काठमाडौं, असार ७ (नागरिक)- कांग्रेसभित्र प्रधानमन्त्री चयन विवाद नटुंगिँदै कार्यबाहक सभापति सुशील कोइराला सोमबार उपचारका लागि अमेरिका जाँदै छन्।
यसअघि जिब्रोको क्यान्सरको शल्यक्रिया गरेर आएका कोइरालाको अमेरिकाको न्युयोर्कस्थित अस्पतालमा 'फलोअप' हुनेछ। उनी सातापछि स्वदेश फर्कने कार्यक्रम छ।
अमेरिका जानुअघि आइतबार आफ्नै निवास महाराजगन्जमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्रीको उम्मेदवारबारे पार्टीमा विवाद नभएको बताए। कोइरालाले केन्द्रीय समिति, संसदीय समिति र संसदीय दलको समन्वयमा प्रधानमन्त्री चयन गरिने बताए। 'भावी सरकारका लागि कांग्रेसले विधिसम्मत प्रक्रियाले नेतृत्व चयन गर्छ,' उनले भने, 'प्रधानमन्त्रीका लागि विवाद छैन।'
तीन दिनयता जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा चर्को विवाद छ।
कोइरालाले माओवादीले लडाकु समायोजनबारे सहमति नगरेसम्म प्रधानमन्त्रीले राजीनामा नदिने र तीन दलबीच सहमति हुन नसक्ने बताए। 'माओवादीले जबसम्म लडाकु समायोजबारे सहमति गर्दैन, तीन दलबीच सहमति हुन सक्दैन,' उनले भने।
Monday, June 21, 2010
कोइराला उपचारका लागि अमेरिका
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment