भक्तमानको अपहरण माओवादीबाटै : प्रदीप नेपाल-
काठमाडौं, जेठ २२- नेकपा (एमाले) स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले जेठ १४ गते प्रमुख तीन दलबीच तीन बुदाँबाहेक अन्य कुनै गोप्य सम्झौता नभएको बताएका छन्। उनले आफूखुसी सम्झौताको व्याख्या नगर्न पनि माओवादीसँग आग्रह गरेका छन्।
युथ फोर्स नेपालको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा युवा सङ्घ नेपाल, काठमाडौं जिल्ला समितिले शनिबार आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो दिन सम्झौता भएको तीन बुदाँलाई कति दिनभित्र कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा माओवादीले दुई दिनमा कार्यान्वयन गर्ने भनेपछि त्यसको पाँच दिनमा प्रधान मन्त्रीले राजिनामा दिने कुरा भएको स्पष्ट पारे।
सम्झौता गरिएका बुदाँको दुई दिनभित्र कार्यान्वयन नगर्ने तर प्रधान मन्त्रीको राजिनामामात्रै माग्ने माओवादीलाई ती बुँदाको इमानदारिताका साथ कार्यान्वयन गर्न उनको आग्रह थियो।
गणतन्त्रलाई संस्थागत गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन तथा संविधान प्रक्रियालाई सघाउन युवाहरूलाई आग्रह गर्दै नेता शर्माले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याई थपिएको समयअगावै नयाँ संविधान जारी गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य प्रदीप नेपालले माओवादी उग्रवामपन्थी भएकाले ऊसँग कुनै एकता हुन नसक्ने बताउँदै राजतन्त्रवादीलाई बलियो बनाउने र गणतान्त्रिक शक्तिलाई कमजोर बनाउने कार्यमा माओवादी लागेको आरोप लगाए।
चितवनका चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरण माओवादीले नै गरेको आरोप लगाउँदै उनले जनदबाब बढेपछि नक्कली पार्टीको नाम दिएर अपहरणको आरोप लगाएको उनले बताए।
- रासस
Saturday, June 5, 2010
जेठ १४ मा कुनै गोप्य सहमति भएको छैन : ओली
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment