मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, June 7, 2010

कसले जित्ला वर्ल्डकप २०१० ?

राजु शाक्य, पूर्वकप्तान, राष्ट्रिय फुटबल टोली

ब्राजिल, जित्ने सम्भावना ७० प्रतिशत

इतिहास पल्टाउँदा ब्राजिल सधै वल्र्डकप विजेताका रूपमा लिने गरिन्छ । सर्वाधिक पाँच वल्र्डकप उचालिसकेको ब्राजिल यो पटकको पनि पहिलो दाबेदार टोली हो । हरेकपटक ब्राजिल क्वाटरफाइनलदेखि फाइनलसम्म पुगेको देखिन्छ । उनीहरूको खेल स्तर निकै फरक छ । यसपटक ब्राजिलको बलियो पक्ष भनेकै 'टिमवर्क' हो ।

ब्राजिलले पछिल्लो संस्करणमा स्टार खेलाडीको भरमा उपाधि जितेको थियो । तर, जर्मनमा सम्पन्न विश्वकपमा त्यही स्टार खेलाडीले ब्राजिललाई डुबायो । केही वर्षयता प्रशिक्षक डुंगाले स्टार खेलाडीलाई भन्दा पनि टिमवर्कमा बढी ध्यान दिँदै आइरहेका छन् । फुटबलमा टिमको भावनामा खेल्दा सो टोली सफल भएको देखिन्छ । यसकारण डुंगाको रणनीतिले काम गर्‍यो भने पक्कै पनि ब्राजिल नै छैटाँैपटकको विजेता बन्नेछ । दक्षिण अपि|mकी महादेशको वातावरण तथा मैदानलाई नजिकबाट चिनेको पनि ब्राजिल हो । किनकि, दुई वर्षअघि दक्षिण अपि|mकामा ब्राजिलले नै कन्फडेरेसन कप जितेको थियो ।

यसपटक टोलीमा स्टार खेलाडीको नाममा केवल काकामात्र छन् । काकाको जादु चल्यो भने पनि ब्राजिलको चान्स बढी नै छ । र, गोलरक्षक पनि योपालि बलियो नै छ । इन्टर मिलानबाट खेल्ने क्यासेर अहिले नम्बर एक गोलरक्षका रूपमा छन् । प्रशिक्षकको कुरै भएन । डुंगा कुनै वेलाका राम्रा खेलाडी मात्र होइनन् उनी अहिलेका गतिला रणनीतिकार पनि हुन् । उनले डिफेन्सलाइन बलियो बनाएका छन्  । मिडफिल्डमा काका र रोबिन्हो छन् । यसबाहेक टिम स्पिरिट अन्य टोलीभन्दा सबल मान्नुपर्छ । यो टिमको कमजोर पक्ष भनेको राम्रो खेल्दाखेल्दै ओभर कन्पिmडेन्स तथा सिल्ली गेम खेल्नु हो । मैले ब्राजिललाई ७० प्रतिशत जित्ने देखेको छु ।

अर्जेन्टिना, जित्ने सम्भावना ७० प्रतिशत

अर्जेन्टिना र ब्राजिल उत्तिकै चर्चित छन् । अर्जेन्टिनाको सम्भावना पनि उत्तिकै देख्छु म त ।

विश्वकप छनोट चरणको अन्तिम खेलले मात्र विश्वकपको टिकट काटेको अर्जेन्टिनाले भने यसबाट पाठ सिक्दै आएको देखिन्छ । विश्वकपमा अप्रत्यासित नतिजा सामना गर्दा अर्जेन्टिना छिट्टै बाहिरिएको इतिहास छ । यसकारण अर्जेन्टिनालाई मैले 'अनलक्की' भन्ने गरेको छु । विगतको तुलनामा योपटक अर्जेन्टिनाको मनोबल बढेको देख्छु । विशेषगरी लियोनल मेसीको जादुमयी खेलका कारण अर्जेन्टिनाको 'मोरल' उच्च देखिन्छ । वर्तमान समयमा मेसी यस्ता खेलाडी हुन्, जसले खेलको रूप नै परिवर्तन गर्न सक्छन् ।

यो पटक अर्जेन्टिनाको अग्र तथा रक्षापंक्ति तगडा छ । कार्लोस टेभेज, गोन्जाले हिगुएन तथा डिएगो मिलिटो जस्ता स्ट्राइकर छन् भने रक्षापंक्तिमा निकोलास ओटामेन्डिस, वाल्टर सामुएल, मार्टिन डेमिचेल्स तथा ग्राबिएल हेनिजले सम्हाल्नेछन् ।

विश्वकपको एकमात्र सन्तुलित टोली अर्जेन्टिनाको उपाधि जित्ने अर्को आधार भनेकै मोटिभेसन हो । अझ टोलीका प्रशिक्षक डिएगो म्याराडोना उनीहरूका प्रेरणादायी तथा आदर्श खेलाडी हुन् । म्याराडोना र मेसीको प्रेरणामा टोलीको मनोबल उच्च भएको देख्छु । यसकारण अर्जेन्टिनालाई पनि ७० प्रतिशत नै दिन्छु ।

स्पेन, जित्ने सम्भावना ७० प्रतिशत

फिफा वरियतामा दोस्रो तथा युरोपका नम्बर एक टोली स्पेनलाई यो पालिको विश्वकप जित्न सक्ने सम्भावित टोलीका रूपमा लिएको छु । घरेलु लिग निकै हाइस्टान्डर्डले गर्दा उनीहरूको खेल स्तर पनि विश्वस्तरीय नै छ । मैदानमा वान टु पास तथा टफ खेल खेल्न रुचाउने स्पेन यतिखेर उत्कृष्ट र्फममा छ । इंग्ल्यान्डपछिको फिट टिम भनेकै स्पेन हो । डेभिड भिल्ला, सावी अलोन्सो, फर्नान्डो टोरेसजस्ता खेलाडी र्फममा रहनु भनेको स्पेनको मजबुत पक्ष हो । र, सरकारले पनि खेलाडीलाई राम्रो सुविधा प्रदान गरेको छ । राज्यले खेलाडीलाई महत्त्वपूर्ण मानेकै कारण टिमको आत्मविश्वास बलियो छ । खेलाडी पनि राष्ट्रलाई विश्वकप उपाधि दिलाउनुपर्ने भावनासाथ दक्षिण अपि|mकामा खेल्नेछन् ।

दुई वर्षअघिको स्पेनले युरोकप जित्दा ग्राउन्ड पासमा बढी ध्यान दिएको थियो । विश्वकपमा पनि सोही रणनीति अपनाउँदा स्पेन सफलै हुनेछ । स्पेनको सम्भावना पनि ७० प्रतिशत नै हो ।

इंग्ल्यान्ड, जित्ने सम्भावना ६० प्रतिशत

विश्वकप जित्ने तेस्रो दाबेदार टोली भनेको इंग्ल्यान्ड हो । किनकि, इंग्ल्यान्डसँग एकसेएक स्टार खेलाडी छन् । टोलीभित्र एघारैजना खेलाडी इंग्लिस पि्रमियरसिप लिगबाट खेल्छन् । वर्षभरि पि्रमियरसिपको उत्कृष्ट टोलीबाट खेलाडी सत-प्रतिशत फिट छन् । फुटबलमा फिट खेलाडी हुन सकिएन भने राम्रो टोली भएर पनि हार्ने गर्छ । मैले देखेको टोलीमा इंग्ल्यान्ड नै सबैभन्दा फिट टोली हो । यसैले गर्दा उनीहरूको चान्स मैले देखेको छु । अर्को शब्दमा भन्दा ब्यालेन्स टिम पनि इंग्ल्यान्ड नै हो ।

खेलाडी निकै हाइस्टान्डरका छन् । उनीहरू टिमवर्कको भावनामा खेल्छन् । पछिल्लो चार वर्ष पि्रमियरसिप लिगमा उत्कृष्ट प्रदर्शन गरेका वाइनी रुनी पनि इंग्ल्यान्डसँगै छ ।

मिडफिल्डका स्टेभन जेरार्ड, जोन टेरी, प|mयान्क लाम्पार्ड पनि स्ट्राइकरको भूमिकामा खेल्न सक्छन् । युरोपियन क्वालिफाइङमा सर्वाधिक गोल गरेको इंग्ल्यान्डले दक्षिण अपि|mकामा पनि सोही खेल देखाउने पक्षमा ढुक्क छु । इंग्ल्यान्डलाई ६० प्रतिशत दिन चाहन्छु ।

फ्रान्स, जित्ने सम्भावना ६० प्रतिशत

यतिवेला प|mान्सेली टोलीमा प्ले मेकर जिनेदिन जिदानजस्ता खेलाडी छैनन् । तर, युरो तथा वल्र्डकप उचालेको राष्ट्र प|mान्सले सुन्दर फुटबल खेल्दा विश्वकपमा बलियो दाबेदारी टोलीका रूपमा आउन सक्छ । कप्तान थियरी हेनरी पनि घाइते भएकाले स्ट्राइकर पक्षमा कमजोर मान्नुपर्छ । तर, विलियम गालासजस्ता खेलाडीको साथ पाउँदा टोलीको रक्षापंक्ति बलियो भएको मान्नुपर्छ । टोलीमा खासै ब्यालेन्स देखिँदैन । तैपनि प|mान्सको विश्वकप जित्ने चान्स ६० प्रतिशत छ ।

