मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 2, 2010

इन्स्पेक्टर श्रीमतीले तातो 'आइरन'ले डामिन् किसोरलाई

कान्तिपुर संवाददाता, काठमाडौं, जेष्ठ १९ - घरमा राखेको किशोरलाई तातो 'आइरन'ले डामेको घटना सार्वजनिक भएपछि बुधवार साढे पाँच बजे कपन तेन्जिङ्गचोक क्षेत्र केही समय तनावग्रस्त बन्यो ।

दुर्व्यवहार गर्ने गृहिणी शशिला पाठकलाई प्रहरीले नियन्त्रणमा लिई बौद्ध वृत्तमा राखेको छ । शशिला महानगरीय आयुक्त कार्यालयको लेखाशाखामा कार्यरत प्रहरी निरीक्षक चेतबहादुर पाठकको श्रीमती हुन् । घटना हुँदा निरीक्षक पाठक रानीपोखरीस्थित कार्यलयमै थिए ।

शुशिलाले घरमा बसेका १५ वर्षिय कामदार चन्द्र महतोले नगद चोरी गरेको रिसमा शुशिलाले तातो 'आइरन' ले शरीरका विभिन्न भागमा डामेकी थिइन् । चोरी गरेको मध्ये एक हजार मात्रै फिर्ता दिएपछि शुशिलाले तर्साएर थप पैसा असुल्न बालकलाई आइरनले डामेको थाहा भएको छ । घाइते महतोलाई तत्कालै उपचारका लागी स्थानिय वासिन्दा र मानवअधिकारवादीहरुको सहयोगमा शिक्षण अस्पताल ल्याएको छ ।

डामे लगत्तै छटपटाए महतोले घर बाहिर निस्केर चिच्याउन थालेपछि भेला भएका स्थानिय बासिन्दाले निरीक्षकको घर तोडफोड गरेका थिए । बच्चालाई अमानवीय व्यवहार गरेको आक्रोसमा स्थानिय बासिन्दाले पाठकको घर आगो लगाउने प्रयास गरेपछि भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्दै बल प्रयोग गरेका थिए ।

0 comments: