मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Sunday, June 13, 2010

माओवादी नेताको घरमा बम

कान्तिपुर संवाददाता
उदयपुर, जेष्ठ ३० - त्रियुगा नगरपालीका- ६ मोतीगढास्थित एक माओवादी नेताको घरमा आइतबार शक्तिशाली बम फेला परेको छ ।

अज्ञात समूहले माओवादी जिल्ला कमिटी सदस्य दानीप्रसाद चौधरीको घरमा विस्फोटन गराउन खोज्दा विस्फोट नभएको सकेट वम फेला पारेको प्रहरी नायव उपरीक्षक मनोज यादवले वताए । विस्फोट नभएको घरको बरण्डामा राखिएको अवस्थामा भेटिएको बम चौधरीकी पत्नी तारदेविले नजिकैको बास घारीमा लगेर फालिदिएकी यादवले वताए ।

सेनाको वम डिस्पोज टोली नआएकोले प्रहरीले नै डिस्फोजका लागी वम लगेको स्थानीयले वताए । वम राख्नुको कारण र समूहको खोजी भई रहेको प्रहरीले जनाएको छ ।

पटक पटक कब्जा गरेको सुकुम्वासी जग्गा फिर्ता गर्न भन्दापनि वास्ता नगरेकाले चेतावनी स्वारुप वम राखिएको संयुक्त जातीय क्षेत्रिय मोर्चाका उदयपुर जिल्ला इन्र्चाज बसन्तले स्थानीय संचारकर्मीलाइ टेलिफोन गरी जिम्मा लिएका छन ।

यसैवी चौधरीले घटनापछि विज्ञप्ती जारी गर्दै आफू निर्दोष रहेको वताए । उनले विज्ञप्तीमा आफुले सुकुम्वासीको जग्गा कब्जा नगरेको उल्लेख गरेका छन । सुकुम्वासीको जग्गा कव्जा गरेको भए सम्वन्धित सुकुम्वासीले खुलासा गर्न सकनु पर्ने चौधरीले विज्ञप्तीमा उल्लेख गरेका छन । (ekantipur)

1 comments:

Entertainment Nepal said...

haina yo yo cheu ko cartoon"Nunu gara babu nunu gara" ra yo post ta milda julda 6n ni , majja aayo cartoon padna....