जर्मनी, जित्ने सम्भावना ५० प्रतिशत

विश्वकपमा जर्मनीलाई कमजोर टोलीका रूपमा लिन सकिन्न । खराब र्फममा खेलाडी गुजि्ररहेको अवस्थामा पनि यसले विश्वकपमा तहल्का मच्चाएको छ । यसै कारण पनि यसपालिको वल्र्डकपमा जर्मनीले त्यही इतिहास दोहोर्‍याएर विश्वकप हात नपार्ला भन्न सकिँदैन ।

जर्मनीको फिजिकल निकै राम्रो छ । उनीहरू काउन्टर म्याच खेल्न रुचाउँछ । यस प्रकारको रणनीतिमा विपक्षी टोली तलै पर्छ । इतिहास र फरक खेल शैलीका कारण जर्मनीले अपि|mकामा राम्रो गर्नेमा विश्वस्त छु । जर्मनतर्फ त्यति सपोट नभए पनि उसको ५० प्रतिशत चान्स छ ।

इटाली, जित्ने सम्भावना ५० प्रतिशत

डिफेन्डिङ च्याम्पियन इटाली पहिलेजस्तो स्ट्रोङ छैन । स्पेन र इंग्ल्यान्डको तुलनामा इटाली बलियो देखिँदैन । तर, उनीहरूको रक्षापंक्ति निकै बलियो छ । रक्षापंक्तिकै बलमा जर्मनीमा सम्पन्न विश्वकप उनीहरूले जिते । नाम नचलेका खेलाडी भए पनि रक्षापंक्ति धारलाई सवल बनाउँदा अन्य टोलीलाई गोल गर्न निकै गाह्रो पर्छ । युरोपमा इटाली फरक रणनीतिमा खेल्ने एक मात्र टोली हो । मिडफिल्ड र स्ट्राइकर पक्ष कमजोर भए पनि इटालीको चान्स ५० प्रतिशत छ ।

पोर्चुगल, जित्ने सम्भावना ४० प्रतिशत

अघिल्लोपटकको विश्वकपमा स्टार खेलाडीको भरमा सेमिफाइनलसम्म पुगेको पोर्चुगलको पनि विश्वकप जित्ने सम्भावना उत्तिकै छ ।

युरोपमा सुन्दर फुटबल खेल्ने राष्ट्रको गणना हुँदा यसको पनि नाम अगाडि नै आउने गर्छ । पछिल्लो संस्करणको तुलनामा त्यति गतिलो टोली नभए पनि उनीहरूसँग क्रिस्टियानो रोनाल्डोजस्ता स्टार खेलाडी छन् । यतिवेला रोनाल्डो उत्कृष्ट खेलाडीभित्र पर्छन् । पोर्चुगलको उपाधि जित्ने अभियानमा रोनाल्डोको भूमिका महत्त्वपूर्ण छ । पोर्चुगलको सम्भावना ४० प्रतिशत छ ।

दक्षिण अफ्रिका, जित्ने सम्भावना ४० प्रतिशत

आठ वर्षअघि दक्षिण कोरियाले घरेलुमैदान र समर्थककै बलमा सेमिफाइनलसम्म प्रवेश गरेको थियो । घरेलुमैदान र समर्थक पाउँदा कमजोर टोलीले पनि उत्कृष्ट प्रदर्शन गरेको उदाहरण प्रशस्त छन् । यसकारण दक्षिण अपि|mकाले पनि त्यसको भरपुर फाइदा उठाउने पक्षमा विश्वस्त छु । मजबुत स्टामिना भएको टोली दक्षिण अपि|mकाको विश्वकप जित्ने मौका ४० प्रतिशत छ ।

जापान, जित्ने सम्भावना ४० प्रतिशत

अहिले एसियाको फुटबल स्तर निकै माथि उक्लिसकेको छ । यसमा पनि जापानको स्तर निकै उच्च छ । एसियाली राष्ट्रमध्ये जापानलाई विश्वकप उचाल्न सक्ने राष्ट्रका रूपमा लिन सकिन्छ । जापानको खेलशैली ब्राजिलकै जस्तो छ । एसियामा पि्रमियर डिभिजन मान्यता पाएको राष्ट्र पनि जापान मात्र हो । उनीहरूको लेभल विश्वस्तरीय भइसकेको छ । विश्व विजेताकै शैली पछ्याएको जापानले दक्षिण अपि|mकामा चामत्कारिक खेल खेल्न सक्छ । तर, जापानको मिडफिल्ड निकै राम्रो भए पनि डिफेन्स र स्ट्राइकर कमजोर मान्नुपर्छ । लगातार तीनपटक विश्वकपमा सहभागी भएको जापान डिफेन्स र स्ट्राइकरकै कारण पहिलो चरणबाट बाहिरिएको थियो । जापानको विश्वकप जित्ने चान्स ४० प्रतिशत छ ।

प्रस्तुतिः श्रीलोचन राजोपाध्याय

0 comments: