कान्तिपुर संवाददाता, काठमाडौं, जेष्ठ १८ - एमाले बरिष्ठ नेता केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने संकेत गरेका छन् । उनले माओवादीले पूर्व सहमति कार्यान्वयन गरेपछिमात्र प्रधानमन्त्रीले राजीनामा दिने बताए ।
स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्कनेक्रममा त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले विगतका सहमति कार्यान्वयपछि मात्र प्रधानमन्त्रीको राजीनामा आउने बताए । 'पहिले भएका सहमति, सम्झौतालाई कायान्वयन गर्ने दिशातर्फ जानुपर्दछ,' ओलीले भने ।
नेता ओलीले तीन बुँदे सहमतिमा पूर्व सहमति कार्यान्वय गर्ने बिषयमा पनि स्पष्ट पारिएकाले सम्झौतामा कुनै गोप्य कुरा नभएको बताए । 'लिखत सार्वजनिक कुराहरु चाँहि गर्न पर्ने होइन, गर्न पर्ने कुरा चाँहि अरु केही गोप्य छ, यो कस्तो खालको सहमति हो,' उनको प्रश्न थियो । नेता ओलीले माओवादीले तत्काल प्रधानमन्त्रीको राजीनामा माग गरेर तीन बुँदे सहमतिको पालना नगरेको आरोप लगाए ।
संविधानसभाको म्याद थप्ने निर्णयको अन्य मुलुकले स्वागत गरे पनि भारतले स्वागत नगरेको बिषयमा सोधिएको प्रश्नमा नेता ओलीले ठट्यौली पारामा भने, 'खै यो बिषयमा मलाई दिल्लीमा डाक्टरहरुले त केही भनेनन् ।'
Tuesday, June 1, 2010
प्रधानमन्त्रीको राजीनामाबारे 'गोप्य' सहमति भएको छैनः ओली
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment