सञ्चारकर्मीमाझ बताए।

१० वर्षे सशस्त्र द्वन्द्व अन्त्य गरी दिगो शान्तिका लागि प्रयासरत् नेपालको पहललाई विश्वले उदाहरणका रुपमा हेरिरहेकाले विवेकपूर्णरुपले काम गर्न नेपालका सबै नेतालाई सुझाव दिएका छन्।

नेपाल भ्रमणमा रहेका राजनले सञ्चारकर्मीसँग भने- द्वन्द्व अन्त्य र संविधानसभाको निर्वाचनमार्फत् लोकतन्त्रको सुदृढीकरणका लागि नेपालले अघि बढाएको पहल सामान्य प्रगतिका रुपमा हेर्न मिल्दैन, शान्ति प्रक्रियाको यो एउटा विश्वकै उदाहरण हो।

भारत सधैँ शान्त र समृद्ध नेपालको पक्षमा रहेको स्पष्ट गर्दै निर्धारित समयमै नयाँ संविधान र दिगो शान्तिको स्थापनका लागि भारत सरकार नेपाललाई जस्तोसुकै सहयोग गर्न पछि नपर्ने धारणा उनले राखे।

राजनले नेपालको राजनीति यतिखेर सङ्क्रमणकालीन एवम् अति संवेदनशील अवस्थाबाट गुज्रिरहेकाले यसको सकुशल अवतरणका लागि नेपाली जनताको आकाङ्क्षाबमोजिम नेपालकै राजनीतिक दलका नेताले गम्भीररुपले सहकार्य गर्नुपर्ने सुझाव पनि दिए।

राजनले एकीकृत नेकपा (माओवादी) ले बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण राजनीतिको बाटो रोजेकाले यही राजनीतिक सिद्धान्तका आधारमा शान्ति स्थापनाका लागि इमान्दाररुपले लागेमा नै नेपाल र नेपालीको भविष्य राम्रो हुने बताए।
- रासस

0 comments: