काठमाडौं, जेठ १९ (नागरिक)- सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री शंकर पोखरेलले तीन प्रमुख दल शान्ति र संविधानको सुनिश्चिता एवं राष्ट्रिय सहमतीको सरकार गठनका लागि सहमतिमा नपुगेसम्म प्रधानमन्त्रीको राजीनामा नआउने दोहोर्याएका छन्।
'तीन प्रमुख दल शान्ति र संविधान सुनिश्चिता, र राष्ट्रिय सहमतीको सरकार गठनका लागि सहमतिमा कतिबेला तयार हुन्छन्, त्यतिबेला (प्रधानमन्त्रीको) राजीनामा आउँछ' बुधबार मन्त्रिपरिषद् बैठकपछि मन्त्री पोखरेलले सञ्चारकर्मीसँग भने।
उनले संविधानसभा म्याद थपका सम्बन्धमा भएको तीन बुँदे सहमती कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दाबी समेत गरेका छ। 'सरकार सहमती कार्यान्वयनका लागि सहयोग गर्न प्रतिबद्ध छ' उनले थपे, 'त्यो कसरी गर्ने भन्ने चाँही प्रमुख तीन दल बसेर ठोस सहमति तयार गर्नुपर्छ।'
Wednesday, June 2, 2010
'सहमति नभएसम्म राजीनामा आउँदैन'
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment