७ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री माधबकुमार नेपालले राजीनामा नदिएसम्म सरकारको नीति तथा कार्यक्रम र बजेट पारित हुन नदिने भएको छ । राजनीतिक सहमतिको प्रयासमा आज नेपाली काङ्ग्रेससँग सिंहदरबारमा भएको छलफलमा माओवादीले जेठ १४ गते भएको सहमति सत्तारुढ दलले लत्याएकोले नीति तथा कार्यक्रम र बजेट पारित गर्न नदिने जनाएको हो ।
यथास्थितिमा नीति तथा कार्यक्रम पारित हुन नदिने बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनुभयो ।
दुवै दलका शीर्ष नेता सहभागी बैठकमा माओवादीले राजनीतिक सहमतिका लागि प्रधानमन्त्री माधबकुमार नेपालले राजीनामा दिनुपर्ने अडान दोहोर्याएको थियो । उपाध्यक्ष प्रकाशका अनुसार माओवादीले प्रधानमन्त्रीलाई आजै राजीनामा गराएर शान्तिप्रक्रियाको बाटो खोल्न काङ्ग्रेसलाई आग्रह गरेको थियो । तर, नेपाली काङ्ग्रेसले भने समायोजन हुने जनसंख्याको संख्या तोक्न र घरजग्गा फिर्ता हुनुपर्ने सर्त माओवादीसमक्ष राखेको थियो ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दुवै दलले तीन बुँदे सहमति कार्यान्वयनको विषयमा आफ्नो अडान नछाडेपछि बैठक निष्कर्षविहीन भएको छ । काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक भए पनि निष्कर्षमा नपुगिएको बताउनुभयो । (onlinekhabar)
Monday, June 21, 2010
माओवादीले नीति तथा कार्यक्रम पारित हुन नदिने
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment