२२ जेठ, चितवन । अपहरणमा परेको १९ दिनपछि मुक्त भएका चितवनस्थित क्यान्सर अस्पतालका निर्देशक डा. भक्तमान श्रेष्ठको मुक्ति झन रहस्यमय बनेको छ । अपहरणमा माओवादी संलग्नता रहेको सार्बजनिक दावी भइरहेका बेला गएराती अपहरणमुक्त भएका डा. श्रेष्ठले भने आफुलाई नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको बताएपछि उनको अपहरणबारे झन अन्यौल बढेको छ ।
अहिलेसम्म नामै नसुनिएको पार्टीले डा. श्रेष्ठलाई उच्च पहाडी क्षेत्रमा १९ दिन बन्धक बनाएको खबर संचारमाध्यमहरुमा छाइरहँदा अधिकांश मानिस यो पत्याउन तयार छैनन् ।
अपहरणमा माओवादी संलग्न रहेको आरोप लागेपछि माओवादीले नेता अमिक शेरचनको नेतृत्वका एक छानविन समिति बनाएको थियो । सो समितिले शुक्रबारमात्र आफ्नो प्रतिबेदन सार्बजनिक गर्दै डा. श्रेष्ठको अपहरण भएको बताएको थियो । तर, श्रेष्ठ सार्बजनिक भएपछि संयोजक शेरचनले उनको अपहरण र अबस्थाबारे आफुलाई नियमित जानकारी रहेको बताएका छन् ।
गएराती धादिङको मझिमटारबाट मुक्त भएका डा. श्रेष्ठलाई प्रहरीले शनिबार बिहान चितवनस्थित अस्पतालको क्वाटर पुर्याएको थियो । अस्पताल परिसरमा संचारकर्मीसंग छोटो कुरा गरेका डा. श्रेष्ठले आफूलाई आँखामा कालोपट्टी बाँधेर राखिएकोले अपहरणकारीबारे थप जानकारी नभएको बताउनुभएको थियो ।
‘एउटा चिकित्सकलाई फेरी काम गर्ने मौका दिनुभएकोमा म धन्यबाद दिन चाहन्छु ।’-पत्रकारहरुलाई प्रतिक्रिया दिंदै श्रेष्ठले भनेका थिए । सो समयमा निकै कमजोर देखिएका श्रेष्ठलाई उनका आफन्तजनले दुवैतर्फबाट समाएका थिए ।
कसरी भयो अपहरण र मुक्ति ?
श्रेष्ठले कन्चटमा पेस्तोल देखाएर आफूलाई अपहरण गरिएको जानकारी परिवारका सदस्यलाई दिएका छन् । जेठ ४ गते सवा दश बजे गाडी चलाएर घरतर्फ जाँदै गर्दा हाकिमचोकवाट एक्कासी तीनवटा गाडी अगाडि तेर्याएर आफूलाई अपहरण गरेको श्रेष्ठले परिवारका सदस्यलाई बताएका हुन् ।
पारिवारिक स्रोतका अनुसार उनले त्यसराति आफूले चलाएको गाडि अगाडि एक्कासी गाडि रोकेर कन्चटमा पेस्तोल देखाएको त्यसपछि आफूलाई कहाँ लगे भन्ने थाहा नभएको श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले अपहरणका क्रममा आफूलाई १८ दिनसम्म अत्यन्त चिसो र चौबिसै घण्टा सिरक ओडनुपर्ने स्थानमा राखेको बताएकाले पनि उनलाई अपहरणपछि पहाडि चिसो क्षेत्रमा लगेर राखेको देखिन्छ । कास्कीको पोखरामा श्रेष्ठले चढ्ने गरेको गाडी भेटिनुले पनि उनलाई जानकारी दिएका छन । उनले त्यस अबधिमा आफुलाई मासु भात ख्वाएर राखेको पनि जनाए । त्यसअबधिमा उनलाई कुनै यातना नदिइएको श्रेष्ठले बताएका छन् ।
शुक्रबार साँझ आठ बजे अघि आफूलाई मोटरसाइकलमा चढाएको र त्यसपछि लगातार ६ घण्टासम्म गाडीमा चढाएर राति करिब २ बजे धादिङको जोगिमारा गाविस स्थित मझीमटारमा ल्याएर छोडेको श्रेष्ठले बताएका छन् ।
पहाडी भेगमा गाडी जुटाएर १९ दिनसम्म ठाउँसार्दै श्रेष्ठलाई बन्धक बनाउन सफल हुनु घट्ना आफैमा रहस्यमय छ ।
अपहरणका समयमा सबै स्थानमा प्रायः मासु भातको व्यवस्था, चिसो स्थानमा ओड्नलाई सिरकको व्यवस्था हुनु गरिएको थियो । अझ अचम्मको कुरा त श्रेष्ठले नियमित सेवन गर्ने गरेको माइग्रेनको औषधीसमेत अपहरणकारीले किनेर राखेका थिए ।
परिवारिक स्रोतले दिएको जानकारी अनुसार अपहरणका समयमा अपहरणकारीले दुव्र्यवहार नगर्नु, राजनीतिक भाषामा गफ गर्नु, फिल्मी शैलीमा श्रेष्ठले प्रयोग गरेको गाडी र बोक्ने गरेको वि्रफ्केस फाल्नुले पनि श्रेष्ठ अपहरण प्रकरणमा नामै नसुनिएको संगठनको हात रहेको भन्न कठिन भएको छ ।
उनलाई धादिङको जोगिमारा स्थित मरुमिटारको एक सहकारी नजिक ल्याएर छोडिएको थियो । त्यसपछि नजिकमा बत्ति बलेको देखेर अघि बढदै जाँदा राजमार्ग सडक बोर्ड दस्तुरको ढाट देखिएको र त्यहाँ उनले स्थानीय सुरेशचन्द्र आचार्यलाई भेटको बताएका छन् । आप\mनो बारेमा जानकारी दिएपछि उनैको घरमा गएर करिब दुई घण्टा आराम गरेको परिवारलाई बताएका छन् ।
त्यहिवाट राति नै उनले आप\mना भाई जगतमान श्रेष्ठलाई लिन आउन खबर गरेको र निजी गाडीमा भाइ जगतमान, शम्भुमान र श्रीमती शिलु पुगेपछि क्यान्सर अस्पतालस्थित आप\mनो निवासमा आएको बताएका छन् । हाल उनको स्वास्थ्य अबस्था खतरामुक्त रहेको चिकित्सकको भनाई छ ।
डा. श्रेष्ठको सकुशल रिहाइ तथा तत्काल स्थिति सार्वजनिक गर्न माग गर्दै देशभर दवावमूलक आन्दोलन हुँदै आएका थिए । श्रेष्ठको अवस्था छानबिन गर्न सरकार र एकीकृत नेकपा माओवादीले छुट्टाछुट्टै छनबिन टोली गठन गरेका थिए । (onlinekhabar)
Saturday, June 5, 2010
डा. श्रेष्ठको ‘अपहरण र मुक्ति’ दुवै रहस्यमय
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment