मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, June 6, 2010

सैन्य भर्नाप्रति माओवादीको गम्भीर आपत्ती

२३ जेठ, काठमाडौं । सरकारले नेपाली सेनामा भर्ना थालेकोप्रति एकीकृत नेकपा माओवादीले गम्भीर आपत्ती जनाएको छ । आइतबार विहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निबास नयाँबजारमा बसेको पदाधिकारी बैठकले शान्तिसम्झौता विपरितको सैन्य भर्ना तत्काल रोक्न सरकारलाई आग्रह गरेको छ ।

शान्ति सम्झौताविपरित ‘इन्फेन्ट्री’ तर्फ नेपाली सेनाले नौं हजार रिक्त पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएपछि माओवादीले त्यसलाई रोक्न आग्रह गरेको हो ।

अपहरणमा माओवादीलाई मुछिएकोमा सरकारको धारणा मागिने

डा. भक्तमान श्रेष्ठको अपहरणमा आफ्नो पार्टीलाई मुछिएको भन्दै माओवादीले आपत्ती पनि जनाएको छ । प्रधानमन्त्री माधबकुमार नेपाल स्वयम्ले अपहरणमा माओवादीको संलग्नता रहेको भनेर दिएको अभिव्यक्तिबारे सरकारको आधिकारीक धारणा माग्ने बैठकले निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । उहाँले डा. श्रेष्ठको अपहरणमा माओवादीको संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।

यसैगरी बैठकले राजनीतिक गतिरोध अन्त्यको अन्तिम विकल्प प्रधानमन्त्रीको राजीनामा नै भएको ठहर पनि गरेको छ । बजेट अधिबेशनको लागि भन्दै प्रमुख प्रतिपक्षको असहमति विपरित संसदको अबिधेशन अन्त्य गरेकोमा माओवादीले सरकारको आलोचना गरेको छ । (onlinekhabar)

0 comments: