मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, June 1, 2010

अनुमानको भरमा नलेख्नुस् : बाबुराम

बेपत्ता चिकित्सकको परिवारसँग भेटेपछि भने :
चाँदनी हमाल, (नागरिक) चितवन, जेठ १८- माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले बेपत्ता डा. भक्तमान श्रेष्ठका बारेमा अनुमानका भरमा नलेख्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्। १४ दिनदेखि बेपत्ता श्रेष्ठको परिवारसँग भेटपछि उनले भने- हामीले प्रतिबद्धता जाहेर गर्‍यौं, अरु केही भएन्, जसरी हुन्छ उहाँलाई सुरक्षित गर्नुपर्छ।

अहिले नै अड्कलबाजीमा लाग्नुचाहिँ विल्कुलै ठीक हुँदैन, त्यस्तो नगरियोस् भन्ने तपाईंहरुसँग हाम्रो आग्रह हो- उनले थपे । आफ्नो दलले यसबारे छानबिन समिति गठन गरेको र त्यसले सत्यतथ्य बाहिर नल्याएसम्म अनुमानका भरमा कुनै पनि कुरा सम्प्रेषण नगर्न विनम्र आग्रह गर्दछु- उनले भने। छानबिनपछि सत्यतथ्य पत्ता लाग्छ, त्योभन्दा पहिले उहाँको ज्यान जोगाउन आग्रह गर्न चाहन्छु- उनको थप भनाई थियो।

उनले पहिले डा. श्रेष्ठका बाबु-आमासहितका अन्य परिवारका सदस्यसँग भेटघाट गरेका थिए। डा. श्रेष्ठ पत्नी शिलुसँग भने उनले छुट्टै छलफल गरेका थिए। परिवारसँगको छलफलमा उनले आफू पार्टीको तर्फबाट सहानुभूति दिन आएको बताएका थिए। त्यस क्रममा उनले भनेका थिए- सिङ्गो पार्टी पङ्क्ति उहाँको सुरक्षामा खट्न तयार छ, म सार्वजनिकरुपमा उहाँको सकुशल रिहाईका लागि आग्रह गर्दछु।

0 comments: