काठमाडौँ, जेठ २० - नेकपा(एमाले)ले बिपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठ गत दुई सातादेखि अपहरणमा परी बेपत्ता पारिएको घटनाको भर्त्सना गर्दै यथाशक्य छिटो सत्यतथ्य जनसमक्ष ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टी केन्द्रीय स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै चिकित्सा सेवामा कटिबद्ध डा श्रेष्ठजस्ता व्यक्तित्वको अपहरणका विषयमा "सरकारका तर्फबाट केही कुरा बाहिर आउन नसक्नु"ले सरकारको क्षमताप्रति प्रशस्त जनगुनासो बढेको महसुस भएको जनाए।
सो विषयलाई सरकारले गम्भीररुपमा लिई जेजस्तो परिस्थिति र जुनसुकै माध्यम प्रयोग गर्नु परे पनि यथासक्य छिटो सत्यतथ्य जनसमक्ष ल्याई उनी तथा परिवारलाई शारीरिक र मानसिक तनावबाट मुक्त गरिनुपर्ने तथा सम्पूर्ण चिकित्साकर्मीको जिउधनको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग पार्टीले गरेको छ। - रासस
Thursday, June 3, 2010
डा भक्तमानबारे सत्यतथ्य बाहिर ल्याउन एमालेको माग
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment