काठमाडौं, जेठ ३१ (नागरिक)- आधा दर्जन विदेशी सैनिक अधिकृत सम्मिलित सैनिक कमाण्ड तथा स्टाफ कलेजको तालिम आइतबारदेखि सुरू भएको छ। नेपाली सेनाद्वारा सञ्चालित ११ महिने स्टाफ कोर्श तालिममा विदेशी प्रशिक्षार्थी सहभागी भएको यो पहिलो पटक हो।
बलाध्यक्ष रथी तोरणजंगबहादुर सिंहले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित १७ औं कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरे । तालिममा नेपाली सेनाका सेनानी २८, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक १, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ तथा भारतका प्रमुख सेनानी १, चीनका सेनानी २, बंगलादेशका सेनानी १, पाकिस्तानका सेनानी १, श्रीलंकाका सेनानी १ गरी ३६ जना शिक्षार्थी सम्मिलित छन्।
'अधिकृतहरुको पेशागत् ज्ञान र शैक्षिक योग्यताको जगको रुपमा स्थापित यस कमाण्ड तथा स्टाफ कलेजमा पहिलो पटक अन्तर्राष्ट्रिय शिक्षार्थीहरुको सहभागिताले गर्दा तालिममा रोचकता बढेको छ', उद्घाटन मन्तब्य दिदैं बलाध्क्ष रथी सिंहले भने, 'यसले एकआपसमा भएका ज्ञान र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त भएको छ।'
विदेशी सेना समावेश भएको संयुक्त तालिमले दुई देशका सेनाबीचको सद्भावपूर्ण सम्बन्धलाई बढावा दिने सिंहले विश्वास व्यक्त गरे। उनले भने, 'वर्तमान परिप्रेक्ष्यमा निजामति-सैनिक सम्बन्ध, सास्कृतिक संवेदनशीलता, सञ्चारमाध्यमहरुसँगको सम्बन्ध जस्ता बिषयबस्तुहरुलाई प्राथमिकताका साथ तालिममा समावेश गरी भविष्यका नेतृत्वकर्ताहरुले आफूमा भएको ज्ञानलाई अझ परिस्कृत र परिमार्जित गर्दै लग्नुपर्ने देखिन्छ।'
शिवपुरी कलेजबाट हालसम्म नेपाली सेनाका ५३९, सशस्त्र प्रहरी बलका १०, नेपाल प्रहरीका ३ र राष्ट्रिय अनुसन्धान बिभागका ५ गरी ५५७ जना अधिकृतले तालिम लिएका छन् ।
Monday, June 14, 2010
विदेशी सेनालाई तालिम दिँदै नेपाली सेना
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment