मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Monday, June 7, 2010

सरकारी खवर पाएको भन्दै दाहाल राजधानी फिर्ता

तीन बुँदेको बाधक कांग्रेस-एमाले होइननः दाहाल
ऋषिराम पौड्याल
सिन्धुपाल्चोक, जेष्ठ २४ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारको तर्फबाट 'खबर' आएको भन्दै सोमबार विहान काठमाडौ फर्किएका छन् । राजधानी र्फकने क्रममा स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक समस्याको निकास निस्किने आफूले संकेत पाएको पनि उनले बताए ।

आइतबार साँझ आकस्मिक रुपमा सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रस्थित पाल्चोक गाविसको ककनी आएको उनी विहान कार्यकर्तालाई सम्वोधन गरेर राजधानी फर्केका हुन् ।

'सरकारको तर्फबाट बोलाइएकाले काठमाडौ र्फकदै छु । समस्याको निकास निस्कने सम्भावना छ । ', सरकारको कुन तहबाट बोलाइएको हो भन्ने जिज्ञासामा उनले भने, ' अहिले त्यो सबै नभनौ ।'

उनले वर्तमान सरकार धेरै दिन नटिक्ने बताउदै तीन बुँदे सहमति कार्यान्वयन गर्नुको विकल्प नभएको बताए । तीन बुँदे सहमतिको कार्यान्वयनको बाधक कांग्रेस र एमाले नभइ अरुनै रहेको उनको भनाइ थियो । उनलेभ भने, 'कांग्रेस- एमाले भन्दा सहमति कार्यान्वयनको बाधक अर्कै छ ।' दाहालको संकेत भारततिर थियो ।

त्यसअघि उनले कार्यकर्ताहरुलाई दिएको गोप्य प्रशिक्षणमा भारतले माओवादीलाई अप्ठ्यारोमा पारेको बताएका थिए । प्रशिक्षणमा सहभागी एक जिल्ला नेताका अनुसार भारतले माओवादीलाई आफू विरोधी शक्तिको रुपमा बुझेर अप्ठ्यारोमा पारेको बताएका थिए ।

उनले माओवादी कमजोर नभएको भन्दै कार्यकर्तालाई परिचालन गर्ने कार्यक्रम छिट्टै ल्याइने जानकारी गराएका थिए । सरकारबाट हटेर थालिएको आन्दोलनले पार्टीलाई थप सशक्त पारेको उनको भनाइ थियो ।
(ekantipur)

0 comments: