म्याग्दी, जेष्ठ २५ - ग्रामिण समाजमा परम्परादेखी खाद्यान्न कुटानी/पिसानी गर्न प्रयोग गरिंदै आएका ढिकीजाँतो लोपहुने अवस्थामा छन् ।
फेरिदो जीवन शैली, काममा छिटो र प्रयोगमा सजिलो भएकोले आधुनिक विधुतिय तथा डिजेलका मिल प्रयोगमा आउन थालेपछि परम्परागत ढीकीजाँतोहरू लोप हुन थालेका हुन् ।
'हामीलाई त यही ढिकीमा कुटेको चामल र जाँतोमा पिंधेको पीठो नै मिठो लाग्छ । हिजोआज धनीमानीले मिलमा कुट्छन हामीजस्तै गरिवकालागी साथी भएका छन् ढिकीजाँतो' मुना गाउँकी बृद्धा मनसुवा भण्डारीले बताईन् ।
तोरी र उखु पेल्ने कोलहरु ग्रामिण वस्तीबाट लोप भै सकेपनी पानीघट्ट भने अझै दुर्गम वस्तीमा प्रयोगमा छन् । मिलमा कुटानी/पिसानी गरेको भन्दा ढिकीजाँतोमा बनाएको खाद्यान्न बढी स्वादिलो मानिन्छ । आधुनिध मिलमा कुटानीपिसानी गरिएको अन्न बढी तातोहुने हुंदा छिट्टो ढुसी लाग्ने कृषकको अनुभव रहेको छ ।
'गाउँका टोलटोलमा मिल पुगेको छ । जिल्लाको पश्चिमी भेगमा भन्दा उत्तरीभेगमा बढी मिलको प्रयोग हुन्छ । सुधारिएको घट्टको प्रयोगपनी बढ्दो छ' म्याग्दी उर्जा प्रर्वद्धन केन्द्रका प्रोपाईटर दुर्गाबहादुर श्रेष्ठले बताए ।
स्थानिय लगानीमा गाउँ-गाउँमा लघुजलविधुत उत्पादन भएपछी गाउँलेहरु धमाधम ढिकी र जाँतो निकाल्न थालेका हुन् । तर विधुतमा समस्या आउँदा र सडकबन्दपछी डिजेल अभावहुंदा ग्रामिणवस्तीमा घरको अन्न कुटानीपिसानी गरी खान समस्या हुने गरेको छ । परम्परागत कोल, ढिकी र जाँतो लोप हुन थालेपछि संस्कृतीमा समेत असर परेकोले रैथाने यी प्रविधीको आवश्यक संरक्षण गर्नुपर्ने स्थानियको भनाई छ ।
–घनश्याम खड्का
Monday, June 14, 2010
लोप हुंदैछन् ढिकीजाँतो
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment