मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, June 4, 2010

मा‌ओवादीले घात गर्‍यो : कांग्रेस-एमाले

काठमाडौ, जेठ २१ (नागरिक)- प्रमुख सत्तारुढ दल कांग्रेस-एमालेले जेठ १४ गते मध्यराति भएको सहमतिप्रति घात गर्दै माओवादीले एकपक्षीय रुपमा आन्दोलनको घोषणा गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको दुई दलका मुख्य नेताहरुको बैठकले सहमतिको बाटो छाडेर माओवादीले बेइमानी गरेको आरोप लगाए।

सहमतिका लागि माओवादीले प्रधानमन्त्रीको राजीनामा पहिलो शर्तको रुपमा उठाएको थियो। कांग्रेस-एमालेले १४ जेठमा भएका तीन बुँदामध्ये सेना समायोजनको बुँदा कार्यान्वयनको स्पष्ट मार्गचित्र आएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने अडान राखेका थिए।

0 comments: