मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Friday, June 18, 2010

प्रधानमन्त्रीलाई एक साता राजीनामा नगर्न सुझाव

एमालेका शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई एक साता धैर्य गर्न आग्रह गरेका छन् l
प्रधानमन्त्रीलाई बजेट अधिवेशन डाक्ने र नीति तथा कार्यक्रम तयार पार्ने काम पनि कम्तीमा एक हप्ता पछाडि सार्न अनुरोध गरिएको एमालेका नेता भरतमोहन अधिकारीले बताएका छन्।
प्रधानमन्त्रीले अनौपचारिक भेटघाटका निम्ति शुक्रबार आफ्नो दलका शीर्ष नेताहरुलाई बालुवाटार डाकेका थिए।

उनले डाकेको भेटघाटमा सरकारको खुलेर समर्थन गर्ने नेता केपी ओली मात्रै नभइ सरकारले मार्ग प्रशस्त गरिदिनुपर्ने विचार व्यक्त गर्दै आएका पार्टी अध्यक्ष झलनाथ खनालले समेत प्रधानमन्त्रीलाई राजीनामा तत्काल नदिन सुझाव दिए।

जेठ १४ गतेको सहमतिपछि दबाबमा परेका प्रधानमन्त्रीले भरेभोलिनै राजीनामा गर्ने चर्चा चलेको बेला भएको उक्त भेटघाटले सरकारलाई केही राहत पुगेको देखिएको छ।

धैर्य

उक्त भेटघाटमा सामेल एमाले नेता भरतमोहन अधिकारीका अनुसार दलका नेताहरुले प्रधानमन्त्रीलाई कम्तीमा एक साता धैर्य गर्न आग्रह गरे।

“सहमतिको सरकार बनाउने सम्भावना अझै क्षीण भएको छैन। माओवादीको र नेपाली कांग्रेसकोपनि बैठक चलिरहेको छ। त्यसैले एक साता त्यही प्रयास जारी राख्ने सहमति भएको छ,” अधिकारीले भने।

साथै छिट्टै डाकिनुपर्ने भनिएको बजेट अधिवेशनपनि अब एक साता पछाडि धकेलिने संकेत नेता अधिकारीको थियो।

रनभुल्ल

“बजेट अधिवेशन डाक्ने बेला त भइसक्यो तर एक साता अरु कुर्न सकिन्छ। समय नभ्याइएमा नियमावलीहरु परिवर्तन गर्न सक्छौं,” उनले बताए।

जेठ १४ गतेको सहमतिपछि अनिश्चयको घेरामा परेको वर्तमान सरकारले आगामी वर्षको निम्ति बजेट र नीति तथा कार्यक्रम पेश गर्न आफ्नो तर्फबाट पूर्ण तयारी गरेको बताएको छ।

दलहरुले सहमति गरे भने चाहिं सो तयारी थाती राख्नुपर्ने हुन्छ।

तर यतिञ्जेल सहमतिको वा बहुमतको नयाँ सरकार बनाउन असफल दलहरुले आफुलाई राजीनामा दिनपनि रोकिरहेकोले प्रधानमन्त्री रनभुल्लमा परेका सूत्रहरुले बताएका छन्। (BBC)

0 comments: