मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

छलफल चौतारी

Wednesday, June 16, 2010

सरकारी विद्यार्थीलाई मासिक भत्ता दिने

मनोज बस्नेत
काभ्रे-, अषाढ १ - तपाईले आफना छोरा छोरी निजी वा सरकारी कुन स्कुलमा पढाई रहनु भएको छ ? सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकलाई खुसीको खवर छ । त्यो हो आ.व २०६७/६८ अब सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु निः शुल्क शिक्षा पाउनुको साथै मासिक रुपमा नगद भत्ता पनि पाउन लाग्नु भएका छन् ।

आ.व. २०६७/६८ को बजेटमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले उत्त कुराबारे बजेट विनियोजन गर्दै छन । सरकारी विद्यालयमा विद्यार्थीहरुलाई आकषिर्त गराउन कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई निः शुल्क शिक्षा सहित मासिक क्रमशः रु५०, ६०, ७० रुपौया नगद दिन लागेका हुन् ।

'सरकारी विद्यालय प्रति समुदायको आकर्षण घट्दै गईरहेको छ, जसले गर्दा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि हरेक वर्ष न्यून रहेको छ' मन्त्री पाण्डेले भने 'त्यसलाई हटाएर सरकारी विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढाउनको लागि सरकारले यो वर्षको बजेटमा अध्ययनरत विद्यार्थीलाई मासिक रुपमा भत्ता दिने कार्यक्रम ल्याउँदै छौ ।' राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको केन्दि्रय स्तरको प्रशिक्षण कार्यक्रम उद्घाटन गदै मन्त्री पाण्डेले मंगलवार काभ्रेको धुलिखेलमा उत्त कुरा बताएका हुन् ।

सरकारी विद्यालयको विकासको लागि राज्यले वाषिर्क करौडौ रुपौया लगानी गरेकोमा लगानी अनुरुप प्रतिफल आउँन नसकेको उनले बताए । 'सरकारी विद्यालयहरुलाई वाषिर्क करौडौ रुपौया लगानी गरिरहेका छौ' उनले सुनाए 'त्यस अनुसारको प्रतिफल पाउँन सकेका छैनौ, बरु सरकारी विद्यालयमा पढ्न नचाहाने विद्यार्थीको बढेको बढेकै छ । भने सरकारी विद्यालयमा विद्यार्थी घट्ने क्रम रोकिएको छैन । सरकारी विद्यालयमा अभिभावक र विद्यार्थीलाई आकषिर्त गराउन यो कार्यक्रम ल्याउन लागेका हौ । कार्यक्रम लागू भएपछि विद्यार्थीको संख्या र गुणस्तर बढ्ने छ ।'(ekantipur)

0 comments: