मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Tuesday, June 8, 2010

मलाई नेपाल नै प्यारो लाग्छ

आरजू राणा देउवाको नाम नेपाली राजनीतिमा नसुन्ने कमै होलान् । राणा परिवारमा जन्मिएर पनि प्रजातान्त्रिक आन्दोलनमा लागेकी राणा नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नीसमेत हुनुहुन्छ । राणा समानुपातिक तर्फबाट संविधानसभामा सभासदसमेत हुनुका साथै विभिन्न एनजिओ/आइएनजिओ मार्फत् सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । आˆनो संस्थाको काममा दुर्गम रुकुम, सल्यान लगायतका जिल्लाहरुमा सुरक्षित मातृत्व, स्वास्थ्य विद्यार्थीहरुका लागि स्कलरशीप आदि प्रोग्राममा जानेदेखि लिएर सभा र गोष्ठीहरुमा भाग लिने सिलसिलामा अमेरिका पनि उहाँका लागि पानी पँधेरोसरह बन्ने गरेको छ । प्रमपत्नी भएर होस् वा सामान्य सामाजिक कार्यकर्ता, आरजूले गर्नुभएको अमेरिका भ्रमणको अनुभवका सम्बन्धमा अनलाइनखबरले काठमाडौंमा गरेको संक्षिप्त कुराकानी-

० पहिलोपटक अमेरिकाको भ्रमण कहिले गर्नुभएको हो ?

- म १९९३ मा गएकी थिएँ । एउटा इन्टरनेशनल प्रोग्राममा भाग लिन गएकी थिएँ ।

० पछिल्लो भ्रमण नि ?

- जनवरी २०१० मा गएकी थिएँ । यही मे मा जानुपर्ने थियो, तर आन्दोलन-सान्दोलन भएकाले म गइँन । अब अर्काे समय निश्चित भएको छैन । तर अर्काे महिनामा म जान्छु होला ।

० कतिपटक भ्रमण गर्नुभयो ?

त्यस्तै ५/७ पटक भयो होला । तर, म लामो समय बसेकी छैन । पढ्दा पनि म अमेरिकामा पढेकी हैन, इण्डियामा पढेकी हुँ ।

० पहिलोपटक र ७ वर्षपछिको भ्रमणमा कस्तो फरक महसुस गर्नुभयो ?

पहिलोपटक जाँदा मैले कोही नेपाली नै भेटिँन । त्योबेला कार्यक्रममा एक्लै गएकी थिएँ । पछि श्रीमान्सित जाँदा धेरै नेपालीहरुलाई भेट्ने मौका पाएँ । वहाँहरुले राजनीतिक कार्यक्रम पनि गर्नुभएको थियो । अन्तिमचोटिको यात्रामा पनि धेरै नेपालीहरुलाई भेट्ने अवसर पाएँ । ठाउँमा पनि भर पर्दाेरैछ । मैले टेक्सासमा बस्ने नेपालीहरु भेटें, न्यूयोर्कमा बस्नेहरुलाई भेटें, वाशिंटनमा बस्नेहरुलाई भेटें । धेरैजनाको पहिलेको भन्दा अचेल राम्रो स्थिति छ । नयाँ पुस्ताका नेपाली भाइबहिनीहरुले निकै राम्रो गरिरहेको मैले पाएँ । प्रोफेसनल डिग्रीहरु लिएर राम्रो कम्पनीमा काम गरिरहेको मैले भेटें । यस्तो देख्न पाउँदा असाध्यै खुशी लाग्यो ।

० यहाँलाई अमेरिकाको राम्रो लागेको पक्ष के हो ?

- मलाइ राम्रो लागेको कुरा के हो भने एकदम खुल्ला विचारको सोसाइटी छ । कुनैपनि पहिचान भएको मान्छे त्यहाँ अटाउन सक्छ । जातको आधारमा, वर्णको आधारमा त्यतिधेरै भेदभाव हुँदैन । भएपनि सरकारबाट त्यस्तो गर्न नमिल्ने नियम कानुनहरु बनेका छन् । यो पक्ष मलाई राम्रो लाग्छ । त्यसैगरी त्यहाँ गएर जोसुकैले पनि राम्रो काम गर्छ भने ऊ अमेरिकन हुन पाउँछ । यो पनि मलाई एकदम राम्रो लाग्यो । त्यहाँ गएपछि देश भनेको खालि आफू जन्मेको ठाउँमात्रै होइनरहेछ, कर्मथलोलाई पनि मान्छेले आˆनो देश बनाउन सक्दोरहेछ र त्यसको उचित मूल्यांकन हुने पक्ष पनि मलाई राम्रो लाग्यो ।

० मन नपरेको पक्ष नि ?

- त्यस्तो धेरै त मलाई लागेन । तर, मलाई नराम्रो लागेको त्यहाँको व्यस्तता हो । तपाईले मलाई अहिले फोन गर्नुभो, तपाईसित कुरा गर्ने फुर्सद भो । तर, अमेरिकामा यस्तो टाइम नहुँदो रैछ । कसैसित भलाकुसारी गर्ने, गफ गर्ने त्यहाँको समाजमा नहुँदोरहेछ, यो चाँहि मलाई बोर नै लाग्यो । तर, त्यहाँ रहेका नेपालीहरुले अझै पनि नेपालीपन अनुसार भेटघाट गर्ने, छलफल गर्ने चलनलाई अझै पनि कायम राख्नुभएको रहेछ । भेटघाट गर्न अत्यन्तै कम समय हुने र भेट्नलाई नै अनुमति लिनुपर्ने, मलाई राम्रो लागेन ।

० देशको प्रतिभा अमेरिका पलायन भएको छ भन्ने कुरा तपाई मान्नु हुन्छ ?

- पहिला त हाम्रो देशमा शान्ति स्थापना हुनुपर्‍यो । हाम्रो देशमा खचपच परेको १०/१५ वर्षै भइसक्यो । तै पनि हामी नेपालीहरुको प्रगति राम्रै भैराखेको छ । यदि देशमा शान्ति स्थापना हुनसक्यो भने मलाई लाग्छ, धेरै नेपालीहरु र्फकेर यहीँ काम गर्न आउँछन् ।

० अमेरिकामा बस्ने नेपालीहरुको भावना कस्तो पाउनुभयो ?

- नेपालमा बस्नेहरुले भन्दा पनि उहाँहरुले देशलाई अझ धेरै माया गर्नुहुन्छ । देश राम्रो होस् भन्ने धेरै चासो र चिन्ता उहाँहरुमा देखिन्छ । विदेशमै बसे पनि नेपालका लागि केही गरौं भन्ने भावना उहाँहरुमा पाउँदा मलाई धेरै खुशी लाग्यो । यही कारणले मलाई लाग्छ, विदेशमा बसेर भए पनि उहाँहरुले देशका लागि केही गरिरहनुभएको छ ।

० तपाईलाई विदेशतिरै बसेको भए हुन्थ्यो भन्ने कहिल्यै लागेन ?

- मैले कहिल्यै त्यस्तो सोचिँन । अब त त्यो च्वाइस गर्ने मेरो उमेर पनि छैन । उमेर हुँदा पनि मैले त्यस्तो सोचिँन । मलाई नेपाल नै राम्रो लाग्छ । नेपालबाट बाहिर केही समय घुम्न जानु त ठीकै छ, तर बाहिर गएर मैले कहिल्यै बस्नु नपरोस् ।

० अमेरिकामा रहेको कांग्रेस समर्थित जनसम्पर्क समिति सधैं विवादमा पर्ने गरेको छ, तपाई अमेरिका पुगेका वेला विवाद मिलाउने जिम्मेवारी पनि लिनुभएको थियो कि ?

- म त्यस्तोमा सहभागी भइँन । तर,उहाँहरु मिल्नुपर्छ भन्ने म चाहन्छु । लोकतन्त्रमा आˆना भिन्नताहरुलाई मिलाएर, संस्थागत गरेर अघि बढ्न पनि त सक्नुपर्‍यो नि । एउटा संगठनमा चारतिर र्फकेर के फाइदा ? सबैले मै नै नेताहुन्छु, मै नै हुनुपर्छ भन्नु पनि हुँदैन । म सबै साथीहरुलाई मिलेर लोकतान्त्रिक मूल्य मान्यता अनुसार काम गर्न अनुरोध गर्दछु ।

० अब गिरिजाबाबुको निधनपछि नेपाली कांग्रेसको नेता को हो ? शेरबहादुर देउवा कि अरु ?

उहाँ (शेरबहादुर देउवा) अवश्यै हो नि । यही सम्झौता भएर दुई पार्टीवीच उकता भएको हो । पार्टीले पनि स्वीकार गरिसकेको कुरा हो ।

0 comments: