विजय घिमिरे, वासिङटन, जेठ २४ (नागरिक) - पूर्व प्रधान सेनापति रुकमांगत कटवालले संघीयताले देश टुक्रिन सक्ने बताउँदै नेपाली जनताको चाहना अनुसार राजनीतिक पार्टीले काम गर्न नसकेको बताएका छन्। अमेरिकामा आयोजित अन्तर्क्रियामा उनले आफू सामान्य नागरिक र सरकारको पूर्व कर्मचारीमात्र रहेको भन्दै राजनीतिक र देशको अवस्थाबारे कडा टिप्पणी गरे।
तत्काल राजनीतिमा जाने संभावनालाई भने कटवालले इन्कार गरे।
'सँधै संक्रमणकाल, जहिले पनि संक्रणकाल, सबै नेपाली एक जुट भएर अब सत्य तथ्य बोल्नुपर्ने बेला आएको छ,' कटवालले भने। जनताको नाममा भन्दै यस विपरित काम भरहेको बताउँदै कटवालले कुनैपनि दलको नाम नलिई प्रश्न गरे, 'बिजुली छैन, सडक छैन, क्याम्पस बन्द हुन्छ यस्तो कसरी जनताको काममा भयो?'
पारिवारिक समारोहमा सहभागी हुन अमेरिका आएका कटवालले नेपाल अमेरिका पत्रकार संघको कार्यक्रममा भने, 'नेपाली जनता शान्ति चाहन्छन्। आधा पेट खाएर पनि आफ्नो काम गरेर सुतेको बेला कसैले भ्वाक्क लात्तिले नहानोस्।'
अहिले कै राजनीतिक प्रक्रियाबाट जाने हो भने पाँच वर्ष थपे पनि संविधान नबन्ने उनको दावी थियो। '१४ गणराज्य खडा गर्ने रे यसो हुँदा १४ क्याबिनेट, १४ गभर्नर १४ पुलिस के के हो हुने भए यो देशले धान्न सक्दैन,' भन्दै कटुवालले, 'यो अवस्थामा देश टुक्रिन सक्ने' चेतावनी दिए।
उनले आफूलाई सेनापतिबाट बर्खास्त गर्ने माओवादी सरकारको निर्णय पूर्ण तह गैर संवैधानिक भएको बताउँदै उनले आफ्नो कदम सही भएको दावी गरे। 'कुनै पनि सैनिकलाई त्यसरी कानुन विपरित हटाउन मिल्दैन,' कटवालले भने।
प्रधानमन्त्रीले तपाईँलाई हटाउनु भयो कि तपाईँले प्रधानमन्त्रीलाई भन्ने प्रश्नमा कटवालले भने, 'सेनाले त प्रधानमन्त्रीलाई सुरक्षा नै दिएर राखेको थियो कसरी हटाउने मैले?'
जनताको चाहना १८ दलले दिएको सुझाव र राष्ट्रपतिको आदेश अनुसार प्रधानमन्त्रीको गैर संवैधानिक निर्देशनको विरुद्ध जानु परेको कटवालको दावी थियो।
माओवादी लडाकु समायोजन बारे कटवाल
बृहत शान्ति सम्झौतामा ६ महिनाभित्र स्थापित मापदण्ड वा संभावित समायोजनामा जाने भन्ने उल्लेख छ, सबैलाई लिनु पर्छ भन्ने छैन। नेपालमा हतियार उठाउने १ सय ९ समूह छन् सबैले हतियार बिसाउँदै हाम्रा मान्छेलाई सेनामा राख भन्लान् त्यसलाई कसरी राख्ने? राजनीति र राजनीति स्वार्थ भन्दा माथि रहेका कारण नेपाली सेना संसार प्रसिद्ध रहेको छ। नेपालले कहीं कतै कसैको पक्ष लिएको छैन। सेना जान, जाति, धर्म, क्षेत्र वर्ग भन्दा माथि छ यही रुपमा यसलाई राख्नु पर्छ ।
Monday, June 7, 2010
संघीयताले देश टुक्रिन्छ : कटवाल
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment