घनश्याम खड्का
म्याग्दी, जेष्ठ २३ - एसएलसी परीक्षाको उत्तरपुस्तिकामा चिठी र पैसाको नोट फेला परेको छ । कतिपय उत्तरपुस्तिका भित्र भने कापीमा सारेका चीटहरु नै पाएको छ ।
शिक्षा कार्यालयमा आएका उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा परीक्षकहरुले त्यस्ता वस्तु फेला परेका हुन् । उत्तरपुस्तिकामा परीक्षकलाई पास गरिदिन आग्रह गरिएका चिठी तथा ५० र एक रुपैयाँ पैसा फेला परेका छन् । कतिपयले सारिएका चिट नै राखिदिएका रहेछन् । करिव १० प्रतिशत उत्तरपुस्तिकामा त्यस्तो भेटिएको एक परिक्षकले कान्तिपुरलाई बताए ।
'सर/मेडम, कृपया यदी म फेल भएँ भने बाँच्नुको कुनै अर्थ रहने छैन । आत्महत्या गर्ने छु । सर, कल्पना गर्नुस् हजुरहरुका छोराछोरीहरु जस्तै कलकलाउँदो उमेरको मैले आत्महत्या गर्नु पर्यो भने तपाईलाई कति पाप लाग्ला । यही कारण के तपाई आपmना छोराछोरीले मर्नु परेको हेर्न सक्नुहुन्छ ?' एक उत्तरपुस्तिकामा लेखिएको छ ।
'कुनै उत्तर पुस्तिकामा त चीठी र एक सयको नोटलाई संगै स्टिच गरिएको थियो । कुनै चिठी त साँच्चै भावुक थिए' परीक्षकले भने ।
यस वर्ष पाँच हजार छ सय उत्तरपुस्तिका परिक्षणका लागि यस जिल्लामा आएका छन् । यी एसएलसीका उत्तरपुस्तिकालाई छनौट गरिएका सम्बन्धित विषय शिक्षकहरुले शिक्षा कार्यालय भित्रै बसेर परीक्षण गरेका छन् । (ekantipur)
Sunday, June 6, 2010
एसएलसी उत्तरपुस्तिकामा चिठी र पैसा !
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment