अब्दुल्लाह मियाँ
काठमाडौं, जेष्ठ २५ - वन मन्त्रालयले लिखित प्रतिस्पर्धाबाट बढुवा भएका आधा दर्जन वरिष्ठ सहसचिवलाई पाखा लगाउँदै कानुनविपरीत 'टिके बढुवावाला' र कनिष्ठलाई आकर्षक ठाउँमा जिम्मेवारी दिएको छ । कानुनविपरीत विभेद भएपछि वन मन्त्रालयका कर्मचारी आक्रोशित भएका छन् ।
वन मन्त्री दीपक बोहरा र सचिव युवराज भुसालले वरिष्ठ सहसचिवहरू रेशमबहादुर डागी, रामप्रसाद पौडेल, केशवकाजी श्रेष्ठ, बि. दीपक उपाध्यायलगायत सामान्य जिम्मेवारीमा सारेर टिके बढुवावाला र कनिष्ठ क्षेत्रीय वन निर्देशनालय र मन्त्रालयअन्तर्गतका महत्वपूर्ण महाशाखाको प्रमुखको जिम्मेवारी दिएका छन् ।
निजामती ऐनको २४ (घ) अनुसार विशेष बढुवा पाएका (टिके बढुवावाला) लाई तल्लै तहको जिम्मेवारी दिनुपर्नेमा वन मन्त्री र सचिवले महत्वपूर्ण जिम्मेवारी दिएका हुन् । आन्तरिक प्रतिस्पर्धा या फाइल बढुवाबाट नभई टिके बढुवाबाट सहसचिव भएका ऋषिराम त्रिपाठी र अशोक ढुंगानालाई क्रमशः क्षेत्रीय वन निर्देशनालय सुर्खेत र पोखराको निर्देशक बनाइएको छ । सुदूर पश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका निर्देशक विश्वनाथ ओलीको ठाउँमा कनिष्ठ सहसचिव त्रिपाठीलाई निर्देशक बनाएको हो । सहसचिव ओली अध्ययन विदामा छन् ।
वरिष्ठ सहसचिव रामप्रसाद पौडेललाई पूर्वाञ्चल वन निर्देशनालय विराटनगरबाट फिर्ता बोलाएर उनको ठाउँमा कनिष्ठ सहसचिव व्रजकिशोर यादवलाई जिम्मेवारी दिइएको छ । पौडेललाई सुदूर पश्चिम क्षेत्रिय वन निर्देशनालय धनगढी सरुवा गरिए पनि उनी बंगलादेशमा कार्यक्रममा सहभागी भएका बेला उनको ठाउँमा सहसचिव डा.राजन पोखरेललाई पठाइएको छ ।
जिम्मेवारी नपाएर 'हाजिर लाएरमात्रै गरेर र्फकनुपर्ने' बाध्यतामा रहेका सहसचिव हुँदाहुँदै सचिव भुसालले आफू निकटका केहीलाई दोहोरो र तेहरो जिम्मेवारीसमेत दिएका छन् । डिएफओ (वन अधिकृत) को सरुवामासमेत मन्त्री बोहरा र सचिव भुषालले प्रशासन महाशाखा प्रमुख राजेन्द्र ढुंगेललाई पाखा लगाएर महाशाखाका उपसचिव इन्द्रप्रसाद ढुंगानाको सहयोग लिएर सरुवा गरेका थिए ।
सहसचिव कृष्णप्रसाद आचार्यलाई मन्त्रालयको वातावरण महाशाखा प्रमुखका साथै मन्त्रालयमातहतकै 'जलवायु परिवर्तन तथा रेड सेल'को प्रमुखकोसमेत जिम्मा दिइएको छ । यसप्रति सहसचिवहरू रुष्ट छन् । आचार्यलाई रेड सेलको समेत जिम्मेवारी दिइएपछि रेड सेलका तत्कालिन प्रमुख डा. जगदिशचन्द्र बराल असहमति जनाउँदै झण्डै सात महिनादेखि बेतलबी विदामा छन् ।
अर्का सहसचिव रामप्रसाद लम्साललाई सचिव भुसालले तीन वटा जिम्मेवारी दिएका छन् । अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख रहेका लम्साललाई पुसदेखि प्रवक्ताको जिम्मेवारी दिइएकोमा झण्डै तीन साता अघि टिम्बर कर्पोरेशन लिमिटेड संचालन समिति अध्यक्षको समेत जिम्मेवारी दिईएको छ । 'मन्त्रालयका गोप्य कुरा' पत्रकारमाझ खुलासा गरेको आरेप लगाउँदै प्रवक्ताबाट डा.अन्नपूणर्ानन्द दासलाई हटाएर लम्साललाई जिम्मा दिइएको हो ।
सहसचिवत्रय डाँगी, पौडेल र श्रेष्ठले कुनै जिम्मेवारी नपाएपछि मन्त्रालयमा हाजिर गरेर र्फकने गरेका छन् । 'सचिवले टिओआर दिएर जिम्मा लगाउँछु भन्नुभएको थियो' पौडेलको गुनासो थियो, 'एक महिना भयो बाचा पूरा भएन ।' मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद जोशीले 'सहसचिवको कार्यक्षेत्र बाडँफाँडमा सामान्जस्यता हुन नसकेको' स्विकार गरे । 'राइट व्यक्तिलाई राइट ठाउँमा नपठाइएको सबैलाई थाहा भएकै हो' उनले कान्तिपुरसित भने ।
Tuesday, June 8, 2010
वनमा 'टिके सहसचिव' लाई आकर्षक ठाउँ
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment