कान्तिपुर संवाददाता
काठमाडौ, जेष्ठ २३ - प्रहरीले एस्योरेन्स युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरूलाई सर्वाधिक खोजी गरिएको अभियुक्त 'मोस्ट वान्टेड'को सूचीमा राखेको छ । खोजी गरिएका व्यक्तिहरूमा प्रसाद भनेर चिनिने काशीराम गुरुङ, कृष्णबहादुर छेत्री, विष्णुबहादुर छेत्री, महेन्द्र केसी, इन्द्रबहादुर विश्वकर्मा र विश्वनाथ गौतम छन् ।
प्रहरीको आधिकारिक वेभसाइडमा युनिटीका सञ्चालकहरूको तस्बिर, नागरिकता नम्बर, स्थायी र अस्थायी ठेगाना र बुवाको नामसमेत राखी उनीहरू तीव्र खोजी भइरहेको उल्लेख छ । संसारभरि सबैले हेर्नसक्ने प्रहरीको साइटको मुख्य पृष्ठमै सञ्चालकहरूको विवरण राखी उनीहरूलाई जो कसैले देखे वा फेला पारेमा तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रहसमेत गरिएको छ । उनीहरूले युनिटीका नाममा बिनाइजाजत बिमा, बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको र सर्वसाधारणलाई ठगी गरेको उल्लेख छ ।
ठगी गरेर फरार भएको महिनादिन बित्न लाग्दा पनि सञ्चालकहरू पक्राउ नपरेकोमा प्रहरीको आलोचना हुन थालेपछि यस्तो सूचना जारी गरेको बताइन्छ । नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग, बिमा समिति, राष्ट्र बैंकलगायतका नियमनकारी निकायहरूले युनिटीका विरुद्ध अनुसन्धान गरिरहेको भए पनि प्रभावकारी नभएकोमा आलोचना हुँदै आएको छ ।
Saturday, June 5, 2010
युनिटीका सञ्चालक प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment