मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, June 18, 2010

म प्रधानमन्त्री बन्दिनँ, जो बने पनि सघाउँछुः भट्टराई

काठमाडौँ, असार ४ (नागरिक)- प्रधानमन्त्रीको दावेदारका रुपमा चर्चामा रहेका माओवादी उपाध्यक्षले राजधानीमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीको दावी नगर्ने बताएका छन्। सार्वजनिक रुपमा भट्टराईको यस्तो अभिव्यक्ति आएको यो पहिलो हो।

काठमाडौँको मल्ल होटलमा शुक्रबार बिहान भएको कार्यक्रममा सम्बोधन गर्दै उनले सबै दलका नेता प्रधानमन्त्रीको दावी गर्दै शान्ति र संविधानको अजेन्डालाई बिर्सँदै गइरहेकोमा चिन्ता जनाए।

भट्टराईले पार्टीभित्र जसको नाममा प्रधानमन्त्रीका लागि सहमति जुटे पनि सघाउने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्रीमा आफ्नो दावी इन्कार गरे पनि भट्टराईले माओवादी कै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने अडान दोहोर्‍याए।

0 comments: