समुन्द्र पौडेल, (नागरिक) तनहूँ, जेठ १८- गत जेठ ९ गते धादिङको गजुरीबाट अपहरणमा परेका मध्यमाञ्चल ग्रामिण विकास बैंक गजुरीका शाखा प्रबन्धक विश्वनाथ अधिकारीको रिहाईको लागि अपहरणकारीले ६ लाख रुपैयाँ फिरौती माग गरेका छन्।
अपहरित अधिकारीका भाई उदयनाथ अधिकारीले अपहरणकारीले शनिबार बैंकको कार्यलयमा फोन गरि रिहाईको लागि ६ लाख फिरौती माग गरेको बताए। उनका अनुसार अपहरणकारीले अधिकारी शकुसल रहेको र ६ लाख दिने भए मुक्त गर्ने बताएका थिए ।
अपहरणकारीले फोन गरेको बारेमा कल सिस्टम बुझ्दा काठमाण्डौको मच्छेगाउँको फोन रहेको पत्ता लागेको छ। अधिकारीले भने 'सो फोनको विश्वसनियताको बारेमा बुझिरहेका छौं'।
ब्यास नपा ३ घर भएका अधिकारीलाई बैकंको गजुरीस्थित आवास गृहबाट अज्ञात समुहले कार्यलयका महत्वपुर्ण कागजात सहित अपहरण गरेका थिए।
Tuesday, June 1, 2010
बैंक कर्मचारी अपहरित, ६ लाख फिरौती माग
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment